ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्ने क्रम जारी, प्रतितोला कति पुग्यो?

५५ सेकेन्ड अघि   सेतोपाटी

नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्य बढेको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि सोमबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो।  उक्त दिन सुन प्रतितोला दुई लाख ८२ हजार रूपैयाँमा कारोबार...

भक्तपुर-२ मा कांग्रेसले बनायो कविर राणालाई उम्मेदवार

९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले भक्तपुर-२ मा पत्रकार कविर राणालाई उम्मेवार बनाएको छ। कांग्रेस संसदीय बोर्ड बैठकबाट राणालाई टिकट दिने निर्णय भएको हो। राणा देशान्तर साप्ताहिकका प्रधानसम्पादक हुन्। उनी भक्तपुरका कांग्रेस जिल्ला समिति सदस्य पनि हुन्। २०७९ को निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका दुर्लभ थापा...

माघ ९ बाट हटेको 'बिगुल' ले तोक्यो नयाँ प्रदर्शन मिति

९ मिनेट अघि   सेतोपाटी

पूर्वनिर्धारित प्रदर्शन मितिबाट पछि हटेको फिल्म 'बिगुल' ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ। माघ ९ गतेको प्रदर्शन स्थगित फिल्म तीन सातापछि रिलिज हुने भएको हो।  फिल्म  फागुन १ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने भएको कथाकार तथा निर्माता दिनेश कोइरालाले जानकारी दिए। ...

महाविर पुन म्याग्दीबाट स्वतन्त्र उम्मेदवार

११ मिनेट अघि   सेतोपाटी

निवर्तमान शिक्षा मन्त्री महाविर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्। त्यसअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए। 

निर्वाचन प्रहरीमा भर्ना गर्न यसरी हुँदैछ शारीरिक परीक्षण (तस्बिरहरू)

१३ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा निर्वाचन प्रहरीको भर्ना प्रक्रिया अघि बढाइएको छ। काठमाडौंमा निर्वाचन प्रहरीका लागि पुस अन्तिम साता आवेदन खुलाइएको थियो। आवेदन दिएकाहरूले मंगलबार काठमाडौंको कीर्तिपुरस्थित ल्याबोरेटरी सेकेन्डरी स्कुलमा शारीरिक परीक्षण भइरहेको छ। पुरूषको हकमा घटीमा ५ फिट, छाती ३१-३३ इन्च, ५० किलो तौल र...

गगन थापाविरूद्ध देउवाको रिट न्यायाधीश पोखरेलको इजलासमा

१५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले निर्वाचन आयोगको निर्णयविरूद्ध दायर गरेको रिटको सुनुवाइ हुने भएको छ। आयोगले विशेष महाधिवेशनबाट चुनिएका गगनकुमार थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएपछि दायर भएको रिटमा मंगलबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासमा सुनुवाइ हुन लागेको हो। यो...

मन्त्रीहरूले राजिनामा दिएका मन्त्रालय प्रधानमन्त्री कार्की आफैले सम्हाल्ने

१६ मिनेट अघि   सेतोपाटी

पछिल्लो समय मन्त्रीहरूले धमाधम राजिनमा दिएपछि उनीहरूको जिम्मेवारी प्रधानमन्त्री सुशीला कार्की आफैले लिएकी छन्।   आइतबार खेलकुद मन्त्री वब्लु गुप्ता, सोमबार सञ्चामन्त्री जगदीश खरेल र मंगलबार शिक्षा तथा प्रविधिमन्त्री महावीर पुनले राजिनामा दिएका थिए।  उनीहरूले राजीनामा दिएपछि प्रधानमन्त्री कार्कीले ती मन्त्रालयको...

कांग्रेसबाट झापा २ मा सरिता प्रसाईं उम्मेदवार

१९ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले झापा २ मा सरिता प्रसाईंलाई उम्मेदवार बनाएको छ। आज बसेको संसदीय बोर्ड बैठकले प्रसाईंलाई उम्मेदवार बनाएको हो। उनी कांग्रेसमा प्रमुख सचेतक रहेर पनि काम गरिसकेकी थिइन्। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ताको कार्यक्रम...

