ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बिपी राजमार्गको अस्थायी डाइभर्सन बगायो रोशीले

२ मिनेट अघि   सेतोपाटी

अविरल वर्षातपछि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको अस्थायी डाइभर्सन बगाएको छ। सडक डिभिजन भक्तपुरले दिएको जानकारी अनुसार रोशी गाउँपालिका–९ बोक्सिकुना खण्डमो करिब २०० मिटर डाइभर्सन रोशीले बगाएको छ।  गत वर्ष असोज १० देखि १३ गतेसम्मको बाढीले बिपी राजमार्ग कटान...

बल्खु क्षेत्रमा उद्धार र निगरानी गर्न राफ्टिङ बोट प्रयोग

७ मिनेट अघि   सेतोपाटी

काठमाडौंको बल्खु क्षेत्रमा उद्धार तथा निगरानीका लागि र्‍याफ्टिङ बोटको प्रयोग गरिएको छ। सशस्त्र प्रहरी बलको टोलीले बल्खु, कुलेश्वर र कालिमाटी क्षेत्रमा पानीको सतह बढेपछि उद्धारका निम्ति राफ्टिङ बोट प्रयोग गरेको हो। अहिले बागमती नदी किनारको बस्तीमा पानी पसिसकेको छ। नदी किनारका...

कोशीदेखि गण्डकीसम्म मुसलधारे पानी पारिरहेको बादल कहाँबाट आयो? किन पुगेन पश्चिम नेपाल?

९ मिनेट अघि   सेतोपाटी

यस वर्ष मनसुन बाहिरिने बेला असोजे झरी परिरहेको छ। शनिबार बिहान वर्षाको केन्द्र काठमाडौं उपत्यकाजस्तो देखिएको थियो, अहिले मधेस प्रदेश केन्द्र बनेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार मधेसका ६ वटा केन्द्रमा मुसलधारे पानी परिरहेको छ। पछिल्ला केही वर्षको तथ्यांक हेर्ने हो भने यसपटक केही...

काठमाडौं उपत्यकामा हेलिकप्टरबाट हुने उद्धार नि:शुल्क गर्ने वायुसेवा सञ्चालक संघको घोषणा

१२ मिनेट अघि   सेतोपाटी

काठमाडौं उपत्यकाभित्र उद्धारका लागि हेलिकप्टर प्रयोग गर्नुपरे नि:शुल्क सेवा दिने घोषणा वायुसेवा सञ्चालक संघले गरेको छ। शनिबार संघका अध्यक्ष मनोज कार्कीले एक विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन्। गृह मन्त्रालयले हेलिकप्टर कम्पनीहरूलाई तयारी अवस्थामा रहन अनुरोध गरेको छ। त्यस अनुसार कम्पनीहरूले...

सामानको धेरै भण्डारण नगर्न र अभाव हुन नदिन महासंघको आग्रह

१८ मिनेट अघि   सेतोपाटी

दुई दिनयता निरन्तरको वर्षाका कारण जनजीवन प्रभावित भएको अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले सम्पूर्ण निजी क्षेत्र र उपभोक्तालाई सचेत रहन र मर्यादित कारोबार गर्न आग्रह गरेको छ।  महासंघले शनिबार विज्ञप्ति निकाल्दै भनेको छ, 'अविरल बर्षाका कारण राजमार्गहरू अवरूद्ध भएका छन्।...

बागमतीले खतराको तह पार गर्‍यो, उच्च सतर्कता अपनाउन अपिल

२४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : निरन्तरका वर्षासँगै काठमाडौँ उपत्यका आसपासका नदीको जलसतह बढ्न थालको छ। जल तथा मौसम विज्ञान विभाग, खोकनामा जलमापन स्टेशनका अनुसार बागमती नदीले खतराको तह पार गरेको छ।  विभागका बाढीविद् विनोद पराजुलीले उपत्यका आसपासका नदीमा जलसतह बढ्दो क्रममा रहेको भन्दै...

बिदामा रहेका सशस्त्र प्रहरीलाई नजिकैको कार्यालयमा हाजिर हुन निर्देशन

३८ मिनेट अघि   सेतोपाटी

सशस्त्र प्रहरी बलले बिदामा रहेका सबै सशस्त्र प्रहरी कर्मचारीलाई नजिकैको प्रहरी कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ। विपदमा उद्धारका लागि परिचालन गर्न परेकाले सबै कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।...

रानीबारी खोलामा हाम फाले श्रीमान-श्रीमती, श्रीमानको उद्धार श्रीमती बेपत्ता

३९ मिनेट अघि   सेतोपाटी

काठमाडौंको रानीबारीस्थित खोलामा एक दम्पती हाम फालेका छन्। यो घटनामा श्रीमानको उद्धार गरिएको छ भने श्रीमती बेपत्ता छिन्। शनिबार अपराह्न सवा ४ बजेतिर काठमाडौं महानगरपालिकाको म्हेपी रानीबारी खोलामा यो घटना भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए। लगातारको झरीले खोलाको...

