ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सट्टेबाजी खेलाएको आरोपमा ९ जना पक्राउ

४ मिनेट अघि   सेतोपाटी

सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ।  ललितपुरको हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा बसेर सट्टेबाजी खेलाएको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा तीन जना भारतीय नागरिक समेत रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी मनोहर भट्टले...

नयाँ वर्षमा तुलसी घिमिरेको 'पहाड', ट्रेलर सार्वजनिक (भिडिओ)

५ मिनेट अघि   सेतोपाटी

प्रदर्शन तयारीमा रहेको फिल्म 'पहाड' को ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार सार्वजनिक ट्रेलरमा फिल्मको विषययवस्तुबारे संक्षिप्तमा जानकारी दिइएको छ।  पहाडको सुन्दरता, युवा पलायन, सामाजिक समस्या र भावनात्मक संघर्षको कथा फिल्मले भन्ने ट्रेलरले बताउँछ। बेरोजगारी, मानव विहिन रित्तिएको पहाड तथा पानीको समस्या...

सेयर जारी गर्ने कम्पनीहरूको वित्तीय विवरण पुनरावलोकन हुने, बोर्डले तोक्यो नयाँ मापदण्ड

१६ मिनेट अघि   सेतोपाटी

नेपाल धितोपत्र बोर्डले प्रारम्भिक सार्वजनिक निष्कासनको लागि पेस भएका वित्तीय विवरणको पुनरावलोकनसम्बन्धी मापदण्ड २०८२ जारी गरेको छ।  विशेषगरी प्रत्यक्ष नियामक निकाय नभएका कम्पनीहरूलाई विशेष मापदण्डको आधारमा पुनरावलोकन गर्न सकिने व्यवस्था यस मापदण्डले गरेको छ। बोर्डले सबैलाई लागु हुने केही सामान्य मापदण्ड...

नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवाद जस्ता भाइरसबाट बच्नुहोस्- महावीर पुन

२३ मिनेट अघि   सेतोपाटी

सांसद महावीर पुनले देशमा जरा गाडेर बसेको नातावाद, कृपावाद, चाप्लुसीवाद र चाकरीवादजस्ता प्रवृत्तिले शासन प्रणालीलाई कमजोर बनाएको उल्लेख गर्दै यस्ता विकृतिबाट मुक्त हुन सरकार र राजनीतिक दलहरूलाई आग्रह गरेका छन्।  प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दे उनले यस्तो आग्रह गरेका हुन्। ...

देउवा दम्पती पक्राउ पुर्जीबारे सांसद सुनारको टिप्पणी- जनादेश कार्यान्वयन गरियो

२८ मिनेट अघि   सेतोपाटी

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले सरकारले जनादेशअनुसार काम गरिरहेको बताएका छन्।  बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पतीलाई पक्राउ पूर्जी जारी गरिएकोबारे जिज्ञासा राखेपछि उनले सो प्रतिक्रिया दिएका हुन्।  सांसद सुनारले जेन–जी आन्दोलन...

उपसभामुख निर्वाचन कार्यतालिका प्रकाशित

३९ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभाले उपसभामुख पदका लागि निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ।  सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभाका सचिव हर्कराज राईलाई निर्वाचन कार्यक्रम प्रकाशित गर्न निर्देशन दिएका थिए।  कार्यक्रम अनुसार उपसभामुखको मनोनयन बिहीबार बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ। दिउँसो साढे २ बजे...

आर्थिक गणनाअघि सरोकारवालासँग छलफल गरिँदै, वैशाख २ गतेबाट आउँदैछन् गणक

४२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय तथ्यांक कार्यालयले 'राष्ट्रिय आर्थिक गणना २०८२' को सन्दर्भमा सरोकारवालासँग छलफल अघि बढाएको छ। कार्यालयले बुधबार सञ्चार क्षेत्रका सरोकारवालासँग विशेष छलफल गरेको हो। कार्यालयले आर्थिक प्रतिष्ठानहरूको वास्तविक जानकारी लिन, समस्या थाहा पाउन तथा आवश्यक नीति अवलम्बन गर्न तथ्यांक आवश्यक पर्ने...

राष्ट्रपतिले दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

४६ मिनेट अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन्। राष्ट्रपति पौडेलले चैत २७ गते शुक्रबार अपराह्न ३ बजे बस्ने संयुक्त बैठकलाई सम्बोधन गर्ने राष्ट्रपति कार्यालयका सचिव महादेव पन्थको भनाइ छ। संविधानको धारा ९५ मा राष्ट्रपतिले निर्वाचनपछिको पहिलो...

प्रशासकीय अदालतको सुनुवाइ स्थगित गर्न बारको अनुरोध

४७ मिनेट अघि   सेतोपाटी

नेपाल बार एसोसिएसनले प्रशासकीय अदालतको सुनुवाइ स्थगित गर्न अनुरोध गरेको छ।  सिंहदरबारभित्र कानुन व्यवसायीहरूको प्रवेशमा गेट पास लिनुपर्ने व्यवस्था गरेपछि बारले प्रशासकीय अदालतका अध्यक्षलाई पत्र लेख्दै सुनुवाइ स्थगित गर्न अनुरोध गरेको हो। ‘पक्षको प्रतिनिधित्वका लागि प्रवेशमा पास लिनुपर्ने जस्ता झन्झट...

वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाल १ लाख २० हजार रकमसहित पक्राउ

४८ मिनेट अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहाललाई घुस लिएको रकम सहित पक्राउ गरेको छ। १ लाख २० हजार ८५० रूपैयाँ रकमसहित अख्तियारले बुधबार  दिउँसो दाहाललाई पक्राउ गरेको हो। उनले विभिन्न सप्लायर्स कम्पनी, ठेकेदारहरूलाई भुक्तानी गर्नुपर्ने बिल रकममा घुस लिएको अख्तियारका सहायक...

प्रेयसीसँग जब फेरि भेट भयो!

५१ मिनेट अघि   सेतोपाटी

बिहानीपख घाम राम्रोसँग लागेको छैन। यस्तो प्रतीत हुन्छ कि सूर्यका किरणहरू बादलको अभेद्य किल्ला नाघेर अगाडि बढ्न असमर्थ छन्। सशांक एक सुरमा कोठाको झ्यालबाट घरको कम्पाउन्डभन्दा केही परको जमिनतिर चियाउँछ। त्यहाँ एउटा रूखको नजिकै बडाबडा सेता ढुंगाहरू थुपारिएका छन्। उसको...

फुटबल मैदानमा ४ महिला रेफ्रीको कमान्ड

५२ मिनेट अघि   सेतोपाटी

बुटवलस्थित दीप नगरको सिद्धेश्वरी खेल मैदान यति बेला फुटबल खेल प्रेमीको उत्साहले भरिएको छ। स्थानीय सौभाग्य युवा क्लबको आयोजनामा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्ड कपले फुटबलको रौनक मात्र ल्याएको छैन, नेपाली खेलकुदमा एउटा नयाँ र प्रेरणादायी इतिहास...

रोशी खोलाबाट गृहमन्त्री सुधन गुरूङले दिएको निर्देशनको अर्थ

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्री सुधन गुरूङले मंगलबार काभ्रेको रोशी खोलामा आफै खटिएर अवैध रूपमा सञ्चालित क्रसर तथा ढुंगाखानी बन्द गराउन निर्देशन दिए। यसले मापदण्ड विपरीत चलिरहेका यस्ता उद्योगको जोखिमलाई चर्चामा ल्याउनुका साथै यी उद्योगलाई किन कारबाही गरिएन भन्ने प्रश्न पनि उठेको छ। अवैध ढुंगाखानी...

वर्षा बाधक बन्दा गण्डकीले मधेशसँग ब्यहोर्‍यो डिएलएस मेथडमा हार

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ।  मधेशले गण्डकी प्रदेशलाई वर्षाले प्रभावित खेलमा १८ रनले हराएको हो। जितसँगै ६ खेलबाट ९ अंक जोडेको मधेश अंक तालिकाको तेस्रो स्थानमा उक्लियो।  यता गण्डकी भने ७...

पूर्वमन्त्री खड्काको बन्दी प्रत्यक्षीकरण रिटमा कागजात झिकाउने आदेश, शुक्रबार सुनुवाइ हुने

१ घण्टा अघि   सेतोपाटी

पूर्वऊर्जा मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता दीपक खड्काको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कागजात झिकाउने आदेश गरेको छ। बुधबार न्यायाधीशहरू महेश शर्मा पौडेल र सुनिलकुमार पोखरेलको इजलासले यस रिटको सुनुवाइ चैत २७ गते शुक्रबारको लागि तोकेको छ। यसबीच सर्वोच्चले काठमाडौं जिल्ला...

शिक्षा मन्त्रालयले भन्यो- गैरकानुनी रूपमा विद्यार्थीबाट उठाइएका शुल्क फिर्ता गर्नू

१ घण्टा अघि   सेतोपाटी

शिक्षा मन्त्रालयले गैरकानुनी रूपमा विद्यार्थीबाट उठाइएका शुल्क फिर्ता गर्न निर्देशन दिएको छ। बुधबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले विज्ञप्ति जारी गर्दै गैरकानुनी रूपमा संकलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न निर्दशन दिएका हुन्। यस निर्देशनको पालना नगर्नेलाई कारबाही प्रक्रिया अघि...

