दुर्गा प्रसाईंले सिडिओहरूलाई भने– कात्तिकभरि मेरो आन्दोलनको कुनै कार्यक्रम छैन
काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूसँग आइतबार भएको छलफलमा दुर्गा प्रसाईंले कात्तिक महिनाभरि आफ्नो आन्दोलनको कुनै कार्यक्रम नभएको बताएका छन्। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक समेत रहेका मेडिकल व्यवसायी प्रसाईंले केही दिनयता छठपछि आन्दोलन गर्ने अन्तर्वार्ता दिइरहेको सन्दर्भमा...