रूपन्देही क्षेत्र नम्बर ४ मा यादव बने कांग्रेस उम्मेदवार

३३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले रूपन्देही क्षेत्र नम्बर ४ मा प्रमोद यादवलाई उम्मेदवार बनाएको छ। कांग्रेसको संसदीय बोर्डले यादवलाई टिकट दिएको हो। यादव २०७४ सालको चुनावमा सोही क्षेत्रबाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। २०७९ सालमा भने यादव लोसपाका सर्वेन्द्रनाथ शुक्लसँग पराजित भएका थिए।...

सिन्धुपाल्चोक–१ मा एमाले तेस्रो पटक उम्मेदवार परिवर्तन गर्ने तयारीमा

३६ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेले सिन्धुपाल्चोक–१ मा तेस्रो पटक उम्मेदवार परिवर्तन गर्न लागेको छ। एमाले नेता शेरबहादुर तामाङले सरेश नेपाललाई उम्मेदवार बनाउने तयारी भइरहेको बताए। गत सचिवालय बैठकले सिन्धुपाल्चोक–१ मा आङदोर्जे शेर्पालाई उम्मेदवार बनाएको थियो। सोमबार होमनारायण श्रेष्ठको नाममा टिकट थमाएको एमालेले आज...

मोरङ २ मा कांग्रेसबाट मिनेन्द्र रिजाल उठ्ने

५१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले मोरङ क्षेत्र नम्बर २ मा नेता मिनेन्द्र रिजाललाई उम्मेदवार बनाएको छ। आज बसेको संसदीय बोर्ड बैठकले रिजाललाई उम्मेदवार बनाएको हो। रिजाल निवर्तमान केन्द्रीय सदस्य हुन्। रिजालको नाम मोरङ २ बाटै सिफारिसमा आएको थियो। नेता रिजालले आफू मोरङ २...

ओलीको आधार क्षेत्रमा बालेनको परीक्षा

५२ मिनेट अघि   सेतोपाटी

'बालेन शाह साँच्चै यहाँ चुनाव लड्न आउने नै हुन् त?' सोमबार दिउँसो दमक नगरपालिका कार्यालय सामुन्ने रहेको पान पसलमा भेटिएका कृष्ण पौडेल सोध्दै थिए, 'एमालेको गढ भन्ने जान्दाजान्दै उनी आउलान् भन्ने लाग्दैन।' नेकपा एमालेका पुराना कार्यकर्ता पौडेल मात्र होइन, झापा–५...

काठमाडौं-४ मा पुकार बम रास्वपाबाट उम्मेदवार

५३ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट काठमाडौं क्षेत्र नम्बर ४ मा पुकार बम उम्मेदवार भएका छन्। सोमबार रास्वपाले बमलाई टिकट दिएको हो। यसअघि बम काठमाडौं-१ बाट उम्मेदवार भएका थिए। त्यस क्षेत्रमा नेपाली कांग्रेसका प्रकाशमान सिंह जितेका थिए। रास्वपाले काठमाडौंका १० वटै क्षेत्रमा...

काठमाडौं ६ मा कांग्रेसले दियो कृष्ण सबुज बानियाँलाई टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले काठमाडौं क्षेत्र नम्बर ६ मा कृष्ण सबुज बानियाँलाई उम्मेदवार बनाउने भएको छ। आज बसेको संसदीय बोर्ड बैठकले काठमाडौं जिल्ला सभापति बानियाँलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। ‘म मनोनयन दर्ताको तयारीमा लागेको छु,’ सभापति बानियाँले सेतोपाटीसँग भने। उनकै अध्यक्षतामा...

जेनजी आन्दोलनमा जलेका संरचना निरीक्षण गरेर ओलीले थाल्दैछन् चुनावी अभियान

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएका सरचना  निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने भएका छन्।   पार्टी क्षेत्रीय समन्वय कमिटी झापा-५ का संयोजक नारायण प्रसाद गौतमका अनुसार भदौ २४ गते  तोडफोड र आगजनीमा परेका  दमक...

