ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ओटिटीमा रिलिज भयो रोमान्टिक-एक्सन फिल्म 'ओ रोमियो'

२ मिनेट अघि   सेतोपाटी

भारतीय अभिनेता शाहिद कपूर र तृप्ती डिमरी अभिनीत रोमान्टिक-एक्सन फिल्म 'ओ रोमियो' ओटिटी प्लेटफर्ममा उपलब्ध भएको छ। विशाल भारद्वाजको निर्देशन रहेको फिल्म शुक्रबारदेखि अमेजन प्राइम भिडिओमा स्ट्रिमिङ गरिएको हो।  प्रेम, अपराध र एक्सनको मिश्रण रहेको फिल्मले थिएटर प्रदर्शनमा मध्यम व्यापार...

पेन्सनको भेरिफिकेसन अब मोबाइलबाटै, वार्षिक ९० करोड लागत बचत हुने अनुमान

८ मिनेट अघि   सेतोपाटी

पेन्सन भेरिफिकेसनका लागि बैंक धाउनु पर्ने बाध्यता अब हटेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार महालेखा नियन्त्रक कार्यालयले विकास गरेको 'इ–पेन्सन भेरिफिकेसन प्रणाली'को शुभारम्भ गरेसँगै सेवाग्राहीले आफ्नै मोबाइलबाटै प्रमाणीकरण गर्न सक्ने भएका हुन्। शुभारम्भका क्रममा अर्थमन्त्री वाग्लेले यस्तो प्रविधिमैत्री सेवा...

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम भने बढ्यो

१५ मिनेट अघि   सेतोपाटी

शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १३.४६ अंकले घटेर २८३७.७७ विन्दुमा बन्द भएको छ। नेप्से घटे पनि यसदिन कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ। बिहीबार पाँच अर्ब पाँच करोड रूपैयाँको कारोबार भएकोमा यसदिन आठ अर्ब ९९...

उपसभामुख निर्वाचनबारे एमालेको निर्णय- सर्वसम्मत नभए नो भोट

१६ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाको उपसभामुख पदका लागि हुन लागेको निर्वाचनमा विपक्षी दल नेकपा एमालेले कुनै पनि उम्मेदवारको पक्षमा मत नदिने भएको छ। नेकपा एमालेका सांसद गुरुप्रसाद बरालले मतदानको अवस्था आए आफ्नो दलले कसैलाई पनि मत नदिने निर्णय भएको बताए । उपसभामुख पदमा...

नयाँ सरकारको चुनौती: अनुशासनहीन समाज र सुशासनको खोजी!

१७ मिनेट अघि   सेतोपाटी

नेपाली समाज आज एक प्रकारको गहिरो विरोधाभासमा रमाइरहेको देखिन्छ। नागरिकहरू राज्यसँग सुशासनको माग त गर्छन् तर दैनिक जीवनमा आफूले पालन गर्नुपर्ने नागरिक कर्तव्य र अनुशासनमा भने निकै कमजोर देखिन्छन्। सडकमा ट्राफिक नियमको उल्लङ्घन, सार्वजनिक सम्पत्तिको दुरुपयोग र सार्वजनिक स्थलको सरसफाइप्रति...

उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबिकुमारी ठाकुरलाई मतदान गर्ने कांग्रेसको निर्णय

३१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले उपसभामुख निर्वाचनमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबिकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। कांग्रेस संसदीय दलमा आज भएको छलफलले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई मतदान गर्ने निर्णय भएको हो। कांग्रेस कार्यालय सचिव दिनेश थापा मगरका अनुसार उपसभामुखमा...

निसान नेपालको नयाँ वर्ष योजना सार्वजनिक

३७ मिनेट अघि   सेतोपाटी

निसान नेपालले 'न्यू इयर, न्यू बिगिनिङ्स, न्यू ड्राइभ' योजना सार्वजनिक गरेको छ। कम्पनीले नयाँ यात्रा शीर्षकमा विशेष नयाँ वर्ष योजना सार्वजनिक गरेको छ। जसअन्तर्गत ग्राहकहरूले यस सिजनमा निसान म्याग्नाइट खरिद गर्दा आकर्षक अफरहरू प्राप्त गर्न सक्नेछन्। सीमित अवधिका लागि लागु गरिएको यस योजनाअन्तर्गत...

