ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

अमेरिका र इरानबीच ६ घन्टा वार्ता, भएन सहमति

१८ मिनेट अघि   सेतोपाटी

अमेरिकी र इरानी अधिकारीबीच ६ घन्टा वार्ता भएको छ। स्वीट्जरल्याण्डको जेनेभामा अमेरिकी र इरानी अधिकारीबीच लामो छलफल भए पनि सहमति भने नजुटेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यद्यपि वार्ता अवरूद्ध नभएको पनि अमेरिकी अखबार न्युयोर्क टाइम्सले जनाएको छ। दुई पक्षबीच...

काठमाडौं महानगरको १० वडाका ५०९ स्थानमा प्राचीन नाम कायम

४१ मिनेट अघि   सेतोपाटी

काठमाडौँ महानगरपालिकाले १० वटा वडाभित्रका ५०९ वटा स्थानका प्राचीन र मौलिक नाम निश्चित भएको जनाएको छ। सम्पदा तथा पर्यटन विभागले एकीकृत सहरी विकास केन्द्रसँगको सहकार्यमा यसअघि दुई चरणमा गरेको अध्ययनबाट ४३० वटा मूल नाम र ७९ वटा सहायक नाम यकिन...

झापामा चैत धान रोपाइँ सुरु, क्षेत्रफल घट्दै

४७ मिनेट अघि   सेतोपाटी

झापामा चैते धान रोपाइँ सुरु भएको छ। कचनकवल गाउँपालिका क्षेत्रबाट चैते धान रोपाइँ सुरु भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। चैतको दोस्रो हप्तासम्ममा जिल्लाभरि रोपाइँ सकिने अनुमान गरिएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले जानकारी दिए। उनले परम्परागत खेती प्रणालीको...

दाङ-२ मा शंकर पोखरेलले सार्वजनिक गरे ‘पाँच वर्ष–पाँच क्रान्ति’ एजेन्डा

५७ मिनेट अघि   सेतोपाटी

नेकपा (एमाले) का महासचिव तथा  दाङ निर्वाचन क्षेत्र नं. २ का  प्रतिनिधि सभा सदस्य उम्मेदवार शंकर पोखरेलले बिहीबार आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन्। बिहीबार घोराहीमा पत्रकार सम्मेलन गरी उनले ‘दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल’ भन्ने  नारासहित संकल्प...

एनआरएनएको उपाध्यक्षमा रोजिना प्रधान राईले उमेद्वारी दिने

१ घण्टा अघि   सेतोपाटी

गैरआवासीय नेपाली संघको खुला उपाध्यक्षमा रोजिना प्रधान राईले आफ्नो उमेद्वारी घोषणा गरेकी छन्। गैरआवासीय नेपाली संघको महिला उपाध्यक्ष रहेकी प्रधानले संघको मार्चमा हुने १२ औं महाधिवेशन तथा विश्व सम्मेलनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन्। सन् २००७ देखि एनआरएनए...

यी चार प्रदेशमा आज मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना

१ घण्टा अघि   सेतोपाटी

हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। शुक्रबार बिहान तराई भू-भागका केही स्थानहरूमा हुस्सु लागेको छ। बिहानीपख कोशी, बागमती प्रदेशमा एक दुई स्थानमा छिटपुट वर्षा पनि भएको छ।  शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली...

काठमाडौं आउँदै गरेको गाडी दुर्घटना हुँदा ८ घाइते, चार जनाको अवस्था गम्भीर

१ घण्टा अघि   सेतोपाटी

नुवाकोटबाट काठमाडौं आउँदै गरेको गाडी बिहीबार साँझ शिवपुरी गाउँपालिका–५ कुखुरेमा दुर्घटना हुँदा आठजना घाइते भएका छन्। घाइतेमध्ये चारको अवस्था गम्भीर भएकाले थप उपचारका लागि काठमाडौं लगिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक विनोद ढकालका अनुसार दुप्चेश्वर गाउँपालिका–४ जिम्टाङबाट काठमाडौँ जाँदै गरेको...

निर्वाचन ६ दिन बाँकी, चुनाव अवधिभर मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध

१ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले आजदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्रीवितरण तथा सेवनमा प्रतिबन्ध लगाउने भएको छ। आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ को दफा ३ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकबाट पारित निर्वाचन सुरक्षा योजनाअनुसार सो प्रस्ताव गरिएको...

एक जना विदेशीले बदलेको नेपालको गाउँ

१ घण्टा अघि   सेतोपाटी

सुनसरीको धरानबाट १४ किलोमिटर उकालो लागेपछि पुगिन्छ भेडेटार। भेडेटारबाट तीन किलोमिटर पूर्वमा पर्ने सानो गाउँ हो नाम्जे। धनकुटा जिल्लामा पर्ने नाम्जे आजका दिनमा पूर्वकै चर्चित र आकर्षक पर्यटकीय गन्तव्य बनेको छ। घरघरै खुलेका होटल र होमस्टेमा आगन्तुकको भीड लागिरहन्छ। आन्तरिक पर्यटक बाह्रैमास आइरहन्छन् भने कहिलेकाहीँ...

