ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

केही समयपछि देशको बागडोर रास्वपाले सम्हाल्छ : वाग्ले

१७ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उपसभापति डा. स्वर्णिम वाग्लेले केही समयपछि देशको बागडोर राष्ट्रिय स्वतन्त्र पार्टीले सम्हाल्ने दाबी गरेका छन्। चितवनको सौराहामा शुक्रवारबाट शुरु भएको पार्टी विस्तारित बैठकलाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो दाबी गरेका हुन्। उनले संघीय निर्वाचनको...

११ औं महाधिवेशनले एमालेको मात्रै होइन राष्ट्रकै भविष्य निर्धारण गर्नेछ: विष्णु पौडेल

२० मिनेट अघि   सेतोपाटी

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले मंसिर २७ गतेदेखि हुने ११ औं राष्ट्रिय महाधिवेशनले पार्टीको मात्र नभई सिङ्गो राष्ट्रको भविष्य निर्धारण गर्ने दाबी गरेका छन्। आसन्न महाधिवेशनलाई समृद्धि र समाजवादको यात्रासँग जोडिएको भन्दै उनले महाधिवेशनको माध्यमबाट देशलाई स्थायित्व, विकास र राष्ट्रिय...

लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकम भारातको रणजी ट्रफीको अनुभव भएका बटुलेका टिनु

२५ मिनेट अघि   सेतोपाटी

लुम्बिनी लायन्सको मुख्य प्रशिक्षकमा भारतीय प्रशिक्षक टिनु योहान्नान नियुक्त भएका छन्। लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि दिनु योहान्नानलाई मुख्य प्रशिक्षक नियुक्त गरेको हो। ४६ वर्षीय टिनुसँग रणजी ट्रफीमा विभिन्न टिमको प्रशिक्षक भएको अनुभव छ। उनले...

सर्भे लिंक क्लिक गर्दा बैंक खाताको पैसा ट्रान्सफर, तीन जना पक्राउ

४० मिनेट अघि   सेतोपाटी

सर्भे लिंकमार्फत बैंक खातामा पहुँच पुर्‍याएर रकम ठगेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले तीन जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको एसपी दीपकराज अवस्थीले जानकारी दिए।  सिन्धुपाल्चोकका ४० वर्षीय राजन गिरी, ओखलढुंगाका २६ वर्षीया मिना लकान्द्री...

‘सात वर्षपछि मलाई पनि एयरपोर्ट छोड्न आउनुपर्छ है बाबा!’

४५ मिनेट अघि   सेतोपाटी

श्रीमती विदेश जाने भएर पुर्‍याउन विमानस्थल गएको बेला छोरीले भनिन्, ‘बाबा, मलाई अब सात वर्षपछि यसरी नै मलाई छोड्न आउनुपर्छ है।’ एकतर्फ खुसी लाग्यो, अर्कोतर्फ पीडा, आखिर बाबु नै परियो। हुन त आखिर जीवन उनकै हो, जिउने। उनले नै हो...

रास्वपा कार्यवाहक सभापतिको प्रतिवेदन- चर्चित व्यक्ति भित्र्याउने बहानामा मूल नेतृत्व नै आयात गर्न सकिन्न

४५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक चितवनको सौराहामा बसेको छ।  बैठकमा कार्यवाहक सभापति डोलप्रसाद अर्याल (डिपी) ले राजनीतिक प्रतिवेदन पेस गरेका छन्। उनले पार्टीमा चर्चित व्यक्ति भित्र्याउने वातावरण बनाउनुपर्ने भए पनि पुनर्गठनका नाममा मूल नेतृत्व नै आयात गर्ने कुरा स्वीकार्य...

बुटवलको मेलामा 'जल परी'

५२ मिनेट अघि   सेतोपाटी

बुटवलमा जारी प्रथम बुटवल फिस टनेल एण्ड दुबई सिटी सांस्कृतिक तथा रमाइलो मेलामा राखिएका 'जल परी' दर्शकहरूको मुख्य आकर्षण बनेका छन्। रोट्र्याक्ट क्लब अफ बुटवल साउथले यही कार्तिक १३ गतेदेखि सांस्कृतिक तथा रमाइलो मेला आयोजना गरेको हो। यसअघि गत भदौ...

