कांग्रेस केन्द्रीय समिति: १५ औं महाधिवेशनको मिति तोक्न नैनसिंह महरको माग
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीको १५ औं महाधिवेशनको मिति तत्काल तोक्न माग गरेका छन्। सोमबार सुरू भएको केन्द्रीय समिति बैठकमा बोल्दै उनले पार्टीको तल्लो तहसम्मका कार्यकर्तामा रहेको भ्रम चिर्नका लागि पनि महाधिवेशनको मिति तोक्न नेतृत्वसँग माग गरेका हुन्।...