ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कृष्णबहादुर महरालाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइयो

३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले आज अदालत काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको छ। महरालाई म्याद थप गर्न सरकारी वकिलमार्फत प्रहरीले सोमबार काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराएको हो। प्रहहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार महरालाई...

रौतहटमा पानीमा डुबेर तीन बालिकाको मृत्यु

१५ मिनेट अघि   सेतोपाटी

रौतहटमा जमेको पानीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ। गौर नगरपालिकामा-१ मा बाढी आएर जमेको पानीमा डुबेर ३ जना बालिकाको मृत्यु भएको हो। राजदेवी नगरपालिका–८ कि १३ वर्षिया आस्था कुमारी बैठा, १५ वर्षीया राघनीकुमारी यादव र मौसमी कुमारी बैठाको...

भेपमार्फत सुन तस्करी प्रकरणमा महराविरूद्ध मुद्दा दायर

१९ मिनेट अघि   सेतोपाटी

भेपमार्फत ९ किलो सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ। सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता भएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए। महराविरूद्ध भन्सार ऐन सम्बन्धी कसुर...

चन्द्रगिरि र मौलाकाली केवलकार तिहारपछि चल्ने

२३ मिनेट अघि   सेतोपाटी

जेनजी आन्दोलनका कारण क्षति पुगेको चन्द्रगिरि र मौलाकाली केवलकार तिहारपछि सञ्चालनमा आउने भएको छ। दसैअघि नै यी दुबै केवलकारमा भएको क्षतिबारे अष्ट्रियन कम्पनीले अध्ययन गरेको थियो। अध्ययनको रिपोर्ट भने आउन बाँकी रहेको आइएमए ग्रुपले जनाएको छ।  यद्यपी अहिले क्षति भएका...

कस्तो हुनेछ ५ करोडमा बन्न लागेको साइकल चलाउन मिल्ने आकाशे पुल?

३२ मिनेट अघि   सेतोपाटी

ललितपुर महानगरपालिकाले चक्रपथस्थित धोबीघाटमा साइकलमैत्री आकाशे पुल बनाउने भएको छ। आइतबार मेयर चिरिबाबु महर्जनले एक कार्यक्रममाझ पुलको शिलान्यास पनि गरेको छ। यो साइकलमैत्री पुल कस्तो ‍हुन्छ त? यसबारे हामीले मेयर महर्जनलाई सोधेका छौं। उनका अनुसार यो आकाशे पुलमा साइकल र मानिसहरूलाई मात्र प्रवेश...

तिहारलाई सयपत्री पर्याप्त : भारतीय फूलले बजार प्रभावित पार्दैन !

४८ मिनेट अघि   थाहाखबर

काठमाडौं : फूलै फूलको पर्व तिहार अर्थात् दीपावली नजिकिदै गर्दा बजारमा सयपत्री र मखमली फूलको कारोबार बढ्न थालेको छ।  विगतका वर्षहरूमा भारतीय फूलले नेपाली फूलको कारोबारमा प्रभाव पार्ने गरेकोमा यसवर्ष भने भारतीय फूल नभित्रिने विश्वास व्यवसायी प्रतिनिधिहरूको छ।  वर्षभरी मा तिहार...

निर्वाचन आयोग र अख्तियारमा आयुक्त नियुक्त गर्ने प्रधानमन्त्रीको तयारी

५५ मिनेट अघि   सेतोपाटी

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले संवैधानिक नियुक्ति अघि बढाउने तयारी गरेकी छिन्।  उनले निर्वाचन आयुक्तमा रिक्त प्रमुख निर्वाचन आयुक्तसहित दुई आयुक्त र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त हुन लागेको आयुक्त पदमा नियुक्तिबारे छलफल अघि बढाएकी हुन्। अख्तियारका आयुक्त किशोर सिलवालले उमेर...

त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिता बन्द गर्न सिफारिस

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : काठमाडौं त्रिभुवन विश्वविद्यालय(त्रिवि) जग्गा तथा अचल सम्पत्ति खोजबिन समितिले त्रिवि क्रिकेट रंगशालामा अन्तराष्ट्रिय तथा राष्ट्रिय क्रिकेट प्रतियोगिता बन्द गर्न सरकारसमक्ष सिफारिस गरेको छ। समितिले क्रिकेट रंगशाला विश्वविद्यालय क्याम्पस परिसरभित्र रहँदा अध्ययन, अनुसन्धान तथा दैनिक कार्यसम्पादनमा कठिनाई भएको भन्दै...

सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन

१ घण्टा अघि   थाहाखबर

बागमती : हेटौँडास्थित नेपाली सेनाको गोरखबहादुर गणमा सञ्चालित सिसं १८ सैन्य आधार तालिमको अन्तिम दलेल कवाज प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ।  गणको खेलमैदानमा आयोजित कार्यक्रममा नेपाली सेनाको मध्य पृतना हेडक्वाटर हेटौँडाका पृतनापति उपरथी हरेन्द्र पाठकले नौ महिने...

भेपमार्फत सुन तस्करी प्रकरणमा महराविरूद्ध मुद्दा दर्ता हुँदै

१ घण्टा अघि   सेतोपाटी

भेपमार्फत ९ किलो सुन तस्करी गरिएको प्रकरणमा पूर्वसभामुख कृष्णबहादुर महराविरूद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता हुँदैछ। सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले मुद्दा दर्ता गर्न अदालतमा पठाएको छ। अहिले दर्ता हुने क्रममा रहेको सरकारी वकिल प्रमुख रामहरि शर्मा काफ्लेले जानकारी...

नेप्से परिसूचक ४४ अंकले बढ्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४४ दशमलव २५ अंकले बढेर दुई हजार ५४७ दशमलव ६० बिन्दुमा कायम भएको छ। यो एक दशमलव ७६ प्रतिशतको वृद्धि हो। आज ३३० कम्पनीको ९९ लाख चार हजार ८७४ कित्ता शेयर ४८ हजार ८३६...

नियमित महाधिवेशन माग गर्दै कांग्रेसमा बुझाइयो ध्यानाकर्षण पत्र

१ घण्टा अघि   सेतोपाटी

नियमित महाधिवेशन माग गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा ध्यानाकर्षण पत्र बुझाइएको छ। कांग्रेस नेता रञ्जित कर्ण, नेविसंघ पूर्वमहामन्त्री दीपक भट्टराई र सरोज थापा लगायतले मुख्यसचिव कृष्णप्रसाद पौडेललाई भेटेर सोमबार अपराह्न ध्यानाकर्षण पत्र बुझाएका हुन्। यो पनि: संस्थापन पक्षको दबाबपछि ६ जनाले मात्रै...

सबै जीवित बन्धकहरू छाड्यो हमासले

१ घण्टा अघि   सेतोपाटी

हमासले गजामा जीवित रहेका सबै जीवित बन्धकहरू छाडेको छ। केहीबेर अघिसम्म हमासले सबै बन्धकहरू छाडेको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले जनाएको छ।  तीमध्ये १३ जना बन्धकहरूलाई रेड क्रसले इसराइलको जिम्मा लगाइसकेको छ। बाँकी बन्धकहरूलाई रेडक्रसले गजाबाट इसराइलतर्फ लगिरहेको भनिएको छ। ...

सङ्खुवासभामा टिपर दुर्घटना : चालकसहित दुईजना घाइते

१ घण्टा अघि   थाहाखबर

सङ्खुवासभा : कोशी राजमार्गअन्तर्गत सभाखोला–लेगुवा सडकको सङ्खुवासभाको चैनपुर नगरपालिका–११ स्थित पुलडाँडामा टिपर दुर्घटना हुँदा दुईजना घाइते भएका छन्। आज बिहान साढे ११ बजे लेगुवाबाट खाँदबारीतर्फ आउँदै गरेको मधेश प्रदेश ०३–००१ क २९२६ नम्बर टिपर दुर्घटना हुँदा चालक सहित दुईजना घाइते भएका...

पाला बनाउने हातहरू, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : दशैँ सकिसकेको छ। हिन्दूहरूको दोस्रो ठुलो चाड तिहार लागि सकेको छ। तिहार लागेसँगै यतिबेला भक्तपुर तालाक्वका स्थानीयहरू माटोका पाला बनाउन व्यस्त देखिन्छ। अन्य दिनको तुलनामा तिहारको समयमा माटोको दियो, पालको माग धेरै हुने हुँदा उनीहरू व्यस्त देखिएका हुन्। दीपावलीका...

नेपाल कबड्डी लिगको दोस्रो संस्करणको ड्राफ्टका लागि ५१२ नेपाली खेलाडी दर्ता

१ घण्टा अघि   सेतोपाटी

नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ। सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विहीबार जनाएको छ। एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले सोमबार बताए, ‘पहिलो सिजनको ड्राफ्टमा...

नेपाल कबड्डी लिगको दोस्रो संस्करणको ड्राफ्टका लागि ५१२ नेपाली खेलाडी दर्ता

१ घण्टा अघि   सेतोपाटी

नेपाल कबड्डी लिग (एनकेएल) मा खेलाडीको आकर्षण अत्याधिक बढेको छ। सिजन २ को ड्राफ्टका लागि ५ सय १२ जना नेपाली खेलाडी दर्ता भएको एनकेएल आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टले विहीबार जनाएको छ। एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले सोमबार बताए, ‘पहिलो सिजनको ड्राफ्टमा...

