ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

एमाले महाधिवेशनमा बन्द सत्र सुरू

३ मिनेट अघि   सेतोपाटी

एमालेको ११ औं महाधिवेशनअन्तर्गत बन्द सत्र सुरू भएको छ। काठमाडौंको भृकुटीमण्डपमा आज अपराह्न सवा ३ बजेदेखि बन्द सत्र सुरू भएको हो। अहिले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन्। बन्द सत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पनि आफ्नो अवधारणा पत्र पेस...

राजधानीमै छैन पर्यटक बसको बसपार्क

३ मिनेट अघि   थाहाखबर

काठमाडौं :  मुलुकको सङ्घीय राजधानी काठमाडौंमा पर्यटक बसका लागि छुट्टै बसपार्क नहुँदा सडकबाट गुड्न बाध्य भएका छन्। मुलुकको आर्थिक मेरुदण्डको मुख्य आधारका रुपमा रहेको पर्यटक बसका लागि व्यवस्थित बसपार्क नहुँदा काठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सडकबाट पर्यटक बस गुड्न बाध्य भएका हुन्।...

पार्टीमा मनपरीतन्त्र विरूद्धको लडाइँ जारी छ: सुरेन्द्र पाण्डे

११ मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीमा मनपरीतन्त्रका विरूद्ध लडाइँ जारी रहेको बताएका छन्। आजको केन्द्रीय कमिटी बैठकले पुरानै विधान ब्युँताउने निर्णय गरेको थियो। सोही सन्दर्भमा बोल्दै उपाध्यक्ष पाण्डेले भने, ‘के हाम्रा विधानहरू अस्थायी हुन्? हिजो विधान अधिवेशनअगाडि संख्या घटाऔँ भन्ने,...

साढे १२ अंकले घट्यो आजको शेयर बजार

१२ मिनेट अघि   थाहाखबर

काठमाडौँ : आइतवार साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) साढे १२ अंकले घटेको हो। नेप्से ०.४७ प्रतिशतले घटेर परिसूचक २५९४.८७ बिन्दुमा आएको छ। दिनभरमा ४ अर्ब ७४ लाख ५५ हजार रुपैयाँ बराबरको १...

सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे

१६ मिनेट अघि   थाहाखबर

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय संसदलाई बन्देज लगाउने प्रयास गरिरहेको आरोप लगाएका छन्। संघीय संसद सचिवालयका दिवसको अवसर पारेर आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले प्रतिनिधिसभाको विघटन गर्ने कामको सान्दर्भिकता नभएको जिकिर समेत गरे। सभामुख घिमिरेले सरकारले संसद...

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको मुख्य दायित्व होः नारायणप्रसाद दाहाल

१९ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको मुख्य काम निर्वाचन सम्पन्न गर्नु रहेको बताएका छन्।सरकारले सुशासनको विषयलाई जोड दिइरहेका बेला उनले सो आवश्यकता औँल्याएका छन्। संघीय संसद सेवा दिवसको अवसर पारेर आइतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा...

जेनजी आन्दोलनको माग नातावाद, कृपावाद र पक्षपात अन्त्य गर्नु हो : प्रधानमन्त्री कार्की

१९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक तथा आर्थिक अवसरमा नातावाद, कृपावाद र पक्षपात अन्त्य हुनुपर्ने जेनजी आन्दोलनको माग रहेको बताएकी छिन्। आदिवासी जनजाति उत्थान प्रतिष्ठानले आइतवार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन्। प्रधानमन्त्री कार्कीले जेनजी आन्दोलनमा युवाहरूले सुशासन र...

विधान संशोधनबारे गोकुल बास्कोटाले भने– यसरी नै जाऊँ भनेर अध्यक्षले भन्नुभयो, मतान्तर भएन

२० मिनेट अघि   सेतोपाटी

नेकपा एमाले पोलिटब्युरो सदस्य गोकुल बास्कोटाले पुरानै विधान कायम गरेर ११औं महाधिवेशनमा जाने प्रस्तावमा छलफल हुँदा विभिन्न कुरा उठे पनि मतान्तर नभएको बताएका छन्। वरिष्ठ उपाध्यक्ष पद हटाउने तथा अध्यक्ष १ जना, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव ३ र सचिव ९ जनासहित ३...

