ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

वीरगञ्ज बजारमा छठ पर्वको रौनक (तस्बिरहरू)

४ मिनेट अघि   सेतोपाटी

छठ पर्व नजिकिएसँगै वीरगञ्ज बजारमा चहलपहल बढेको छ। सडकमै छठको लागि बजार लागेको छ। किनकी दसैं, तिहार होस् वा छठ पर्व वीरगञ्ज सडकमै अस्थायी बजार लाग्ने गर्छ।  वीरगञ्जमा सामान बेच्ने र किन्नेको हुल छ। बजारमा दिनभर भोजपुरी भाषामा व्यापारी र ग्राहकबीच मोलतोल गरेको...

आन्दोलन पक्षधरलाई छानबिन गर्न दिनु हुँदैन : अधिवक्ता ढकाल

३९ मिनेट अघि   थाहाखबर

काठमाडौँ : अधिवक्ता विपीन ढकालले भदौ २३ र २४ गतेको घटना छानबिन गर्न बनेको उच्चस्तरीय आयोग खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। उनले आयोगका अध्यक्ष गौरीबहादुर कार्की र सदस्यहरू विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी आन्दोलनका पक्षधर भएकाले...

प्रधानमन्त्रीले भनेअनुसार शपथ ग्रहणमा लगाउन नेवारी पहिरन किनिसकेका थिए गणपतिले

४० मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्की र अन्य केही मन्त्रीसँग शनिबार राति बालुवाटारमा भएको छलफलमा गणपतिलाल श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाउने पक्कापक्की भइसकेको थियो। कुराकानी क्रममा प्रधानमन्त्री कार्कीले सम्पदा अभियानी श्रेष्ठलाई अन्तरिम मन्त्रिपरिषदमा काठमाडौं र नेवार समुदायको प्रतिनिधित्व गर्ने युवा भन्दै शपथ ग्रहणका लागि नेवारी संस्कृति अनुसारको पहिरन लगाएर आउन भनेकी...

गृहले गर्‍यो ३६ सहसचिव सरूवा

४१ मिनेट अघि   सेतोपाटी

गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूसहित ३६ जना सहसचिवको सरूवा गरेको छ। गृहले आइतबार ललितपुर, रूपन्देही, डडेल्धुरा, गोरखासहित विभिन्न जिल्लाको सिडिओ सरूवा गरेको हो। यस्तो छ सूची:  

सुरक्षा निकायलाई साढे २ सय वटा गाडी किन्न अर्थले दियो स्वीकृति, कसलाई कति?

५५ मिनेट अघि   सेतोपाटी

अर्थ मन्त्रालयले तीन वटा सुरक्षा निकायलाई २५१ वटा गाडी किन्न स्रोत सहमति दिएको छ। जेनजी आन्दोलन क्रममा भदौ २४ गते धेरै सुरक्षा निकाय र सरकारी गाडीमाथि आगजनी र तोडफोड गरिएको थियो। मन्त्रालय मातहतका प्रयोगका लागि थप गाडी नकिन्ने निर्णय गरे पनि सुरक्षा निकायका...

बुटवलमा यसरी सारिरहेको छ मोनो पोलमा विद्युत

५८ मिनेट अघि   सेतोपाटी

बुटवलको कालिका पथमा पाँच महिनामा गर्ने भनिएको विद्युतको मोनो पोलमा तार बिस्तारको काम डेढ वर्षपछि सुरू भएको छ।  यसअघि सडकमा राखिएका हाइटेन्सन पोलका कारण सडक साँघुरो हुँदा दुर्घटनाको जोखिम बढाएको भन्दै २०८० साल पुस २९ गतेदेखि मोनो पोल जडान सुरू गरिएको थियो। ...

गृहसहित ३ जना मन्त्री मधेस जाने, २ दिन बस्ने

१ घण्टा अघि   सेतोपाटी

गृहमन्त्रीसहित ३ जना मन्त्रीहरू मधेस प्रदेश भ्रमणमा जाने भएका छन्। शान्ति सुरक्षाको अवस्था र निर्वाचन तयारीबारे जानकारी लिन मन्त्रीहरू मधेस जान लागेका हुन्। गृहमन्त्री ओमप्रकाश अर्याल, उद्योग तथा कानुन मन्त्री अनिलकुमार सिन्हा र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता मधेस...

अमेरिकासँग नेपाल १०६ रनले पराजित

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृंखलामा नेपाल अमेरिकासँग १०६ रनले पराजित भएको छ। हारसँगै १७ खेलमा नेपालले १२ अंक जोडेको छ। १२ अंकसँगै नेपाल सातौँ स्थानमा छ। नेपाललाई हराएको अमेरिका २१ खेलमा ३० अंकका साथ शीर्ष स्थानमा...