जिम्बावेविरूद्ध भारतको शानदार जित, अब सेमिफाइनल पुग्न वेस्ट इन्डिजसँग निर्णायक खेल

२ घण्टा अघि   सेतोपाटी

जिम्बावेविरुद्धको खेलमा ७२ रनको फराकिलो जित निकाल्दै भारतले आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को अन्तिम खेलमा वेस्ट इन्डिजसँगको महत्वपूर्ण भिडन्त पक्का गरेको छ। बिहीबार चेन्नईमा भारतले दिएको २५७ रनको विशाल लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर...

अभिनेत्री नम्रताले गरिन् बिहे

८ घण्टा अघि   सेतोपाटी

अभिनेत्री तथा मोडल नम्रता सापकोटाले विवाह गरेकी छन्। बिहीबार सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै उनले विवाहको खबर साझा गरेकी हुन्। उनले क्याप्सनमा लेखेकी छन्, 'भगवानले जे वाचा गर्नुभएको थियो, त्यो पूरा गर्नुभयो।' नम्रताले आफ्नो श्रीमानको नाम भने उल्लेख गरेकी छैनन्।...

जीवनसाथी बने रश्मिका-विजय, साझा गरे तस्बिर

९ घण्टा अघि   सेतोपाटी

साउथ सिनेमा स्टार जोडी रश्मिका मन्दना र विजय देवरकोन्डाले बिहे गरेका छन्। बिहीबार भारतको उदयपुरमा पारिवारिक र नजिकका साथीहरूको उपस्थितिमा विवाह गरेपछि उनीहरूले आफ्नो वैवाहिक तस्बिरहरू सार्वजनिक गरेका छन्। रश्मिकाले सामाजिक सञ्जालमा पहिलो पोस्टमा आफूलाई श्रीमतीको रूपमा परिचय गराउँदै विजयलाई...

बिबिसीको डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले प्रेस काउन्सिललाई लेख्यो पत्र

११ घण्टा अघि   सेतोपाटी

बिबिसीले प्रकाशन गरेको डकुमेन्ट्री रिपोर्ट हटाउन आग्रह गर्दै निर्वाचन आयोगले प्रेस काउन्सिललाई पत्र लेखेको छ।  बिहीबार आयोगले प्रेस काउन्सिललाई उक्त डकुमेन्ट्री हटाउन पत्र लेखेको आयोगका आयुक्त रामप्रसाल भण्डारीले जानकारी दिए।  उनका अनुसार बिबिसीले प्रकाशन गरेको डकुमेन्ट्री निर्वाचनको माहोल भाड्ने किसिमको छ।  'निर्वाचनको...

ब्युटी पेजेन्टमा सहभागी युवतीमाथि अभद्र व्यवहार आरोपमा आयोजक पक्राउ

१२ घण्टा अघि   सेतोपाटी

मिस विभा ब्युटी पेजेन्ट-२०२६ को तयारीका क्रममा सहभागी एक युवतीलाई प्रलोभनमा पारी अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले आयोजकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार चितवन भरतपुर महानगरपालिका वडा नं. २२ स्थायी घर भई हाल कीर्तिपुर नगरपालिका वडा नं. ६ बस्दै आएका वर्ष ४१...

शंकर पोखरेलको संकल्प पत्र सार्वजनिक: 'पाँच वर्ष–पाँच क्रान्ति' एजेन्डा

१२ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले) का महासचिव तथा दाङ निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार शंकर पोखरेलले बिहीबार आफ्नो संकल्प पत्र सार्वजनिक गरेका छन्। घोराहीमा पत्रकार सम्मेलन गरी उनले 'दाङको विकास, दाङबासीको सम्मान–सबल दाङ, समृद्ध नेपाल' भन्ने नारासहित उनले संकल्प पत्र सार्वजनिक गरेका हुन्।...

न्यायालय सुधार्न निर्देशिका ल्याउने मन्त्रीसँग बहस

१३ घण्टा अघि   सेतोपाटी

न्यायालय र संवैधानिक निकायको सुधार–४ हामीले सेतोपाटीमा 'न्यायालय र संवैधानिक निकायको सुधार' बारे बहस शृंखला चलाइरहेका छौं। यो शृंखलाको चौथो अंकमा कुरा गर्न हामीले पूर्वकानुनमन्त्री तथा वरिष्ठ संविधानविद गोविन्द बन्दीलाई स्टुडियोमा निम्ता गरेका छौं। हामी धेरै नेपालीलाई लाग्छ — हाम्रा...

