ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता दिन सर्वोच्चले देखाएका ४ कारण

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कार्य समितिलाई नै आधिकारिकता दिन चारवटा कारण देखाएको छ। शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको हो। उक्त इजलासले चार कारण देखाउँदै...

वीरगन्ज महानगरको आर्थिक र प्रशासनिक अधिकार रद्द

१ घण्टा अघि   सेतोपाटी

सरकारले खटाएको कर्मचारीलाई हाजिर नगराएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पर्साको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको आर्थिक तथा प्रशासनिक अधिकार रद्द गरिदिएको छ। २०८२ फागुन १२ गतेको मन्त्रिपरिषद निर्णय अनुसार खटाइएका सहसचिवलाई प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर नगराएपछि मन्त्रालयले यस्तो निर्णय गरेको हो। मन्त्रालयका अनुसार फागुन...

गगन थापाले भने– अदालतको आदेश कुरिरहेका सबै अब मूलधारमा आउनुहुन्छ, म संवाद सुरू गर्छु

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिलाई नै आधिकारिकता दिने निर्णय गरेपछि सभापति गगन थापाले अब पार्टीमा सबैलाई मिलाएर लैजान संवादलाई तीव्रता दिने बताएका छन्। सर्वोच्चको आदेशपछि पार्टीको अबको बाटो के हुन्छ भनेर सोधेको प्रश्नमा संक्षिप्ति प्रतिक्रिया दिँदै सभापति...

सर्वोच्चले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिक

२ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कमिटिलाई नै आधिकारिकता प्रधान गरेको छ। शुक्रबार न्यायाधीश सारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले विशेष महाधिवेशनलाई वैधानिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको छ। यो इजलासमा बिहीबारदेखि सुनुवाइ भएको थियो। गत पुसमा...

धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दिए राजीनामा

२ घण्टा अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन्। शुक्रबार उनले अर्थ मन्त्रालयमा राजीनामा पत्र बुझाएका हुन्। राजीनामा पत्र बोकेर मन्त्रालय पुगेका श्रेष्ठले आफूले स्वइच्छाले राजीनामा दिएको बताएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार श्रेष्ठले 'सरकारलाई सहयोग गर्न आफूले राजीखुसीले मार्ग...

बुटवलमा ४८ वटा अटोरिक्सा कारबाहीमा

४ घण्टा अघि   सेतोपाटी

बुटवलका विभिन्न स्थानबाट प्रहरीले एकै दिन गरेको चेक जाँचका क्रममा फेला परेका ४८ वटा अटो रिक्सालाई कारबाही गरेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी र इलाका प्रहरी कार्यालय बुटवलले गरेको संयुक्त चेक जाँचका क्रममा यी सवारी...

अस्पतालमा आराम गरिरहेका ओलीको छैन मन आराम!

४ घण्टा अघि   सेतोपाटी

पित्तथैलीमा पत्थरीको शल्यक्रियापछि अस्पतालमा आराम गरिरहेका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको मन भने आराम छैन। त्रिवि शिक्षण अस्पतालको आइसियुबाट वार्डमा सारिएका उनी आफू पक्राउ पर्दा पार्टीले देशव्यापी आन्दोलन उराल्न नसकेको र संसदीय दल नेताले आफ्नै सल्लाहमा संसदमा बोलेको अभिव्यक्तिलाई...

नेसनल अवार्ड जितेको उत्कृष्ट तमिल फिल्म, हेर्नुस् युट्युबमा

४ घण्टा अघि   सेतोपाटी

गुड फ्राइडे सिनेमा एक दिन चिहानघाटमा एक अज्ञात महिला आइपुग्छिन्। गर्भवती ती महिलाले छोरा पाउँछिन् र उनको मृत्यु हुन्छ। चिहानका रक्षकले ती बच्चा हुर्काउँछन्। चिथन शवहरूको बीचमा हुर्किन्छन्। त्यसैले उनको स्वभाव अनौठो हुन्छ। मानिसहरू र समाजसँग उनको सम्पर्क निकै कम हुन्छ। उनको व्यवहार मानसिक रूपमा विकास...

इरानले ‘पूर्ण रूपमा खोल्यो’ स्ट्रेट अफ हर्मुज

४ घण्टा अघि   सेतोपाटी

इरानले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा खोलेको घोषणा गरेको छ। शुक्रबार इरानी विदेश मन्त्री अब्बास अराग्चीले सामाजिक सञ्जाल एक्समार्फत लेबनानबारे भएको युद्धविराम हुञ्जेलसम्मका लागि हर्मुज पूर्ण रूपमा खुलेको घोषणा गरेका हुन्।  ‘लेबनानमा भएको युद्धविराम पछि स्ट्रेट अफ हर्मुजमार्फत सबै व्यावसायिक...

हाइप्रोफाइल पक्रिने सरकारी कदममा अदालतले लगाइदिएको 'विधि–प्रक्रिया' को ब्रेक!

५ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले पूर्वमन्त्री दीपक खड्काको मुद्दामा दिएको आदेशपछि जरूरी पक्राउ पूर्जीका आधारमा गरिएका अन्य पक्राउमाथि पनि प्रश्न उठेको छ। पूर्वऊर्जामन्त्री दीपक खड्काको पक्राउ विधि र प्रक्रियासम्मत नभएको भन्दै सर्वोच्चले बिहीबार उनलाई रिहा गर्न आदेश दिएको थियो। खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा...

'ककाकिकी' को प्रदर्शन मिति घोषणा, गाउँघरको स्वाद र व्यंगात्मक कथाको संकेत

५ घण्टा अघि   सेतोपाटी

चर्चित टेलिभिजन शो 'कमेडी दरबार' टिमले निर्माण गरेको कथानक फिल्म 'ककाकिकी' को प्रदर्शन मिति घोषणा गरिएको छ।  निर्माण टिमले शुक्रबार पोस्टर सार्वजनिक गर्दै फिल्म भदौ १९ गते रिलिज हुने घोषणा गरेको हो। सार्वजनिक पोस्टरले फिल्म ग्रामीण परिवेश, सामुदायिक जीवनशैली र...

प्रधानमन्त्री शाहले गाएको १२ वर्ष पुरानो 'र्‍याप ब्याटल' विरूद्ध साइबर ब्यूरोमा उजुरी

६ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र शाहले १२ वर्ष अघि गरेको 'र्‍याप ब्याटल' युट्युवबाट हटाउन माग गर्दै प्रहरीको साइबर व्यूरोमा उजुरी परेको छ उक्त र्‍याप ब्याटलले बलात्कार गर्न उक्साएको र महिला तथा लैंगिक अल्पसंख्यक समुदायको आत्मसम्मानमा हमला गरेको भन्दै संविधानसभा सदस्य सुनिलबाबु पन्तले साइबर ब्युरोमा उजुरी दिएका हुन्। उनले...

स्वस्तिमा भन्छिन्– 'लालीबजार' मेरो लागि निकै विशेष फिल्म हो

६ घण्टा अघि   सेतोपाटी

अभिनेत्री स्वस्तिमा खड्काले फिल्म 'लालीबजार' आफ्नो लागि विशेष रहेको बताएकी छिन्। शुक्रबार ट्रेलर रिलिज गर्न आयोजित कार्यक्रममा बोल्दै उनले यो आफ्नो करिअरकै विशेष फिल्म बनेको बताइन्। उनले भनिन्, 'यो मेरो लागि निकै स्पेसल फिल्म बनेको छ। मैले गरेका फिल्ममध्ये धेरै...

कांग्रेस सांसदहरूको छलफलमा क-कसले राखे संसदीय दल नेताको आकांक्षा?

६ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले आज प्रतिनिधि सभाका सांसदहरूसँग छलफल गरेको छ। फागुन २१ को निर्वाचनमा कांग्रेसले ३८ सिट जितेको थियो। तर अहिलेसम्म संसदीय दल नेता चयन हुन सकेको छैन। सहमहामन्त्री प्रकाश रसाइली स्नेही संयोजक रहेको ३ सदस्यीय निर्वाचन समिति बनेको छ। उक्त...

सोमबारदेखि नेप्सेमा नयाँ सर्किट ब्रेकर, जुनसुकै समयमा सेयर किनबेच आदेश दिन सकिने

६ घण्टा अघि   सेतोपाटी

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सोमबारबाट सर्किट ब्रेकर सम्बन्धी नयाँ व्यवस्था लागु गर्ने भएको छ।  धितोपत्र कारोबार सञ्चालन ९चौथो संशोधन० विनियमावली, २०८२ अनुसार अब कारोबार सुरु भएको दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले घटे वा बढेमा १५ मिनेटका लागि कारोबार रोकिनेछ।...

राप्रपा केन्द्रीय सदस्य गोपीकृष्ण चौलागाईले छाडे पार्टी

६ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य गोपीकृष्ण चौलागाईले पार्टी छाडेका छन्। उनले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका हुन्। ‘बारम्बार भएको टुटफुटबाट कहिले पाठ नसिक्ने हाम्रो नेतृत्वप्रति अब कुनै पनि प्रकारको आशा राख्न नसक्ने भएकोले पार्टीको सक्रिय तथा साधारण...

मदन भण्डारी हीरक जयन्ती मनाउनेबारे पूर्वराष्ट्रपतिले गरिन् छलफल

७ घण्टा अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्या भण्डारीले मदन भण्डारीको हीरक जयन्ती मनाउनेबारे छलफल गरेकी छन्। एमालेका तत्कालीन पार्टी महासचिव मदन भण्डारीको आगामी असार १४ गते ७५ औं जन्मजयन्ती पर्छ।  सोही कारण मदन भण्डारी फाउण्डेसनले अघिल्लो वर्ष नै आगामी असार १४ गते हीरक जन्मजयन्ती मनाउने...

