ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सिंहदरबारमा विपक्षी दल बैठक जारी

४ मिनेट अघि   सेतोपाटी

सिंहदरबारमा विपक्षी दलहरूको बैठक बसेको छ। आज दिउँसो नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो। बैठक कांग्रेस संसदीय दल कार्यालय सिंहदरबारमा बसेको छ। बैठकमा कांग्रेस संसदीय दल नेता भीष्मराज आङ्देम्बे, प्रमुख सचेतक बासना थापा सहभागी छन्। त्यस्तै नेकपा एमाले...

कांग्रेस प्रमुख सचेतकमा बासना, सचेतकमा निश्कल

१३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको प्रमुख सचेतकमा सांसद बासना थापा मनोनीत भएकी छन्। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज थापालाई प्रमुख सचेतक मनोनीत गरेका हुन्। बासना दैलेख १ बाट निर्वाचित भएकी थिइन्। यस्तै संसदीय दल नेता आङ्देम्बेले सांसद निश्कल राईलाई सचेतकमा मनोनीत गरेका...

कांग्रेस संसदीय दल उपनेतामा अभिषेक शाह

१७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले संसदीय दल उपनेता मनोनीत गरेको छ। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले दलको विधानअनुसार दल उपनेता मनोनीत गरेका हुन्। उपनेतामा अभिषेकप्रताप शाह मनोनीत भएको संसदीय दल कार्यालयले जनाएको छ। फागुन २१ को प्रतिनिधि सभामा शाह कपिलवस्तु क्षेत्र नम्बर ३ बाट...

'झिँगेदाउ २' को प्रदर्शन मिति तय, दसैंअघि रिलिज हुने

२६ मिनेट अघि   सेतोपाटी

हिट फिल्म 'झिँगेदाउ' को दोस्रो शृंखला 'झिँगेदाउ २' को प्रदर्शन मिति तय भएको छ। ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको फिल्म संविधान दिवसको अवसर पारेर असोज २ गतेदेखि प्रदर्शनमा आउने भएको हो। निर्माण पक्षले फिल्मका चार मुख्य कलाकार समावेश एक पोस्टर सार्वजनिक...

कांग्रेसले कमला पन्तलाई बनायो राष्ट्रिय सभा दल नेता

३६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले कमला पन्तलाई राष्ट्रिय सभा दल नेता चयन गरेको छ। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले आज पन्तलाई राष्ट्रिय सभा दल नेता मनोनीत गरेका हुन्। संसदीय दल नेताले राष्ट्रिय सभा दल नेता तोक्ने विधानको व्यवस्था छ। राष्ट्रिय सभा दल नेताबाट...

राष्ट्रिय सभा दल नेताबाट कांग्रेसले हटायो कृष्णप्रसाद सिटौलालाई

४३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले राष्ट्रिय सभा दल नेता पदबाट कृष्णप्रसाद सिटौलालाई हटाएको छ। संसदीय दल नेता भीष्मराज आङ्देम्बेले सिटौलालाई दल नेताबाट हटाएका हुन्। यसअघि शेरबहादुर देउवा संसदीय दल नेता हुँदा सिटौलालाई राष्ट्रिय सभा दल नेता बनाएका थिए। आङ्देम्बेले राष्ट्रिय सभा दल नेतामा...

ट्रम्पलाई धम्की दिने पोस्ट गरेको भनेर पूर्व एफबीआई निर्देशक जेम्स कोमीमाथि मुद्दा!

५१ मिनेट अघि   सेतोपाटी

गत वर्ष सामाजिक सञ्जालमा पोस्ट गरेको एउटा फोटोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई खतरनाक धम्की दिएको भनेर पूर्व एफबिआई निर्देशक जेम्स कोमीमाथि मुद्दा चलाइएको छ। समुद्र किनारमा रहेका सिपीहरूलाई '८६ ४७' लेखिने गरी मिलाएर राखिएको तस्बिर कोमीले इन्स्टाग्राममा मे २०२५ मा...

निर्वाचनको पराजयबाट पाठ सिकेर एमालेलाई पुनर्गठित गर्छौं- उपाध्यक्ष पौडेल

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पछिल्लो निर्वाचनमा पार्टीले व्यहोर्नुपरेको नतिजालाई गम्भीर धक्काका रूपमा स्वीकार गर्दै पार्टीलाई नयाँ सिराबाट पुनर्गठित गर्ने घोषणा गरेका छन्।  बुधबार २७ औं यदु स्मृति दिवस तथा २४ औं यदु स्मृति पत्रकारिता पुरस्कार वितरण गर्दै उपाध्यक्ष...

