ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

ड्रोनभ्युमा हेर्नुस् रसुवामा बाढीको मच्चाएको विध्वंस

७ मिनेट अघि   सेतोपाटी

रसुवामा मंगलबार बिहानको बाढीले जनधनको ठूलो क्षति गरेको छ।  चीनतर्फको ल्हेन्दे खोलामा आएको बाढीले मितेरी पुल बगाएपछि नेपाल-चीन सडक सम्पर्क टुटेको छ।  बाढीले रसुवागढीको टिमुरे भन्सार क्षेत्र क्षतविक्षत बनाएको छ। नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा परेका मध्ये ९ जनाको शव...

महिला युरो कप : इंग्ल्यान्ड र फ्रान्स विजयी

२३ मिनेट अघि   थाहाखबर

काठमाडौं : महिला युरो कप अन्तर्गत समूह डीको खेलमा इंग्ल्यान्ड र  फ्रान्स विजयी भएका छन्।  लरेन जेम्सको दुई गोलको मद्दतमा साविक विजेता इंग्ल्याण्डले नेदरल्याण्ड्सलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो। यससँगै उपाधि रक्षा गर्ने अभियानमा रहेको इङ्ल्यान्डको नकआउट चरणमा पुग्ने...

नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य, तर न्यून पारिश्रमिक

३० मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेपाली श्रमिकका प्रमुख श्रम गन्तव्य देशमा जाने नेपाली श्रमिकले न्यून पारिश्रमिकमा नै काम गरिरहेका छन्। मध्यपूर्वका संयुक्त अरब इमिरेटस् (यूएई), कतार, साउदी अरब र मलेसियामा न्यून पारिश्रमिकमा नै काम गर्न बाध्य छन्।  बिहीबारको गोरखापत्र दैनिकमा समाचार छ, नेपाली कामदारको...

थवाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी तीन दिनपछि आए पालिकाको सम्पर्कमा

३४ मिनेट अघि   सेतोपाटी

तीन दिनदेखि सम्पर्कविहीन भएका रोल्पाको थवाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी पालिकाको सम्पर्कमा आएका छन्। असार २३ गते राति ९ बजे कार्यालयबाट निस्केका प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर लगायत सात जना कर्मचारी बुधबार मात्रै सम्पर्कमा आएको गाउँपालिकाका अध्यक्षा...

दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पक्राउ

४० मिनेट अघि   थाहाखबर

काठमाडौं :  सैन्य शासनको असफल प्रयासका कारण देशलाई राजनीतिक संकटमा धकेलेका दक्षिण कोरियाका पूर्वराष्ट्रपति युन सुक योल पुनः पक्राउ परेका छन्।  गत डिसेम्बरमा ६ घण्टाका लागि सैन्य शासन लागू गर्ने आदेशका कारण युनलाई गत अप्रिलमा महाभियोग लगाइएको थियो। सियोलको केन्द्रीय...

शेखर कोइराला समूहको भेला आज

४७ मिनेट अघि   थाहाखबर

काठमाडौं : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आफूपक्षीय नेताहरूको बैठक बोलाएका छन्।  पार्टी अनुशासन समितिले कारबाही गरेका नेताहरूमा अधिकांश आफ्ना पक्षका परेको भन्दै रुष्ट रहेका शेखरले आज बिहान ८ बजेका लागि बैठक बोलाएका हुन्। बैठक उनकै सम्पर्क कार्यालय विशालनगरमा...

तस्विरमा हेर्नुहोस्, बाढीले वितण्डा मच्चाएको टिमुरे भन्सार क्षेत्र

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : एक दिनअघि मंगलबार रसुवामा एकासी आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍यायो। चीनतर्फबाट आएको बाढीले गोसाइकुण्ड गाउँपालिका–२ स्थित रसुवागढी क्षेत्रमा वितण्डा मच्चाउँदा टिमुरे भन्सार क्षेत्र ध्वस्त भएको छ। नेपाल प्रहरीका अनुसार रसुवामा गएको बाढीमा परेका मध्ये ९ जनाको शव फेला...

