ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

काठमाडौं-४ मा पुकार बम रास्वपाबाट उम्मेदवार

१७ सेकेन्ड अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बम उम्मेदवार भएका छन्। सोमबार रास्वपाले बमलाई टिकट दिएको हो। यसअघि बम काठमाडौं-१ बाट उम्मेदवार भएका थिए। त्यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंह जितेका थिए। रास्वपाले काठमाडौंका १० वटै क्षेत्रमा...

काठमाडौं ६ मा कांग्रेसले दियो कृष्ण सबुज बानियाँलाई टिकट

९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ६ मा कृष्ण सबुज बानियाँलाई उम्मेदवार बनाउने भएको छ। आज बसेको संसदीय बोर्ड बैठकले काठमाडौं जिल्ला सभापति बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। ‘म मनोनयन दर्ताको तयारीमा लागेको छु,’ सभापति बानियाँले सेतोपाटीसँग भने। उनकै अध्यक्षतामा...

जेनजी आन्दोलनमा जलेका संरचना निरीक्षण गरेर ओलीले थाल्दैछन् चुनावी अभियान

१६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका सरचना  निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने भएका छन्।   पार्टी क्षेत्रीय समन्वय कमिटी झापा-५ का संयोजक नारायण प्रसाद गौतमका अनुसार भदौ २४ गते  तोडफोड र आगजनीमा परेका  दमक...

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

१७ मिनेट अघि   सेतोपाटी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएका छन्। उनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले पुष्टि गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् पुनको राजीनामाको जानकारी दिएका हुन्। ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो,’ उनले लेखेका छन्।

राप्रपाबाट रुपन्देही-३ मा क्याप्टेन गौरव बोहरा उम्मेदवार

२९ मिनेट अघि   सेतोपाटी

राप्रपाले रूपन्देही क्षेत्र नम्बर ३ मा गौरव बोहरालाई उम्मेदवार बनाएको छ। यसअघि रुपन्देही–३ मा हुने भनिएको उपनिर्वाचनमा पनि गौरव उम्मेदवार बन्ने प्रतिस्पर्धामा थिए। गौरव बुद्ध एयरका क्याप्टेन हुन् भने स्वर्गीय दीपक बोहराका जेठा छोरा हुन्। २०५६ सालदेखि निरन्तर राप्रपामा आबद्ध...

काठमाडौं–४ मा केपी ओलीले गरिरहेका छन् एमाले उम्मेदवार होल्ड

३२ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले काठमाडौं–४ उम्मेदवार अझै टुंग्याएको छैन। त्यहाँ नेपाली कांग्रेसमा भर्खरै सभापति निर्वाचित भएका गगन थापा लड्दै आएका छन्। कांग्रेसले उम्मेदवार टुंग्याएको छैन। अहिलेसम्म गगन थापा नै त्यहाँबाट उम्मेदवार बन्ने तयारी छ। एमालेले पनि कांग्रेसले उम्मेदवार टुंग्याएपछि टिकट छिनोफानो गर्ने तयारी...

डडेलधुरामा देउवाको ठाउँमा कांग्रेसले बनायो नैनसिंह महरलाई उम्मेदवार

३७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले डडेलधुराबाट चुनाव लड्न नैनसिंह महरलाई टिकट दिएको छ। सोमबार बसेको संसदीय बोर्डको बैठकले महरलाई उम्मेदवार बनाएको हो। यहाँ कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले २०४८ सालदेखि चुनाव जित्दै आएका थिए। यसपालि पनि उनले चुनाव लड्ने आकांक्षा देखाएका थिए। भर्खरै सकिएको...

मकावनापुर १ मा डिना र २ मा बुद्ध लामालाई बनायो कांग्रेसले उम्मेदवार

३८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले मकवानपुर १ मा पाटी सहमहामन्त्री डिना उपाध्यायलाई उम्मेदवार बनाउने भएको छ।  उनी कांग्रेस सहमहामन्त्री हुन्।  त्यस्तै मकवानपर २ मा बुद्ध लामालाई उम्मेदवार बनाइएको छ। उनी कांग्रेस जिल्ला सभापति हुन्।  आशन्न प्रतिनिधिसभा निर्वाचनको लागि आज उम्मेदवारी दर्ता रहेको छ।...

