ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

म्यानचेस्टर डर्बी भिडन्तमा सिटीको शान, युनाइटेडविरूद्ध गर्‍यो तीन गोल

१ घण्टा अघि   सेतोपाटी

इंग्लिस प्रिमियर लिगअन्तर्गत म्यानचेस्टर डर्बी भिडन्तमा सिटीले युनाइटेडमाथि ३-० गोलको जित निकालेको छ।  आइतबार राति सकिएको खेलमा सिटीका लागि अर्लिङ हालान्डले ५३ र ६८ मिनेटमा गरी दुई गोल गर्दा फिल फोडेनले १८ मिनेटमा गोल गरेका थिए।  हालान्डले दुई गोल गर्नुअघि...

एसिया कपमा पाकिस्तानमाथि भारतको सजिलो जित

१ घण्टा अघि   सेतोपाटी

युएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा भारतले बहुप्रतिक्षित प्रतिस्पर्धामा पाकिस्तानलाई ७ विकेटले पराजित गरेको छ। दुबईमा आइतबार राति टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा १२७ रन बनाएपछि भारतले १२८ रनको सामान्य लक्ष्य पाएको थियो। जुन लक्ष्य भारतले...

३ मन्त्रीको शपथ भोलि

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने तीनजना मन्त्रीको नाम टुङ्गो लागेको छ। अर्थमन्त्रीमा पूर्व अर्थसचिव डा. रामेश्वर खनाल नियुक्त हुँदै छन् भने ऊर्जा, भौतिक पूर्वाधार र शहरी विकास मन्त्रीमा कुलमान घिसिङ तथा कानूनमन्त्रीमा ओमप्रकाश अर्यालको नाम पक्का...

नेपाल र वेस्ट इन्डिजबीचको सिरिजको नाम ‘युनिटी कप’, जेनजी आन्दोलनमा निधन भएकाप्रति समर्पण

३ घण्टा अघि   सेतोपाटी

असोज दोस्रो साता युएईको शारजाहमा हुने नेपाल र वेस्ट इन्डिजबीचको ऐतिहासिक टी-२० सिरिज जेनजी आन्दोलमा निधन भएकाप्रति समर्पित गरिने भएको छ।  नेपाल क्रिकेट संघ (क्यान) ले यो सिरिजको नाम युनिटी कप समेत दिएको छ।  क्यानले सिरिजले सबैलाई एकजुट गर्दै बलियो...

एसिया कपमा भारतविरूद्ध पाकिस्तान १२७ रनमै समेटियो

३ घण्टा अघि   सेतोपाटी

युएईमा भइरहेको एसिया कप टी-२० क्रिकेट प्रतियोगितामा भारतविरूद्धको बहुप्रतिक्षित प्रतिस्पर्धामा पाकिस्तानले सामान्य ब्याटिङ गरेको छ।  दुबईमा आइतबार राति टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा १२७ रन बनाएपछि भारतले १२८ रनको सामान्य लक्ष्य पाएको छ।  पाकिस्तानका लागि अन्तिम...

तोडफोड र आगजनीमा संलग्न कार्यकर्तालाई माओवादीले कारबाही गर्ने

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले ‘जेनजी पुस्ता’को आन्दोलनमा सहभागी भई तोडफोड तथा आगजनीमा संलग्न भएको पुष्टि भएमा आफ्ना नेता तथा कार्यकर्तालाई कारबाही गर्ने भएको छ। पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्निप्रसाद सापकोटाले आज विज्ञप्ति जारी गरी तोडफोड तथा आगजनीजस्ता...

चोरिएको ७१ लाख रूपैयाँ बराबरको रिचार्ज कार्ड फिर्ता गर्न टेलिकमको आग्रह

३ घण्टा अघि   सेतोपाटी

भदौ २३–२४ गतेको प्रदर्शन क्रममा चोरिएका ७० हजार दुई सय वटा कार्ड फिर्ता गर्न नेपाल टेलिकमले आग्रह गरेको छ। नेपाल टलिकमको प्रादेशिक निर्देशनालय पोखरा महेन्द्र पुलको भवनमा तोडफोड हुँदा यी कार्ड चोरिएको टेलिकमले उल्लेख गरेको छ।  टेलिकमका अनुसार एक सय...

ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने

३ घण्टा अघि   सेतोपाटी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले अधिवक्ता ओमप्रकाश अर्यालले गृह र कानुन मन्त्रालय सम्हाल्ने टुंगो लगाएकी छन्। उनले यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लगाइसकेकी छन्। अर्याल अख्तियार दुरूपयोग अनुसन्धान आयोग प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिविरूद्ध सर्वोच्च अदालतमा रिट...