स्वास्थ्य मन्त्री बनेकी डा. सुधा शर्मा को हुन्?

१ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारले डा. सुधा शर्मा गौतमलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलबाट आइतबार शपथ लिएर मन्त्री शर्माले कार्यभार सम्हालिसकेकी छन्। ७० वर्षीया डा. शर्माले लामो समय निजामती सेवाको विभिन्न पदमा रहेर अनुभव हासिल गरेकी छन्। उनी प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनले २०६५ असोजदेखि...

हायात व्यवस्थापनले भन्यो- पुनर्निर्माणपछि होटल सञ्चालनमा आउँछ

१ घण्टा अघि   सेतोपाटी

पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौं) ले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ। आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठले जारी गरेको विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला...

संसद् भवन पूरा नबनेसम्म राष्ट्रियसभाको बैठक कृषि समितिको हलमा

१ घण्टा अघि   थाहाखबर

काठमाडाैँ : संसद् सचिवालयले राष्ट्रियसभाको आगामी अधिवेशन सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको हलबाट सञ्चालन गर्ने गरी तयारी थालेको छ। एउटा अधिवेशन र अर्को अधिवेशनबीचको अवधि ६ महिनाभन्दा बढी हुनु नहुने संवैधानिक व्यवस्था छ। राष्ट्रियसभाको गत अधिवेशन भदौ मसान्तमा अन्त्य गरिएको थियो। भदौ...

बिजुली काटिएपछि चलेका छैनन् दुई ठूला सिमेन्ट उद्योग

१ घण्टा अघि   सेतोपाटी

डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल नतिरेको भन्दै विद्युत प्राधिकरणले बिजुली लाइन काटिदिँदा देशका दुई ठूला सिमेन्ट उद्योग बन्द भएका छन्। प्राधिकरणले गत मंगलबारबाट उद्योगहरूको बिजुली काट्न थालेपछि अर्घाखाँची सिमेन्ट उद्योग र शिवम् सिमेन्टको उत्पादन पूर्ण रूपमा बन्द भएको हो। यी दुवै उद्योगले हजार जनाभन्दा बढीलाई रोजगारी दिँदै आएका छन्।...

आइसिसी विश्वकप लिग-२ : कमजोर ब्याटिङका कारण अमेरिकासँग नेपाल पराजित

१ घण्टा अघि   सेतोपाटी

आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ।  आइतबार युएईको दुबज्ञ अन्तर्राष्ट्रिय रंगशालामा नेपाललाई अमेरिकाले १०६ रनले पराजित गरेको छ।  अमेरिकाले दिएको २६३ रनको लक्ष्य पछ्याएको नेपाल ३९.१ ओभरमा १५६ रनमा अलआउट भयो। लगातार विकेट...

'परान' फिल्मले ल्यायो १ लाखको पुरस्कार योजना!

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'परान' ले दर्शकहरूलाई आफूप्रति आकर्षित गर्न 'मेरो परान' नामक प्रतियोगिताको घोषणा गरेको छ। यो प्रतियोगिता अन्तर्गत एक लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ। आउँदो साता अर्थात् कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने पारिवारिक कथामा आधारित यो फिल्मले दर्शकहरूलाई फरक तरिकाले जोड्ने प्रयास...

स्वास्थ्यमन्त्री शर्माको घोषणा : जेनजी आन्दोलनका घाइतेका लागि मनाेपरामर्श केन्द्र स्थापन गर्ने

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा शर्मा गाैतमले पदभार ग्रहण गरेकी छन्। जेनजी आन्दोलनमा आफ्नो भवन जलेर ध्वस्त भएपछि स्वास्थ्य अनुसन्धान परिषद्को भवनमा सरेको स्वास्थ्य मन्त्रालयमा पुगेर डा. शर्माले मन्त्रीले पदभारग्रहण गरेकी हुन्। मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री डा. शर्माले जेनजी...

सरूवा मापदण्डअनुसार नभए आमरण अनसन बस्ने नवप्रवेशी शिक्षकको चेतावनी

१ घण्टा अघि   सेतोपाटी

नवप्रवेशी तथा सरूवा पीडित शिक्षक केन्द्रीय संघर्ष समितिले शिक्षा मन्त्रालयले जारी गरेको सरूवा कार्यविधि अवैज्ञानिक र अन्यायपूर्ण भएको भन्दै तत्काल संशोधन गर्न माग गरेको छ। समितिले आइतबार विज्ञप्ती जारी गरी सरूवा मापदण्ड शिक्षकको हित र विद्यालयको आवश्यकता अनुरूप नभए आमरण...

