ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

कुनै समस्या परे सिधा सम्पर्कमा आउन एनआरएनए पाेर्चुगलकाे आग्रह

६ घण्टा अघि   थाहाखबर

पोर्चुगल : गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले त्यहाँ बसोबास गर्ने नेपाली समुदायलाई कुनै समस्या परे सिधा सम्पर्कमा आउन आग्रह गरेको छ। एनआरएनए​ पोर्चुगलका अध्यक्ष  बमबहादुर जिसीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई सहयोग गर्न सधैँ तत्पर रहेको स्पष्ट पारेका छन्।  सामाजिक सञ्जालमार्फत सन्देश...

घट्यो पेट्रोलको मूल्य, डिजेल र मट्टीतेलको भने बढ्यो, सूचीसहित

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले डिजेल र मट्टीतेलको मूल्य भने बढाएको छ । 

भारतबाट आयो नयाँ मूल्य, हेरफेर भयो पेट्रोल–डिजेलको भाउ

७ घण्टा अघि   सेतोपाटी

शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ हेरफेर भएको छ। नेपाल आयल निगमले बिहीबार एक विज्ञप्ति जारी गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँ घटाएको जनाएको हो। त्यस्तै डिजेल/मट्टीतेल लिटरमा दुई रूपैयाँ बढाएको जानकारी दिएको छ। भारतीय आयल कर्पोरेसन (आइओसी) ले बिहीबार पठाएको खरिद मूल्य अनुसार...

मधेसका सुक्खाक्षेत्रमा बजेट दिन सरकारलाई संसदीय समितिको निर्देशन

७ घण्टा अघि   थाहाखबर

काठमाडौँ : राष्ट्रियसभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिले मधेसमा सुक्खाको समस्या बढिरहेको भन्दै समाधानका लागि तत्काल बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ।  समितिमा आज मधेस प्रदेशलगायत देशका विभिन्न क्षेत्रमा देखिएको खानेपानी समस्या समाधान गर्न मन्त्रालयबाट भएका काम कारबाहीबारे...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीले पाए विश्वासको मत

७ घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत पाएका छन्। प्रदेशसभाको आजको बैठकले विश्वासको मतका लागि पेस गरिएको प्रस्तावलाई मत विभाजनको प्रक्रियाद्वारा निर्णयार्थ पेस गरिँदा मुख्यमन्त्री शाहको प्रस्तावको पक्षमा बहुमत प्राप्त भएको हो।  सभामुख भीमबहादुर भण्डारीले मुख्यमन्त्रीले पेस...

पहिलो संस्करणको एनपिएलमा ७ करोड ५३ लाख नाफा भएको क्यानको हिसाब

८ घण्टा अघि   सेतोपाटी

नेपाल क्रिकेट संघ (क्यान) को बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा नेपाल प्रिमियर लिग  (एनपिएल) को पहिलो संस्करणको आय र व्यय प्रस्तुत गरेको छ।  उक्त आय र व्यय एनपिएलको गभर्निङ काउन्सिलले प्रस्तुत गरेको थियो। क्यानको कार्य समितिले यो हिसाबलाई अनुमोदन गरेको...

गृहमन्त्री लेखक र संयोजक हाम्दीबीच भेट

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गृहमन्त्री रमेश लेखकसँग संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक हाना सिङ्गर हाम्दीले भेट गरेका छन्। सिंहदबारस्थित गृह मन्त्रालयमा मन्त्री लेखक र संयोजक हाम्दीबीच आज भेटवार्ता भएको हो। भेटमा संयोजक हाम्दीले शान्ति प्रक्रियाका बाँकी काम टुङ्ग्याउन सत्यनिरुपण तथा मेलमिलाप आयोगमार्फत भइरहेको...

माडीमा नारायण प्रसाद सापकोटाको अध्यक्षतामा प्रज्ञा प्रतिष्ठान

८ घण्टा अघि   सेतोपाटी

चितवनको माडी नगरपालिकामा नारायणप्रसाद सापकोटाको अध्यक्षतामा प्रज्ञा प्रतिष्ठान गठन भएको छ। असार १६ गतेको कार्यपालिका बैठकले सापकोटाको अध्यक्षतामा १७ सदस्यीय माडी प्रज्ञा प्रतिष्ठान गठन गर्ने निर्णय गरेको थियो।  प्रतिष्ठानको उपाध्यक्ष चन्द्रमणि महतो छन्। अध्यक्ष सापकोटा पत्रकार हुन्। उपाध्यक्ष महतो शिक्षक हुन्।...

