ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री बालेन शाहले पहिरिए सुनिता डंगोलको हातबाट खादा

९ मिनेट अघि   सेतोपाटी

काठमाडौं महानगरका कार्यवाहक मेयर सुनिता डंगोलले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई खादा लगाएर बधाई दिएकी छन्। डंगोलले कालो रङको कपडाको खादा बालेनलाई लगाइदिएकी हुन्। बालेनले शिर निहुर्‍याएर खादा लगाएका थिए। यही समारोहमा अर्का एक व्यक्तिले पनि बधाई दिँदै बालेनलाई ढाकाको खादा लगाइदिन खोजेका...

नवनियुक्त प्रधानमन्त्री बालेनलाई पूर्वप्रधानमन्त्री देउवाले दिए बधाई

१० मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री बालेन शाहलाई बधाई दिएका छन्। रास्वपा संसदीय दल नेता बालेन आज प्रधानमन्त्री नियुक्त भएर शपथ लिइसकेका छन्। शपथ समारोहमा पूर्वप्रधानमन्त्री देउवा उपस्थित थिएनन्। देउवा स्वास्थ्य उपचारका क्रममा हङकङमा छन्। पूर्वप्रधानमन्त्री देउवाले सामाजिक सञ्जालमार्फत बालेन शाहलाई...

नेत्र विशेषज्ञ दीपक साह बने श्रममन्त्री

११ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले उनलाई नियुक्त गरेसँगै राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा उनले राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। उनले लण्डन स्कुल अफ हाइजिन...

बालेन सरकारका १५ मन्त्रीको प्रोफाइल

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा संसदीय दल नेता बालेन शाह प्रधानमन्त्री नियुक्त भएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शाहलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्। प्रधानमन्त्री शाहको सरकारमा उनीसहित १५ जना मन्त्री छन्। उनीहरू सबैले आजै पद तथा गोपनीयताको...

मनले बोलेको अनि ओठले लुकाएको त्यो प्रेम!

२० मिनेट अघि   सेतोपाटी

धेरै वर्षपछि आफूले मन पराएकी केटी अचानक काठमाडौँको न्युरोडमा भेटिई। मेरो मनभित्र अजिब अनुभूति जाग्यो। वर्षौँदेखि सम्झनामा मात्र बसेको अनुहार एकाएक आँखा अगाडि देखिँदा समय नै केही क्षणका लागि रोकिएजस्तो लाग्यो। उसको हाँसो, कुरा गर्ने तरिका सँगै बिताएको साना पलहरू...

एन्फामाथिको निलम्बन विनासर्त फिर्ता गर्न नेम्बाङको माग

२५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय खेलकुद परिषदले आफ्नो निर्देशन विपरित निर्वाचन गर्ने लागेको भन्दै अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङले अन्यायपूर्ण र हस्तक्षेपकारी बताएका छन्।  उनले कुनै पनि ठोस कानुनी आधार बिना लगाइएको तीन महिने निलम्बन तुरुन्त र बिना सर्त फिर्ता...

राजेश हमाल र 'शोले' निर्देशक रमेश सिप्पीबीच 'सिनेमा संवाद' हुने

२५ मिनेट अघि   सेतोपाटी

नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा बलिउडका चर्चित निर्देशक, निर्माता एवं कलाकार रमेश सिप्पी र नेपाली फिल्मका अभिनेता राजेश हमालबीच संवाद कार्यक्रम हुने भएको छ।  चैत १९ देखि २३ गतेसम्म हुन लागेको निफको अन्तरक्रियात्मक कार्यक्रम अन्तर्गत रहेर यी दुईबीच संवाद...

नर्स निशा मेहता बनिन् स्वास्थ्य मन्त्री

२६ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी छन्। बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा मेहता स्वास्थ्य मन्त्री बनेकी हुन्। उनी सुनसरीको इनरूवाकी हुन्। रास्वपा केन्द्रीय सदस्यसमेत रहेकी उनी समानुपातिकबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएकी थिइन्। उनको नाम समानुपातिकतर्फ...

प्रधानमन्त्री बालेन शाहले लिए शपथ (तस्बिरहरू)

२७ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले शपथ लिएका छन्।  शुक्रबार मध्याह्न १२:३४ बजे प्रधानमन्त्री शाहले शपथ लिएका हुन्।  उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराएका हुन्।  प्रधानमन्त्री शाहको शपथअघि सात जना ब्राह्मणले शंखनाद गरेका थिए।  त्यस्तै १०८ बटुकहरूले स्वस्तिवाचन र १६ भिक्षुहरूले अष्टमंगल पाठ गरेका...