निर्वाचनले मात्र समाप्त गर्नेछ प्रतिकान्तिको सम्भावना

३ घण्टा अघि   सेतोपाटी

राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा निर्वाचन घोषणा गरेका छन्। फागुन २१ गतेको निर्वाचन आउन अब १७८ दिन मात्र बाँकी छ। हामी सबैको, फेरि दोहोर्‍याउँछौं — हामी सबैको — ध्यान यो निर्वाचन सफल बनाउनमा केन्द्रित हुनुपर्छ — बिना आशंका, बिना विवाद...

तोडफोड र आगजनी स्वीकार्य छैन : मुख्यमन्त्री कँडेल

४ घण्टा अघि   थाहाखबर

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जेनजी आन्दोलनका नाममा भएको तोडफोड र आगजनी स्विकार्न नसकिने बताएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार सम्मेलन गर्दै उनले आन्दोलनलाई फरक ढंगले प्रयोग गरिएको बताएका हुन्। उनका अनुसार युवालाई भड्काइएका कारण अप्रिय...

तीन दिनभित्र क्षतिको विवरण निकाल्ने शहरी मन्त्रालयको तयारी

४ घण्टा अघि   थाहाखबर

काठमाडौँ : शहरी विकास मन्त्रालयले तीन दिनभित्र आगलागीबाट क्षति भएका भौतिक संरचना, अन्य उपकरणलगायत गाडीको विवरण निकाल्ने तयारी गरेको छ। मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलको संयोजकत्वमा आज मन्त्रालयमा बसेको बैठकले गत मंगलबार ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा भएको तोडफोड तथा आगजनीबाट पुगेको...

क्याथे प्यासिफिकले स्थगन गर्‍यो काठमाडौं–हङकङ उडान

५ घण्टा अघि   सेतोपाटी

हङकङस्थित अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी क्याथे प्यासिफिकले केही समयका लागि काठमाडौं–हङकङ उडान स्थगन गरेको छ। क्याथेले यही भदौ ३० (सेप्टेम्बर १५) देखि असोज १३ (सेप्टेम्बर ३०) सम्मका लागि उडान रोकेको हो। नेपालमा हालै भएका आन्दोलनपछि  सुरक्षासम्बन्धी चिन्ताका कारण काठमाडौं–हङकङ उडान अस्थायी रूपमा...

रामेश्वर खनाल र कुलमान घिसिङ मन्त्री बन्ने टुंगो, ओमप्रकाश अर्यालसँग छलफल जारी

५ घण्टा अघि   सेतोपाटी

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले दुई जना मन्त्री टुंगो लगाएकी छन्। अर्थमन्त्रीमा रामेश्वर खनाल र ऊर्जामन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको कार्की निकट स्रोतले जानकारी दियो। प्रधानमन्त्री कार्कीले उनीहरूसँग सुरुमा फोनमा कुराकानी गरेकी थिइन्। त्यसपछि बालुवाटारमै बोलाएर छलफल गरेर टुंगो लगाइसकेको स्रोत बताउँछ।...

गृहमन्त्री बनाउन माग गर्दै बालुवाटार पुगेका थिए हर्क साम्पाङ

५ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री सुशिला कार्कीलाई गृह मन्त्री माग गर्न धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री निवास बालुवाटार पुगेको खुलेको छ। साम्पाङ आइतबार बिहानै ७ बजेतिर प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए। उनले प्रधानमन्त्री कार्कीसँग भेट्न अनुमति मागेका थिए। बालुवटारका सुरक्षाकर्मीहरूले साम्पाङलाई सुरूमा भित्र प्रवेश गर्न...

सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता सविता भण्डारीलाई नियुक्त गरेको छ। उनलाई प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका हुन्। भण्डारी नेपालको पहिलो महिला महान्यायाधिवक्ता पनि हुन्। यसअघि आजै महान्यायाधिवक्ता रमेश बडालले दिएको राजीनामा राष्ट्रपति पौडेलले स्वीकृत गरेका थिए।

आगजनी, तोडफोड र लुटपाटमा संलग्नहरू पक्राउ

५ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनको क्रममा जनकपुरधामका विभिन्न ठाउँमा आगजनी, तोडफोडका साथै लुटपाटमा संलग्न रहेकालाई धनुषा प्रहरीले पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाउने भएको छ।​ जेनजी आन्दोलनको क्रममा भदौ २४ गते धनुषाको विभिन्न ठाउँमा तोडफोड तथा आगजनीमा संलग्नलाई पक्राउ गर्न शुरु...

स्वतन्त्र कानुन व्यवसायी मञ्चले भन्यो- सुशिला कार्कीको नियुक्ति वैधानिक

५ घण्टा अघि   सेतोपाटी

स्वतन्त्र कानुन व्यवसायी मञ्चले प्रधानमन्त्री सुशिला कार्कीको नियुक्ति वैधानिक भएको बताएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै मञ्चले प्रधानमन्त्री कार्कीको नियुक्तिलाई वैधानिक बताएको हो। यज्ञमणि न्यौपाने अध्यक्ष रहेको उक्त मञ्चले निर्वाचनको मति समेत तोकेर गरिएको संसद विघटन वैधानिक समेत भएको...

