ताइवानलाई अर्बौंको हतियार बेच्ने लागेपछि चीनले लगायो अमेरिकी कम्पनी र अधिकारीलाई प्रतिबन्ध
ताइवानलाई अर्बौं डलरको हतियार बिक्री गर्ने निर्णयपछि चीनले २० वटा अमेरिकी कम्पनी र व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएको छ। चिनियाँ विदेश मन्त्रालयले शुक्रबार विज्ञप्ती जारी गरी बोइङको सेन्ट लुइसस्थित रक्षा शाखासहित नर्थरोप ग्रुम्यान सिस्टम्स कर्पोरेसन र एल–३ह्यारिस म्यारिटाइम सर्भिसेसजस्ता कम्पनीहरूलाई प्रतिबन्ध सूचीमा...