सिन्धुलीका सिडिओलाई हामीले सोध्यौं– बिपी राजमार्गमा गाडी अड्किएका त छैनन्?

४९ मिनेट अघि   सेतोपाटी

बिपी राजमार्गमा सवारी साधन सञ्चालन गर्न रोक लगाइएपछि बीचमा कुनै गाडी अलपत्र अड्किएका त छैनन् भनेर हामीले सिन्धुली प्रमुख जिल्ला अधिकारीलाई सोधेका छौं। उनका अनुसार बिपी राजमार्गमा अहिले कुनै पनि गाडी अड्किएका छैनन्। रोकिएका गाडीहरूलाई मदन भण्डारी राजमार्ग हुँदै काठमाडौं पठाइएको छ। कतिपयलाई...

बागमती नदीबीच टापुमा बस्नेलाई सारियो सुरक्षित स्थानमा, केही लुकेर बसेको आशंका

१ घण्टा अघि   सेतोपाटी

बागमती र लालबकैया नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि रौतहट जिल्लाका नदी किनार र अस्थायी बस्तीहरूमा बाढीको जोखिम बढेको छ। यही जोखिम हेरेर बागमती नदीको बीचमा रहेको टापुका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ। वृन्दावन नगरपालिका–१ भोटियाघाटका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको रौतहटका प्रमुख...

तराईमा उच्च वर्षा, रौतहटमा ३३३ मिलिमिटर पुग्यो

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : देशका विभिन्न स्थानमा मनसुनी वर्षा भइरहेको छ। विशेषगरी तराईका जिल्लाहरूमा उच्च भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।  विभागका अनुसार पछिल्लो २४ घण्टामा रौतहटको महेशपुरमा सबैभन्दा बढी ३३३ मिलिमिटर वर्षा भइसकेको छ। यस्तै, मकवानपुर, काभ्रेपलाञ्चोकलगायतका...

गृह मन्त्रालयले जारी गर्‍यो ८ बुँदे परिपत्र

१ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले ७७ वटै जिल्लालाई ८ बुँदे परिपत्र जारी गरेको छ। मनसुनजन्य विपदको न्यूनीकरण तथा उद्धार कार्यको सहजीकरण तथा प्रभावकारी बनाउन गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको हो। गृहले असोज १८, १९ र २० गतेका लागि काठमाडौं उपत्यका प्रवेश गर्ने...

३२ वर्षअघिको त्यो भीषण मुसलधारे वर्षा, किन सधैं डुबानको खतरामा छ काठमाडौं?

१ घण्टा अघि   सेतोपाटी

बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त मनसुनी वायुले काठमाडौंसहित पाँच प्रदेशमा लगातार वर्षा गराइरहेको छ। काठमाडौं उपत्यकामा शुक्रबार रातिदेखि नै अविरल पानी परिरहेको छ। यो क्रम शनिबार राति अझै बढ्ने र आइतबारसम्म पानी परिरहने मौसमविदहरूले बताएका छन्। हामीले मौसमविद प्रतिभा मानन्धरलाई काठमाडौंमा कति...

सञ्चार सेवा अवरुद्ध भए यी नम्बरमा सम्पर्क गर्नुस्...

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले देशका कुनै भूभागमा सञ्चार सेवा अवरुद्ध भएमा वा त्यससम्बन्धी कुनै आकस्मिक सूचना प्रवाह गर्न आवश्यक परेमा सम्पर्क गर्न अनुरोध गरेको छ।  मन्त्रालयले आज विज्ञप्ति जारी गरी देशका अधिकांश भूभागमा अविरल भारी वर्षाका कारण...

ललितपुरमा पर्खाल भत्किँदा ३ जना घाइते

१ घण्टा अघि   सेतोपाटी

ललितपुरमा एक घरको पछाडि रहेको पर्खाल भत्किएर लाग्दा तीन जना घाइते भएका छन्। गोदावरी नगरपालिका-१४ ठैबमा विकास अधिकारीको घर पछाडि रहेको पर्खाल भत्किँदा तीन जना घाइते भएका हुन्। उनीहरूलाई उपचारका निम्ति अस्पताल पुर्‍याइएको छ। उनीहरूको अवस्था सामान्य रहेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका...

यात्रुसँग चर्को मूल्य नलिन राइड सेयरिङ एप चालकलाई प्रशासनको अनुरोध

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले राइड सेयरिङ एपका चालकहरूलाई यात्रुसँग चर्को मूल्य नलिन अनुरोध गरेको छ। शनिबार प्रकाशसीय अधिकृत सुजनकुमारी बर्देवाले सूचना जारी गर्दै कसैलाई पनि नठग्न अनुरोध गरेकी हुन्। दसैं र वर्षासँगै इन्ड्राइभ, पठाओ, यांगो लगायत राइड सेयरिङ गर्ने चालकहरूले...

