ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेस रूपन्देही उपसभापतिले दिए राजीनामा

८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस रूपन्देहीका उपसभापति थानेश्वर घिमिरेले पदबाट राजीनामा दिएका छन्। प्रतिनिधिसभा सदस्य निर्वाचनमा रूपन्देहीका कुनै पनि क्षेत्रमा पार्टीको उम्मेदवारलाई जिताउन नसकेको भन्दै उपसभापति घिमिरेले पदबाट राजीनामा दिएका हुन्। रूपन्देहीका ५ वटा निर्वाचन क्षेत्रमध्ये कांग्रेसले एउटा क्षेत्रमा पनि जित्न सकेन। उपसभापति घिमिरेले...

इतिहासमै सबैभन्दा ठूलो मतान्तरले जिते रास्वपाका लेखजंगले

९ मिनेट अघि   सेतोपाटी

रूपन्देही क्षेत्र नं ३ मा रास्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का डा. लेखजंग थापाले ५० हजार भन्दा धेरै अन्तरले निर्वाचन जितेका छन्। थापाले आफ्ना प्रतिसपर्धी नेपाली कांग्रेसका सुशील गुरूङलाई ५० हजार ३७९ मतले पछि पारेका हुन्। यो नेपालको संसदीय निर्वाचनको इतिहासमै अहिलेसम्मको ठूलो...

रास्वपाका हरि ढकाल झन्डै ३० हजार मतान्तरले अगाडि

२१ मिनेट अघि   सेतोपाटी

चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका हरि ढकालले अग्रता बढाउँदै लगेका छन्। यहाँ ६३ हजार ७८ मत गणना हुँदा हरि ढकालले २९ हजार ७७८ मतान्तर कायम गरेका छन्। उनले  ३८ हजार ७८६ मत ल्याएका छन्। कांग्रेसका राजेन्द्र बुर्लाकोटीले ९...

गुल्मी-२ मा पूर्व डिएसपी गोविन्द पन्थी निर्वाचित

३१ मिनेट अघि   सेतोपाटी

गुल्मीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का गोविन्द पन्थी विजयी भएका छन्। उनले १६ हजार ९६७ मत प्राप्त गरी विजयी भएका छन्। उनले पूर्व सांसद समेत रहेका गोकर्णराज विष्टलाई पराजित गरेका हुन्। विष्टले १६ हजार ४०६ मत प्राप्त...

मतदान सकिएको दुई दिनपछि मात्रै सुरू भयो गोरखा-१ मा मतगणना

३४ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचनअन्तर्गत गोरखा क्षेत्र नं १ मा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण मतपेटिका संकलनमा ढिलाइ हुँदा मतदान सम्पन्न भएको दुई दिनपछि मात्रै यस क्षेत्रको मतगणना सुरु भएको हो। जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आज...

चुनावी परिणामपछि नीशा अधिकारी- यात्रा समाप्त भएको छैन, केवल अर्को अध्यायको सुरूआत हो

४२ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र नं ५ बाट गतिशील लोकतान्त्रिक पार्टीकी उम्मेदवार नीशा अधिकारीले चुनाव केवल जित-हारको प्रतिस्पर्धा मात्र नभई विचार, एजेण्डा र विश्वासको अभ्यास पनि भएको बताएकी छन्। चुनावी परिणामपछि मतदाताप्रति धन्यवाद व्यक्त गर्दै उनले उक्त कुरा बताएकी हुन्। काठमाडौं -५ मा...

कास्की– १ बाट रास्वपाका गनेस पौडेल निर्वाचित

५० मिनेट अघि   सेतोपाटी

कास्की– १ बाट प्रतिनिधी सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गडकराज पौडेल (गनेस पौडेल) निर्वाचित भएका छन्। जिल्ला निर्वाचन कर्यालय कास्कीका अनुसार पौडेलले ३९ हजार ८८३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका तिलक रानाभाटले ११ हजार...

काठमाडौं-१ मा नेकपाको निर्वाचन परिचालन कमिटी ५०१ सदस्यीय तर उम्मेदवारले ल्याइन् ३४५ भोट

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देशव्यापी लहर देखिँदा आश्चर्यजनक परिणाम आइरहेको छ। यस्तै आँकडा काठमाडौं–१ मा पनि देखिएको छ। काठमाडौं–१ मा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) की कृतु भण्डारी (मेनुका)ले आफ्नै कमिटीको पनि भोट पाउन सकिनन्। त्यहाँ गत माघ १६...

