ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सम्पर्कविहीन यी २७ प्रहरीलाई सात दिनभित्र हाजिर हुन प्रधान कार्यालयको निर्देशन

५३ सेकेन्ड अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रहरीले गैरहाजिर रहेका २७ कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ। बाटोको म्याद बाहेक सात दिनभित्र हाजिर हुन उनीहरूलाई प्रधान कार्यालयले प्रधान कार्यालयले निर्देशन दिएको हो । कार्यालयमा उपस्थित हुँदा गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण नबुझाए कानूनबमोजिम कारबाही...

२७ जना प्रहरीलाई सेवाबाट हटाउने तयारी, सोध्यो स्पष्टीकरण

५३ सेकेन्ड अघि   सेतोपाटी

भदौ यता २७ जना प्रहरी आफूखुशी गैरहाजिर रहेको खुलेको छ। प्रहरी प्रधान कार्यालयले बुधबार सूचना जारी गरी गैरहाजिर रहेका ती २७ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन भनेको हो। भदौ र असोज महिनाका विभिन्न मितिमा बिदा लिएर बिदा सकिँदासमेत कार्यालयमा...

‘फागुन २१ गते निर्वाचन सुनिश्चित भएको मान्नु भ्रम मात्रै’

११ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचन आयोगमा दल दर्ता भएको आधारमा फागुन २१ गते निर्वाचन सुनिश्चित भएको मान्न नसकिने प्रतिक्रिया दिएका छन्। सामाजिक सञ्जालमा लेखेर उनले प्रतिनिधिसभा विघटन असंवैधानिक भएको  र यसको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेको वेला...

आफैलाई आगो लगाएका पुरूषको उपचार क्रममा मृत्यु

१५ मिनेट अघि   सेतोपाटी

सर्लाहीमा आफैलाई आगो लगाएका एक पुरूषको उपचार क्रममा मृत्यु भएको छ। सर्लाहीको लालबन्दी नगरपालिका-७ डुमडुमेमा अन्दाजी मोरङ  घर भएका ५५ सूर्यप्रसाद पोखरेलले मंगलबार बेलुकी ७:४० बजे  शरीरमा पेट्रोल छरेर आफैलाई आगो लगाएका थिए। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जलिरहेको अवस्थामा...

डेनमार्कमा नेपाली व्यवसाय प्रवर्द्धन र आर्थिक कूटनीति विषयक अन्तरक्रिया

३९ मिनेट अघि   सेतोपाटी

नेपाली दूतावास  डेनमार्क र नेपलिज बिजनेस एसोसियसन डेनमार्कले संयुक्त रूपमा नेपाली व्यवसाय प्रवर्द्धन तथा आर्थिक कुटनीति सुदृढीकरणमा केन्द्रित रहेर अन्तरक्रिया कार्यक्रम गरेका छन्। कार्यक्रममा डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले नेपाली समुदाय र व्यवसायीलाई प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्न दूतावास सदैव तत्पर...

आज यस्तो रहनेछ मौसम

४५ मिनेट अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन।  मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार बिहान कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा छ। दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भूभागमा...

यस्तो रहनेछ आज दिनभरिको मौसम

४८ मिनेट अघि   सेतोपाटी

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको बताएको छ। बुधबार दिउँसो कोशी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदल रहनेछ। महाशाखाका अनुसार बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। मौसमविद विनोद पोखरेलले...

एनपिएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै

५१ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दैछन्। त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे दुई टोलीबीच भिडन्त हुँदैछ। प्रतियोगितामा तीन खेल खेलेको विराटनगर अपराजित छ। पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको विराटनगरले दोस्रो खेलमा...

एनपीएलमा आज विराटनगर किंग्स र चितवन राइनोज भिड्ने

५६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज विराटनगर किंग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। यो खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे शुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनर यसअघिका लगातार तीन खेलमा जितसहित तालिकाको दोस्रो स्थानमा छ। ...