काठमाडौं उपत्यकाका सबै जिल्लाले सके एसइईको कापी जाँच, अरू जिल्लामा के छ?

७ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाका सबै जिल्लाले एसइई परीक्षाको कापी जाँच सकेर नतिजा र उत्तर पुस्तिका राष्ट्रिय परीक्षा बोर्डमा बुझाइसकेका छन्। यसपालि जाँच सकिएको तीन दिनभित्र कापी जाँचेर सक्ने तयारी थियो। त्यसै अनुसार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला शिक्षा विकास तथा समन्वय इकाईहरूले...

नेपालपे कार्ड विस्तारमा माछापुच्छ्रे बैंक र एनसीएचएलबीच सहकार्य

७ घण्टा अघि   सेतोपाटी

माछापुच्छ्रे बैंक  र नेपाल क्लियरिङ हाउस  (एनसीएचएल) बीच इएफटी कार्ड सेवामार्फत ‘नेपाल पे’ कार्डलाई प्रयोगयोग्य बनाउने सम्बन्धमा सम्झौता भएको छ। सम्झौताअनुसार अब ‘नेपाल पे’ कार्ड मार्फत भुक्तानी सेवा विस्तार हुने भएको छ। एक औपचारिक कार्यक्रममा माछापुच्छ्रे बैंकका प्रमुख डिजिटल बैंकिङ...

वारेस राख्न प्रधानमन्त्री बालेनलाई अनुमति

७ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले वारेस राख्न अनुमति पाएका छन्।  शाहले आफूविरूद्ध रहेको अदालतको अवहेलनमा कसुरमा वारेस राख्न माग गर्दै बिहीबार सर्वोच्च अदालतमा निवेदन दिएका थिए। उक्त निवेदनमाथि शुक्रबार न्यायाधीश हरिप्रसाद फुयाँल र शान्तिसिंह थापाको इजलासमा सुनुवाइ गर्दै सो अनुमति दिएको सर्वोच्च...

उच्च प्रशोधित युरेनियम हस्तान्तरण गर्न इरान सहमत भएको ट्रम्पको दाबी

७ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आणविक हतियार बनाउन मिल्ने गरी प्रशोधन गरिएको युरेनियम हस्तान्तरण गर्न सहमत भएको दाबी गरेका छन्। आणविक हतियार कार्यक्रम रोक्न भन्दै गत जुनमा इसराइलले इरानमाथि हमला गरेको थियो। इरानको फर्दोमा पहाडमुनि सयौं फिट तल बलियो बंकरमा...

अनुसन्धानबारे निष्कर्ष नआउँदै हतारो निर्णय नगर्न जगदम्बा होल्डिङ्सको आग्रह

७ घण्टा अघि   सेतोपाटी

जगदम्बा होल्डिङ्सले आफ्ना पोर्टफोलियो कम्पनीसँग सम्बन्धित विषयमा भइरहेको अनुसन्धानबारे हालै सार्वजनिक भएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले जारी गरेको प्रेस वक्तव्यमा सञ्चारमाध्यममा उल्लेख भएका आर्थिक कारोबार तथा सम्बन्धित विषयहरू अहिले सम्बन्धित नियामक तथा अनुसन्धान निकायमा विचाराधीन रहेको बताइएको छ।...

सामसङ ग्यालेक्सी ए–५७ र ए–३७ सार्वजनिक, २४ महिनासम्म किस्ताबन्दी सुविधा पाइने

७ घण्टा अघि   सेतोपाटी

सामसङ नेपालले ए सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन, ग्यालेक्सी ए–५७ फाइभजी र ग्यालेक्सी ए–३७ फाइभजी नेपाली बजारमा भित्र्याएको छ।  परिष्कृत बनावट, सुधारिएको क्यामरा र स्मार्ट सुविधाहरू सहित सार्वजनिक गरिएका यी फोनहरूले प्रयोगकर्ताको दैनिक डिजिटल अनुभवलाई थप सहज बनाउने कम्पनीको विश्वास छ।...

नवनिर्वाचित समिति सभापतिहरूले लिए शपथ (तस्बिरहरू)

७ घण्टा अघि   सेतोपाटी

विभिन्न संसदीय समितिका नवनिर्वाचित सभापतिहरूले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार सिंहदरबारस्थित लेखा समिति हलमा सभामुख डोलप्रसाद अर्यालले शपथ ग्रहण गराएका हुन्। सभामुखले समितिका सभापतिहरूलाई पद तथा गोपनीयताको शपथ गराउँदै संसदीय प्रक्रियालाई अझ प्रभावकारी र उत्तरदायी बनाउनुपर्नेमा जोड दिए। शपथ ग्रहण कार्यक्रममा...