रणवीर सिंहको 'धुरन्धर २' को ट्रेलर सार्वजनिक (भिडिओ)

१ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेता रणवीर सिंह अभिनीत बहुप्रतीक्षित सिक्वेल ‘धुरन्धरः द रिभेन्ज’ को ट्रेलर सार्वजनिक भएको छ। शनिबार सार्वजनिक ३ मिनेट २५ सेकेण्डको ट्रेलरमा एक्सन दृश्य, द्वन्द्व र बदला केन्द्रित कथावस्तुको झलक देखिन्छ। ट्रेलरमा समावेश एक्सन, थ्रिल र संवादले दर्शकलाई फिल्मको कथा...

हामीले जे-जे वाचा गरेका छौं, त्यो काम पूरा गर्छौं : रवि लामिछाने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग बाचा गरेका सबै कामको थालनी गर्ने बताएका छन्। शनिबार बिहान चितवन निर्वाचन अधिकृतको कार्यालयमा प्रमाणपत्र लिएपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मत माग्दा जनतासँग गरिएका बाचा पूरा गर्ने बताएका हुन्। ‘बाचापत्र हेरेर हामीलाई भोट...

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा प्रचण्ड नेतृत्वको नेकपाको जमानत जफत

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंमा झण्डै ४ प्रतिशत मत प्राप्त गरेको छ। काठमाडौंका १० वटा निर्वाचन क्षेत्रका उम्मेदवारहरूले प्राप्त गरेको मतलाई आधार मान्दा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको नेकपा ५ प्रतिशतभन्दा तल खुम्चिएको हो।  निर्वाचन आयोगको वेबसाइटमा उल्लेख भएको तथ्याङ्कअनुसार काठमाडौंका...

खोटाङमा पनि श्रम संस्कृति पार्टीलाई अग्रता

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा खोटाङमा नयाँ दल श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राई अग्रस्थानमा देखिएका छन्। पछिल्लो मतपरिणामअनुसार पार्टीका महासचिव  राईले ४ हजार ७ सय ७४ मत प्राप्त गर्दै प्रतिस्पर्धामा अघि छन्। उनीसँगै प्रतिस्पर्धामा रहेका नेपाली कांग्रेसका उम्मेदवार वीरकाजी...

बझाङमा एमालेका महर विजयी

१ घण्टा अघि   सेतोपाटी

बझाङमा नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महर विजयी भएका छन्।  १८ हजार ५ सय ४३ मतसहित उनी निर्वाचित भएको निर्वाचन आयोगले जनाएको छ। यहाँ कांग्रेसका उम्मेदवार प्रकाश रसाइली स्नेही पराजित भए। उनले १६ हजार ३ सय ४ मत ल्याए। नेकपाका उम्मेदवार...

ताप्लेजुङमा कांग्रेस उम्मेदवारलाई उछिने एमालेका क्षितिज थेबेले

१ घण्टा अघि   सेतोपाटी

ताप्लेजुङमा नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै नेकपा एमालेका क्षितिज थेबेले अग्रता लिएका छन्। यसअघि नेपाली कांग्रेसका उम्मेदवार गजेन्द्र प्रसाद तुम्याङ लिम्बूले आग्रता लिएका थिए। पछिल्लो मतपरिणाम अनुसार एमालेका थेबेले ९ हजार ३४ मत प्राप्त गरेका छन् भने कांग्रेसका तुम्याङले ७...

सुनसरीका चारै क्षेत्रमा नयाँ दलहरू अघि लाग्दा कांग्रेस एमाले धेरै पछाडि

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत जारी मतगणनामा सुनसरीका चार वटै  क्षेत्रमा नयाँ दलका उम्मेदवार अग्रस्थानमा देखिएका छन्। लामो समयदेखि नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता परम्परागत दलको प्रभाव रहेको जिल्लामा यस पटक मतदाताले नयाँ शक्तितर्फ झुकाव देखाएको मतगणनाको  परिणामले  देखाएको छ । निर्वाचन...

रवीन्द्र मिश्रले छाडे राप्रपा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टी छाडेका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा शनिबार बिहान स्ट्याटस लेख्दै आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको बताएका हुन्। ‘आजैको मितिबाट लागू हुने गरी पार्टीका सम्पूर्ण जिम्मेवारीहरूबाट राजीनामा दिएको...