फेरि बढ्यो सार्वजनिक यातायातको भाडा

१ घण्टा अघि   सेतोपाटी

इन्धनको मूल्य बढेसँगै यातायात व्यवस्था विभागले पुनः सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। विभागका अनुसार अन्तरप्रदेश सञ्चालन हुने सवारीसाधनमा लागु हुने गरी आज बुधबारदेखि नयाँ भाडादर कार्यान्वयनमा आएको छ। विभागले अन्तरप्रदेश यात्रुवाहक सवारी, पहाडी मार्गमा  र तथा तराई क्षेत्रमा सञ्चालन हुने...

एभरेस्ट कलरको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

१ घण्टा अघि   सेतोपाटी

एभरेस्ट कलर लिमिटेडले आज (बुधबार) देखि आइपिओ निष्कासन गरेको छ।  कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गरेको हो। कम्पनीले आफ्नो जारी पुँजी ३० करोड रूपैयाँको २६.३३ प्रतिशत अर्थात ७ करोड ९० लाख रूपैयाँ बराबरको ७ लाख...

सरकारी कर्चारीको खातामा गयो १५ दिनको तलब, यसरी मिलाइयो व्यवस्था

१ घण्टा अघि   सेतोपाटी

नेपाल सरकारले निजामती कर्मचारीलाई पाक्षिक (महिनामा दुई पटक) तलब भुक्तानी सुरू गरेको छ। यस प्रक्रियाको पहिलो चरणमा आज वैशाख १६ गते अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरूले १५/१५ दिनमा तलब प्राप्त गर्न थालेका छन्। पाक्षिक भुक्तानीको उद्घाटन अर्थ मन्त्रालयको कर्मचारीबाट...

जय नेपाल सिनेमा हल पुनः सञ्चालनमा आउने

१ घण्टा अघि   सेतोपाटी

मुलुकको पुरानो तथा ऐतिहासिक सिनेमा हलमध्ये एक 'जय नेपाल सिनेमा हल' पुनः सञ्चालनमा आउने तयारीमा अघि बढेको छ। लामो समय बन्द रहेको उक्त हलले मंगलबार चलचित्र विकास बोर्डबाट सञ्चालनका लागि आवश्यक अनुमतिपत्र प्राप्त गरेको हो। वि.सं. २०२७ सालदेखि सम्बन्धित मन्त्रालयमार्फत...

एलिनाको गीतबाट सब्रिनाको डेब्यु (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

एलिना चौहानको स्वरमा नयाँ गीत 'मेरो बैंशैले' सार्वजनिक गरिएको छ। आइटम शैलीको यो गीतको भिडिओमा मोडल सब्रिना ढकालले मोडलिङ गरेकी छन्। अस्ट्रियामा जन्मिएकी तथा नेपालमा विवाह गरेकी सब्रिनाले यो गीतमार्फत नेपाली संगीत क्षेत्रमा पहिलो पटक कदम राखेकी हुन्। सब्रिनाले यसअघि...

महावीर पुनको सम्पत्ति– २९ लाख नगद, ३ तोला सुन

१ घण्टा अघि   सेतोपाटी

म्याग्दीबाट प्रतिनिधि सभाबाट निर्वाचित सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफूसँग नगद २९ लाख जति रूपैयाँ बैंकमा मौज्दात रहेको बताएका छन्। नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँजति मौज्दात रहेको बताएका छन्।...

अध्यादेश फिर्ता लिनु सरकारको बुद्धिमानी हुन्छ- पूर्णबहादुर खड्का

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले अध्यादेश फिर्ता लिनु सरकारको बुद्धिमानी हुने बताएका छन्। आह्वान भएको संघीय संसदको दुवै सदनको बैठक स्थगन गरेर अध्यादेश ल्याउनु स्वाभाविक नहुने उनको भनाइ छ। सरकारले संवैधानिक परिषद र सहकारीसम्बन्धी अध्यादेश ल्याएर जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको...

दोस्रो दिन पनि तोलामा तीन हजार रूपैयाँ घट्यो सुनको भाउ

२ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बुधबार) सुन-चाँदीको भाउ घटेको छ।  मंगलबार तोलामा तीन हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन पनि प्रतितोला तीन हजार रूपैयाँ नै घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९४ हजार पाँच सय रूपैयाँमा...