एसएस राजामौलीको 'ग्लोब ट्रोटर' मा पृथ्वीराजको 'कुम्भ' अवतार

५४ मिनेट अघि   सेतोपाटी

एसएस राजामौली यतिबेला आगामी फिल्मको निर्माणमा व्यस्त छन्। महेश बाबुको शीर्ष अभिनय रहेको फिल्मको नाम अहिले 'एसएसएमबी २९ः ग्लोब ट्रोटर' राखिएको छ। नोभेम्बर १५ मा भव्य कार्यक्रमकाबीच फिल्मको आधिकारिक शीर्षक सार्वजनिक गर्ने तयारी छ। यसैबीच, फिल्ममा पृथ्वीराज सुकुमारन 'कुम्भ' को भूमिकामा देखिने...

पहिलो त्रैमासमा कुन-कुन बैंकले कति कमाए ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वाणिज्य बैंकहरूले १३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ नाफा कमाएका छन्। असोजसम्ममा ५ वटा बैंकहरूको मात्रै नाफा बढेको छ भने १५ वटा बैंकको नाफा घटेको छ। चालु आर्थिक वर्षको असोजसम्ममा सबैभन्दा धेरै नाफा...

सर्वोच्च अदालत आगामी मंसिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आगामी मंसिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ। गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै आएको छ।   सर्वोच्च अदालतको बिहीबार बसेको पूर्ण बैठकलेले आगजनी, ढुङ्गामुढा, तोडफोड र...

२०० भन्दा बढी कर्मचारीले गर्ने आन्तरिक राजस्वका काम स्थानीय तहलाई जिम्मा, कहिलेबाट हुन्छ सुरू?

१ घण्टा अघि   सेतोपाटी

सरकारले आन्तरिक राजस्व विभाग मातहतबाट हुने केही महत्त्वपूर्ण सेवाहरू स्थानीय तहबाट दिने भएको छ। खासगरी स्थायी लेखा नम्बर (प्यान कार्ड) स्थानीय तहबाट नै दिने भएपछि ३६ वटा करदाता सेवा कार्यालय नै खारेज गर्ने निर्णय गरिएको छ। यसको खारेजी तथा संगठनात्मक...

पोखरामा एसियन बायोडाइनामिक सम्मेलन, २२ देशका २०० जना सहभागी

१ घण्टा अघि   सेतोपाटी

जैविक विधिबाट खेतीपाती गर्दै आएका किसान, कृषि अनुसन्धाता एवं वैज्ञानिकहरूको सहभागितामा पोखरामा तेस्रो एसियन बायोडाइनामिक सम्मेलन सुरू भएको छ। नेपालमा जैविक खेतीपाती गर्दै आएका किसानहरूको अगुवाइमा बिहीबारदेखि भएको सम्मेलनमा जलवायु संकटबाट हिमालय जोगाउने चुनौती, बायोडाइनामिक कृषि प्रणाली र कृषिमा देखिएका संकटका...

कांग्रेस केन्द्रीय समितिमा मधु आचार्यले भने- मंसिर २४ गतेदेखि विशेष महाधिवेशन गरौं

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशन गर्न माग गरेका छन्। आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै आचार्यले मंसिर २४ गतेदेखि सुरू गर्ने गरी विशेष महाधिवेशन गर्न आग्रह गरेका हुन्। ‘हाम्रो प्रचलनअनुसार महाधिवेशन कार्यतालिका महामन्त्रीले जे प्रस्ताव गर्‍यो...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

१ घण्टा अघि   थाहाखबर

कैलाली : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ। यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो। हालसम्म...

हिरासतमा थुनुवाको मृत्यु

१ घण्टा अघि   सेतोपाटी

जिल्ला प्रहरी कार्यालय सुर्खेत हिरासतमा एक जना थुनुवाको मृत्यु भएको छ। आज बिहान लागूऔषध कारोबार मुद्दामा थुनामा रहेका जिल्लाको वीरेन्द्रनगर नगरपालिका-११ पिपिराका ३५ वर्षीय गङ्गे सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले...

पार्टी सुधार गर्न प्रतिमा गौतमले अघि सारिन् चार प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टी सुधारका लागि विभिन्न प्रस्तावहरू अघि सारेकी छन्। आजको केन्द्रीय समिति बैठकमा धारणा राख्ने क्रममा उनले विभिन्न प्रस्ताव अघि सारेकी हुन्। नेपाली कांग्रेसले ०४६ सालपछि पदमा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग...

प्राविधिक समस्याका कारण इन्दिरा गान्धी अन्तर्राष्ट्रिय  विमानस्थलको उडान प्रभावित

१ घण्टा अघि   थाहाखबर

एयर ट्राफिक कन्ट्रोल (एटिसी) प्रणालीमा प्राविधिक समस्या आउदा  शुक्रबार दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल (आईजीआईए) मा सयौं उडानहरू प्रभावित भएको एक वरिष्ठ अधिकारीलाई उदृत गर्दै सिन्ह्वाले जनाएको छ।   दिल्ली इन्टरनेसनल एयरपोर्टका प्राविधिक विज्ञहरू प्राविधिक समस्या समाधान गर्नका लागि  सक्रिय...

