ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट चुनावी मैदानमा को-को छन् उम्मेदवार ?

५ मिनेट अघि   सेतोपाटी

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिलोपटक पार्टी निर्माण गरेर उम्मेदवार दर्ता गराएका छन्। मंसिर ९ गते अल्पसंख्यक समुदायले ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका थिए। नुमा लिन्बुको अध्यक्षतामा दर्ता गरिएको पार्टीका पदाधिकारीहरू पहिलोपटक चुनावमा होमिएका छन्। राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व...

रास्वपाबाट शिशिर खनालले गरे उम्मेदवारी दर्ता

५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले काठमाडौं–६ बाट उम्मेदवारी दर्ता गराएका छन्। यसअघि खनालले काठमाडौं–६ बाटै चुनाव जितेका थिए। पूर्वशिक्षा मन्त्रीसमेत रहेका खनालले महिला उद्यमी शैलेजा कसजुको प्रस्ताव र तारकेश्वरका युवा अभिषेक थापाको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन्। थापा...

रास्वपाका जेनजी अधिवक्ता मनिष खनालले नवलपुर-२ मा दिए उम्मेदवारी

८ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवलपुर क्षेत्र नम्बर २ मा जेनजी युवा मनिष खनालले उम्मेदवारी दर्ता गराएका छन्।  मंगलबार दिउँसो उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उनले काठमाडौंमा टिकट पाएपछि उम्मेदवारी दर्ता गराउन नवलपुर गएका थिए। नवलपुर मध्यविन्दु...

मनोनयन दर्तापछि एमाले उपाध्यक्ष पृथ्वीसुब्बाले भने– विदेशी हस्तक्षेपविरूद्ध मेरो उम्मेदवारी

११ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधी सभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवारी दिएका छन्। लमजुङमा पञ्चायतकालदेखि निरन्तर चुनाव लड्दै आएका गुरुङले यसपटक नवौं पटक उम्मेदवार बनेका हुन्। उम्मेदवारी दर्ता गरेपछि छोटो प्रतिक्रिया दिँदै गुरुङले विदेशी हस्तक्षेपविरुद्ध आफूले उम्मेदवारी दिएको बताए। ‘मेरो...

रक्षा बमले भनिन्– म चुनाव लड्दिनँ, सडक आन्दोलनमै रहन्छु

१२ मिनेट अघि   सेतोपाटी

फागुन २१ को चुनावमा उम्मेदवार हुने चर्चा चलिरहेका बेला नेपाल जेनजी फ्रन्टका संयोजक रक्षा बमले आफू चुनाव नलड्ने प्रस्ट पारेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार दिउँसो आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। उनले आफू सडक आन्दोलनबाट आएको र भुइँमान्छेहरूकै वरिपरि बस्न...

चितवनमा महिन्द्राको इलेक्ट्रिक ओरिजिन एसयुभीहरू 'बिई-६’ र ‘एक्सइभी ९-ई' सार्वजनिक

१३ मिनेट अघि   सेतोपाटी

नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको नयाँ तथा सर्टिफाइड प्रि-औन्ड गाडीहरूको खरिदबिक्री एवम् एक्सचेन्ज तथा महिन्द्रा पिक-अप, ट्रयाक्टर, एसयुभी र आरभीको आधिकारिक बिक्रेता कम्पनी अग्नि ग्रुपअन्तर्गत अग्नि आस्था प्राइभेट लिमिटेडले अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभीहरू बिई-६ र एक्सइभी ९-ई सार्वजनिक गरेको छ ।...

अभिनेत्री निशा अधिकारीले गरिन् उम्मेदवारी दर्ता

१३ मिनेट अघि   सेतोपाटी

अभिनेत्री निशा अधिकारीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन्। उनले गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौं-५ मा उम्मेद्वारी दिएकी हुन्।  निशा हालै गतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बनेकी थिइन्।

रविको मुद्दा संशोधन विरूद्धको रिटमा कारण देखाऊ आदेश

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमाथि सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले उक्त रिटमा कारण देखाऊ आदेश...