महान्यायाधिवक्ता सविता भण्डारीको कानुनसँग लामो नाता, परिवारमा छन् तीन पुस्ते वकिलहरू

५ घण्टा अघि   सेतोपाटी

अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले महान्यायाधिवक्ता नियुक्त गरेकी सविता भण्डारीको कानुनसँग लामो नाता छ। उनी यस्तो परिवारकी सदस्य हुन्, जसमा तीन पुस्ते वकिलहरू छन्। सविता ९९ वर्ष पुगिसकेका वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्। बाबुकै हुर्काइबढाइ र प्रेरणा पाएर उनले कानुनी पेसा अंगालेकी थिइन्। अहिले...

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले भनिन्– म फट्याइँ काम गर्दिनँ

६ घण्टा अघि   सेतोपाटी

नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले आफू जतिसक्दो राम्रो काम गर्ने दृढता व्यक्त गरेकी छन्। प्रधानमन्त्री सुशीला कार्कीबाट आइतबार साँझ महान्यायाधिवक्ता नियुक्त भएकी भण्डारीसँग सेतोपाटीले भर्खरै संक्षिप्त कुरा गरेको थियो। सेतोपाटीसँगको कुराकानीमा उनले भनिन्, 'म जतिसक्छु राम्रो काम गर्छु, नराम्रो काम गर्दिनँ।' उनले...

चार्ली कर्कको हत्या पछि अमेरिकामा दंगा भड्किन सक्ने खतरा

६ घण्टा अघि   सेतोपाटी

अमेरिकाको सत्तारूढ रिपब्लिकन पार्टी निकट मानिने दक्षिणपन्थी अभियन्ता चार्ली कर्कको सेप्टेम्बर १० मा युटा राज्यको एक क्याम्पसमा बोलिरहेको बेला गोली हानी हत्या भयो। दक्षिणपन्थी संस्था टर्निङ पोइन्ट युएसए (टिपीयुएसए) का ३१ वर्षीय संस्थापकको सार्वजनिक कार्यक्रममा गोली हानेर मारिए पछि अमेरिका...

जिल्ला अदालत कास्कीबाट सिमित सेवा सुरू, कुन कुन सेवा छन् अवरूद्ध ?

६ घण्टा अघि   सेतोपाटी

जिल्ला अदालत कास्कीले सर्वसाधारणका लागि अत्यावश्यक रहेका सिमित सेवा आइतबारदेखि सुरू गरेको छ।  आइतबार अदालतको मूल भवन पछाडि रहेको टहराबाट अत्यावश्यक सेवा दिन सुरू गरेको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। आज बसेको जिल्ला अदालतको पूर्ण बैठकले म्याद थप, जरूरी पक्राउ पूर्जी...

विराटनगरका विद्यालयमा पठनपाठन सुरू

६ घण्टा अघि   सेतोपाटी

जेनजी पुस्ताले गरेको आन्दोलनपछि बन्द रहेका विराटनगरका विद्यालयहरूमा पठनपाठन सुरू भएको छ। भदौ २३ र २४ भएको आन्दोलनले बन्द भएका विद्यालयहरू आइतबारदेखि सञ्चालनमा आएका छन्।  विराटनगर महानगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय तथा कलेज आइतबारदेखि खुलेका हुन्। महानगरपालिकाको शैक्षिक प्रशासन...

के प्रदर्शन क्रममा जलेका नोटहरू साटिन्छन्?

६ घण्टा अघि   सेतोपाटी

भदौ २४ गतेको प्रदर्शनमा सार्वजनिक सम्पत्तिसँगै धेरै नेता र व्यवसायीको निजी घर, उद्योगमा तोडफोड र आगजनी भयो। आगो निभेपछि कतिपय नेता, व्यवसायीको घरमा जलेको अवस्थामा पैसा फेला परेको छ। कतिपयको घरमा विदेशी मुद्रा पनि पाइएको छ। त्यो पैसा राष्ट्र बैंकले साटिदिन्छ भन्ने सोचेर सर्वसाधारणहरू नेताका घरघर पुगेर जलेका नोट जम्मा गर्न थालेका छन्। के साँच्चै यस्ता नोट राष्ट्र बैंकले सजिलै साटिदिन्छ त?...

जेनजी आन्दोलनमा सरकारी संरचनामा तोडफोड र आगजनी गर्नेलाई कारबाही गर्न कानून व्यवसायीको माग

६ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेन जी पुस्ताको आन्दोलनको क्रममा सरकारी संरचनामा भएको तोडफोड र आगजनीको छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न कानून व्यवसायीहरूले माग गरेका छन्। २३ र २४ भदौमा भएको जेन–जी पुस्ताको आन्दोलनको क्रममा मुलुकको मुख्य प्रशासनिक भवन सिंहदरबार, सर्वोच्च अदालत,...