एमालेले दलित समुदायबाट ४ जनालाई बनायो प्रत्यक्ष उम्मेदवार
एमालेले दलित समुदायबाट चार जनालाई प्रत्यक्ष उम्मेदवार बनाएको छ। शनिबार बसेको सचिवालय बैठकले टुंगो लगाएका प्रत्यक्ष उम्मेदवारको सूचीमा दलित समुदायबाट चार जना छन्। बझाङबाट अफिलाल ओखेडा, बाँके-३ बाट दलबहादुर सुनार, बर्दिया-२ बाट बिमला बिक, डडेल्धुराबाट चक्र स्नेही छन्।
