ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

को हुन् न्यू योर्ककी नयाँ प्रथम महिला?

१२ मिनेट अघि   सेतोपाटी

जोहरन ममदानी न्यू योर्कको मेयर निर्वाचित भएपछि उनी चर्चाको शिखरमा छन्। विश्वभरका युवा र समाजवादीहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। उनीसँगै विजय उत्सवमा सहभागी भएकी उनकी श्रीमती रमा दुवाजी पनि चर्चामा आएकी छन्। चर्चित भारतीय-अमेरिकी फिल्म निर्देशक मीरा नायर र...

सुक्खा पहिरोका कारण जलवीरेमा अवरुद्ध सडक खुल्यो

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सुक्खा पहिरोका कारण अवरुद्ध नारायणगढण-मुग्लिन सडकको जलवीरेमा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको छ। केहीबेर अघि मात्रै खसेको पहिरो हटाएर सवारी साधन खुलाइएको हो । उक्त सडकमा सुक्खा पहिरो खस्दा झण्डै एक घण्टा जति सडक बन्द भएको थियो।

अवैधानिक सरकारको सिफारिसमा संसद् विघटन गरेर राष्ट्रपतिले गल्ती गरे : ओली

१६ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अवैधानिक सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेर गल्ती गरेको ठोकुवा गरेका छन्। बिहीवार भक्तपुरको गुण्डुस्थित आफ्नै निवासमा पुगेका नेता, कार्यकर्तासँग बोल्दै ओलीले उक्त ठोकुवा गरेका हुन्। कुनै...

'क्रिकेट उत्सव २०२५' हुँदै

१९ मिनेट अघि   सेतोपाटी

नेपालमा पहिलोपटक आयोजना हुन लागेको सेलिब्रेटी क्रिकेट महोत्सव ‘क्रिकेट उत्सव २०२५’ आगामी नोभेम्बर ८ गते पाकिस्तान दूतावास क्रिकेट मैदान, धुम्बाराहीमा हुने भएको छ। भीएस नेटवर्कको आयोजनामा हुने यो विशेष २० ओभरको मैत्रीपूर्ण खेलमा चलचित्र, संगीत, सञ्चार, कला, मनोरञ्जन र खेलकुद...

युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरले तयार पार्यो चार वर्षे कार्ययोजना

३२ मिनेट अघि   सेतोपाटी

युनेस्कोबाट संगीत विधामा सदस्यता प्राप्त गरेसँगै ललितपुर महानगरले चार वर्षको लागि कार्ययोजना तयार पारेको जनाएको छ।  बिहीबार पत्रकार सम्मेलन गर्दै मेयर महर्जनले युनेस्कोले ललितपुरलाई 'संगीत' विधामा छनोट गरेपछि संगीत क्षेत्रको विकासका लागि विभिन्न कार्यक्रमहरू बनाएको बताए।  जसमा महानगरले अनुसन्धान तथा शैक्षिक...

एन्फा प्रेसिडेन्ट लिग : काँक्रेविहार र टाइगर्सको जित

३७ मिनेट अघि   सेतोपाटी

एन्फा प्रेसिडेन्ट लिग फुटबल २०८२ अन्तर्गत मकवानपुरस्थित गौरीटार खेल मैदानमा बिहीबार भएको खेलमा काँक्रेविहार युथ क्लबले हैरान्स यूथ क्लबलाई ३–२ ले हराएको छ। काँक्रेविहारका लागि सुजन बालाम्पाकी मगर, आशिष् चापागाँइ र  अनीश घर्ती क्षेत्रीले गोल गरे। हैरान्सका लागि समराज थोकर र...

'जारीको टिकट बुकिङ देखेर आत्तिएका थियौं!'

३९ मिनेट अघि   सेतोपाटी

द कन्भरसेसन– ६० कवि, कथाकार, लेखक हुँदै निर्देशक बनेका उपेन्द्र सुब्बाले पहिलो फिल्म 'जारी' बाटै वाहवाही बटुले। लिम्बू समुदायको कथामा आधारित यस फिल्मले दर्शक तथा समीक्षक दुवैबाट निकै प्रशंसा बटुल्यो। २०८० वैशाखमा रिलिज भएको फिल्मले नेपालमा १७ करोड रूपैयाँमाथिको व्यापार गर्दै...