शिक्षामन्त्री महावीर पुनले दिए राजीनामा

१ घण्टा अघि   सेतोपाटी

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले राजीनामा दिएका छन्। उनले राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले पुष्टि गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् पुनको राजीनामाको जानकारी दिएका हुन्। ‘महावीर पुनले आफ्नो अभियानमा लाग्न राजीनामा दिनु भयो,’ उनले लेखेका छन्।

राप्रपाबाट रुपन्देही-३ मा क्याप्टेन गौरव बोहरा उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

राप्रपाले रूपन्देही क्षेत्र नम्बर ३ मा गौरव बोहरालाई उम्मेदवार बनाएको छ। यसअघि रुपन्देही–३ मा हुने भनिएको उपनिर्वाचनमा पनि गौरव उम्मेदवार बन्ने प्रतिस्पर्धामा थिए। गौरव बुद्ध एयरका क्याप्टेन हुन् भने स्वर्गीय दीपक बोहराका जेठा छोरा हुन्। २०५६ सालदेखि निरन्तर राप्रपामा आबद्ध...

काठमाडौं–४ मा केपी ओलीले गरिरहेका छन् एमाले उम्मेदवार होल्ड

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेले काठमाडौं–४ उम्मेदवार अझै टुंग्याएको छैन। त्यहाँ नेपाली कांग्रेसमा भर्खरै सभापति निर्वाचित भएका गगन थापा लड्दै आएका छन्। कांग्रेसले उम्मेदवार टुंग्याएको छैन। अहिलेसम्म गगन थापा नै त्यहाँबाट उम्मेदवार बन्ने तयारी छ। एमालेले पनि कांग्रेसले उम्मेदवार टुंग्याएपछि टिकट छिनोफानो गर्ने तयारी...

डडेलधुरामा देउवाको ठाउँमा कांग्रेसले बनायो नैनसिंह महरलाई उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले डडेलधुराबाट चुनाव लड्न नैनसिंह महरलाई टिकट दिएको छ। सोमबार बसेको संसदीय बोर्डको बैठकले महरलाई उम्मेदवार बनाएको हो। यहाँ कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले २०४८ सालदेखि चुनाव जित्दै आएका थिए। यसपालि पनि उनले चुनाव लड्ने आकांक्षा देखाएका थिए। भर्खरै सकिएको...

मकावनापुर १ मा डिना र २ मा बुद्ध लामालाई बनायो कांग्रेसले उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले मकवानपुर १ मा पाटी सहमहामन्त्री डिना उपाध्यायलाई उम्मेदवार बनाउने भएको छ।  उनी कांग्रेस सहमहामन्त्री हुन्।  त्यस्तै मकवानपर २ मा बुद्ध लामालाई उम्मेदवार बनाइएको छ। उनी कांग्रेस जिल्ला सभापति हुन्।  आशन्न प्रतिनिधिसभा निर्वाचनको लागि आज उम्मेदवारी दर्ता रहेको छ।...

यी हुन् राप्रपापले टुंग्याएका उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रायः निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ। फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत् आज (मंगलबार) उम्मेदवारी दर्ताका कार्यसूची छ। आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको कार्यतालिका छ। राप्रपाले यसपटक कसैसँग चुनावी...

भक्तपुर-२ मा नेकपाबाट दीपशिखा उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले भक्तपुर-२ मा रामप्रसाद सापकोटा 'दीपशिखा'लाई उम्मेदवार बनाएको छ। पार्टीनिकट योङ्ग कम्युनिस्ट लिगका पूर्वइन्चार्ज दीपशिखालाई नेकपाले भक्तपुर-२ बाट चुनाव लड्न टिकट दिएको हो। २०७९ को चुनावमा तत्कालीन नेकपा (माओवादी) केन्द्रले कांग्रेससँग गठबन्धन गरी दुर्लभ थापालाई उम्मेदवार बनाएको...

शिखर पावर डेभलपमेन्टको आइपिओ खुल्यो, कसले दिन पाउँछन् आवेदन?

१ घण्टा अघि   सेतोपाटी

शिखर पावर डेभलपमेन्टले आज (मंगलबार) देखि आइपिओ निष्कासन गर्ने भएको छ।  कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी ९८ करोड रूपैयाँको ३२.६५ प्रतिशत अर्थात ३२...

बालेनले ११  बजे उम्मेदवारी दर्ता गर्ने, ओलीलाई बोलाइयो १ बजे

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले बिहान ११ बजे उम्मेदवारी दर्ता गर्ने भएका छन्। झापा-५ बाट चुनाव लड्न लागेका बालेनलाई बिहान ११ बजेको समय दिइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ। त्यस्तै पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका...