ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

मुम्बईको वानखेडे रंगशालामा लोकेश बम र जोफ्रा आर्चर आमने–सामने हुँदा

८ मिनेट अघि   सेतोपाटी

मलाई लाग्थ्यो, स्मरणशक्ति दिमागसँग मात्र हुन्छ। होइन रहेछ। शरीरका मांसपेसी, घाँटीका नसा र मुटुका भित्तासँग पनि स्मरणशक्ति हुँदो रहेछ। माघ २५ गते मुम्बईको वानखेडे रंगशालामा नेपाल र इंग्ल्यान्ड बीचको क्रिकेट प्रत्यक्ष हेरेपछि मलाई यस्तो अनुभूति भएको हो। वानखेडे रंगशालामा उफ्रिएका...

राजकुमार शर्मा नेकपाबाट निष्कासित

३० मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कर्णाली प्रदेशसभा संसदीय दलका सदस्य तथा पार्टीका केन्द्रीय सदस्य राजकुमार शर्मालाई पार्टीबाट निष्कासन गरेको छ। पार्टीको मंगलबार बसेको केन्द्रीय समितिको बैठकले उनलाई साधारण सदस्यसमेत नरहने गरी केन्द्रीय समिति लगायत दलको सम्पूर्ण जिम्मेवारी र कर्णाली प्रदेश संसदीय दलको...

कपिलवस्तु रास्वपाका संगठन विभाग प्रमुख पक्राउ

४२ मिनेट अघि   सेतोपाटी

कपिलवस्तुमा राष्ट्रिय स्वतन्त्र पार्टीका संगठन विभाग प्रमुख विद्युतीय अपराध अभियोगमा पक्राउ परेका छन्।  रास्वपाका जिल्ला संगठन विभाग प्रमुख रिखीराम भट्टराई बुधबार विद्युतीय अपराध ऐन २०६३ अनुसार कसुर गरेको अभियोगमा पक्राउ परेको जिल्ला प्रहरी प्रमुख डिएसपी रिपेन्द्रकुमार सिंहले सेतोपाटीलाई बताए।  वाणगंगा नगरपालिका...

रवि घण्टी बजाउँदै सडकमा, प्रचण्ड पार्टी प्यालेसमा

५९ मिनेट अघि   सेतोपाटी

पोखरामा बुधबार प्रतिनिधिसभा निर्वाचनको प्रचारमा दुई फरक दृश्य देखिए। एकातिर, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने घण्टी बजाउँदै सडक परिक्रमा गरिरहेका थिए। अर्कोतिर, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी प्यालेसको बन्द हलभित्र कार्यकर्तालाई सम्बोधन गर्दै थिए। दुवै...

विनोद चौधरीले सार्वजनिक गरे आफ्नो तीन वर्षको 'रिपोर्ट कार्ड'

१ घण्टा अघि   सेतोपाटी

पश्चिम नवलपरासी क्षेत्र नम्बर १ का नेपाली कांग्रेस उम्मेदवार विनोद चौधरीले आफ्नो अघिल्लो तीनवर्षे कार्यकालको विस्तृत 'रिपोर्ट कार्ड' सार्वजनिक गरेका छन्। २०७९ सालको चुनावमा यसै क्षेत्रबाट निर्वाचित भएपछि चौधरीले जारी गरेको ३१ बुँदे घोषणापत्रको प्रत्येक बुँदामा भएको प्रगति, उपलब्धि र...

रास्वपा उम्मेदवारको घरदैलोमा सहकारी पीडितको प्रदर्शन

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले भोट माग्दै हिँडेका बेला  सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका पीडितहरूले प्रदर्शन गरेका छन्। बुधबार दिउँसो रूपन्देहीको निर्वाचन क्षेत्र नं. २ अन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं. ११ होराइजन चोकमा रास्वपा उम्मेदवार शुलभ खरेलले घरदैलो गर्ने क्रममा सहकारी पीडितहरूले प्रदर्शन गरेका हुन्। 'तिम्रो...

आयोगमा प्राप्त हुने उजुरीमध्ये ५० प्रतिशतभन्दा बढी हिस्सा स्थानीय र प्रदेश तहसँग सम्बन्धित छ- प्रमुख आयुक्त

२ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजस्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। आयोगको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सरकारी र सार्वजनिक सम्पत्तिको दोहन रोक्न कडा कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।  प्रमुख आयुक्त...

पसल जान्छु भनेर हिँडेका थिए, फर्केर आउँदै आएनन्!

२ घण्टा अघि   सेतोपाटी

सहिद परिवार भदौ २४ गते दिउँसो १ बजेसम्म ४९ वर्षीय निरज पन्त घरमै थिए।  काठमाडौंको टोखा नगरपालिका–७ ग्राण्डीचोकमा बस्ने उनी बुढानिलकण्ठ नगरपालिका–१ हात्तिगौंडामा पतञ्जलीका सामानको डिलर पसल चलाउँथे। काम छ भनेर उनी दिउँसो सवा एक बजेतिर पसल जान निस्किए। निस्केको डेढ/दुई घन्टासम्म पनि श्रीमती कमला...