एनआइसी एसिया बैंकका सिइओ शाक्यले सम्हाले जिम्मेवारी

१ घण्टा अघि   सेतोपाटी

एनआइसी एसिया बैंकका नव–नियुक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुजित कुमार शाक्यले बिहीबार (आज) बाट जिम्मेवारी सम्हालेका छन्।  बैंकको सञ्चालक समितिको मिति २०८२ कात्तिक १७ गते बसेको ७३६औं बैठकले शाक्यलाई सिइओमा नियुक्त गरेको थियो। सिइओमा नियुक्त हुनुभन्दा अघि उनी नबिल बैंकमा...

स्वदेश फर्किए राष्ट्रपति (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहामा आयोजित ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’ मा सहभागी भएर आज  स्वदेश फर्किएका छन्। काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्न प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल लगागत पुगेका थिए। राष्ट्रपति पौडेलले उक्त सम्मेलनको...

जेनजीका माग पूरा नभए ठूलो विद्रोह हुन सक्छ : विप्लव

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जेनजीका माग पूरा नभए ठूलो विद्रोह हुने चेतावनी दिएका छन्। बिहीवार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो चेतावनी दिएका हुन्। उनले सुशीला कार्की नेतृत्वको सरकार भंग गरी सर्वपक्षीय...

केपी ओली भेट्न गुन्डु पुगिन् रामकुमारी झाँक्री, कात्तिक २४ गते एमालेमा फर्किने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एकीकृत समाजवादी छाडेकी नेत्री रामकुमारी झाँक्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग आज भेटवार्ता गरेकी छिन्। गुण्डुमा उनीसहित किसान श्रेष्ठलगायतका नेताहरूले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन्।  एमाले नेता महेश बस्नेतका अनुसार यही कात्तिक २४ गते दिउँसो १ बजे...

पटक-पटक रिलिज सरेको 'अभिमन्युः च्याप्टर १' अब मंसिर १८ मा

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'अभिमन्यु: च्याप्टर १' ले नयाँ प्रदर्शन मिति घोषणा गरेको छ।   पटक-पटक प्रदर्शन मिति तय गरेर पनि स्थगन भएको फिल्म मंसिर १८ गते रिलिज हुने भएको हो।  निर्माण टिमले बिहीबार नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ प्रदर्शन मिति तय गरेको हो। जेनजी आन्दोलन, बाढी...

वर्षेनि १ लाख ९३ हजार नेपालीको जीवन नसर्ने रोगबाटै सकिन्छ

१ घण्टा अघि   थाहाखबर

 काठमाडौँ : नेपालमा सबैभन्दा धेरै मृत्युको मुख्य कारण नसर्ने रोग हुने गरेको पाइएको छ। नेपाल ‘बर्डेन अफ डिजिज’ को पछिल्लो तथ्यांकअनुसार वार्षिक १ लाख ९३ हजार ३३१ जना नेपालीको मृत्यु हुन्छ। तीमध्ये सबैभन्दा धेरै मृत्यु वार्षिक एक लाख ३७ हजार ५५३ ( कुल ७१...

आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहलाई बाबुराम भट्टराईको सुझाव

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले जेनजी आन्दोलनलाई संस्थागत गर्न जेनजी समूहका प्रतिनिधिहरूलाई सुझाव दिएका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) र जेनजी समूहबीच आज यहाँ भएको राजनीतिक संवादमा पार्टीका संस्थापक अध्यक्षसमेत रहेका डा. भट्टराईले जेनजी आन्दोलन नयाँ पुस्ताको समग्र...

जेठसम्म १५ औं महाधिवेशन गर्नुपर्छ: दीपक खड्का

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक खड्काले जेठभित्र १५ औं महाधिवेशन गरिसक्नुपर्ने बताएका छन्। आज सानेपामा बसेको केन्द्रीय समिति बैठकमा बोल्दै उनले ०८३ जेठभित्र नियमित महाधिवेशन गर्ने गरी पार्टी अघि बढ्नुपर्ने बताए। ‘नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै...

न्यायालयको अवस्था र सुधारबारे के भन्छन् जेनजी कानुन व्यवसायी र विद्यार्थी?

१ घण्टा अघि   सेतोपाटी

बुधबार २४ वर्षीय माजिद अन्सारीले जेनजी आन्दोलनमा सहभागी हुन जाँदै गर्दा अदालतमा भोगेका केही किस्सा सुनाए। माजिद नेपाल ल क्याम्पसमा बिएएलएलबी पढिरहेका छन्। आन्दोलन हुनुभन्दा एक दिनअघि उनी एउटा मुद्दाको काम लिएर बबरमहलस्थित काठमाडौं जिल्ला अदालत पुगेका थिए। 'त्यो कामका लागि मेरो साथीलाई फाँटवालाले यताउति घुमाइदियो,'...