बालेनको गाउँकी गौरी यादव बनिन् श्रममन्त्री

५५ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषद विस्तार गर्दै गौरीकुमारी यादवलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र रामजी यादवलाई श्रममन्त्री नियुक्त गरेका छन्। यो स्टोरीमा हामी नवनियुक्त श्रममन्त्री गौरी यादव को हुन् भन्नेबारे चर्चा गर्दैछौं। गौरी यादव फागुन २१ को प्रतिनिधिसभा चुनावमा...

अमेरिकामा भएको शान्ति पदयात्रा कति सान्दर्भिक?

५६ मिनेट अघि   सेतोपाटी

कोसल महाजनपदको श्रावस्ती सहर नजिकैको वनमा अङ्गुलिमाल ९९९ वटा औँलाको माला लगाएर हजार वटा बनाउन अन्तिम औँलाका लागि आफ्नै आमालाई मार्न हतारिँदै दगुर्दै थियो। त्यस दिन भगवान् बुद्धको करुणासमापत्ति ध्यानमा अङ्गुलिमाल परे। अङ्गुलिमाललाई उपकार गर्न भगवान् बुद्ध उहाँ भएको बाटोमा...

नयाँ वर्षको पहिलो दिन होइन, पहिलो कदम बदलौँ!

१ घण्टा अघि   सेतोपाटी

हरेक नयाँ वर्ष आउँदा मान्छेको मनभित्र केही न केही हलचल उठ्छ। बितेका कमजोरीहरू सच्याउने, अधुरा कामहरू पूरा गर्ने, बिग्रिएको लय मिलाउने, आफूलाई फेरि एक पटक उठाउने र जीवनलाई अलि राम्रो ढङ्गले अघि बढाउने चाहना यही बेला सबैभन्दा तीव्र हुन्छ। त्यसैले...

बुद्ध हिँडेको पाइला पछ्याउँदै...

१ घण्टा अघि   सेतोपाटी

बसमा बौद्ध झण्डा फरफर्याइएको छ। बसको पहिलो पङ्क्तिमा भन्ते र ५ जना गुरुआमाहरू बसेका थिए। अरू ५० जना धर्म यात्रीहरू दुइटा बसमा सवार थिए। सबैमा उत्साह र उमङ्ग थियो। एक रात लालगढको होटलमा बिताएर जनकपुर हुँदै भारतको वैशाली जान जलेश्वरको...

एक यात्रुका लागि बढीमा तीन जना मात्र आफन्तलाई विमानस्थल आउन आग्रह

१ घण्टा अघि   सेतोपाटी

नेपाल नागरिक उड्डयन प्राधिकरणले एक जना यात्रुका लागि बढीमा तीन जना मात्र आफन्तजनलाई विमानस्थल आउन अनुरोध गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो।  हाल आन्तरिक तथा अन्तर्राष्ट्रिय वायुसेवाका उडानहरूको संख्या बढ्दो क्रममा रहेकाले हवाई यात्रुहरूको संख्या...

'राम नाम सत्य २' घोषणा, आयुष ठकुरी केन्द्रमा?

१ घण्टा अघि   सेतोपाटी

शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्म 'राम नाम सत्य' को सिक्वेल घोषणा गरिएको छ। फिल्मको अन्त्यमा विशेष रूपमा सिक्वेलको संकेत दिँदै 'राम नाम सत्य २' को घोषणा गरिएको हो।  फिल्म सकिएपछि देखाइने यस्तो दृश्यलाई सामान्यतया पोस्ट-क्रेडिट दृश्य भनिन्छ, जसमार्फत आगामी भागको संकेत...

रास्वपाले टुंगो लगायो उद्योग र श्रम मन्त्री

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले उद्योग र श्रम मन्त्री टुंगो लगाएको छ। रास्वपा सांसद गौरीकुमारी यादवलाई उद्योग मन्त्री र रामजी यादवलाई श्रम मन्त्री बनाउन लागिएको हो। दुवै जनाको प्रधानमन्त्री बालेन शाहले राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको प्रधानमन्त्रीको सचिवालय स्रोतले जानकारी दिएको छ।  प्रधानमन्त्री शाहले उद्योग...

उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने रास्वपाको निर्णय

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी उम्मेदवार रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ। आज सिंहदरबारमा बसेको रास्वपा संसदीय दल बैठकले उपसभामुखमा श्रम संस्कृति पार्टीकी उम्मेदवारलाई मतदान गर्ने निर्णय गरेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए। उपसभामुख निर्वाचन...

नागढुङ्गा सुरूङमार्ग भएर चल्ने कुन सवारी साधनलाई कति शुल्क?