पूर्वाधार सल्लाहकार सुनिल लम्साल अब भौतिक मन्त्री

३० मिनेट अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नम्बर १ बाट निर्वाचित सुनिल लम्साल भौतिक, पूर्वधार तथा यातायात मन्त्री भएका छन्। उनी रूपन्देही-१ मा ५४ हजार ८४५ मत प्राप्त गरी निर्वाचित भएका थिए। तिलोत्तमा नगरपालिका वडा नम्बर ७ घर भएका ३५ वर्षीय उनी पूर्वाधार क्षेत्रमा काम...

को हुन् सूचना तथा सञ्चार मन्त्री विक्रम तिमल्सिना

३३ मिनेट अघि   सेतोपाटी

बालेन सरकारमा सूचना तथा सञ्चार मन्त्री नियुक्त बिक्रम तिमल्सिना नुवाकोट क्षेत्र नम्बर १ बाट कांग्रेसका प्रकाशशरण महतलाई पराजित गरी प्रतिनिधि सभा सांसद भएका हुन्। तिमल्सिनाले २२ हजार ६०९ मत ल्याएका थिए। उनी रास्वपाको अन्तर्राष्ट्रिय सम्बन्ध विभागमा कार्यरत छन्। पञ्चकन्या गाउँपालिका बानियाटारका ४३ वर्षीय उनले विधावारिधी...

को हुन् नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ?

३३ मिनेट अघि   सेतोपाटी

नवनियुक्त ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ काठमाडौं क्षेत्र नम्बर ८ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। २०७४ सालमा विवेकशील साझा पार्टीबाट बागमती प्रदेशसभा सदस्य भएका विराज २०७९ सालमा प्रतिनिधिसभामा चुनिएका थिए। उनी रास्वपा सरकारमा सहभागी भएका बेला युवा तथा खेलकुद मन्त्री भएका थिए। यसपटक...

रविको सचिवालयमा रहेकी प्रतिभा रावल भइन् सामान्य प्रशासन मन्त्री

३३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहप्रवक्ता प्रतिभा रावल सामान्य प्रशासन मन्त्री बनेकी छन्। रास्वपाबाट समानुपातिक सांसद बनेकी रावल पहिलो प्रयासमै कार्यपालिका पुगेकी हुन्। यसअघि उनको नाम सभामुखमा चर्चामा थियो। तर पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायत नेताहरूको सहमतिमा...

पर्यटकीय नगरीमा चुनाव जिते, पर्यटनमन्त्री बने लेखक गनेश पौडेल

३५ मिनेट अघि   सेतोपाटी

पर्यटकीय नगरी पोखराका लेखक गनेश पौडेल बालेन शाह नेतृत्वको मन्त्रीमण्डलमा पर्यटन तथा संस्कृति मन्त्री बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट कास्की-१ को प्रत्यक्ष चुनाव जितेका पौडेल पोखराको मझेरीपाटनका बासिन्दा हुन्। उनले त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर गरेका छन्।  उनका दुई किताब प्रकाशित छन्...

को हुन् कृषिमन्त्री गीता चौधरी?

३८ मिनेट अघि   सेतोपाटी

कञ्चनपुरकी ३३ वर्षीय गीता चौधरी कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरण मन्त्री बनेकी छन्। साधारण थारू परिवारमा जन्मिएकी गीता निरन्तर संघर्षको जगमा देशको कार्यपालिकामा पुगेकी हुन्। उनको सफलताको कथा प्रेरणादायी र अनुकरणयोग्य छ। गीताका अनुसार उनको बाल्यकाल आर्थिक अभावमा...

फोर्डको एसयुभी वा पिकअप गाडी किन्दा इभी कार निःशुल्क

४३ मिनेट अघि   सेतोपाटी

नेपालमा फोर्ड गाडीहरूको आधिकारिक आयातकर्ता जि.ओ. अटोमोबाइल्स सीमित अवधिको एक विशेष अफर घोषणा गरेको छ। नेपालमै पहिलो पटक लागु गरिएको यस अफरअन्तर्गत फोर्डका प्रिमियम एसयुभी वा पिकअप खरिद गर्ने ग्राहकहरूले नयाँ इलेक्ट्रिक भेहिकल (इभी) कार निःशुल्क प्राप्त गर्नेछन्। (जसमा एभरेस्ट, ऱ्याप्टर र रेन्जर)...