कांग्रेसको टिकट लिन काठमाडौं गएका यादव फर्किए एमाले उम्मेदवार बनेर

१८ मिनेट अघि   सेतोपाटी

मनोनयन गर्ने अन्तिम तयारीमा रहेको बेला टिकट नपाएपछि नेपाली कांग्रेसका नेता प्रमोद कुमार यादवले नेकपा एमालेबाट उम्मेदवारी दर्ता गरेका छन्।  मंगलवार बिहानसम्म रुपन्देही  ४ मा नेपाली कांग्रेसबाट उम्मेदवारी दिने गरी निर्णय गरेको भए पनि टिकट आशुतोष मिश्रलाई दिएपछि यादव एमाले...

रास्वपाबाट अछाम-२ मा भूपदेव शाहले गराए मनोनयन दर्ता

१९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा अछाम क्षेत्र नं. २ का उम्मेदवार भूपदेव शाहले मनोनयन दर्ता गरेका छन्। मंगलबार दिउँसो अछाम-२ बाट शाहले निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयद दर्ता गरराएका हुन्। मनोनयन दर्तापछि आयोजित एक कार्यक्रममा उनले जेनजी आन्दोलन नयाँ राजनीतिक चेतानाको ऐतिहासिक...

उम्मेदवारी दर्तापछि एमाले उपाध्यक्ष पृथ्वीसुब्बाले भने– विदेशी हस्तक्षेपविरूद्ध मेरो उम्मेदवारी

२१ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङले प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवारी दिएका छन्। लमजुङमा पञ्चायतकालदेखि निरन्तर चुनाव लड्दै आएका गुरूङ नवौं पटक उम्मेदवार बनेका हुन्। उम्मेदवारी दर्ता गरेपछि छोटो प्रतिक्रिया दिँदै गुरूङले विदेशी हस्तक्षेप विरूद्ध आफूले उम्मेदवारी दिएको बताए।  ‘मेरो उम्मेदवारी...

कास्की–२ मा उज्यालो नेपाल पार्टीबाट कुशल गुरूङको उम्मेदवारी दर्ता

२५ मिनेट अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीबाट कास्की–२ मा कुशल गुरूङले उम्मेदवारी दर्ता गरेका छन्। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि गुरूङले उम्मेदवारी दर्ता गरेका हुन्। उनी पार्टीका केन्द्रीय सदस्य हुन्।  विन्ड पावर नेपाल प्रालिमार्फत वैकल्पिक ऊर्जाका क्षेत्रमा काम गर्दै आएका गुरूङ जलवायु...

महासचिव शंकर पोखरेलले गरे उम्मेदवारी दर्ता

२७ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले उम्मेदवारी दर्ता गरेका छन्। उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर दाङ–२ का लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। महासचिव पोखरेल २०७४ को निर्वाचनमा दाङबाट प्रदेश सभामा निर्वाचित भएका थिए। २०७९ सालको निर्वाचनमा भने तत्कालीन माओवादी...

रूपन्देही–२ मा नेकपा एमालेका विष्णु पौडेलले गरे मनोनयन दर्ता

३२ मिनेट अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रूपन्देही क्षेत्र नं. २ मा नेकपा एमालेबाट विष्णुप्रसाद पौडेलले उम्मेदवारी दर्ता गरेका छन्। दिउँसो साढे ३ बजे बुटवल देवीनगरस्थित निर्वाचन कार्यालय पुगेर पौडेलले उम्मेदवारी दर्ता गरेका हुन्।  एमालेका उपाध्यक्ष समेत रहेका पौडेल...

'हेभीवेट' नेताहरू जसलाई कांग्रेसले टिकट दिएन

३२ मिनेट अघि   सेतोपाटी

विशेष महाधिवेशनबाट नेतृत्वमा पुस्तान्तरण गरेको नेपाली कांग्रेसले आसन्न निर्वाचनमा धेरैजसो पुराना 'हेभीवेट' नेताहरूलाई उम्मेदवार बनाएन। पार्टीबाट टिकट नपाउने हेभीवेट नेतामा सबभन्दा अगाडि पूर्वसभापति शेरबहादुर देउवाकै नाम आउँछ। उनले अन्तिम समयसम्म प्रयास गर्दा पनि टिकट पाएनन्। ३४ वर्षदेखि देउवाको एकछत्र चुनाव...