साफ यु–१७ महिला च्याम्पियनसिपको तालिका सार्वजनिक, नेपालको पहिलो प्रतिद्वन्द्वी भारत

५४ मिनेट अघि   थाहाखबर

काठमाडौं : भुटानमा यही अगस्ट २० गतेदेखि सुरु हुने साफ यु–१७ महिला च्याम्पियनसिपको खेलतालिका सार्वजनिक भएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले बुधबार चखेलतालिका सार्वजनिक गरेको हो। चार राष्ट्रको सहभागिता रहने प्रतियोगिताको उद्घाटन खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुनेछ।  खेल...

त्रिविको वार्षिक सभा आज प्रधानमन्त्रीनिवासमा, पदाधिकारी असन्तुष्ट

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)को वार्षिक सभा (सिनेट) बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटमा बस्दैछ। त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले बैठक बिहान १० बजेका लागि बोलाएका हुन्। त्रिविको वार्षिक सभा प्रत्येक वर्ष आषाढ शुक्ल नवमी (यो वर्ष असार...

रियल मड्रिडलाई हराउँदै पिएसजी क्लव विश्वकपको फाइनलमा

१ घण्टा अघि   सेतोपाटी

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) क्लब विश्वकपको फाइनलमा पुगेको छ। गएराति स्पेनिस क्लब रियल मड्रिडलाई हराउँदै पिएसजीले फाइनलमा स्थान पक्का गरेको हो। मेटलाइफ स्टेडियममा पिएसजीले रियलविरूद्ध ४-० को जित निकालेको थियो। त्यस क्रममा फेबियन रूइजले दुई गोल गरे। ओसमाने...

बुधबार एकै दिन साढे ३८ अर्ब रूपैयाँको भुक्तानी,  चालु वर्षका लागि भुक्तानी खाता 'लक'

१ घण्टा अघि   सेतोपाटी

सरकारले  एकै दिनमा साढे ३८ अर्ब रूपैयाँ बढी (३८ अर्ब ६१ करोड) सरकारी खर्चको भुक्तानी गरेको छ। कानुनत: चालु आर्थिक वर्षका लागि खर्च निकासा गर्न पाउने अन्तिम दिन यति धेरै रकम भुक्तानी गरिएको हो।  सहमहालेखा नियन्त्रक सुशीला अर्यालले योसँगै चालु आर्थिक...

बाढीले जैमिनी नगरपालिकामा मात्रै एक अर्बको क्षति

१ घण्टा अघि   थाहाखबर

बागलुङ : अविरल वर्षाका कारण मङ्गलबार राति आएको बाढीले बागलुङको जैमिनी नगरपालिका-९ पैयुँथन्थापमा करिब एक अर्ब चार करोड बराबरको क्षति पुर् याएको छ । पैयुँथन्थाप– ९ हुँदै बग्ने कालुङखोलामा आएको बाढीले कालुङखोला जलविद्युत् आयोजनामा पूर्णरूपमा क्षति पुर्‍याएको छ।  जलविद्युत् आयोजना बगाउँदा...

यी चार प्रदेशमा आज भारी वर्षा हुने सम्भावना

२ घण्टा अघि   सेतोपाटी

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थानभन्दा थोरै उत्तरतिर रहेको छ। बिहीबार बिहान कोशी, बागमती, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा छिटपुट...

आज चार प्रदेशमा भारी वर्षा हुने अनुमान

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने विभागको...

भिसा भेरिफिकेसनले कैलाश मानसरोवर जाने पर्यटकलाई बढायो सास्ती

२ घण्टा अघि   सेतोपाटी

‘भिसा भेरिफिकेसन’ प्रक्रिया लम्बिँदा कैलाश मानसरोवर यात्रामा निस्केका पर्यटक समस्यामा परेका छन्। चिनियाँ दूतावासले भिसा भेरिफिकेसनमा १० दिनभन्दा बढी समय लाग्दा कम्तीमा दुई हजार ५०० पर्यटक काठमाडौँमा अड्किएको व्यवसायीले गुनासो गरेका छन्। विगतमा तीन दिनमा हुने भिसा प्रक्रिया हाल १०...

