ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमाले अझै नसच्चिए अर्को चुनावमा एउटा स्कुटरमा अट्ने हुन्छ- सुरेन्द्र पाण्डे

६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले एमाले अहिलेको अवस्थामा आइपुग्नुका कमजोरीलाई सुधार गर्न नसके अर्को निर्वाचनमा एमालेको सिट संख्या एउटा स्कुटरमा अट्ने हुन सक्ने टिप्पणी गरेका छन्।  चिन्तन अभियान नेपालले शनिबार बुटवलमा गरेको कार्यक्रममा उनले पछिल्ला तीनवटा निर्वाचनको परिणाम हेर्दा एमाले मात्र नभई पुराना...

माइतीघरमा नारा- जेनजी आन्दोलन खोलामा, प्रतिवेदन बन्द झोलामा (तस्बिरहरू)

४५ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा शनिबार युवाहरूले विरोध प्रदर्शन गरेका छन्। 'जेनजी आन्दोलन खोला, प्रतिवेदन बन्द झोलामा' भन्ने नारा लगाउँदै विरोध प्रदर्शन गरेका छन्। विभिन्न युवा समूह तथा...

प्रकाश सपुतको घोषणा- केबल इन्टरटेनर हुन चाहन्छु

१ घण्टा अघि   सेतोपाटी

गायक तथा अभिनेता प्रकाश सपुत पुनः कलाकारितामा फर्किने बताएका छन्। शनिबार सामाजिक सञ्जालमा लामो पोस्ट लेख्दै उनले यस्तो बताएका हुन्।  'म अब ढुक्कले जनतालाई मनोरञ्जन दिन चाहन्छु। मेरो बाल मष्तिकले बोकेको सामाजिक र राजनैतिक चेतको भारी बिसाएर केबल इन्टरटेनर हुन...

सधैं चुनावी एजेन्डा बन्ने कमला पुल डेढ दशक बितिसक्दा पनि बनेन (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

मुलुकमा ठेक्का लिएपछि समयमै आयोजना सम्पन्न नगर्ने प्रवृत्ति पुरानै समस्या हो। अझ अचम्मको कुरा के छ भने चुनावका बेला यिनै अधुरा आयोजनालाई देखाएर मत माग्ने र जितेपछि बेवास्ता गर्ने चलन पनि दोहोरिँदै आएको छ। सिरहा र सप्तरी क्षेत्रमा यस्तै धेरै...

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी...

नेपाली र चिनियाँ गीत संगीतले गुन्जियो लुम्बिनी

२ घण्टा अघि   सेतोपाटी

शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी शुक्रबार साँझ चिनियाँ र नेपाली गीत संगीतको अनुपम सङ्गम बन्यो। तेस्रो अन्तर्राष्ट्रिय शान्ति सम्मेलन तथा ध्यान दिवसको विशेष अवसरमा आयोजित 'लुम्बिनी पिस कन्सर्ट' ले केन्द्रीय नहर छेउको स्क्वायर थिएटरलाई प्रेम र सद्भावको धुनले गुञ्जायमान...

यहाँ मुटु जलिरहेछ!

२ घण्टा अघि   सेतोपाटी

आजभोलि दैनिकी अचम्मको भएको छ। आफ्नो घर छोडेर एक रात कतै नगएको महिनौँ हुन लागेछ। कामकाजको सिलसिलामा दिउँसो जहाँ पुगे पनि बेलुका घर फर्किएको छु। परिवारसँगै छु। समय छैन भनौं भने छ, छ भनौं भने लिभिङ रूममा भएको टेलिभिजन नखुलेको धेरै भइसकेको...

प्रधानमन्त्रीलाई रक्षा बमको आग्रह- प्रतिवेदन सार्वजनिक गरिदिनुस्, मेरो हातमा रगत लागेको छ कि छैन जान्न चाहन्छु

२ घण्टा अघि   सेतोपाटी

जेनजी प्रतिनिधि रक्षा बमले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेकी छन्। शनिबार सामाजिक सञ्जालमा स्ट्याटस लेखेर रक्षाले राज्यविहीनताको जटिल स्थितिबाट देशलाई यहाँसम्म ल्याएर शान्तिपूर्ण निर्वाचन गरेको विषयमा प्रधानमन्त्री सुशीला कार्की धन्यवादको पात्र भएको तर सडकमा उठ्न थालेका...