पहिलो बजेटमा स्वर्णिमलाई धेरै छैन ‘स्पेस’, ३ खर्ब बढीको विगतकै दायित्व

२ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री स्वर्णिम वाग्ले आगामी आर्थिक वर्षको बजेट निर्माणको तयारीमा जुटेका छन्। कहलिएका अर्थशास्त्रीको पहिचान बनाएका वाग्लेले ल्याउने पहिलो बजेट कस्तो हुन्छ, उनको प्राथमिकता के हुन्छ भन्ने चासोका साथ हेरिएको छ। कमजोर वित्तीय स्रोत र बढ्दो भुक्तानी दायित्व व्यवस्थापनको चुनौतीले वाग्लेलाई...

लिपमोटर्सको नयाँ इलेक्ट्रिक गाडी 'ए टेन' सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

लिपमोटर्सले नयाँ इलेक्ट्रिक गाडी ए टेन सार्वजनिक गरेको छ। एसयुभी गाडी ए टेनमा ९० किलोबाटको सिएटिएल ब्याट्री छ भने यसको मोटर ५३ किलोवाटको रहेको छ।  एक पटक चार्ज गरिसकेपछि गो गाडीले ४ सय ३ किलोमिटरभन्दा बढी रेन्ज दिने लिपमोटर्ससको दाबी...

गैरआवासीय नेपाली विधेयकमा व्यापक संशोधन माग

२ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघ एनआरएनएले गैरआवासीय नेपाली सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार पारिएको विधेयक, २०८३ मा सुझाव पेस गरेको छ। परराष्ट्र मन्त्रालयमा एनआरएनएको कल्याण विभाग उपाध्यक्ष रोजिना प्रधान राईको नेतृत्वमा गएको टोलीले सुरक्षा सुझाव बुझाएको हो। एनआरएनएले विश्वभर रहेका...

रास्वपा संसदीय दलले सांसदहरूसँग छलफल गर्दै

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले बुधबार सांसदहरूसँग अनौपचारिक छलफल गर्दैछ।  पार्टी सभापति रवि लामिछानेसहितले बुधबार बिहान ११ बजे पार्टी संसदीय दल कार्यालयमा सांसदहरूसँग छलफल गर्न लागेकाले काठमाडौं उपत्यकामा उपलब्ध सांसदहरू उपस्थित हुन रास्वपाले भनेको छ। छलफलको विषय भने रास्वपाले खुलाएको छैन।...

भारतबाट भित्रँदैछ हावाहुरीसहित वर्षा गराउने बादल, पूर्वमा पनि सक्रिय छ अर्को प्रणाली

३ घण्टा अघि   सेतोपाटी

भारतबाट हावाहुरीसहित वर्षा गराउने बादल नेपालतर्फ सरिरहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। मौसमविद् सरोज पुडासैनीका अनुसार भारतमा विकसित उक्त हावाहुरीसहित वर्षा गराउने बादल पश्चिमबाट नेपाल प्रवेश गर्ने क्रममा रहेको छ। हाल उक्त बादल कञ्चनपुर आसपास आइपुगिसकेको छ।...

क्यान्सर अस्पतालको अध्यक्ष खुला आवेदनबाट चयन गरिने

३ घण्टा अघि   सेतोपाटी

चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त अध्यक्ष पद खुला आवेदनमार्फत  चयन गरिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका इच्छुक व्यक्तिले सात दिनभित्र आवेदन पेस गर्न सक्ने जनाएको छ। सूचनामा अस्पतालको ऐन, २०५३ को...

काठमाडौंमा डोजर चल्दा के भन्छन् प्रधानमन्त्री बालेनको निर्वाचन क्षेत्र झापा–५ का सुकुम्बासी?

३ घण्टा अघि   सेतोपाटी

काठमाडौंको सुकुम्बासी बस्तीमा डोजर चल्न थालेको चौथो दिन मंगलबार बिहान रूपा दर्जी झापा, दमकको हिमालय चिया बगान नजिकै एउटा पसलमा भेटिइन्। पूर्वराजा ज्ञानेन्द्र शाहको स्वामित्वमा रहेको यो चिया बगानकै श्रमिक परिवारले चलाएको त्यो खित्रीमित्री पसल धनीसँग गफिएर बसेकी रूपा आफै...

तेल उत्पादकहरूको संगठन 'ओपेक' बाट बाहिरिने युएईको घोषणा

३ घण्टा अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई)ले तेल उत्पादक राष्ट्रहरूको संगठन ओपेकबाट बाहिरिने घोषणा गरेको छ। मध्यपूर्वमा जारी युद्ध र विश्वव्यापी ऊर्जा संकटबीच युएईले आगामी मे १ देखि ओपेकबाट बाहिरिने घोषणा गरेको हो। युएई ओपेको तेस्रो ठूलो राष्ट्र हो। उसको यो निर्णयले विश्व...