भदौ २४ गते जलाइएको कोटेश्वरको भाटभटेनी आयो सञ्चालनमा (तस्बिरहरू)
कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा आएको छ। जेन–जी आन्दोलनको क्रममा भदौ २४ गते आगजनीबाट ध्वस्त भएको १२ वटा भाटभटेनी सुपरमार्केटमध्ये कोटेश्वरमा रहेको भाटभटेनी शनिबारदेखि पुनः सञ्चालनमा आएको हो। भाटभटेनीको शुभारम्भ गर्दै प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले आगामी दिनमा नेपालमा फेरि भदौ...