काठमाडौंका खोला किनारका बस्तीमा पानी, सुरक्षाकर्मीले स्थानान्तरण गर्दै

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकासहित देशभरि नै वर्षा हुँदा नदीखोलाहरूको पानीको सतह बढेको छ। आइतबारसम्म पनि भारी वर्षा हुने पूर्वानुमान गरिएको छ। यसबीच काठमाडौं उपत्यकाका बागमतीसहित विभिन्न नदीहरूमा खतराको तह पार भएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीका प्रवक्ता एसएसपी शेखर खनालका अनुसार उपत्यकाका सबै...

सनई टाकाइची जापानको पहिलो महिला प्रधानमन्त्री बन्ने!

१ घण्टा अघि   सेतोपाटी

जापानको सत्तारूढ लिबरल डेमोक्र्याटिक पार्टीले (एलडिपी) सनई टाकाइचीलाई नयाँ नेताको रूपमा निर्वाचित गरेपछि जापानले पहिलो महिला प्रधानमन्त्री पाउने भएको छ। सन् २०२१ र गत वर्ष गरी दुई पटकको दलको नेताको निर्वाचन हारेकी ६४ वर्षीया टाकाइची शनिबार तेस्रो प्रयासमा एलडिपीको नेता...

काठमाडौं उपत्यकाका नदी करिडोरमा साँझ ६ बजेदेखि सवारी आवागमनमा रोक

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यकाका नदी खोला किनारका सडक (करिडोर सडक) मा शनिबार साँझ ६ बजेदेखि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस्तो निर्णय गरेको हो। प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा भारीदेखि अतिभारी वर्षा भइरहेको जनाउँदै करिडोर सडकमा आवागमन रोक लगाउन उपत्यकाका तीनवटै जिल्ला प्रशासन...

काठमाडौंतर्फ जाने गाडी चितवनमै रोकिए, तोकिए १५ वटा 'होल्डिङ स्पेस'

२ घण्टा अघि   सेतोपाटी

पूर्व र पश्चिमबाट काठमाडौंतर्फ जाने सवारी साधनहरुलाई प्रहरीले चितवनमै रोकेको छ। १५ वटा 'होल्डिङ स्पेस' तोकेर सवारी साधनहरू रोकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी रवीन्द्र खनालले जानकारी दिए। प्रहरीले पूर्वबाट आएका सवारी साधनहरू मकवानपुरसँगको सिमाना लोथरमै रोकेको छ। पश्चिमबाट आउनेलाई पोखरा...

सर्लाहीको बागमती सिँचाइ ब्यारेजका ३६ वटै ढोका खोलिए

२ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशमा भइरहेको भीषण वर्षाले बागमती नदीमा पानीको सतह बढ्न थालेपछि सर्लाहीको कर्मैयास्थित बागमती नदी सिँचाइ ब्यारेजका ३६ वटै ढोका खोलिएको छ। बाढी पूर्वानुमान महाशाखाले मधेस प्रदेशमा डुबानको खतरा औंल्याएपछि शनिबार दिउँसो ३ बजेदेखि ब्यारेजका ढोका खोलिएका हुन्। जल तथा मौसम विज्ञान विभागका अनुसार रौतहटको महेशपुर...

उपत्यकाका करिडोर सडकमा राति सवारी आवागमन बन्द

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ उपत्यकाको करिडोर सडकमा राति सवारी आवागमन बन्द गरिएको छ।  काठमाडौँ  उपत्यकाका नदी खोला किनारका सडक (कोरिडर सडक)मा आज साँझ ६ बजेदेखि भोलि बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाउन विपद प्राधिकरणले भनेको छ। काठमाडौँ उपत्यकासहित देशका विभिन्न...

राष्ट्र सङ्घकाे तथ्यांक : सन् २०१४ देखि भूमध्यसागरमा ३२ हजार भन्दा बढी आप्रवासीको मृत्यु

२ घण्टा अघि   थाहाखबर

सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घकाे तथ्यांकले देखाएकाे छ। राष्ट्रसंघका​ प्रवक्ता स्टेफन दुजारिकले यस्ताे जानकारी नियमित ब्रिफिङमा दिएका हुन्।  दुजारिकले १२ वर्ष पहिले, इटालीको टापु लम्पेडुसाको तटमा, ३६८ मानिसहरूले सरल जीवनको खोजी गर्दा...

गृहले वायुसेवा सञ्चालकहरूलाई भन्यो– हेलिकप्टर तयारी अवस्थामा राख्नू

२ घण्टा अघि   सेतोपाटी

गृह मन्त्रालयले विपद व्यवस्थापनको निम्ति हेलिकप्टर तयारी अवस्थामा राख्न वायुसेवा सञ्चालक संघलाई अनुरोध गरेको छ। कोशीदेखि लुम्बिनी प्रदेशसम्म भारी तथा अति भारी वर्षाका कारण आउन सक्ने बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको खोज तथा उद्दार, राहत, स्थानान्तरण र पुनर्स्थापनाका लागि मन्त्रालयले...