बदमास निस्कियो बाँदर, अस्ट्रेलियन नागरिकको झोलासहित दुई पासपोर्ट लिएर बेपत्ता

१ घण्टा अघि   थाहाखबर

पर्वत : बाँदरले अनौठा अनौठा क्रियाकलाप गर्ने गरेको त हामीले देखेका नै छौँ। कतिपय क्रियाकलापहरू रमाइला लाग्ने खालका भए पनि कतिपय भने निकै कष्टप्रद हुने गरेका छन्। केही वर्ष अगाडि पर्वतको मुडिकुवामा खाना सहितको ‘प्रेसर कुकुर’ नै रुखमा बोकेर गएको...

आयो रेमिट ‘एमएसबी ग्लोबल’ उपाधिद्वारा सम्मानित

१ घण्टा अघि   सेतोपाटी

विश्वव्यापी रूपमा कारोबार विस्तार गरिरहेको रेमिटेन्स तथा भुक्तानी प्लेटफर्म आयो रेमिटले प्रतिष्ठित ‘ब्रिट फिनटेक अवार्ड २०२५’ मा ‘एमएसबी ग्लोबल’ उपाधि जितेको छ।  बेलायतमा आयोजित एक समारोहमा यो सम्मान प्रदान गरिएको हो। विश्वकै प्रतिष्ठित फिनटेक सम्मानमध्ये एक मानिने यस अवार्डले नवीनता,...

नेविसंघले भन्योः ओली, लेखक र बालेनलाई तत्काल अनुसन्धानको दायरामा ल्याउनू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसमा आवद्ध विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई तत्काल अनुसन्धानको दायरामा ल्याउन सरकारसँग माग गरेको छ। सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरी संघका अध्यक्ष दुजाङ शेर्पाले जेनजी आन्दोलनमा भएको मानवीय...

प्रधानमन्त्रीले सोधिन्- माघ ११ को राष्ट्रिय सभा निर्वाचनमा जेनजीको प्रतिनिधित्व कसरी गराउने?

१ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभा निर्वाचनबारे चासो देखाएकी छिन्। उनले निर्वाचन आयोगका आयुक्त र राष्ट्रिय सभाका अध्यक्षसँगको छुट्टाछुट्टै भेटमा निर्वाचनबारे चासो देखाएकी हुन्।  ‘प्रधानमन्त्रीले राष्ट्रिय सभामा जेनजीको प्रतिनिधित्व कसरी हुन सक्छ भन्ने चासो व्यक्त गर्नुभएको छ’, राष्ट्रिय सभाका अध्यक्ष...

४४ अंकले बढ्यो नेप्से, कारोबार रकम घट्यो

१ घण्टा अघि   सेतोपाटी

सोमबार नेप्से परिसूचक ४४ अंकले बढेको छ। बजार बन्द हुँदा नेप्से ४४.२५ अंकले बढेर २५४७ बिन्दुमा पुगेको हो।  धितोपत्र बोर्डले लगानीकर्ताहरूको माग पुरा गर्ने प्रतिबद्धता जनाएको खबर बाहिरीएसँगै नेप्सेमा सुधार देखिएको हो।  धितोपत्र बोर्डले पुँजी बजार सुधार कार्यदलले दिएको प्रतिवेदनअनुसार...

सरकारी सरह तलब नदिने स्वास्थ्य संस्थालाई कारबाही गर्ने मन्त्रालयको चेतावनी

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ :  केही दिनदेखि पोखरास्थित मणिपाल मेडिकल कलेजमा कार्यरत नर्सहरू आन्दोलनरत छन्। न्यून तलबमा काम गरेको भन्दै आफूहरूको तलब स्वास्थ्य सेवाअन्तर्गतको पाँचौँ तहको कर्मचारीको सरह हुनुपर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन्। आन्दोलनरत एक नर्सले भनिन्‚ ‘हामीलाई सरकारले तोके बमोजिम तलब सुविधा चाहिन्छ भनेर...

सबै जिउँदा इजरायली बन्धकहरू रिहा, मृतकको शव पछि बुझाइने

१ घण्टा अघि   थाहाखबर

हमासद्वारा सबै जिउँदो इजरायली बन्धकहरू रिहा गरेको छ।  मृतकका शव पछि बुझाइने हमासले जनाएको छ।  इजरायली मिडियाका अनुसार हमासले इजरायली बन्धकहरूको दोस्रो समूहमा परेका १३ जनालाई गाजाको दक्षिणी भागमा रेडक्रसलाई सुम्पिएको छ। रेडक्रसका अधिकारीहरूले ती बन्धकहरूलाई लिएर इजरायल पुर्‍याएका छन्। इजरायली सेनाले हमासद्वारा...