सामसङले सार्वजनिक गर्‍यो ग्यालेक्सी एस २६ सिरिज

१३ घण्टा अघि   सेतोपाटी

सामसङले नयाँ ग्यालेक्सी एस २६ सिरिज सार्वजनिक गरेको घोषणा गरेको छ। जसले स्मार्टफोनमा नयाँ परिवर्तनको महत्वपूर्ण कदम प्रतिनिधित्व गरेको कम्पनीले बताएको छ। नवीनतम ग्यालेक्सी एआई प्रविधिद्वारा सञ्चालित ग्यालेक्सी एस २६ सिरिज प्रयोगकर्ताको दैनिक जीवनसँग सहज रूपमा घुलमिल हुने गरी अझै...

मलाई चितवन-३ मा केन्द्रित भयो भन्नु रेनु र म दुवैमाथि अन्याय हुन्छ- प्रचण्ड

१३ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले आफूलाई चितवन निर्वाचन क्षेत्र नम्बर ३ सँग जोडेर भइरहेको प्रचारबाजीप्रति आपत्ति जनाएका छन्। बिहीबार पेरिसडाँडामा आयोजित पत्रकारहरूसँग संवाद कार्यक्रममा संयोजक प्रचण्डले निर्वाचन प्रक्रिया शुरु भएदेखि आफू चितवन ३ मा नगएको बताएका हुन्। चि तवन...

वेस्ट इन्डिजमाथि दक्षिण अफ्रिकाको शानदार जित

१३ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को सुपर-८ को खेलमा दक्षिण अफ्रिकाले लगातार दोस्रो खेलमा जित निकालेको छ।  बिहीबार अमदावादमा दक्षिण अफ्रिकाले वेस्ट इन्डिजमाथि नौ विकेटको शानदार जित निकालेको हो। यो जितसँगै दक्षिण अफ्रिका सेमिफाइनलको नजिक पुगेको छ।  वेस्ट इन्डिजले दिएको १७७...

रूपन्देही-२ मा नेकपा उम्मेदवार पाण्डेको प्रतिबद्धता- विद्यालयमा निःशुल्क बस,  प्रादेशिक अस्पताललाई अन्तर्राष्ट्रिय स्तरको बनाइने

१४ घण्टा अघि   सेतोपाटी

रूपन्देही- २ मा नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विश्वदीप पाण्डे(शुभाष)ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्ना प्रतिबद्धता सार्वजनिक गरेका छन्। शिक्षा, जनस्वास्थ्य, युवा तथा खेलकुद, लैंगिक समानता, समावेशिता, सामाजिक परिचालन र भौतिक पूर्वाधारको क्षेत्रलाई प्राथमिकता दिएर उनले...

झापा-५ मा निर्वाचन प्रहरी, प्रहरी, सशस्त्र प्रहरी र सेना सँगसँगै गस्तीमा (तस्बिरहरू)

१४ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुन लागेको निर्वाचनका लागि झापा-५ मा संयुक्त गस्ती सुरू भएको छ। आपराधिक प्रवृत्तिका मानिसहरूलाई हतोत्साहित गर्न तथा शान्ति सुरक्षा कायम गर्न एकीकृत सुरक्षा योजना अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती सुरू भएको हो। कुनै अप्रिय...

नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई छाड्न सर्वोच्चको आदेश

१४ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोलालाई छाड्न आदेश दिएको छ। बिहीबार न्यायाधीशहरू कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले बन्दी प्रत्यक्षीकरणको रिट जारी गर्दै बास्तोलालाई थुनामुक्त गर्न आदेश दिएको हो। प्रहरीले बास्तोलालाई फागुन ६ गते पक्राउ गरेको थियो। फागुन २१...

नेकपाको अपिल- व्यवस्था बदलेको हामीले हो, अब अवस्था पनि बदल्छौं (पूर्णपाठ)

१४ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले व्यवस्था बदलेजस्तै अवस्था पनि बदल्ने प्रतिबद्धता व्यक्त गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी नेकपाले १५ बुँदे अपिल जारी गर्दै व्यवस्थासँगै अवस्था पनि बदल्ने प्रतिबद्धता व्यक्त गरेको हो। 'व्यवस्था बदलेको हामीले हो, अब...

जय ट्रफी : तेस्रो चरणको पहिलो दिन आर्मीका दासको शतक

१४ घण्टा अघि   सेतोपाटी

जय ट्रफी मेन्स इलिट कप दुईदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको तेस्रो चरणका खेल बिहीबारदेखि सुरू भएका छन्।  तेस्रो चरणमा मुलपानी मैदानमा त्रिभुवन आर्मी क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुँदा कीर्तिपुरस्थित त्रिवि मैदानमा बागमती प्रदेश र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गरिरहेका...