ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कांग्रेसले दियो १६५ क्षेत्रमै उम्मेदवारी, १०६ जना नयाँ (सूची)

२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले प्रतिनिधि सभा निर्वाचनका लागि १६५ निर्वाचन क्षेत्रमै उम्मेदवारी दिएको छ। कांग्रेसले यसपालि कसैसँग पनि गठबन्धन गरेन। पछिल्ला चुनावहरूमा कांग्रेसले गठबन्धन गर्दै आएको थियो। माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि पनि कांग्रेसले एमाले र लोसपासँग तालमेल गरेको...

सप्तरी–३ मा उपेन्द्र यादवले दर्ता गरे उम्मेदवारी

९ मिनेट अघि   सेतोपाटी

जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले सप्तरी-३ बाट उम्मेदवारी दिएका छन्। मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर अध्यक्ष यादवले मनोनयन दर्ता गरेका हुन्। यसअघिको निर्वाचनमा उहाँ सप्तरी क्षेत्र नं २ बाट उम्मेदवार बनेका थिए। त्यतिबेला उनी जनमत पार्टीका...

रास्वपाबाट केपी खनालले दिए कैलाली-२ मा उम्मेदवारी

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट कैलाली क्षेत्र नम्बर २बाट अभियानी केपी खनालले उम्मेदवारी दिएका छन्। उनले मंगलबार दिउँसो निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दिएका हुन्।  उनी जेनजी आन्दोलनमा सक्रिय रूपमा खटिएका थिए। वरिष्ठ नेता बालेन शाह निकट उनी रास्वपासँग बृहत एकता...

प्रिमियर स्कुलमा अन्तर्राष्ट्रिय बास्केटबल प्रशिक्षक नेल्स हकिन्सनले दिए विशेष मास्टरक्लास

१६ मिनेट अघि   सेतोपाटी

प्रिमियर इन्टरनेसनल आइबी कन्टिन्युम स्कुलले अन्तर्राष्ट्रिय ख्यातिप्राप्त बास्केटबल प्रशिक्षक, मेन्टर तथा खेल विकास क्षेत्रका विज्ञ नेल्स हकिन्सनद्वारा विशेष बास्केटबल मास्टरक्लास आयोजना गरेको छ। कार्यक्रममा प्रिमियरका छात्रा तथा छात्र बास्केटबल टिमसँगै प्रिमियर स्पोर्ट्स एकेडेमीका खेलाडीहरूको सहभागिता रहेको थियो। जसले विद्यालयको खेलमार्फत...

चुनाव लक्षित गर्दै भारतले दियो सरकारलाई ६१ वटा गाडी

१८ मिनेट अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भारत सरकारले नेपाल सरकारलाई ६१ वटा गाडी उपहार दिएको छ। मंगलबार सिंहदरवारस्थित एक कार्यक्रमका बीच भारतीय दूतावासले ६१ वटा क्याबिन पिक भ्यान सकारलाई हस्तान्तरण गरेको हो। गृह मन्त्रालयले अर्थ मन्त्रालयमार्फत निर्वाचन...

मुलुकलाई पछाडि फर्काउने चालविरूद्ध मेरो उम्मेदवारी–शंकर पोखरेल

१९ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई पछाडि फर्काउने चालविरूद्ध आफ्नो उम्मेदवारी भएको बताएका छन्।   मंगलबार घोराहीस्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिँदै उनले जेनजी आन्दोलनका नाममा राष्ट्रलाई हिंसाको क्रिडास्थल बनाउने चालको रूपमा अथ्र्याए।   उनले आन्दोलनका नाममा महत्वपूर्ण...

ममाथि गरेको अत्याचारका कारण तिमीहरू सब रसातलमा पुग्दै गरेको दृश्य इतिहासले देख्दैछ– रवि लामिछाने

२९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले चितवन–२ मा वारेसमार्फत् उम्मेदवारी दिएका छन्। पर्सा, काठमाडौं र रूपन्देही जिल्ला अदालतमा सुनुवाइ चलिरहेकाले आफूले वारेसमार्फत् उम्मेदवारी दिनुपरेको उनले बताएका छन्। पर्सा अदालतले लामिछानेसँग एक लाख धरौटी माग गरेको छ। अन्य दुइटा अदालतमा...

काठमाडौं-१ मा कांग्रेसका प्रबल थापाको उम्मेदवारी

३६ मिनेट अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर १ मा कांग्रेसका प्रबल थापाले उम्मेदवारी दिएका छन्। मंगलबार निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दिएका हुन्। यसअघि प्रकाशमान सिंहले उक्त क्षेत्रबाट चुनाव जित्दै आएका थिए।  प्रबल थापा पार्टीमा महाधिवेशन तथा महासमिति सदस्य छन्। साथै प्रदेश सभा क्षेत्रीय कार्यसमिति...

काठमाडौं-५ बाट कांग्रेस महामन्त्री प्रदीप पौडेलले दिए उम्मेदवारी

४२ मिनेट अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर-५ बाट नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले उम्मेदवारी दिएका छन्। मंगलबार निर्वाचन अधिकृत कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता गराएका हुन्। काठमाडौं-५ बाट नेपाली कम्युनिस्ट पार्टीबाट कल्पना शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सस्मित पोखरेल, नेकपा एमालेबाट ईश्वर पोखरेल लड्दैछन्।   ...

पूर्वउपप्रधानमन्त्री श्रेष्ठले सर्लाही–३ बाट दिए उम्मेदवारी

४६ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले सर्लाही क्षेत्र नम्बर–३ बाट उम्मेदवारी दर्ता गराए।  उनको प्रस्तावकमा नेता सुरेन्द्र लामा र समर्थकमा विवेक मैनाली रहेको श्रेष्ठका स्वकीय सचिव उपदेश यादवले लाई जानकारी दिए। यस क्षेत्रबाट २०७९ को निर्वाचनमा माओवादी केन्द्रका...

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद थप गर्ने तयारी

४६ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको जाँचबुझ गर्न गठित पूर्वन्यायधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको म्याद थप हुने भएको छ।  आयोगले काम बाँकी रहेको उल्लेख गर्दै म्याद थप गर्न सरकारलाई पत्राचार गरेको हो।  आयोगले भदौ २३ र २४ गतेको घटनासँग...

चितवन-१ बाट जेनजी अभियानी विकास रसाइलीले गराए उम्मेदवारी दर्ता

४९ मिनेट अघि   सेतोपाटी

चितवन-१ बाट जेनजी अभियानी विकास रसाइली (स्नेहि) ले उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर प्रगतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। पछिल्लो समय युवा पुस्ताको मुद्दा उठाउँदै आएका रसाइली जेनजी आन्दोलनको सक्रिय रहँदै आएका छन्। उनी...

पठाओ सञ्चालक असिममान बस्न्यातले गरे काठमाडौं-१ मा उम्मेदवारी दर्ता

५५ मिनेट अघि   सेतोपाटी

राइड सेयरिङ एप पठाओका सञ्चालक असिममान सिंह बस्न्यातले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौं- १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। मंगलबार सम्बन्धित निर्वाचन कार्यालय पुगेर उम्मेदवारी दिएका हुन्। उनले आफू तीन वटा एजेन्डा अघि सार्दै चुनावी अभियानमा लाग्ने बताउँदै आएका...

रूपन्देही–२ मा रास्वपाले किन फेर्‍यो उम्मेदवार?

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देही क्षेत्र नं. २ मा पहिले टिकट दिएका आशिष सुवेदीको उम्मेदवारी खारेज हुने डरले अन्तिम समयमा सुलभ खरेललाई टिकट दिएको खुलेको छ।  तिलोत्तमा नगरपालिका वडा नं. ८ निवासी आशिषसँग हङकङको आइडी रहेको थाहा पाएपछि उम्मेदवारी खारेज हुने...

ट्रिप टर्बो र नबिल बैंकबीच साझेदारी

१ घण्टा अघि   सेतोपाटी

डिजिटल यात्रा प्लेटफर्म ट्रिप टर्बोले नबिल बैंक लिमिटेडसँग रणनीतिक साझेदारी गर्दै आफ्ना यात्रा सेवाहरू नबिल बैंकको 'एनबैंक' मोबाइल एपमार्फत उपलब्ध गराउन सुरू गरेको छ। यस साझेदारीले बैंकिङ र यात्रा सेवालाई एउटै डिजिटल प्लेटफर्ममा एकीकृत गर्दै ग्राहकलाई थप सहज र स्मार्ट...

कञ्चनपुर-१ बाट जेनजी अभियानी यादव सिंहले दिए स्वतन्त्र उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

जेनजी अभियानी २७ वर्षीय यादव सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन्। उनले मंगलबार कञ्चनपुर क्षेत्र नम्बर- १ बाट प्रतिनिधि सभाको निर्वाचनका लागि उम्मेदवार दर्ता गराएका हुन्। स्वतन्त्र उम्मेदवारको रूपमा उम्मेदवारी दर्ता गराएको  सिंहले सेतोपाटीलाई जानकारी दिए। उनी कञ्चनपुर पुनर्वास नगरपालिका-१० को स्थानीय...

