उपभोक्ता मूल्य मात्रै बढी हो, हामीले बढी पाएका छैनौं–केरा उत्पादक महासंघ
नेपाल केरा उत्पादक महासंघ तदर्थ समितिले बजारमा केराको खुद्रा मूल्य उच्च रहे पनि किसानले बढी मूल्य नपाएको बताएको छ। मंगलबार आयोजित पत्रकार सम्मेलनमा महासंघले किसानले मूल्य नबढाएको समितिका अध्यक्ष विष्णुहरि पन्तले बताए। 'उपभोक्ताले दर्जनको तीन/चार सय रूपैयाँ तिरेको भन्ने सुनेका छौं।...
