कांग्रेसको नेतृत्वमा ५ वर्षभित्र नेपाललाई भ्रष्टाचारमुक्त समाज बनाउँछौं- गगन थापा
नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेसको नेतृत्वमा मुलुकलाई पाँच वर्षभित्र भ्रष्टाचारमुक्त बनाउने घोषणा गरेका छन्। बिहीबार कांग्रेसको प्रतिज्ञा पत्रबारे प्रश्नोत्तर कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले भ्रष्टाचार अन्त्य गरी नागरिकहरूलाई हैरानीबाट मुक्त र सरकारलाई जबाफदेही बनाउने बताएका हुन्। त्यसका लागि आयोग...