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट चुनावी मैदानमा को-को छन् उम्मेदवार ?

१ घण्टा अघि   सेतोपाटी

यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले पहिलोपटक पार्टी निर्माण गरेर उम्मेदवार दर्ता गराएका छन्। मंसिर ९ गते अल्पसंख्यक समुदायले ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता गराएका थिए। नुमा लिन्बुको अध्यक्षतामा दर्ता गरिएको पार्टीका पदाधिकारीहरू पहिलोपटक चुनावमा होमिएका छन्। राज्यका हरेक निकायमा अल्पसंख्यक समुदायको प्रतिनिधित्व...

रास्वपाबाट शिशिर खनालले गरे उम्मेदवारी दर्ता

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले काठमाडौं–६ बाट उम्मेदवारी दर्ता गराएका छन्। यसअघि खनालले काठमाडौं–६ बाटै चुनाव जितेका थिए। पूर्वशिक्षा मन्त्रीसमेत रहेका खनालले महिला उद्यमी शैलेजा कसजुको प्रस्ताव र तारकेश्वरका युवा अभिषेक थापाको समर्थनमा उम्मेदवारी दर्ता गरेका हुन्। थापा...

रास्वपाका जेनजी अधिवक्ता मनिष खनालले नवलपुर-२ मा दिए उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट नवलपुर क्षेत्र नम्बर २ मा जेनजी युवा मनिष खनालले उम्मेदवारी दर्ता गराएका छन्।  मंगलबार दिउँसो उनले निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन्। उनले काठमाडौंमा टिकट पाएपछि उम्मेदवारी दर्ता गराउन नवलपुर गएका थिए। नवलपुर मध्यविन्दु...

मनोनयन दर्तापछि एमाले उपाध्यक्ष पृथ्वीसुब्बाले भने– विदेशी हस्तक्षेपविरूद्ध मेरो उम्मेदवारी

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङले प्रतिनिधी सभा सदस्य निर्वाचनमा लमजुङबाट उम्मेदवारी दिएका छन्। लमजुङमा पञ्चायतकालदेखि निरन्तर चुनाव लड्दै आएका गुरुङले यसपटक नवौं पटक उम्मेदवार बनेका हुन्। उम्मेदवारी दर्ता गरेपछि छोटो प्रतिक्रिया दिँदै गुरुङले विदेशी हस्तक्षेपविरुद्ध आफूले उम्मेदवारी दिएको बताए। ‘मेरो...

रक्षा बमले भनिन्– म चुनाव लड्दिनँ, सडक आन्दोलनमै रहन्छु

१ घण्टा अघि   सेतोपाटी

फागुन २१ को चुनावमा उम्मेदवार हुने चर्चा चलिरहेका बेला नेपाल जेनजी फ्रन्टका संयोजक रक्षा बमले आफू चुनाव नलड्ने प्रस्ट पारेकी छन्। उनले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार दिउँसो आफ्नो धारणा सार्वजनिक गरेकी हुन्। उनले आफू सडक आन्दोलनबाट आएको र भुइँमान्छेहरूकै वरिपरि बस्न...

चितवनमा महिन्द्राको इलेक्ट्रिक ओरिजिन एसयुभीहरू 'बिई-६’ र ‘एक्सइभी ९-ई' सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

नेपालका लागि महिन्द्रा अटोमोबाइल्सको नयाँ तथा सर्टिफाइड प्रि-औन्ड गाडीहरूको खरिदबिक्री एवम् एक्सचेन्ज तथा महिन्द्रा पिक-अप, ट्रयाक्टर, एसयुभी र आरभीको आधिकारिक बिक्रेता कम्पनी अग्नि ग्रुपअन्तर्गत अग्नि आस्था प्राइभेट लिमिटेडले अत्याधुनिक इलेक्ट्रिक ओरिजिन एसयुभीहरू बिई-६ र एक्सइभी ९-ई सार्वजनिक गरेको छ ।...

अभिनेत्री निशा अधिकारीले गरिन् उम्मेदवारी दर्ता

१ घण्टा अघि   सेतोपाटी

अभिनेत्री निशा अधिकारीले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेकी छन्। उनले गतिशील लोकतान्त्रिक पार्टीको तर्फबाट काठमाडौं-५ मा उम्मेद्वारी दिएकी हुन्।  निशा हालै गतिशील लोकतान्त्रिक पार्टीको केन्द्रीय सदस्य बनेकी थिइन्।

रविको मुद्दा संशोधन विरूद्धको रिटमा कारण देखाऊ आदेश

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको दाबी फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णय विरूद्धको रिटमाथि सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले उक्त रिटमा कारण देखाऊ आदेश...