'हामीमाथि अमानवीय व्यवहार नगरिदिए हुन्थ्यो'

१ घण्टा अघि   सेतोपाटी

२०५८ सालतिरको कुरा हो। ज्ञान‍ु काठमाडौं, बौद्धस्थित एक कारखानामा गलैंचा बुन्थे। खाने र बस्ने त्यहीँ हुन्थ्यो। काम सुरू गरेको पाँच वर्षसम्म पनि उनी बाहिर खासै निस्केका थिएनन्। काम गर्ने ठाउँमा दुई–तीन जना साथी बनाएका थिए। उनीहरू बाहिर हिँडडुल गरिरहन्थे। एक दिन...

टि–२० विश्वकपमा नेपाल समूह सीमा

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल ट्वान्टी–२० विश्वकप क्रिकेटको समूह सीमा परेको छ। विश्वकपमा  आगामी फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा हुँदैछ। मंगलबार भारतको मुम्बईमा एक कार्यक्रमका बीच समूह विभाजनसहित सार्वजनिक गरिएको​ खेलतालिकामा नेपाल कठिन समूहमै परेको हो।  नेपाल रहेको  समूह...

दल दर्ताकै आधारमा चुनाव सुनिश्चित भयो भन्नु भ्रमपूर्ण– एमाले महासचिव

८ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटनको संवैधानिक परीक्षण सर्वोच्च अदालतमा भइरहेका बेला दल दर्ताकै आधारमा फागुन २१ को चुनाव सुनिश्चित भयो भन्नु भ्रमपूर्ण भएको बताएका छन्। महासचिव पोखरेलले मंगलबार राति सामाजिक सञ्जालमा यस्तो प्रतिक्रिया दिएका हुन्। मंगलबार दिउँसो एमालेले निर्वाचन आयोगमा दल दर्ता...

इथियोपियाको ज्वालामुखी विस्फोटपछि निस्केको धुवाँको बादल आइपुग्यो नेपालसम्म, भोलिसम्म रहने

८ घण्टा अघि   सेतोपाटी

इथियोपियाको अफार क्षेत्रमा आइतबार बिहान विस्फोट भएको ज्वालामुखीको खरानी र धुवाँ भारत हुँदै नेपालसम्म आइपुगेको छ। करिब १२ हजार वर्षपछि पहिलो पटक विस्फोट भएको हायली गुब्बी ज्वालामुखीबाट खरानी, धुवाँ र विभिन्न खनिज पदार्थयुक्त ठूलो बादल बनेको थियो। त्यो बादल यमन,...

जब करण केसीले आफूले पाएको ‘प्लेयर अफ दि म्याच’ को ट्रफी आमालाई दिए

९ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएलमा) मंगलबार काठमान्डु गोर्खाजले महत्वपूर्ण जित निकालेको छ।  लुम्बिनी लायन्सलाई २२ रनले पराजित गरेसँगै काठमान्डुको शीर्ष चारमा परेर प्लेअफ पुग्ने सम्भावना जीवित बन्यो।  पहिले ब्याटिङ गरेको काठमान्डु कुनै बेला संकटमा थियो। टोलीको सात विकेट गइसकेको...

१० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाईंसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।​ आपगाईंसहित इलाका प्रशासन कार्यालय गौरीगञ्जका तत्कालीन नायब सुब्बा रविनकुमार राजवंशी, तत्कालीन कम्प्युटर अपरेटर आकाश मगर र कार्यालय सहयोगी...

‘नेता होस् वा मजदुर, सबैको एउटै स्कूल’ अभियान शुरु

९ घण्टा अघि   थाहाखबर

तुलसीपुर : ‘नेता होस् वा मजदुर, सबैको एउटै स्कूल’‚ ‘तिम्राले पढ्ने र हाम्राले पढ्ने विद्यालय किन एउटै हुन सक्दैनन् ?’ यस्तै नारा सहित तुलसीपुरमा बजारमा युवाहरू दैनिक दिउँसो ३ देखि ५ बजेसम्म प्लाकार्ड लिएर उभिदै आएका छन्। १५ दिनअघि यो...