पानी उमालेर मात्र पिउन कामपाको आग्रह

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले वर्षामा पानीजन्य सङ्क्रमणको जोखिम उच्च रहेको भन्दै उमालेको पानी मात्र प्रयोग गर्न उपभोक्तालाई आग्रह गरेको छ। वर्षाको समयमा जताजतै पानी उपलब्ध हुने भएकाले उत्पादक कम्पनीले मापदण्डविपरीत बेच्न सक्ने भन्दै कामपाले उपभोक्तालाई उमालेर मात्रै पिउने पानी प्रयोग...

सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

८ घण्टा अघि   सेतोपाटी

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले समर्थन फिर्ता लिएपछि बिहीबार मुख्यमन्त्री शाहले प्रदेश सभामा विश्वासको मत माग गरेका थिए। उक्त मागसँगै उनले विश्वासको मत प्राप्त समेत गरेका हुन्।  सं‌घीय सरकारमा सत्ता...

भारोत्तोलनको नेतृत्वमा कानन चौधरी

८ घण्टा अघि   सेतोपाटी

नेपाल भारोत्तोलन संघको चुनावी साधारण सभाले कानन चौधरीको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति बिहीबार निर्विरोध चयन गरेको छ। यसअघि तदर्थ समितिमा कानन संयोजक थिए । उपाध्यक्षमा विजेन्द्रविक्रम शाह, रुद्रबहादुर न्यौपाने, तिलकबहादुर राउत क्षेत्री, गणेशबहादुर चन्द र अनिलकुमार मिश्र, महासचिवमा विपेन्द्र...

विश्व टिम टेबलटेनिस च्याम्पियनसिप छनोटमा नेपाल दोस्रो, भारतका दुवै छनोट हुन सफल

८ घण्टा अघि   सेतोपाटी

विश्व टिम टेबलटेनिस च्याम्पियनसिपका लागि भएको दक्षिण एसियाली छनोट प्रतियोगितामा भारतको पुरुष/महिला दुवै टोलीले बिहीबार सफलता पाएका छन्। लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा प्रतियोगिताको राउन्ड रोविन लिगमा अपराजित रहँदै भारतीय टोली छनोट भयो । पुरुष/महिलामा समान ५–५ राष्ट्र सहभागी थिए...

किशोरीको हत्या आरोपमा एक पक्राउ

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जनकपुरधाम उपमहानगरपालिका–४मा खुकुरी प्रहार गरी किशोरीको हत्या गरेको आरोपमा नेपाल प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–९ इच्छापुरका ३५ वर्षीय रामबाबु साह रहेका छन्। उनलाई साउन १४ गते राति साढे १० बजे प्रहरीले नियन्त्रणमा लिएको...

चितवनमा स्क्रब टाइफस सङ्क्रमण बढ्दो, एक वर्षमा एक हजार ५५ सङ्क्रमित

९ घण्टा अघि   थाहाखबर

चितवन : चितवनमा गत आर्थिक वर्षमा स्क्रब टाइफस परीक्षण गरिएका बिरामीमध्ये एक हजार ५५ जनामा सङ्क्रमण पुष्टि भएको छ। जिल्ला जनस्वास्थ्य कार्यालय, चितवनले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सो अवधिमा एक जनाको स्क्रब टाइफसका कारण मृत्यु भएको पुष्टि भएको छ। सङ्क्रमितमध्ये ३९५...

जीवनभर सरकारी सेवामा इमान देखाएका शारदाप्रसाद त्रिताल सिक्दै छन् चतुर्‍याइँ

१० घण्टा अघि   सेतोपाटी

जब जब सरकारी जग्गा अतिक्रमणको कुरा उठ्छ, बालुवाटार प्रकरण सबैको दिमागमा आउँछ। र, जब जब बालुवाटार प्रकरणको कुरा उठ्छ, त्यसको छानबिन टोलीका संयोजक शारदाप्रसाद त्रिताललाई सबैले सम्झन्छन्। त्यो यति ठूलो काण्ड थियो, जसमा त्रितालको अनुसन्धान प्रतिवेदनका आधारमा पूर्वमन्त्री र सचिवहरू सहित ५७ जनाविरूद्ध सरकारी...

सुनकोशी-मरिन डाइभर्सनको काम यही गतिमा भयो भने २५ वर्षमा पनि सकिँदैन :  प्रधानमन्त्री

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सुनकोशी मरिन डाइभर्सनको काम यही गतिले अघि बढ्दा २५ वर्षसम्म पनि नसकिने बताएका छन्। बिहीवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले काममा ढिलासुस्ती गर्दा यो अवस्था आएको भन्दै...