संविधान संशोधन बहस पत्र कार्यदलमा कांग्रेसले पठाएन प्रतिनिधि, खोज्यो थप स्पष्टता

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार कार्यदलमा प्रतिनिधि पठाउनुअघि थप स्पष्टता खोजेको छ। कार्यदलको विधि, कार्यक्षेत्र तथा विषयवस्तु लगायतका केही विषयमा स्पष्ट हुन आवश्यक रहेको भन्दै कांग्रेसले तत्काल प्रतिनिधि नपठाउने भएको हो। ‘यस कार्यदलमा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधि...

प्रधानमन्त्रीले भेटे राजदूतहरू (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले विदेशी राजदूतहरूसँग सामूहिक छलफल गरेका छन्।  बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राजदूतहरूसँग सामूहिक छलफल गरेका हुन्। भेटमा परराष्ट्रमन्त्री शिशिर खनाल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्रीका सल्लाहकारहरू, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्री लगायत सहभागी...

१० करोडभन्दा बढी कमाउने ४ फिल्मका युवा निर्देशक

१ घण्टा अघि   सेतोपाटी

२०८२ सालमा घरेलु बक्स अफिसमा नयाँ निर्देशकहरूको दबदबा देखिएको छ। यो वर्ष चारवटा नेपाली फिल्मले १० करोड रूपैयाँभन्दा माथिको व्यापार गरे। त्यसमध्ये दुई फिल्मका निर्देशक नयाँ छन् भने बाँकी दुईको पनि दोस्रो वा तेस्रो फिल्म मात्र हो। सिने क्षेत्रमा व्यावसायिक...

विष्णु पौडेलविरूद्ध पोखराबाट 'गर्जिए' बादल

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका कार्यवाहक अध्यक्ष एवम् संसदीय दल नेता रामबहादुर थापा बादलले चैत १९ गते संसदमा दिएको अभिव्यक्तिले पार्टीभित्र लुकेका दक्षिणपन्थीलाई बाहिर ल्याइदिएको बताएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा बुधबार पोखरामा आयोजित जिल्ला भेलालाई सम्बोधन गर्दै...

होचा पुड्का कलाकारको नाकट ‘उत्सर्ग’ मञ्चन

१ घण्टा अघि   सेतोपाटी

सामाजिक सन्देशमूलक नाटक ‘उत्सर्ग’ मञ्चन भइरहेको छ। नेपाल होचा पुड्का संघले स्थानीय निकायको सहकार्यमा निर्माण गरेको यो नाटक चार दिनदेखि काठमाडौंका विभिन्न स्थानमा मञ्चन भइरहेको छ। यसमा अधिकांश होचा पुड्का कलाकारले नै अभिनय गरेका छन्। नाटकमा निश्चल श्रेष्ठ, अनिता थापा,...

चितवनको कालिका र अमेरिकाको फायरफक्स सिटीबीच सहकार्यको सहमति

२ घण्टा अघि   सेतोपाटी

चितवनको कालिका नगरपालिका र अमेरिकाको भर्जिनिया राज्यस्थित फायरफक्स सिटीबीच सहकार्य अघि बढाउने सहमति भएको छ। कालिका नगरपालिकाका मेयर विनोद रेग्मी र फायरफक्स सिटीकी मेयर क्याथेरिन रिडले दुई निकायले दिगो सम्बन्ध विस्तार गर्ने सहमति गरेका हुन्। मंगलबारको भेटमा मेयर क्याथेरिनले त्यहाँको...

रास्वपा सांसद यादवको अभिव्यक्तिप्रति एमालेको नियमापत्ति

२ घण्टा अघि   सेतोपाटी

सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सांसद पुरूषोत्तम यादवको अभिव्यक्तिप्रति विपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ।  बुधबार प्रतिनिधि सभा बैठकमा रास्वपाका यादवले एमाले अध्यक्ष केपी शर्मा ओली र संसदीय दल नेता रामबहादुर थापा बादललाई कटाक्ष गर्दै अभिव्यक्ति दिएका थिए।   'जुन...

बागमती प्रदेश सभाको सभामुखमा क-कसको दाबी?

२ घण्टा अघि   सेतोपाटी

बागमती प्रदेश सभामा सभामुख पदको चयन प्रक्रिया सुरू भएको छ।  बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जेनजी आन्दोलनलगत्तै गत असोज १ गते सभामुख पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त भएको थियो। सो रिक्त सभामुख पदका लागि सत्तारूढ र प्रतिपक्ष दलहरूले दाबी...