यी हुन् राप्रपापले टुंग्याएका उम्मेदवार

५१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रायः निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् आज (मंगलबार) उम्मेदवारी दर्ताका कार्यसूची छ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका छ। राप्रपाले यसपटक कसैसँग चुनावी...

भक्तपुर-२ मा नेकपाबाट दीपशिखा उम्मेदवार

५२ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भक्तपुर-२ मा रामप्रसाद सापकोटा 'दीपशिखा'लाई उम्मेदवार बनाएको छ। पार्टीनिकट योङ्ग कम्युनिस्ट लिगका पूर्वइन्चार्ज दीपशिखालाई नेकपाले भक्तपुर-२ बाट चुनाव लड्न टिकट दिएको हो। २०७९ को चुनावमा तत्कालीन नेकपा (माओवादी) केन्द्रले कांग्रेससँग गठबन्धन गरी दुर्लभ थापालाई उम्मेदवार बनाएको...

शिखर पावर डेभलपमेन्टको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

५३ मिनेट अघि   सेतोपाटी

शिखर पावर डेभलपमेन्टले आज (मंगलबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ९८ करोड रूपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२...

बालेनले ११  बजे उम्मेदवारी दर्ता गर्ने, ओलीलाई बोलाइयो १ बजे

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने भएका छन्। झापा-५ बाट चुनाव लड्न लागेका बालेनलाई बिहान ११ बजेको समय दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। त्यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका...

नवलपरासी-२ मा पनि एमालेले फेर्‍यो उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले नवलपरासीको क्षेत्र-२ मा पनि उम्मेदवार परिवर्तन गरेको छ। यसअघि जिल्ला समन्वय प्रमुख समेत रहेका भगवतीप्रसाद चौधरीको नाममा टिकट आएको भए पनि चौधरी अनिच्छुक भएपछि जिल्ला कमिटीका सचिवालय सदस्य समेत रहेका लेखनाथ खरेललाई उम्मेदवार बनाउने निर्णय भएको छ।   नेकपा...

एमालेले पाल्पा-२ मा ठाकुर गैरेलाई दियो टिकट, रूपन्देही-४ मा फेरियो उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। यसअघि निर्णय भएका उम्मेदवारहरूको नाम परिवर्तन गरेर नयाँ उम्मेदवारहरूलाई टिकट दिने गरी निर्णय भएको नेकपा एमाले स्रोतले जनाएको छ। नेकपा एमालेबाट रूपन्देहीको क्षेत्र नं ४ मा हजरत अली उम्मेदवार बन्ने भएका...

बढ्यो कामना विकास बैंकको नाफा, सेयर बजारमा के होला?

२ घण्टा अघि   सेतोपाटी

आइतबार समग्र बजार नै उच्च (३२ अंक) ले बढ्दा कामना विकास बैंकको सेयर मूल्य ४.१९ प्रतिशतले बढ्यो। बैंकको नाफामा सुधार हुने संकेत लगानीकर्ताहरूले पाइसकेको देखिन्छ।  बैंकले सोमबार चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासको नाफा उच्चले बढेको वित्तीय विवरण प्रकाशित गर्‍यो।...

मनोनयन दर्ताका लागि काठमाडौंमा कहाँ-कहाँ छ निर्वाचन कार्यालय?

२ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका विभिन्न स्थानमा निर्वाचन कार्यालय स्थापना गरी आवश्यक कामकारबाही सञ्चालन भएका छन्। जिल्ला निर्वाचन कार्यालय काठमाडौँका अनुसार काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा स्थापना भएका कार्यालयमा आज उम्मेदवारले मनोनयन पत्र दर्ता गराउने...

म्याग्दीमा मुख्य दलले टुंग्याए उम्मेदवार, को-को लड्दैछन्?

२ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा मुख्य राजनीतिक दलले म्याग्दीबाट उम्मेदवारको टुङ्गो लगाएका छन्। जिल्लामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट हरिकृष्ण श्रेष्ठ, नेपाली कांग्रेसबाट कर्णबहादुर भण्डारी, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट अर्जुन थापा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट युवराज रोकामगर...

रुपन्देही–२ मा आशिष सुवेदीको खोसियो टिकट, रास्वपाबाट सुलभ खरेल उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–२ का अन्तिममा सुलख खरेललाई उम्मेदवार बनाएको छ। यसअघि उम्मेदवार बनाउने तय गरिएका आशिष सुवेदीको टिकट खोसिएको छ। उनलाई केही दिनअघि नै रास्वपाले टिकट दिएर निर्वाचन क्षेत्र पठाएको थियो। तर सोमबार अबेर राति उम्मेदवार परिवर्तन...

ऋषि धमला प्रभु शाहको पार्टीबाट रौतहट–४ मा चुनाव लड्ने

२ घण्टा अघि   सेतोपाटी

सञ्चारकर्मी ऋषि धमला प्रभु साह नेतृत्वको आम जनता पार्टीबाट चुनाव लड्ने भएका छन्। उनी रौतहट–४ बाट चुनाव लड्न लागेको उनकी पत्नी एजिला गौतमले सामाजिक सञ्जालमार्फत् जानकारी दिएकी छन्। ऋषिपत्नी एलिजा त्यस पार्टीकी उपाध्यक्ष छिन्। उनी केही समयअघि पार्टी प्रवेश गरेकी...

यी हुन् कांग्रेसले टुंग्याएका ८३ उम्मेदवार (सूची)

३ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनका लागि ८३ जना उम्मेदवार टुंगो लगाएको छ। निर्वाचनका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोननयन दर्ताको समय तोकिएको छ।  त्यसअघि कांग्रेसले विभिन्न प्रदेशका  जिल्लाहरूमा ८३ जनाको उम्मेदवारको टुंगो लगाएको...

उम्मेदवार चित्त नबुझेको भन्दै रास्वपा तेह्रथुममा सामूहिक राजीनामा

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तेह्रथुमका नेता–कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्। उम्मेदवार चित्त नबुझेको भन्दै जिल्ला सभापति सुमन खत्री, म्याङलुङ गाउँपालिका, लालिगुरास गाउँपालिका, छदर, फेदाप, आठराई गाउँपालिका समितिका पदाधिकारी एवम् सदस्यहरूले सामूहिक राजीनामा दिएको बताएका छन्। सोमबार तेह्रथुमका लागि रास्वपाले ऋतुराज...

मनोनयन दर्ताका लागि के-के चाहिन्छ कागजात, कति लाग्छ शुल्क?

३ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदैछ। बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सम्बन्धित जिल्लाको जिल्ला निर्वाचन कार्यालयमा मनोनयन दर्ताको कार्यक्रम रहेको छ।  मनोनयन दर्ताका लागि प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा रहेको निर्वाचन...

रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण

३ घण्टा अघि   सेतोपाटी

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज उम्मेदवार मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको छ। जिल्लामा रहेका पाँचवटै निर्वाचन क्षेत्रमा सोमबार बसेको सर्वपक्षीय बैठकले सबै निर्वाचन क्षेत्रमा अलगअलग समय तालिका निर्धारण गरिएको जनाएको हो। जिल्लामा उम्मेदवार मनोनयनलाई व्यवस्थित र...

आज देशभर उम्मेदवारी दर्ता

३ घण्टा अघि   सेतोपाटी

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फका लागि मंगलबार देशभर उम्मेदवारी दर्ताको कार्यक्रम हुँदैछ। निर्वाचन आयोगले देशभरका १६५ वटै निर्वाचन क्षेत्रका निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवार दर्ताका लागि आवश्यक तयारी पूरा भइसकेको जनाएको हो।  आयोगले उम्मेदवारी दर्ता गर्न...