आयरल्यान्डले नेपालमा आएर सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारीको घोषणा

३ घण्टा अघि   सेतोपाटी

आयरल्यान्डको पुरुष क्रिकेट टोली सन् २०२६ मा एकदिवसीय र टी-२० सिरिजका लागि नेपाल भ्रमणमा आउने भएको छ।  क्रिकेट आयरल्यान्डले सन् २०२६ को आफ्नो व्यस्त अन्तर्राष्ट्रिय कार्यतालिका सार्वजनिक गर्दै नेपाल भ्रमणको योजना सुनिश्चित गरेको हो। आयरल्यान्ड र नेपालबीच हुन लागेको यो...

एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदमा दावा लामाको उम्मेदवारी स्थगन गर्न अल्पकालीन अन्तरिम आदेश

३ घण्टा अघि   सेतोपाटी

अखिल नेपाल फुटबल संघ (एन्फा) को आगामी निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी दिएका दावा लामाको उम्मेदवारीलाई पाटन उच्च अदालतले अहिलेलाई रोक्ने अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ। अर्का वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार दिपक खतिवडाले दायर गरेको रिट निवेदनको प्रारम्भिक...

'विचित्रको लोकतन्त्र, गजबको निर्वाचन' का विशेषताहरू

३ घण्टा अघि   सेतोपाटी

यसपालि प्रतिनिधिसभा निर्वाचनको अघिल्लो साता सांग्रिलाबाट प्रकाशित निर्वाचन आयोगका पूर्वप्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाको 'विचित्रको लोकतन्त्र, गजबको निर्वाचन' मेरो हात पर्‍यो। मैले पाण्डुलिपि पनि हेर्ने मौका पाएकाले किताब लगभग एकै बसाइ, अर्थात् बिहानदेखि साँझसम्म लगातार पढेर सकेँ। किताब समीक्षा मेरो...

पाथीभरामा पाँचौं पटक हिमपात

४ घण्टा अघि   सेतोपाटी

ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भएको छ। शुक्रबार साँझदेखि भएको वर्षासँगै हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। उनका अनुसार केही दिनदेखि पाथीभरा क्षेत्रको मौसम धुम्मिएको थियो। आजको हिमपातसँगै यस वर्ष पाथीभरामा पाँच पटक हिउँ परिसकेको...

वर्षाका कारण सडक चिप्लो हुँदा बुटवल दाउन्ने र बुटवल-पाल्पा खण्ड अवरूद्ध

४ घण्टा अघि   सेतोपाटी

शुक्रबार दिउँसोदेखि भएको वर्षाका कारण सडक चिप्लो भएपछि बुटवल-दाउन्ने खण्ड अवरुद्ध भएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने दाउन्ने खण्डमा चिप्लो भएपछि सडक पुर्ण रुपमा बन्द भएको हो। वर्षासँगै सडक हिलाम्य भएपछि...

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरूद्ध

४ घण्टा अघि   सेतोपाटी

रुकुम पूर्वमा भारी हिमपातको कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। गएरातिदेखि निरन्तर भइरहेको हिमपातका कारण रुकुम पूर्वको भुमे गाउँपालिका १ मा पर्ने लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको हो । लोकमार्ग अवरुद्ध हुँदा दर्जनौँ सवारीसाधनसहित यात्रुहरू अलपत्र परेको जिल्ला प्रहरी कार्यालय रुकुम...

काठमाडौंमा यसरी मनाइयो इद उल फित्र (तस्बिरहरू)

५ घण्टा अघि   सेतोपाटी

अरबी पात्रोको (इद उल फित्र) पर्व आज देशभरका मुस्लिम समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन्। हजारी पात्रो अनुसार नवौं महिनामा गरिने एक महिने रोजा (उपवास) समाप्त भएपछि विशेष नमाज अदा गरी, ठूलाबडाबाट आशीर्वाद लिँदै यो पर्व मनाउने परम्परा रहेको छ। विशेष...

ट्रक दुर्घटनामा चालकसहित ४ जना घाइते

५ घण्टा अघि   सेतोपाटी

जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।   नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गए राति २ बजे राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८  झ्याउलेक मोडमा दुर्घटनामा परेको हो। दुर्घटनामा परेर घाइते हुनेमा...

बिपी राजमार्गमा अवरूद्ध, सवारीसाधन ‘होल्ड’

५ घण्टा अघि   सेतोपाटी

अविरल वर्षाका कारण काभ्रेपलाञ्चोक रोशी क्षेत्रमा खोलाको पानीको बहाव बढेपछि आज बिहानदेखि बिपी राजमार्ग अवरुद्ध भएको छ। उक्त क्षेत्रमा गत वर्ष बाढीपहिरोले राजमार्ग क्षतिग्रस्त बनाएपछि खोलामै अस्थायी सडक बनाएर सञ्चालनमा ल्याइएको थियो। आज बिहान साढे ३  बजे रोशी गाउँपालिकाको चारसयबेँसी,...

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

६ घण्टा अघि   सेतोपाटी

जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका हिमनदीहरू तीव्र गतिमा पग्लिरहेका छन्। पछिल्लो अध्ययनले यस क्षेत्रमा सन् २००० यता हिउँ पग्लने दर दोब्बर भएको देखाएको छ। अन्तर्राष्ट्रिय एकीकृत पर्वत विकास केन्द्र (इसिमोड)ले गरेको पछिल्लो अध्ययन प्रतिवेदनअनुसार सन्...

चुनावी समीक्षा प्रतिवेदन पठाउन जसपा नेपालको सर्कुलर

६ घण्टा अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रतिनिधि सभा सदस्य निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन सर्कुलर जारी गरेको छ। पार्टी अध्यक्ष उपेन्द्र यादवले वडा, पालिका, निर्वाचन क्षेत्र समन्वय समिति, जिल्ला समिति, राष्ट्रिय समिति र प्रदेश समितिहरुले आ–आफ्नो क्षेत्र र तहको निर्वाचनसम्बन्धी समीक्षा बैठक...

गिरिजाप्रसाद कोइरालाको १६ औं स्मृति दिवस मनाइँदै

७ घण्टा अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औं स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ।  चारपटक प्रधानमन्त्री बनेका कोइरालाको २०६६ चैत ७ गते निमोनियाका कारण निधन भएको थियो। उनले नेपालमा  तत्कालीन माओवादीको 'जनयुद्ध'  अन्त्य गरी शान्ति स्थापनाका लागि...

ढोरपाटनमा भारी हिमपात

७ घण्टा अघि   सेतोपाटी

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटनसहित बागलुङको उच्च पहाडी क्षेत्रमा भारी हिमपात भएको छ। शुक्रबार दिउँसोदेखि भएको हिमपातले ढोरपाटन सेताम्य हिउँले ढाकिएको छ। हिमपातले स्थानीयको जनजीवन प्रभावित बनेको छ। हिमपातले ढोरपाटन उपत्यकासहित आसपासका क्षेत्र सेताम्य भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय धनबहादुर...

अमेरिकी डलरको मूल्य घट्दा बढ्यो युरो र अस्ट्रेलियन डलरको भाउ

८ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ६४ पैसा र बिक्रीदर १५० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ। शुक्रबार यसको भाउ एकको खरिददर १४७ रूपैयाँ ९२ पैसा र...

आज ईद उल फित्र पर्व मनाइँदै

८ घण्टा अघि   सेतोपाटी

अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका देशभरका मुस्लिम समुदायले आज इद उल फित्र पर्व मनाउँदै छन्। आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफुभन्दा ठूला बडाकहाँ गएर आशिर्वाद लिइन्छ। यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद...

यी स्थानमा मध्यम वर्षा र हिमपातको सम्भावना

८ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको प्रभाव रहेको छ। हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा अधिकांश बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा बाँकी प्रदेशका थोरै स्थानहरूमा...