त्रिचन्द्र क्याम्पस अगाडिको थकाली रेस्टुरेन्टमा आगलागी
काठमाडौंको त्रिचन्द्र क्याम्पस अगाडिको एउटा रेस्टुरेन्टमा आगलागी भएको छ। घन्टाघर नजिकै रहेको थकाली रेस्टुरेन्टमा शनिबार दिउँसो आगलागी भएको हो। भवनको माथिल्लो तलामा आगलागी भएको खबर प्राप्त भएको प्रहरीले जनाएको छ। आगो निभाउन दमकल र सुरक्षाकर्मीहरू परिचालन गरिएको प्रहरीले जनाएको छ। ...
