सन्दीप लामिछानेले एकै खेलमा ७ विकेट लिएपछि बागमतीले निकाल्यो दोस्रो जित
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले दोस्रो जित निकालेको छ। बागमतीले जनकपुरमा भएको खेलमा कर्णाली प्रदेशलाई ६० रनले हरायो। बामगतीले दिएको १८१ रनको लक्ष्य पछ्याएको कर्णाली २५.१ ओभरमा १२० रनमा अलआउट भयो। उसका लागि निश्चल रावलले ३१ रन बनाए। ...