अजयको 'दृश्यम ३' मा जोडिए प्रकाश राज, के अक्षय खन्नाको स्थान लिएका हुन्?

२ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता प्रकाश राजले आफू फिल्म 'दृश्यम ३' मा प्रवेश गरेको पुष्टि गरेका छन्। अर्का अभिनेता अक्षय खन्ना यो फिल्मबाट बाहिरिएपछि उनको भूमिकामा को देखिने भन्ने अड्कलबाजी थियो। सामाजिक सञ्जालमा प्रकाशले अक्षयको भूमिका सम्हादैछन् भन्ने चर्चा समेत फैलिएको थियो।  तर...

नेपाली बजारमा स्कोडा कायलाक सार्वजनिक, कति पर्छ मूल्य?

२ घण्टा अघि   सेतोपाटी

स्कोडा नेपालले बहुप्रतीक्षित स्कोडा कायलाकलाई औपचारिक रूपमा सार्वजनिक गरेको छ। जसले एसयुभी सेग्मेन्टमा ब्रान्डका लागि महत्वपूर्ण उपलब्धि थपेको छ। चन्द्रागिरि हिल्समा आयोजित लन्च कार्यक्रम कम्पनीको लिडरशिप, व्यावसायिक साझेदार, इन्फ्लुएन्सर तथा सञ्चारकर्मीहरूको उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रमको उद्घाटन एमएडब्लू ग्रुपका अध्यक्ष...

सुरक्षित इन्टरनेट दिवस २०८२ः एनसेल फाउन्डेसनद्वारा 'सेफर इन्टरनेट टुगेदर' कार्यक्रम सुरू

२ घण्टा अघि   सेतोपाटी

सुरक्षित इन्टरनेट दिवस २०८२ को अवसरमा मंगलबार एनसेल फाउन्डेसन र नासा सेक्युरिटीजले देशव्यापी रूपमा 'सेफर इन्टरनेट टुगेदर (एसआइटी)' कार्यक्रम आरम्भ गरेको घोषणा गरेको छन्।  यो सामाजिक अभियानले देशभरका विद्यालयहरुमा पुगेर साइबर सुरक्षा, डेटा गोपनीयता तथा डिजिटल सुरक्षाका विविध पक्षहरूबारे विद्यार्थीहरुलाई...

स्थगन गरिएका आयोजनाहरूको बजेट फुकुवा हुने क्रममा छ- अर्थमन्त्री खनाल

३ घण्टा अघि   सेतोपाटी

अर्थमन्त्री रामेश्वर खनालले स्थगनमा परेका आयोजनाहरूको आवश्यकताको आधारमा बजेट फुकुवा हुने क्रम जारी रहेको बताएका छन्। बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले राखेको प्रश्नको जबाफ दिँदै उनले कतिपय आयोजनाहरूको बजेट फुकुवा भएर कार्यान्वयनमा समेत गइसकेको जानकारी दिए। उनले वर्तमान...

वार्षिक सवा खर्बको आइटी सेवा निर्यात, थप लाभ लिन के गर्नुपर्छ?

३ घण्टा अघि   सेतोपाटी

नेपालले आइटी सेवा निर्यात गरेर वार्षिक सवा खर्ब रूपैयाँ बराबर विदेशी मुद्रा आर्जन गरेको आइटी सेवामा काम गरेका उद्यमीहरूले बताएका छन्। यद्यपि पछिल्लो अध्ययन २०२२ मा ६७ अर्ब रूपैयाँ बराबरको निर्यात भएको थियो। अब आइटी सेवाबाट ठूलो लाभ लिन सकिने...

'चलचित्र विधेयक' राष्ट्रिय सभाबाट पारित

३ घण्टा अघि   सेतोपाटी

‘चलचित्र विधेयक-२०८१' राष्ट्रियसभाबाट पारित भएको छ। बुधबारको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीका तर्फबाट महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले चलचित्र विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्। सो प्रस्ताव बैठकल सर्वसम्मतीले पारित गरेको सभाध्यक्ष नारायणप्रसाद...

दल नयाँ कि दृष्टि?

३ घण्टा अघि   सेतोपाटी

अहिले नेपाल विषम राजनीतिक परिवेशका बाबजुद समय अगावै संघीय निर्वाचनमा होमिएको छ। यो लेख तयार पार्दासम्म प्रतिनिधि सभा सदस्यको निर्वाचन २०८२ आउन २२ दिन बाँकी छ। पुरै देश मात्र नभएर विदेशमा समेत जुन-जुन देशमा नेपाली नागरिक बसोबास गर्छन् ती देशहरूमा पनि निर्वाचन...

सिटिजन्स बन्यो एनसिएचएलको इएफटी अन्तर्गत नेपाल पे जारी गर्ने पहिलो बैंक

३ घण्टा अघि   सेतोपाटी

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउसबिच पे कार्ड जारी गर्ने सम्बन्धमा सम्झौता भएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नेपाल क्लियरिङ हाउस (एनसिएचल) बीच नेसनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम इलेक्ट्रिक फन्ड ट्रान्सफर (इएफटी) मार्फत नेपाल पे...

