'एक्स्ट्रिम' निर्णय लिएर 'ब्याक' हुने ओलीको पुरानै बानी, यी हुन् दुई घटना
अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको गुन्डु निवासबाट जे घोषणा गरेका थिए, आखिरमा नेकपा एमालेको सचिवालय बैठकले त्यही निर्णय गर्यो। ओलीले असार २३ गते गुन्डुबाट सुशीला कार्कीको सरकारलाई 'असंवैधानिक' र 'अलोकतान्त्रिक' भन्दै उनले विघटन गरेको प्रतिनिधिसभा पुनर्स्थापना हुनुपर्ने बताएका थिए। त्यसको तीन दिनपछि आइतबार राति सकिएको...