ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्रीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुरा सुनिएः राजेन्द्र पाण्डे

२ मिनेट अघि   सेतोपाटी

एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा दुईवटा विवादास्पद कुराहरू सुनिएको बताएका छन्। बिहीबार प्रतिनिधि सभा बैठकमा बोल्दै प्रधानमन्त्री ओली र चिनियाँ राष्ट्रपति सी चिनफिङको द्विपक्षीय भेटवार्तापछि चीनले निकालेको वक्तव्यमा चीनको सुरक्षा रणनीतिमा नेपाल पनि सामेल भएको...

सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति रास्वपाको आपत्ति

१० मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। प्रतिनिधि सभाको बिहीवारको बैठकमा बोल्दै सांसद अशोककुमार चौधरीले यस्तो आपत्ति जनाएका हुन् । उनले सामाजिक सञ्जालहरूको नियमन र व्यवस्थापन गर्ने...

कांग्रेसले रामहरिलाई संसदीय सुनुवाइ समिति सभापतिको उम्मेदवार बनाउने

२० मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसले रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति (संयुक्त)काे सभापति उम्मेदवार बनाउने भएकाे छ।  खतिवडाले नै पार्टीले आफूलाई उक्त समितिको सभापतिमा अघि सार्ने निर्णय गर्न लागेकाे बताए।  उनले भने, 'पहिला (राज्य व्यवस्था सुशासन समिति सभापतिबाट राजीनामा दिने बेला) नै उपयुक्त जिम्मेवारी...

२२ महिनापछि दशरथ रंगशालामा अन्तर्राष्ट्रिय फुटबल हुँदै

२३ मिनेट अघि   थाहाखबर

ललितपुर : त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा २२ महिनापछि पहिलोपल्ट अन्तर्राष्ट्रिय फुटबल म्याच हुँदैछ।  एएफसीले सो मैदानमा खेल्न स्वीकृति नदिए पनि बंगलादेश आफैँले खेल्ने भनेपछि नेपालसँग २ वटा मैत्रीपूर्ण म्याच खेल्ने टुङ्गो लागेको हो।  नेपालले बंगलादेशसँग भदौ २१ गते र भदौ २४ गते...

स्काई ट्रक र एयर एम्बुलेन्स नेपाली सेनालाई हस्तान्तरण

२६ मिनेट अघि   सेतोपाटी

अमेरिकी दूतावासले स्काई ट्रक र एयर एम्बुलेन्स नेपाली सेनालाई हस्तान्तरण गरेको छ। बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमबीच अमेरिकी राजदूत डिन थम्पसनले नेपाली सेनालाई स्काई ट्रक र एयर एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा रक्षामन्त्री मानवीर राई, परराष्ट्र मन्त्री आरजु...

एमालेमा फरक प्रस्ताव पेस हुँदै, सचिवालय बैठकबाटै रोक्ने रणनीतिमा ओली

३१ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ। पार्टी मुख्यालय च्यासलमा दिउँसो ३ बजे बस्ने बैठकले विधान महाधिवेशनमा प्रस्तुत हुने प्रस्तावहरूलाई औपचारिकता प्रदान गर्दैछ।  एमालेको विधान महाधिवेशन २० देखि २२ भदौसम्म ललितपुरको गोदावरीमा आयोजना हुँदैछ। त्यहाँ पेस हुने दस्तावेजलाई बैठकले...

सिचुवान एयरलाइन्सले पोखरा–छेन्दु–अष्ट्रेलिया उडान भर्ने

३१ मिनेट अघि   थाहाखबर

काठमाडौं : पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले पोखरा–छेन्दु–अष्ट्रेलियाको उडान भर्ने तयारी गरेको छ। सिचुवान एयरलाइन्सले अक्टोबरदेखी पोखरा विमानस्थलबाट चीनको छेन्दु र त्यहाँबाट अष्ट्रेलियाको उडान गर्नेगरी तयारी गरिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले जानकारी दिए। पोखरा–छेन्दु–अष्ट्रेलियाको उडानले...

झुम्का कारागारमा एक जना थुनुवाको मृत्यु

३६ मिनेट अघि   सेतोपाटी

सुनसरीको झुम्का कारागारमा एक जना थुनुवाको मृत्यु भएको छ। सप्तरी राजविराज नगरपालिका-८ का ४६ वर्षीया जलेश्वर यादवको बुधबार साँझ मृत्यु भएको हो।  अचानाक ज्वरो आएर स्वासप्रस्वास बढेर गाह्रो भएपछि उपचार हुँदाहुँदै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी सुमनकुमार तिमल्सिनाले जानकारी...

'नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’

४१ मिनेट अघि   थाहाखबर

झापा : नेपाली कांग्रेस नेता डा शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन हुन सक्ने बताएका छन्। नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागको आयोजनामा बुधबार बिर्तामोडमा आयोजित ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार...

पेरिसडाँडामा माओवादी पदाधिकारी बैठक सुरू

४३ मिनेट अघि   सेतोपाटी

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको छ। बिहीबार दिउँसो बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीका आन्तरिक विषयबारे छलफल हुनेछ। माओवादीले मध्यपहाडी पुष्पलाल लोकमार्ग-जनजागरण अभियान पुन: सञ्चालन गर्ने तयारी गरेको छ। भदौ २२ गते लमजुङबाट...

काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू (तस्बिरहरू)

४४ मिनेट अघि   सेतोपाटी

आजदेखि काठमाडौं उपत्यकाको मुख्य पर्व इन्द्रजात्रा प्रारम्भ भएको छ। वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। हनुमानढोकाअगाडि इन्द्रध्वजा सहितको लिंगो ठड्याएपछि सुरू हुने यो जात्रा विविध नाचगान, रथयात्रा र देवीदेवताको पूजार्चनाका साथ...

एमाले विधान महाधिवेशनको रौनक : सातदोबाटोदेखि गोदावरीसम्मै ठाउँ ठाउँमा स्वागत गेट

४७ मिनेट अघि   थाहाखबर

ललितपुर : नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनको आउन एक दिन बाँकी छ। यही भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुने महाधिवेशनको तयारी पूरा भएको केन्द्रीय कार्यालयले जनाएको छ। महाधिवेशनको डिजिटल प्रचारदेखि लिएर ब्यानर, फ्लेक्स र गेटमार्फत प्रचारप्रसार...

'पिताम्बर' निर्देशक कृषाले घोषणा गरिन् नयाँ फिल्म 'पारस'

१ घण्टा अघि   सेतोपाटी

'पिताम्बर' निर्देशक कृषा चौलागाईंको निर्देशनमा फिल्म 'पारस' निर्माण हुने भएको छ। बुधबार कृषाको जन्मदिन पारेर नयाँ फिल्मको घोषणा गरिएको हो। यो फिल्ममा कथा पनि उनकै रहनेछ। उनकै भाइ बिशाल चौलागाईंको लगानीमा निर्माण हुन लागेको यस फिल्मलाई सचिन लदियाले लेखेका हुन्। निर्माण पक्षले...

सालझण्डी-ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा

१ घण्टा अघि   थाहाखबर

बागलुङ :  पहिरोले अवरुद्ध बनेको राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडक तीन दिनपछि सञ्चालनमा आएको छ। सडकमाथिबाट झरेको पहिरो दुई दिनको निरन्तर पहलमा पन्छ्याएपछि आजदेखि सडक सञ्चालनमा आएको हो। भारी वर्षाका कारण ढोरपाटन नगरपालिका–७ धाराबोटमा सोमबार साँझ झरेको पहिरोले सडक अवरुद्ध...

नेपालमा फेसबुक कन्टेन्ट मनिटाइजेसन: अवसर, चुनौती र समाधान

१ घण्टा अघि   सेतोपाटी

विश्वकै सबभन्दा ठूलो सामाजिक सञ्जाल फेसबुकले ल्याएको कन्टेन्ट मनिटाइजेसन प्रणाली अब नेपालमा पनि उपलब्ध भएको छ। यस सुविधामार्फत नेपाली डिजिटल क्रिएटरहरूले आफ्नो सिर्जनशीलतालाई प्रत्यक्ष आम्दानीमा रूपान्तरण गर्न सक्ने भएका छन्। पहिले नेपाली क्रिएटरहरूले विदेशी खाताको माध्यमबाट पैसा झिक्नुपर्थ्यो, जसले कर...

रामहरि खतिवडालाई संसदीय सुनुवाइ समिति सभापति बनाउने कांग्रेसको तयारी

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने तयारी गरेको छ। संसदीय सुनुवाइ समिति सभापति पद भदौ १० गतेदेखि रिक्त छ। समिति सभापति रहेकी नेपाली कांग्रेसकी प्रतिनिधि सभा सांसद ईश्वरीदेवी न्यौपाने भदौ १० गते पदबाट राजीनामा दिई सोही दिन राज्य...