पाकिस्तान, इराकबाट गत हप्ता ४३३ अफगान कैदी कैद मुक्त

१ घण्टा अघि   थाहाखबर

पाकिस्तान र इराकमा बन्दी बनाइएका ४३३ जना अफगान कैदीहरूलाई गत हप्तामा रिहा गरी स्वदेश फिर्ता पठाइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले जनाएको छ। पाकिस्तानको हिरासतमा राखिएका ४३० जना व्यक्ति दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा हुँदै स्वदेश फर्किएको मन्त्रालयले...

कट्रिना कैफ र विक्की कौशल बने आमाबुबा

१ घण्टा अघि   सेतोपाटी

बलिउडका चर्चित जोडी कट्रिना कैफ र विक्की कौशल आमाबुबा बनेका छन्। यसै वर्षको सेप्टेम्बरमा उनीहरूले आफ्नो पहिलो सन्तानको अपेक्षा गरिरहेको घोषणा गरेका थिए। शुक्रबार बिहान विक्की कौशलले सामाजिक सञ्जालमार्फत कट्रिनाले छोरालाई जन्म दिएको खबर सार्वजनिक गरे।  विक्कीले खुसी साट्दै लेखेका...

महाधिवेशन गरेर नयाँ नेतृत्वमा चुनावमा जानुपर्छ: शेखर कोइराला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले महाधिवेशन गरेर नयाँ नेतृत्व लिएर चुनावमा जानुपर्ने बताएका छन्। फागुन २१ गते सरकारले प्रतिनिधि सभा निर्वाचन घोषणा गरेको छ। त्यसअघि नै १५ औं महाधिवेशन गरेर जानुपर्ने पक्षमा कोइराला उभिएका हुन्। ‘आउँदो आम निर्वाचनभन्दा पहिले महाधिवेशन...

भोलि मावि तहको लाइसेन्स परीक्षा, किन उपत्यकामा तोकिएन केन्द्र ?

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : माध्यमिक तहको अध्यापन अनुमतिपत्रको परीक्षा भोलि(शनिवार) सञ्चालन हुँदै छ। शिक्षक सेवा आयोगका अनुसार उक्त परीक्षा भोलि दिउँसो १ बजेबाट सञ्चालन हुने छ। तर,आयोगले यसपालि बागमती प्रदेशको हकमा काठमाडौं उपत्यकामा(काठमाडौं,भक्तपुर र ललितपुर)मा कुनै पनि परीक्षा केन्द्र नतोक्दा परीक्षार्थीहरू टाढा...

संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

संघीय संसद र प्रदेश सभाका पदाधिकारीहरूको संयुक्त बैठक बसिरहेको छ। सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको हलमा शुक्रबार दिउँसो साढे १२ बजेदेखि बैठक सुरू भएको हो। बैठकमा सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानासहित प्रदेश सभाका पदाधिकारीहरू सहभागी छन्।  तस्बिरहरूः  ...

पदमार्ग मापदण्डसम्बन्धी दिग्दर्शन जारी, के–के छ व्यवस्था ?

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : सरकारले पदमार्ग मापदण्डसम्बन्धी दिग्दर्शन–२०८२ जारी गरेको छ। पदमार्ग निर्माण तथा व्यवस्थापनमा अन्तर सरकार समन्वय र सहकार्य अभिवृद्धि गर्दै पदमार्ग निर्माण तथा विकासमा एकरुपता कायम गर्ने हिसाबले दिग्दर्शन जारी गरिएको हो। खासगरी पदयात्रीको सुरक्षा र सेवामा गुणस्तर कायम गर्न, दिगो, सुरक्षित,...

हात्तीको मूर्तिबाट झरिरहेको पानी पिउन मन्दिरमा लाम लागेपछि

२ घण्टा अघि   सेतोपाटी

भारतको मथुरा-वृन्दावनस्थित एक प्रसिद्ध मन्दिरमा भक्तजनहरूले हात्तीको मूर्तिबाट झरिरहेको पानी पिउँदै गरेको भिडिओ केही दिनअघि सामाजिक सञ्जालमा भाइरल भयो। उक्त भिडिओमा मथुरा-वृन्दावनको बाँके बिहारी मन्दिरमा भक्तजनहरू हातमा गिलास लिएर हात्तीको मूर्तिबाट झरिरहेको पानी पिउँदै गरेका देखिए। भारतीय अखबार 'हिन्दुस्तान टाइम्स' का...