पूर्वप्रधानमन्त्री डा भट्टराईद्वारा मनोनय दर्ता

३५ मिनेट अघि   सेतोपाटी

पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि गोरखा निर्वाचन क्षेत्र नं २ बाट मनोनयन दर्ता गराएका छन्। निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले आज अपराह्न मनोनयन दर्ता गराएको उनको स्वकीय सचिव रेखी गुरुङले जानकारी दिए। डा भट्टराईको प्रस्तावकमा प्रगतिशील...

रास्वपाका सुलभ खरेलले दिए रूपन्देही–२ बाट उम्मेदवारी

३७ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीबाट रूपन्देही क्षेत्र नं. २ मा सुलभ खरेलले उम्मेदवारी दर्ता गरेका छन्। दिउँसो साढे ३ बजे बुटवल देवीनगरस्थित निर्वाचन कार्यालय पुगेर खरेलले उम्मेदवारी दर्ता गरेका हुन्।  खरेल यसअघि रास्वपाबाट टिकट लिएका आशिष सुवेदी र उम्मेदवारीका अर्का दाबेदार गणेश पौडेलको...

काठमाडौंका १० क्षेत्रमा यी हुन् कांग्रेसका उम्मेदवार

३७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार तय गरेको छ। काठमाडौंका १० वटा क्षेत्रमा पनि उम्मेदवार तय भएको हो। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम छ। कांग्रेसले ढिला गरी काठमाडौंमा उम्मेदवार तय गरेको हो।...

हाजिर जमानीमा छुटे दुर्गा प्रसाईं

४४ मिनेट अघि   सेतोपाटी

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं हाजिर जमानीमा छुटेका छन्। मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंले प्रसाईंलाई हाजिर जमानीमै राखेर अनुसन्धान गर्न निर्देशन दिएको हो। ‘हिरासतमै राखेर अनुसन्धान गर्नुपर्ने देखिएन। हाजिर जमानीमा राखेर अनुसन्धान गर्न निर्देशन दिइएको...

काठमाडौं १ मा प्रकाशमान सिंहको सट्टा टिकट पाउने प्रवल थापा को हुन्?

४६ मिनेट अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर १ मा पछिल्ला चुनावहरूमा नेपाली कांग्रेसबाट उम्मेदवार हुँदै जित्दै आएका थिए- प्रकाशमान सिंह।  तर यसपालि नेपाली कांग्रेसले सिंहलाई उम्मेदवार बनाएन। जबकि सिंहको नाम पहिलो नम्बरमा पार्टीका तल्ला निकायहरूले उम्मेदवारका लागि सिफारिस गरेका थिए। सिंह र बाबुराम आचार्यको नाम...

तीन गोलको अग्रता जोगाउन नसक्दा पाकिस्तानसँग बराबरीमा रोकियो नेपाल

४८ मिनेट अघि   सेतोपाटी

साफ फुटसल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ नेपालले पाकिस्तानसँग ४-४ गोलको बराबरी खेल्न बाध्य भएको छ।  मंगलबार भएको खेलमा नेपालले ३-० गोलको अग्रता जोगाउन सकेन।  नेपालले विक्रान्त नरसिंह राणाले पहिलो  र १९ मिनेटमा गरेको गोलबाट सुरुवात अग्रता लियो। २४ मिनेटमा जेनिस प्रजापतिले...

पर्सा जिल्ला अदालतले माग्यो रवि लामिछानेसँग एक करोड धरौटी

५० मिनेट अघि   सेतोपाटी

सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत पर्साले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग एक करोड रूपैयाँ धरौैटी माग गरेको छ। वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा मंगलबार लामिछानेसँग एक करोड रुपैयाँ धरौटी माग गरेको हो।  मंगलबार जिल्ला न्यायाधीश रूद्रप्रसाद...

चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा

५३ मिनेट अघि   सेतोपाटी

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि चार पूर्वप्रधानमन्त्री चुनावी मैदानमा उत्रिएका छन्। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दै छन्। त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुकुम पूर्व...

ललितपुर-३ मा कुलमानले गरे उम्मेदवारी दर्ता

५८ मिनेट अघि   सेतोपाटी

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन्। ललितपुर-३ बाट उनले उम्मेदवारी दर्ता गराएका हुन्। मंगलबार सम्बन्धित निर्वाचन कार्यालयमा गएर उनले उम्मेदवारी दर्ता गराएका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टीले एकपक्षीय रूपमा सहमति तोडेपछि उज्यालो नेपाल पार्टीलाई...