विश्व बक्सिङमा ऐतिहासिक कास्यसहित १ करोड रूपैयाँ पुरस्कार जितेका चन्द्रको भव्य स्वागत

३३ मिनेट अघि   सेतोपाटी

युएईमा भएको आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक कास्य पदक जितेका चन्द्रबहादुर थापासहितको नेपाली टोली आइतबार स्वदेश फर्किएको छ।  थापासहितको टोलीलाई स्वागत गर्न युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव राम चरित्र मेहता, नेपाल प्रहरीका...

एमालेले वरिष्ठ उपाध्यक्ष पद हटायो

३६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)ले वरिष्ठ उपाध्यक्ष पद हटाएको  छ। आइतवार बिहान बसेको केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतमले जानकारी गराए। उनका अनुसार महाधिवेशनको बन्द सत्रबाट अध्यक्ष १, उपाध्यक्ष ५, महासचिव १, उपमहासचिव...

कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको निधन

३६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता आमोदप्रसाद उपाध्यायको निधन भएको छ। प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री उपाध्यायको आज निधन भएको हो। उपचारका क्रममा उनको निधन भएको हो। कांग्रेसले शोक प्रस्ताव पारित गर्न केन्द्रीय समिति बैठक पनि बोलाएको...

जीवन विकास लघुवित्तले गर्‍यो लाभांश घोषणा, बोनस सेयर कति?

४४ मिनेट अघि   सेतोपाटी

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश घोषणा गरेको छ।  कम्पनीले शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर र ०.७३६८ प्रतिशत नगद सेयर कर प्रयोजनका लागि दिने भएको छ।  यसअघि कम्पनीले १४ प्रतिशत बोनस सेयर र...

केभिआर समिट च्यालेन्जमा युगल र सान्या विजेता

४६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : केभिआर समीट च्यालेन्ज तेस्रो संस्करणको तेस्रो चरणमा पुरुषतर्फ युगल राई र महिलातर्फ सान्या मार्टिन पहिलो भएका छन्।  ट्रेलमान्डु नेपालको आयोजनामा  भएको २५ किलोमिटरको रेसमा पुरुषतर्फको विजेता युगलले दुई घन्टा ५७ मिनेट ४७ सकेन्ड समय लगाए। नेपालकै हरेन्द्रकुमार चौधरी र...

कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

४७ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले आकस्मिक केन्द्रीय समिति बैठक आह्वान गरेको छ। मंसिर २९ गते बिहान ९ बजे बस्ने गरी बैठक आह्वान भएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। बैठक सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र ७ वटै प्रदेश सभापतिहरूको...

समता घरेलु लघुवित्तले गर्यो लाभांश घोषणा

५९ मिनेट अघि   सेतोपाटी

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ।  कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई ५.२६३२ प्रतिशत लाभांश  घोषणा गरेको हो। कम्पनीले ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने...

एमालेको बन्दसत्र ३ बजेपछि सुरु हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेको एघारौं महाधिवेशन अन्तर्गत बन्दसत्र दिउँसो ३ बजेपछि सुरु हुँदैछ। बिहानैदेखि बन्द सत्र सुरु हुने भनिए पनि केन्द्रीय कमिटीको बैठक बसेका कारण ढिला भएको हो। भृकुटीमण्डपमा जारी महाधिवेशनमा अहिले प्रतिनिधिहरूको खाना खाने क्रम चलिरहेको र ३ बजेपछि...

श्रीमतीको हत्या गरी शव गाडेपछि आफै गए हराएको निवेदन दिन प्रहरी कार्यालय

१ घण्टा अघि   सेतोपाटी

संखुवासभामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन्। मादी नगरपालिका-६ बस्ने ४९ वर्षीय प्रेम दोर्ची शेर्पा पक्राउ परेका हुन्। उनीमाथि आफ्नी ३७ वर्षीया श्रीमती मिना शेर्पाको हत्या गरेको आरोप लागेको हो। जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका...