फिल्म 'कंगाल करोडपति' बन्ने

१ घण्टा अघि   सेतोपाटी

सिनेमा पाठशालाको ब्यानरमा फिल्म 'कंगाल करोडपति' निर्माण हुने भएको छ। बिहीबार काठमाडौंमा एक कार्यक्रमकाबीच यो फिल्म निर्माण घोषणा गरिएको हो।  राजु श्रेष्ठको निर्माण तथा निर्देशनमा फिल्म बन्नेछ। लामो समयदेखि फिल्म क्षेत्रमा सक्रिय श्रेष्ठको डेब्यु फिल्म 'कंगाल करोडपति' को निर्माता कैफ खान छन्।...

पार्टी एकताकै दिन ६ नेतालाई माधव नेपालले गरेका थिए कारबाही

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टी एकताकै दिन ६ जना नेतालाई कारबाही गरेका छन्। पार्टी केन्द्रीय कमिटीको तेस्रो बैठकले गरेको नीति, विचार, सिद्धान्त र कार्यक्रम मिल्ने पार्टीसंग एकता गर्ने भन्ने निर्णयको उल्लघंन गरी भेला तथा पत्रकार सम्मेलन गरेको भन्दै...

कार्की सरकार गठन पछाडि गम्भीर षड्यन्त्र छ: महासचिव चन्द

१ घण्टा अघि   सेतोपाटी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गरी सर्वपक्षीय अन्तरिम सरकार गठन गर्नुपर्ने टिप्पणी गरेका छन्।   बिहीबार काठमाडौंको भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित जनसभालाई सम्बोधन गर्दै महासचिव चन्दले यस्तो टिप्पणी गरेका हुन्। सुशीला कार्की...

‘फुटबल भन्छौँ दिनरात, खेल नहुँदा पाक्दैन भात’

२ घण्टा अघि   सेतोपाटी

फुटबल खेल्न पाउनुपर्ने माग राख्दै आन्दोलन सुरु गरेका नेपाली राष्ट्रिय खेलाडीहरूले अखिल नेपाल फुटबल संघ (एन्फा) को गेटमा बिहीबार आफ्नो पदक झुन्ड्याए। अनि ती पदकहरू त्यहीँ छाडेर उनीहरूले एक साताभित्र माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिए। खेलाडीहरू फुटबल...

कांग्रेस रूपान्तरण भएको हेर्न चाहन्छु: विनोद चौधरी

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले आगामी चुनावमा कसले टिकट बाँड्ने भनेर अहिले पार्टीमा लडाइँ भइरहेको बताएका छन्। आजको केन्द्रीय समिति बैठकमा बोल्दै चौधरीले भने, ‘मैले यहाँ र बाहिर पनि सुनेँ, यो सम्पूर्ण लडाइँ टिकट कसले बाँड्ने भन्ने कुराको लडाइँ...

किरण रिजालको 'हर रात छटपटीमा बित्ने गर्छ म के गरूँ?' [भिडियोसहित]

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : एउटा सन्तानको लागि आमा कति महत्वपूर्ण हुन्छ? यसलाई शब्दमा बयान गर्न सकिँदैन। सन्तानका लागि बुबा पनि उति नै महत्वपूर्ण हुन्छ।  जीवन बाँच्न बच्चाका लागि आमा अपरिहार्य विषय हो। उसको हुर्काई र बढाइका लागि पनि। तर हाम्रो समाजमा प्रसव पीडामार्फत सन्तानको...

रवि र छविको मुद्दामा जिल्लाका फाइल झिकाउने आदेश

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले जिल्ला अदालत रूपन्देहीले जारी गरेका आदेश र फाइलहरू झिकाउने आदेश गरेको छ।  बुटवलको सुप्रिम सहकारीको रकम ठगी गरेको अभियोगमा पुर्पक्षको लागि कारागार रहेका लामिछाने...

प्रियंका कार्की अभिनीत 'तिम्रै हुँ म' सार्वजनिक

२ घण्टा अघि   सेतोपाटी

अभिनेत्री प्रियंका कार्कीको अभिनय रहेको नयाँ गीत 'तिम्रै हुँ म' सार्वजनिक भएको छ। बिहीबार युट्युबमा सार्वजनिक यस गीतमा नरेश रेग्मीको स्वर छ।  बामदेव रेग्मीको शब्द, प्रकाश रेग्मीको संगीत रहेको गीतको भिडिओमा प्रियंकासँग गायक नरेश स्वयंले अभिनय तथा नृत्य गरेका छन्।  भिडिओको...