शान्तिपूर्ण रूपमा निर्वाचन सकिएको भन्दै प्रधानमन्त्रीले गरिन् पशुपतिमा पूजा
प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपति पुगेर रूद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार 'प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा' गरेकी हुन्। मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त...