बन्द सत्र सुरू हुनुअघि खुला फोटोसेसनमा प्रतिनिधिहरू, हेर्नुहोस् तस्बिर

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको भृकुटीमण्डपमा जारी नेकपा एमालेको ११औं महाधिवेशनको बन्द सत्र दिउँसो ३ बजेका लागि सरेको छ। सुरूमा १२ बजे हुने भनिएको बन्द सत्र पछि १ बजेलाई सरेको थियो। त्यसपछि ३ बजेलाई सारिएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। केन्द्रीय कमिटीको अन्तिम...

'कुमारी' मा रोमान्टिक देखिए अभिषेक र आकृति

१ घण्टा अघि   सेतोपाटी

दिनेश राउत निर्देशित प्रेम कथानक फिल्म 'कुमारी' को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। आइतबार सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गर्छ।  सौम्य र...

प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइयो- आइजिपी

१ घण्टा अघि   सेतोपाटी

प्रहरी महानिरीक्षक दानबहादुर कार्की मुलुकमा हुने सबै किसिमका आन्दोलनहरुमा प्रहरी सधैँ तारोमा पर्ने गरेको भन्दै गुनासो गरेका छन्।   जेन–जी आन्दोलनको क्रममा आगजनीबाट क्षतिग्रस्त बौद्ध प्रहरी कार्यालयको पुनर्निर्मित भवनको आइतबार उद्घाटन गर्दै उनले यस्तो गुनासो गरेका हुन्। प्रहरीलाई चाहिँदाको भाँडो,...

'धुरन्धर' ले ९ औं दिनमा कमायो ५५ करोड, भारतमा तीन सय करोड क्लबमा

१ घण्टा अघि   सेतोपाटी

भारतीय अभिनेता रणवीर सिंह स्टारर फिल्म 'धुरन्धर' ले भारतीय बक्स अफिसमा आक्रामक कमाइ गरिरहेको छ। फिल्मले ९ औं दिन (दोस्रो शनिबार) एकैदिन प्रारम्भिक अनुमानअनुसार ५५ करोड भारू कमाएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। यो कमाइसँगै भारतमा फिल्म ३०० करोड क्लबमा प्रवेश गरेको...

एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको बन्दसत्र ३ बजेका लागि सरेको छ। काठमाडौंको भृकुटीमण्डपमा जारी ११औं महाधिवेशनको बन्द सत्र आइतबार दिउँसो ३ बजेका लागि सारेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए। बन्दसत्र बिहानै सुरू हुने भनिएको थियो। तर उक्त बैठक अघि केन्द्रीय कमिटीको बैठक बसेको थियो।...

एमालेमा विधान महाधिवेशनको निर्णय उल्टियो, केन्द्रीय कमिटी र पदाधिकारी संख्या पुरानै

१ घण्टा अघि   थाहाखबर

काठमाडौं :  नेकपा एमालेमा विधान महाधिवेशनका निर्णय उल्टाइएको छ। एघारौं महाधिवेशनको बन्द सत्र रोकेर डाकिएको केन्द्रीय कमिटीको बैठकले पदाधिकारीको संख्या बढाउने निर्णय गरेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए। उनका अनुसार अब पदाधिकारीको संख्या १९ नै हुनेछ। अध्यक्ष १,...

ट्रान्सपरेन्सी इन्टरनेशनलले गर्‍यो महान्यायाधिवक्ता सबिता भण्डारीलाई निलम्बन

२ घण्टा अघि   सेतोपाटी

ट्रान्सपरेन्सी इन्टरनेशल नेपालले महान्याधिवक्ता सबिता भण्डारी बराललाई सदस्यबाट निलम्बन गरेको छ। भण्डारीलाई ट्रान्सपरेन्सी कार्यसमितिले साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको हो। उनी विवादमा जोडिएपछि उक्त निर्णय गरेको ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका एक सदस्यले जानकारी दिए। 'सार्वजनिक पदमा बसेको र उहाँमाथि प्रश्न उठ्न थालेपछि...