मतान्तर बढाउँदै हर्क साम्पाङ

१ घण्टा अघि   सेतोपाटी

सुनसरी-१ मा श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले आफ्ना प्रतिस्पर्धीसँगको मतान्तर बढाउँदै लगेका छन्। सुरुवाती मतगणनामा पछि परेका साम्पाङ अहिले भने झन्डै २ हजार मतले अघि छन्। पछिल्लो मतपरिणाम अनुसार उनले ७ हजार ८१३ मत प्राप्त गरेका छन्। उनका निकटम...

धनुकुटामा पहिलो पटक अग्रता लिए एमालेका राजेन्द्रकुमारले

१ घण्टा अघि   सेतोपाटी

धनकुटामा नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले पहिलोपटक अग्रता लिएका छन्। उनले श्रम संस्कृति पार्टीका सान बहादुर राईलाई उछिन्दै अग्रता कायम गरेका हुन्। पछिल्लो मतपरिणाम अनुसार एमालेका राईले ९ हजार ९५४ मत प्राप्त गरेका छन् भने श्रम संस्कृति पार्टीका सान बहादुर...

बिहान साढे ११ बजेसम्म ४३ सिटको मतपरिणाम आयो, कहाँ कसले जिते?

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ।  शनिबार बिहान साढे ११ बजेसम्म ४३ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अन्तिम परिणाम घोषणा भइसकेका ४३ निर्वाचन क्षेत्रमध्ये ३२ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन्। ६ वटामा नेपाली कांग्रेस,...

रूपन्देही-३ मा ५० हजार बढी मतान्तरले विजयी भए रास्वपाका लेखजंग

२ घण्टा अघि   सेतोपाटी

रूपन्देही-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  लेखजंग थापा निर्वाचित भएका छन्। शनिबार बिहान सकिएको मतगणनाको अन्तिम परिणामअनुसार उनले  ५८ हजार ८१४ मत ल्याएका छन्। कांग्रेसका सुशील गुरूङले ८ हजार ४३५ मत ल्याएका छन्। रास्वपाका लेखजंग  ५० हजार ३७९ मतान्तर राखेका...

पराजयपछि विष्णु पौडेलको प्रतिक्रिया– पार्टी नीति, नेतृत्व, संगठनलाई पुनर्गठन गर्न अग्रसरता लिन्छु

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले विगतमा पार्टीका तर्फबाट भएका गल्ती कमजोरीहरूको गम्भीर समीक्षा गर्न, जनअपेक्षा अनुसार आफैलाइ रूपान्तरण गर्न अग्रसरता लिने बताएका छन्। रूपन्देही–२ मा पराजित भएपछि सामाजिक सञ्जाल प्रतिक्रिया लेख्दै उनले एमालेको नीति, नेतृत्व, संगठन र कार्यशैलीलाई जनअपेक्षा अनुरूप...

डोटीमा कांग्रेसका भरत खड्का विजयी

२ घण्टा अघि   सेतोपाटी

डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम अनुसार कांग्रेस उम्मेदवार ६८ वर्षीय खड्का १४ हजार ८ सय ९७ मतसहित विजयी भएको निर्वाचन आयोगले जनाएको छ। यहाँ नेकपा एमालेका उम्मेदवार...

बारा-४ बाट रास्वपाका रहबर अन्सारी विजयी

२ घण्टा अघि   सेतोपाटी

पर्सा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रहवर अन्सारी विजयी भएका छन्। उनी ४१ हजार २०० मत ल्याएर विजयी भएका हुन्। उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण कुमार यादवले ११ हजार ६३९ मत पाएका छन् । उनीहरुबीच २९ हजार ५६१ मतान्तर...

रूपन्देही-२ मा रास्वपाका सुलभ खरेल विजयी, एमालेका विष्णु पौडेललाई हराउने को हुन् उनी?

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रूपन्देही क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सुलभ खरेल विजयी भएका छन्। निर्वाचन आयोगका अनुसार उनी ५६ हजार ५५० मत प्राप्त गर्दै उनी विजयी भएका हुन्।  उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका विष्णु पौडेलले १२ हजार ८६१ मत ल्याएका छन्।...