टिकटकले प्रयोगकर्ताका लागि सुरक्षित डिजिटल वातावरण बनाउन निरन्तर प्रतिबद्धता जनाउँदै २०२५ तेस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक गरेको छ। जुलाईदेखि सेप्टेम्बर २०२५ सम्मको तथ्यांक समेटिएको यस रिपोर्टले टिकटकले आफ्ना कम्युनिटी गाइडलाइन्स विपरीत रहेका सामग्री पहिचान गर्न र हटाउन अपनाएका सक्रिय कदमहरूको विवरण प्रस्तुत गर्दछ। जसले विश्वव्यापी प्रयोगकर्तालाई सकारात्मक अनुभव सुनिश्चित गर्न मद्दत पुऱ्याएको छ। यस तीन महिनाको अवधिमा नेपालमा कम्युनिटी गाइडलाइन्स उल्लंघका कारण कुल २८ लाख २९ हजार ६१२ वटा भिडिओ हटाइएका छन्। जुलाईदेखि सेप्टेम्बरसम्म सक्रिय रूपमा सामग्री हटाउने दर ९९.७ प्रतिशत रहेको छ, जसमध्ये ९८ प्रतिशत भिडिओ २४ घण्टाभित्र हटाइएका थिए। विश्वव्यापी रूपमा यस त्रैमासिकमा टिकटकले कुल २०४ मिलियन (२० करोड ४,५ लाख ३४ हजार ९३२) भिडिओ हटाएको छ, जुन यस प्लेटफर्ममा अपलोड भएकाकुल कन्टेन्टको करिब ०.७ प्रतिशत हो। हटाइएका भिडिओहरूमध्ये १८ करोड ६६ लाख ८ हजार ८१ भिडिओ अटोमेटिक डिटेक्सन प्रविधिको प्रयोगमार्फत पहिचान गरी हटाइएका थिए भने थप रिभ्युपछि ८९ लाख ५०...