१ घण्टा अघि   सेतोपाटी

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुंगा सुरूङ मार्गमा चल्ने सवारी साधनको शुल्क सार्वजनिक गरेको छ। मन्त्रालयले आज राजपत्रमा सूचना जारी गरी नेपाल सरकार मन्त्रिपरिषद्ले सडक बोर्ड ऐन, २०५८ को दफा ६ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी नागढुंगा...

बिटुमिन अभावले रोकियो निर्माणाधीन नागढुंगा–मुग्लिङ सडकको काम

१ घण्टा अघि   सेतोपाटी

सडक कालोपत्रे गर्न प्रयोग हुने बिटुमिनको अभावले निर्माणाधीन नागढुंगा–मुग्लिङ सडकको काम रोकिएको छ।  निर्माणको मुख्य सिजनमा मध्य पूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा बिटुमिन अभाव भएर काम रोक्नु परेको निर्माण कम्पनी ज्याङ्सु सगुन जे.भीका प्रतिनिधि ज्ञानेन्द्र घिमिरेले जानकारी दिए। बिटुमिन सप्लाई...

संसदीय दल बैठकमा पुगे रास्वपा सांसदहरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दल बैठक अहिले बस्दैछ। सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचन सम्बन्धबारे छलफल हुने सांसदसमेत रहेका महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उपसभामुखको निर्वाचन आज हुँदैछ। रास्वपाले श्रम संस्कृति पार्टीकी सांसद रूवीकुमारी ठाकुरलाई समर्थन गरिसकेको छ।...

वाइफाई जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

२ घण्टा अघि   सेतोपाटी

झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाईको प्लग जोड्ने क्रममा नांगो तार छुँदा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। स्थानीय ३५ वर्षीया सुनिता बास्कीको करेन्ट लागेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार गएराति आफ्नै घरमा वाइफाईको...

एसियन डेभलपमेन्ट आउटलुक: के हुन् अर्थतन्त्रका चुनौती र अवसर?

२ घण्टा अघि   सेतोपाटी

एसियाली विकास बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.७ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ। शुक्रबार सार्वजनिक गरिएको एसियन डेभलपमेन्ट अपडेट अनुसार नेपालको आर्थिक वृद्धिदर चालु आर्थिक वर्ष २०२६ मा २.७ प्रतिशतमा खुम्चिने प्रक्षेपण गरिएको हो। यसअघि विश्व बैंकले २.३...

'श्रम स्वीकृति' सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

२ घण्टा अघि   सेतोपाटी

वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र तालिम केन्द्र (इन्स्टिच्युट) बाट 'श्रम स्वीकृति' सम्बन्धी भ्रामक सूचना यही चैत ३० गतेभित्र हटाउन निर्देशन दिएको छ। 'यहाँ श्रम गरिन्छ', 'श्रम स्वीकृति सम्बन्धी कार्य गरिन्छ', 'श्रम अनलाइन फारम भरिन्छ' वा अन्य...

प्रदीप पौडेललाई प्रश्न- संविधान संशोधन बहस पत्र कार्यदलमा कांग्रेस किन नगएको?

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले सरकारले गठन गरेको संविधान संशोधन बहस पत्र तयार गर्ने कार्यदलमा आफ्नो प्रतिनिधि पठाएको छैन। केही विषयहरूमा सरकार र सरकार नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीसँग कांग्रेसले स्पष्टता खोजेको छ। प्रधानमन्त्री बालेन शाहका प्रमुख राजनीतिक सल्लाहकार असिम शाह नेतृत्वका संविधान...

विजयको फिल्म 'जन नायकन' रिलिजअघि नै अनलाइन लिक

२ घण्टा अघि   सेतोपाटी

दक्षिण भारतीय सुपरस्टार थलापति विजय अभिनीत फिल्म 'जन नायकन' रिलिज हुनुअघि नै अनलाइन लिक भएको छ। फिल्मको केही महत्वपूर्ण दृश्यहरू बिहीबारदेखि सामाजिक भाइरल भएको भारतीय संचारमाध्यमले जनाएका छन्। विशेषगरी विजयको इन्ट्रो सिन, टाइटल कार्ड तथा गीतका केही भाग सामाजिक सञ्जालमा...

चुनावमा शंकर पोखरेलविरूद्ध लागेको भन्दै वडाध्यक्षमाथि कारबाही

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) दाङले घोराही उपमहानगरपालिकाका एक जना वडाध्यक्षलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको छ। घोराही– ४ का वडाध्यक्ष मधुसुदन घिमिरे (मुनाल) घिमिरेलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित गरेको दाङ प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिए।...