'वरिष्ठ बलराम' को एकसाथ पोस्टर र टिजर सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

दयाहाङ राई र विजय बरालको मुख्य अभिनय रहेको फिल्म 'वरिष्ठ बलराम' को फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक भएको छ। सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको फिल्मको एकसाथ दुइटा पोस्टर र पहिलो झलक सार्वजनिक गरिएको हो।  एउटा पोस्टरमा दयाहाङ र विजय मात्रै छन्।...

नेपाल आउँदै भारतका प्रधान न्यायाधीश गवई

१ घण्टा अघि   सेतोपाटी

भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आउने भएका छन्। बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। प्रधान न्यायाधीश प्रकाशमान सिंह राउतको निमन्त्रणामा गवई नेपाल आउन...

काठमाडौं उपत्यकामा इन्द्रजात्रा सुरू, तस्वीरहरू

१ घण्टा अघि   थाहाखबर

काठमाडौं : आजदेखि काठमाडौं उपत्यकामा इन्द्रजात्रा शुरू भएको छ । वर्षा र सहकालका देवता इन्द्रको पूजा गरेर मनाइने यो पर्वलाई नेवार समुदायमा येँया पुन्हि पनि भनिन्छ। हनुमानढोकामा इन्द्रध्वजासहितको लिंगो  १०  बजेर ३१  मिनेटमा ठड्याएपछि शुरू यो जात्रा विविध नाचगान, रथयात्रा र...

सांस्कृतिक झाँकीसहित 'रिमै' को प्रिमियर (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म 'रिमै' को काठमाडौंमा प्रिमियर शो आयोजना गरिएको छ।  बुधबार बेलुका न्युरोडस्थित रञ्जना सिनेप्लेक्समा आयोजित प्रिमियरमा ‘रिमै’ हेर्न फिल्मकर्मी र सञ्चारकर्मीहरूको बाक्लो उपस्थिति रह्यो।  प्रिमियर शो सुरू हुनुअघि गुरूङ समुदायको सांस्कृतिक झाँकीस्वरूप सोरठी नाचसमेत प्रस्तुत गरिएको थियो। फिल्मका मुख्य...

ध्वनी प्रदूषण नियन्त्रणका लागि प्रहरीको आग्रह- अनावश्यक नखोकौं, शौचालय फ्लस गर्दा आवाज कम गरौं

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं उपत्यका प्रहरी कार्यालयले शान्त छिमेकी अभियान सञ्चालन गर्दै शौचालयको फ्लस गर्दा समेत ध्वनी कम गर्ने उपाय अपनाउन अनुरोध गरेको छ। बुधबार ‘शान्त तथा अवरोधमुक्त छिमेकी अभियान’ सञ्चालन गर्दै पाँच वटा बुँदा र त्यसका उपबुँदाहरू राखेर विभिन्न प्रकारका अनुरोध गरेको...

रास्वपा नेतामाथि आक्रमण गर्नेलाई खोज्न प्रहरीको दुइटा युनिट परिचालन

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) का केन्द्रीय सार्वजनिक मामिला विभाग सचिव बदन भण्डारीमाथि आक्रमण गर्ने व्यक्तिहरूको खोजी भइरहेको छ। बुधबार राति करिब ८ बजेतिर भण्डारीमाथि आक्रमण गर्नेहरूको खोजी गर्न काठमाडौंका दुई वटा युनिटबाट प्रहरी परिचालन भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र...

जब बागमतीको अनुसन्धानले बेलायतमा जन्मायो नयाँ कम्पनी!

२ घण्टा अघि   सेतोपाटी

मेरो दिन अक्सर धोबी खोलाबाट सुरू हुन्छ। म आबद्ध कलेजको छेउबाट बग्ने त्यो सानो खोलाले केही तल झरेपछि बागमती भेट्छ। हरेक दिन बागमती पार गरेर घर–कलेज गर्दा बाटोमा विष्णुमती नदी भेटिन्छ, जुन तल गएर उही बागमतीमा मिसिन्छ। बागमती जसलाई मैले...

भायानेटको ब्राण्ड एम्बासडरमा सुशान्त केसी

२ घण्टा अघि   सेतोपाटी

इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेट कम्युनिकेशनले गायक तथा गीतकार सुशान्त केसीलाई ब्राण्ड एम्बासडर घोषणा गर्दै ‘इन्टरनेट फर ड्रिमर्स’ अभियानको सुरूआत गरेको छ।  यस अभियानमार्फत भायानेटले डिजिटल युगमा सपना देख्ने युवाहरू, सिर्जनाकर्मीहरू र डिजिटल माध्यमबाट केही गर्न चाहने व्यक्तिहरूलाई प्रेरणा दिने...