एउटा मिठो संयोग हुने खेलमा १२ वर्षपछि विश्वकपमा जितको अपेक्षा

३ घण्टा अघि   सेतोपाटी

नेपाली क्रिकेटका लागि टी-२० विश्वकपको यात्रा जति उत्साहजनक छ, त्यति नै पीडादायक छ। सन् २०२४ को विश्वकपमा दक्षिण अफ्रिकासँगको एक रनको हार होस् वा यसपटक इंग्ल्यान्डविरूद्ध चार रनले चुकेको क्षण नेपाली क्रिकेटका लागि निकै पीडादायी रहे। हारका बावजुद मैदानमा नेपालले...

नेपालसँगको खेलअघि के भन्छन् इटालीका प्रशिक्षक र कप्तान?

४ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत बिहीबार समूह ‘सी’ को खेलमा नेपाल र इटालीले प्रतिस्पर्धा गर्दैछन्।  मुम्बईको वानखेडे रंगशालामा नेपालसँग बिहीबार दिउँसो सवा तीन बजे भिड्नुअघि इटालीका कप्तान वायन म्याडसेनले वानखेडे जस्तो ऐतिहासिक रंगशालामा खेल्न पाउनु ठूलो सम्मान भएको बताए। नेपाली...

यस पटक मैले हालेको भोटले...

४ घण्टा अघि   सेतोपाटी

यस पटक मैले हालेको भोटले मेरो नेताले होइन मेरो पार्टीले होइन सबैको सुइच्छाले जितोस् यस्तो सुइच्छा कि सबैको अभावहरू हटोस् आवश्यकताहरू पूरा होस् सबैको जीवनमा सुख आओस् यस पटक मैले हालेको भोटले मेरो नेताले मात्र बिल्डिङ ठड्याउने होइन मेरो पार्टीले...

उमेरसँगै मौन बनेका मेरा सपना!

४ घण्टा अघि   सेतोपाटी

मसँग गर्वले देखाउन सकिने कुनै ठुलो उपलब्धि छैन। न त पदकहरू छन्, न त ‘सफलता’ भनेर सजिलै नाम दिन मिल्ने कुनै पद। तर मसँग जीवन छ— थाकेको, अलमलिएको तर इमानदार जीवन। बाल्यकालमा भविष्य खुला आकाश जस्तै लाग्थ्यो। जता मन लाग्यो...

फास्ट ट्र्याकमा पुलको खाडल खनेर फर्कने क्रममा टुचन मेसिन खस्दा एक मजदुरको मृत्यु

४ घण्टा अघि   सेतोपाटी

फास्ट ट्र्याकमा पुलको खाडल खन्ने क्रममा एक मजदुरको मृत्यु भएको छ।  मंगलबार साँझ  ६ बजे मकवानपुरको भिमफेदी गाउँपालिका-८ महादेवटार छेक्रेडाडास्थित निर्माणधीन तराई-मधेस द्रूत मार्गको १ नम्बरको पुलको खाडल खनिसकेर टुचनमा बसेर आउने क्रममा एक्कासि टुचन मेसिनको ब्रेक फेल भएर २१...

आऊ, अब मसँग पनि भोट माग!

४ घण्टा अघि   सेतोपाटी

पन्चे बाजा घन्काउँदै कालो अरिङ्गाल जति मन्छाउँदै मोटरसाइकल र्‍याली पछिल्तिर  पूर्ण कलश र झाँकी अघिल्तिर बढो तामझामका साथ अस्वाभाविक बाङ्गो मुन्टोसहित जुम्ल्याहा हात गर्दै अघिल्तिर लाग आऊ, अब मसँग पनि भोट माग! म विगत कोट्याउँला तिमी आगत देखाएर फकाउनू म...

रबडाले अन्तिम ओभरमा दुई नो-बल फ्याँकेको खेलमा भयो दुई वटै सुपर ओभर, जित भने दक्षिण अफ्रिकाकै

५ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत रोमाञ्चक खेलमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाले दुई वटा सुपर ओभरमा जित निकालेको छ। अहदावादमा समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिका र अफगानिस्तानले १८७-१८७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो। पहिलो सुपर ओभरमा अफगानिस्तानले १७ रन...

भक्तपुरमा दुई जनामाथि छुरा प्रहार गरेको आरोपमा ३ जना पक्राउ

५ घण्टा अघि   सेतोपाटी

भक्तपुरमा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायका दुई जनामाथि छुरा प्रहार भएको छ।   मध्यपुर थिमि नगरपालिका-१ मनोहरा बस्तीमा २० वर्षीया वेलिना राई र १९ वर्षीय काशी तामाङमाथि एक समूहले छुरा प्रहार गरेको हो।  सोमबार साँझ उनीहरूमाथि एक समूहले छुरा प्रहार गरेको जिल्ला प्रहरी...