रवि-बालेन मिल्न भूमिका खेलेका सुधन बने गृहमन्त्री

४४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी गोरखा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका सुधन गुरूङ गृहमन्त्री बनेका छन्। बालेन शाह नेतृत्वको मन्त्रिपरिषदमा गुरूङ गृहमन्त्री बनेका हुन्। ३८ वर्षीय उनी गोरखाको चुमनुब्री गाउँपालिका ३ सिर्दिवासस्थित पाङसिङ गाउँका हुन्। उनको परिवार पनि राजनीतिक पृष्ठभूमिकै...

सीता बनिन् वादी समुदायबाट सरकारमै पहिलो प्रतिनिधि

४६ मिनेट अघि   सेतोपाटी

सुर्खेतको झुप्रा खोलाको बगरमा बालुवा चालेर जीविकोपार्जन गर्ने बादी समुदायकी सीता वादी महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनेकी छन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट समानुपातिक सांसद बनेकी थिइन्। उनी मन्त्री बनेसँगै पहिलो पटक देशको सर्वोच्च थलोमा सीमान्त वादी...

महानगरमा बसेर शिक्षा नीति निर्माणमा काम गरेका सस्मित बने शिक्षा तथा खेलकुदमन्त्री

४७ मिनेट अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर ५ बाट निर्वाचित सस्मित पोखरेल शिक्षा, युवा तथा खेलकुदमन्त्री बनेका छन्। उनी कांग्रेस-एमालेका हेभीवेट उम्मेदवारहरूलाई पराजित गरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसद बनेका हुन्। उनले काठमाडौं-५ मा उम्मेदवार रहेका कांग्रेस महामन्त्री प्रदीप पौडेल, एमाले नेता ईश्वर पोखरेल र राप्रपा नेता कमल...

कानुनको विद्यार्थीदेखि कानुन मन्त्रीसम्म सोबिता गौतम

५१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य सोविता गौतम कानुनमन्त्री बनेकी छन्। चितवन क्षेत्र नम्बर ३ बाट चुनाव लडेर भरतपुर महानगरकी पूर्वमेयर रेनु दाहालाई हराएकी गौतमले ५९ हजार २७७ मत प्राप्त गरेकी थिइन्। राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो पटक चुनाव लड्दा गौतम काठमाडौं-२...

पहिले १९ दिन शिक्षामन्त्री भए, अहिले परराष्ट्रको जिम्मा पाए शिशिर खनालले

५२ मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले काठमाडौं क्षेत्र नम्बर ६ बाट निर्वाचित सांसद शिशिर खनाललाई परराष्ट्रमन्त्री नियुक्त गरेका छन्। यसअघि २०७९ सालको चुनावपछि सरकारमा पुगेको रास्वपाले त्यति बेला खनाललाई शिक्षामन्त्री बनाएको थियो। काठमाडौंको गोंगबु घर भएका खनालले सिद्धार्थ वनस्थलीबाट एसएलसी गरेका थिए। त्यसपछि त्रिचन्द्र कलेजबाट आइएसी पढेका...

को हुन् अर्थमन्त्री स्वर्णिम वाग्ले?

५३ मिनेट अघि   सेतोपाटी

नवनियुक्त अर्थमन्त्री स्वर्णिम वाग्ले तनहुँ–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन्। उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उपभापति पनि हुन्। वाग्लेले अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यवारिधि गरेका छन्। वाग्लेसँग राष्ट्रसंघीय विकास कार्यक्रम (युनडिपी) को एसिया प्रशान्त क्षेत्रको प्रमुख आर्थिक सल्लाहकारका रूपमा काम गरेको अनुभव...

श्रीमतीको हत्या आरोपमा वन कार्यालयका अधिकृत पक्राउ

१ घण्टा अघि   सेतोपाटी

दाङमा श्रीमतीको हत्या आरोपमा वन कार्यालयका एक जना अधिकृत पक्राउ परेका छन्। दाङको तुलसीपुर उपमहानगरपालिका –१९ मा बिहीबार बेलुका २८ वर्षीया कमला वलीको हत्या भएको हो। जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता बाबुराम बस्नेतका अनुसार दाउरा र रड प्रहार गरी कमलाको...

अमरेशले गरे मन्त्री बन्न अस्वीकार

१ घण्टा अघि   सेतोपाटी

सर्लाही क्षेत्र नम्बर ४ बाट निर्वाचित रास्वपाका सांसद अमरेशकुमार सिंहले मन्त्री बन्न अस्वीकार गरेका छन्। उनलाई रास्वपाले उद्योग, वाणिज्य एवं आपूर्ति मन्त्री बनाउन लागेको थियो। तर उनले अस्वीकार गरेको उनका स्वकीय सचिव रञ्जित झाले सेतोपाटीलाई जानकारी दिए। ‘उहाँले सांसद भएरै देशको...