पाँच, छ वटा पार्टीका बीचमा एकता हुन लागेको छ, केपीजीलाई छटपटी भएको छ: प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले पाँच, छ वटा पार्टी बीच एकता हुन लागेको बताएका छन्। आइतबार गोरखामा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक प्रचण्डले भने, ‘पाँच, छ वटा पार्टीका बीचमा एकैचोटी एकता हुनेतिर छलफल भइराखेको छ। यो राम्रो र...

लुलु एक्सचेन्जबाट पैसा पठाउँदा एक किलो सुन जित्न सकिने

१ घण्टा अघि   सेतोपाटी

वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्जले  ग्राहकका लागि  अफर घोषणा गरेको छ।  संयुक्त अरब इमिरेट्स (युएई) मा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा एक किलो कमटेक सुन, दुई मेगा पुरस्कार–डङफेङ साइन कार र डङफेङ मेइज कार तथा लियोनल मेस्सीले...

स्रोत नखुलेको ६९ लाख रूपैयाँसहित २ जना पक्राउ

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा स्रोत नखुलेको ६९ लाख रूपैयाँसहित दुई जना पक्राउ परेका छन्। धादिङ निलकण्ठ नगरपालिका-२ घर भएकी २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ पक्राउ परेका हुन्। उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले शुक्रबार पक्राउ गरेको हो। शुक्रबार...

विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित ३ जनाविरूद्ध भ्रष्टाचार मुद्दा

२ घण्टा अघि   सेतोपाटी

नक्कली बिल बनाएर भुक्तानी लिएको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्षसहित तीन जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्याङ्जाको गल्याङ नगरपालिका-४ स्थित शिशु कल्याण माविको विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापासहित तीन जनाविरूद्ध आइतबार विशेष अदालतमा...

थाइल्यान्ड र कम्बोडियाबीच युद्धविराम सम्झौतामा हस्ताक्षर

२ घण्टा अघि   थाहाखबर

बैंकक : थाइल्यान्ड र कम्बोडियाले विस्तारित युद्धविराम सम्झौतामा हस्ताक्षर गरेका छन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको उपस्थितिमा मलेशियाको राजधानी कुआलालम्पुरमा थाइल्यान्डका प्रधानमन्त्री अनुतिन चार्नविराकुल र कम्बोडियाका प्रधानमन्त्री हुन मानेतले संयुक्त शान्ति सम्झौतामा आज हस्ताक्षर गरेका हुन्। सम्झौतामा हस्ताक्षरपछि ट्रम्पले मानिसहरूले असम्भव मानिरहेका आफूले सम्भव तुल्याएको...

पदभार ग्रहणमा स्वास्थ्य मन्त्रीले कर्मचारीहरूलाई भनिन्- कुनै तहमा कतैबाट पनि भ्रष्टाचार भएको सुन्न नपरोस्!

२ घण्टा अघि   सेतोपाटी

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्‍त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य मन्त्रालयले जेनजी आन्दोलन क्रममा प्रमुख रूपमा उठाइएको भ्रष्टाचारको अन्त्य र सुशासनलाई मुख्य रूपमा सम्बोधन गर्ने बताएकी छन्।  आइतबार पदभार ग्रहण क्रममा उनले सुशासनलाई मूख्य लक्ष्य मानेर अघि बढ्ने बताउँदै कर्मचारीहरूलाई...

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा थाई एयरले सुरू गर्‍यो नियमित उडान

२ घण्टा अघि   सेतोपाटी

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनापछि अन्तर्राष्ट्रिय उडान सुरू भएको छ। गौतम बुद्ध विमानस्थलमा गत अप्रिलदेखि अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। उडान रोकिएको ६ महिनापछि थाई एयर एसियाले आइतबारदेखि फेरि उडान थालेको हो। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार थाई एयर एसियाले...

कुलमान मन्त्री भएपछि बल्झिएको बिजुली महसुल विवादले पञ्चकन्याका सबै उद्योग बन्द

२ घण्टा अघि   सेतोपाटी

कुलमान घिसिङ ऊर्जामन्त्री भएर आएपछि बल्झिएको विद्युत महसुल विवादका कारण देशकै ठूलोमध्येको पञ्चकन्या ग्रुपका उद्योगहरू बन्द भएका छन्। डेडिकेटेड तथा ट्रंक लाइनको बक्यौता महसुल विवादमा नेपाल विद्युत प्राधिकरणले गत शुक्रबार बिजुलीको लाइन काटेपछि भैरहवास्थित पञ्चकन्या ग्रुपका सबै उद्योग बन्द भएका हुन्। पञ्चकन्या ग्रुपका कार्यकारी...