भूमि विधेयकमा किचलो गर्ने ठाउँ छैन, गलत व्याख्या गर्न खोजियोः मन्त्री बलराम अधिकारी

१० घण्टा अघि   सेतोपाटी

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा किचलो गर्ने ठाउँ नरहेको बताएका छन्। बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मन्त्री अधिकारीले विगतमा जग्गा वितरण प्रक्रियामा भएका कमजोरी र अनियमितताको आधारमा आधारमा विधेयकको गलत व्याख्या...

नेपाली युवा कसरी पुग्छन् टर्की?

१० घण्टा अघि   सेतोपाटी

पश्चिम एसियाली मुलुक इराकमा रहेका चार जना नेपाली कामदार ६ महिनाअघि वैधानिक प्रक्रियाले टर्की पुगे। टर्कीबाट युरोपेली मुलुक पठाउँछु भन्ने नेपाली दलालको प्रलोभनमा परेर उनीहरू भिजिट भिसामा त्यहाँ पुगेका थिए। इराकमै सुरक्षित रूपमा काम गरिरहेका उनीहरूलाई टर्की पुगेपछि नेपाली दलालले...

आइडिया फर वर्ल्डले नेपालमा भित्र्यायो ‘डोम हाउस’

१० घण्टा अघि   सेतोपाटी

नेपालमा पर्यटन, वातावरण र जीवनशैलीमा नवीनतम नवप्रवर्तन ल्याउने उद्देश्यसहित ‘नेपाल आइडिया फर वर्ल्डले अन्तर्राष्ट्रिय स्तरको ‘डोम हाउस’ नेपालमा भित्र्याएको छ।  स्काई टावर काठमाडौंमा आयोजित कार्यक्रममा २५ वटा डोम हाउसको शुभारम्भ गरिएको हो। सांस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे डोम...

अब खेल सिक्न मैदानको कमी हुन्न : प्रधानमन्त्री

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले अब खेल सिक्नका लागि मैदानको कमी नहुने बताएका छन्। राजधानीमा बिहीवार भएको एक कार्यक्रममा प्रधानमन्त्री ओलीले उच्चस्तरका रंगशाला बन्दै गरेको र भएका रंगशालाको पनि स्तरोन्नति भइरहेकाले अब खेलाडीलाई सिक्नका लागि मैदानको कमी नहुने बताएका...

लालवीर चौधरी: एमाले छाडेर स्वतन्त्र सांसद बने, अहिले नाउपा अध्यक्ष

१० घण्टा अघि   सेतोपाटी

आठ दिनसम्म काठमाडौंको बानेश्वरमा चलेको नागरिक उन्मुक्ति पार्टी (नाउपा) को राष्ट्रिय भेला लालवीर चौधरीलाई अध्यक्ष बनाउँदै सकिएको छ। नाउपा संरक्षक रेशम चौधरीका बाबुसमेत रहेका लालवीर पार्टीका संस्थापक नेता भने होइनन्, न त नाउपा स्थापनामा उनको भूमिका नै देखिन्छ।  लालवीर नेकपा (एमाले) का...

सामसङले सार्वजनिक गर्‍यो 'ग्यालेक्सी वाच८ सिरिज', मूल्य कति?

१० घण्टा अघि   सेतोपाटी

सामसङले नेपालमा नयाँ पुस्ताको स्मार्टवाच ग्यालेक्सी वाच८ सिरिज सार्वजनिक गरेको छ।  यो सिरिजले दैनिक जीवनमा सहज प्रयोग, उन्नत स्वास्थ्य निगरानी, र स्मार्ट कनेक्टिभिटीलाई एउटै घडीमा जोडेको छ। दिनभरी लगाउन मिल्ने र दैनिक स्वास्थ्यमा साथ दिने हिसाबले डिजाइन गरिएको यो वाच सिरिजले स्मार्ट...

विगतका कमजोरी देखाएर भूमि विधेयकमाथि गलत व्याख्या गर्न खोजियो : मन्त्री अधिकारी

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले भूमिसम्बन्धी ऐनलाई संशोधन गर्न बनेको विधेयकमा किचलो गर्ने ठाउँ नरहेको बताउका छन्। बिहीवार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री अधिकारीले विगतमा जग्गा वितरण प्रक्रियामा भएका कमजोरी र अनियमितताको आधारमा आधारमा विधेयकको...

महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने जिल्लाको आदेश उच्च अदालतबाट सदर

१० घण्टा अघि   सेतोपाटी

सर्वोच्चका निलम्बित शाखा अधिकृत महिमानसिंह विष्टलाई धरौटीमा छाड्ने आदेशलाई उच्च अदालत पाटनले सदर गरेको छ। काठमाडौं जिल्ला अदालतले जेठ ५ गते पुर्पक्षको लागि विष्टलाई एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेशविरूद्धको निवेदनलाई उच्च अदालत पाटनले सदर गरेको हो। ‘विष्टबाट पुर्पक्षको लागि...