टी-२० विश्वकपमा नेपालका सबै खेल मुम्बईमा, पहिलो इंग्ल्यान्डसँग खेल्दा चौथो बंगलादेशसँग

९ घण्टा अघि   सेतोपाटी

आइसिसी टी-२० विश्वकप २०२६ को खेल तालिका सार्वजनिक भएको छ। जसअनुसार नेपाल समूह ‘सी’ मा परेको छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, बंगलादेश र इटाली छन्।  नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा  (माघ २५) खेल्नेछ। अन्तिम खेल बंगलादेशसँग फेब्रुअरी...

प्रतिनिधिसभा चुनावका लागि ८० दल दर्ता

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० वटा राजनीतिक दल दर्ता भएका छन्। दल दर्ताको लागि ताकिएको समय सकिन १ दिन बाँकी रहँदा आज थप १६ दल दर्ता भएसँगै दलको संख्या ८० पुगेको निर्वाचन...

'त्यही सत्ता चाहिन्छ' र 'चुनाव हुन दिन्नौं' भन्नेलाई रक्षा बमको जबाफ – हामी लोकतन्त्र चाहन्छौं

१० घण्टा अघि   सेतोपाटी

नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले चुनाव हुन नदिएर फेरि देशलाई शून्यतामा धकेल्न खोजेको हो भनेर प्रश्न गरेकी छन्। मंगलबार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले चुनाव हुन नदिने भनेर बताउँदै हिँडेका जेनजी प्रतिनिधिहरूलाई आफूहरूले लोकतान्त्रिक निकास चाहेको बताएकी छिन्। 'आखिर चुनाव...

सिंहदरबार बाहिर आज यस कारण भयो जेनजी र प्रहरीबीच तनाव, के हुन् माग?

१० घण्टा अघि   सेतोपाटी

'गरिखान देऊ' का संयोजक मिराज ढुंगानाको जेनजी समूह सोमबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न सिंहदरबार पुगेको थियो। नौ बुँदे माग राखेर सिंहदरबार पुगेका उनीहरूलाई गेटबाटै भित्र प्रवेश गर्न दिइएन। कार्कीलाई भेटेर आफ्नो मागपत्र हातैमा बुझाउने उद्देश्यले गएका उनीहरू सिंहदरबार छिर्न नपाएपछि...

लुम्बिनीलाई काठमाण्डुले २२ रनले हरायो

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले २२ रनले हराएको छ।​ कीर्तिपुरस्थित अन्ताराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाण्डु गुर्खाजले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५८ रनको लक्ष्य दिएको...

'जेन्डर पोलिटिक्स' मा टेकेर नितिश कुमारले बिहारमा कायम राखेको वर्चश्व

११ घण्टा अघि   सेतोपाटी

बिहारमा हालै सम्पन्न विधानसभा (प्रदेशसभा) निर्वाचनको परिणाम नेपाल र भारत दुवै मुलुकको राजनीतिक वृत्तमा चर्चाको विषय बन्यो। यसरी चर्चा हुनुका केही खास कारण छन्। पहिलो, विगत बीस वर्षयता बिहारमा लगभग लगातार मुख्यमन्त्री रहेका नितिश कुमारले फेरि एक पटक त्यही पदमा...

देश अहिले अप्ठ्यारो स्थितिमा छ- प्रचण्ड

११ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले देश अहिले अप्ठ्यारो स्थितिमा रहेको बताएका छन्।  मुस्लिम समुदायसँग नेपाली कम्युनिष्ट पार्टी विषयक छलफल कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक दाहालले देश अप्ठ्यारो स्थितिमा रहेको बताएका हुन्। गत भदौ २३ र २४ गतेको आन्दोलनपछि देशमा अप्ठ्यारो स्थिति आइरहेको उल्लेख गरे। ...

एमाले अध्यक्षमा ओलीसँग भिड्ने ईश्वर पोखरेलको घोषणा

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेमा अन्ततः केपी ओलीसँग प्रतिस्पर्धा गर्न वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उम्मेदवारी घोषणा गरेका छन्। अध्यक्ष ओलीसँग वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रतिस्पर्धामा उत्रने घोषणा आज गरेका हुन्। संस्थापन पक्षका नेताहरूले ओलीको विकल्प नरहेको दाबी गरिरहँदा पोखरेलले अध्यक्ष ओलीलाई अब...