मुस्ताङमा सात पुल बगाउँदा डेढ करोडभन्दा बढीको क्षति

२ घण्टा अघि   थाहाखबर

मुस्ताङ : उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन शुरु भएको छ। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका...

पीएसजीसँग रियल मड्रिडको लज्जास्पद हार

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : पेरिस सेन्ट–जर्मेन (पीएसजी) फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ। गएराति भएको खेलमा रियल मड्रिडलाई ४–० गोलको फराकिलो अन्तरले हराउँदै फ्रेन्च टोली पीएसजी उपाधि नजिक पुगेको हो। पीएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान...

आज गुरुपूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गर्ने दिन

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ  : आषाढ शुक्ल पूर्णिमा, ज्ञान दिने गुरुको सम्मान गर्ने दिन। गुरुदेवो भव भनेर सनातन संस्कृतिमा गुरुलाई देवताकै स्थान दिइएको छ। ज्ञान दिएर व्यक्तिको जीवन परिवर्तन गराइदिने हुनाले मातापिताभन्दा गुरु ठूला हुन्छन् भन्ने सनातन वैदिक धर्मको मान्यता छ। मनुस्मृतिअनुसार जन्म दिने,...

घट्यो अमेरिकी डलरको भाउ, अरू मुद्राको विनिमय दर कति?

२ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३८ पैसा कायम भएको छ। बुधबार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ८२...

मुस्ताङ भेलबाढी: बगे सात पुल

२ घण्टा अघि   सेतोपाटी

उपल्लो मुस्ताङमा अकल्पनीय बाढीले पुर्‍याएको क्षतिको प्रारम्भिक अनुगमनका लागि अनुगमन सुरु भएको छ। लोमान्थाङ गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङ, उपाध्यक्ष छ्युमी बिष्ट, प्रमुख प्रशासकीय अधिकृत विकास केसी, गाउँपालिकाका प्राविधिक टोली, पाँचवटै वडाका वडाध्यक्ष तथा सदस्यलगायत नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा...

१३ वर्ष अमेरिका बसेर फर्के, बेच्न थाले मःम–चाउमिनको भाउमा पिज्जा

३ घण्टा अघि   सेतोपाटी

मःम र चाउमिनको मूल्यमा पिज्जा आउने भए धेरैले आफ्नो दैनिक खाजा पिज्जा नै खान्थे होलान्! यो स्टोरी त्यस्तै एक युवाको हो, जसले सस्तो मूल्यमा मिठो पिज्जा कसरी बेच्न सकिन्छ भनेर उदाहरण देखाए। उनी हुन्, ४० वर्षीय सुधीर श्रेष्ठ। सुधीर सन् २००३ मा अध्ययनका लागि अमेरिका गएका थिए।...

पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन : शङ्कर पोखरेल

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले पार्टीमा नेतृत्वको विषयमा छलफल गर्ने बेला नभएको बताएका छन्। ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा एमाले उपत्यका विशेष प्रदेश कमिटीको बैठकलाई आज सम्बोधन गर्दै उनले अहिले विधान महाधिवेशनमा आइरहेकाले पार्टीले विधि र विधानको विषयमा...

तीनकुने घटना संलग्न आरोपी कारागार चलान

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँको तीनकुनेमा चैत १५ गते भएको घटनामा संलग्न एक जना आरोपी कारागार चलान भएका छन्। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश बालकृष्ण वाग्लेको इजलासले आरोपी सतीश न्यौपानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएका छन्।  उनीमाथि राजद्रोह, आपराधिक उपद्रव र संगठित...

रसुवा बाढीमा मृत्यु भएका आठ जनाको शव काठमाडौँ ल्याइयो, एक जनाको आजै अन्त्येष्टि

११ घण्टा अघि   थाहाखबर

काठमाडौँ : रसुवामा मङ्गलबार गएको भीषण बाढीमा परेर मृत्यु भएका नौमध्ये आठ जनाको शव काठमाडौँ ल्याइएको छ। सबै शव महाराजगञ्जस्थित शिक्षण अस्पतालमा राखिएको छ।  एक जनाबाहेक कुनै पनि शवको सनाखत भने हुन नसकेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक...