ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

गोरखा-१ बाट चुनाव लड्ने सुदन गुरूङको घोषणा

२ मिनेट अघि   सेतोपाटी

हामी नेपालका संस्थापक सुदन गुरूङले गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्। शुक्रबार उनले सामाजिक सञ्जालमार्फत औपचारिक घोषणा गरेका हुन्।  ‘गोरखा क्षेत्र नम्बर १ बाट आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने औपचारिक घोषणा गर्न चाहन्छु। आफ्नै...

प्रधानमन्त्री कार्कीले गरिन् निर्वाचन आयोग र सुरक्षा प्रमुखहरूसँग छलफल

१० मिनेट अघि   सेतोपाटी

प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारी र सुरक्षा व्यवस्था लगायतका विषयमा निर्वाचन आयोगका प्रमुखसहित सुरक्षा निकायका उच्च अधिकारीहरूसँग छलफल गरेकी छन्।  प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको उपस्थिति थियो। छलफलमा आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनलाई स्वतन्त्र,...

'कुमारी' प्रचारका लागि देशव्यापी लाइभ कन्सर्ट हुने, यस्तो छ प्रोमो

१३ मिनेट अघि   सेतोपाटी

प्रेम कथानक फिल्म 'कुमारी' को प्रवद्र्धनका लागि देशव्यापी लाइभ कन्सर्ट हुने भएको छ।  फिल्म र लाइभ संगीतलाई एउटै मञ्चमा जोडेर 'कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा' हुने भएको हो। बिहीबार काठमाडौंका आयोजित कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गर्दै कन्सर्टबारे जानकारी दिइएको...

मतदातालाई निर्वाचन आयोगले भन्यो- मतदानमा भरपर्दो र विश्वसनीय सुरक्षा व्यवस्था हुन्छ

१५ मिनेट अघि   सेतोपाटी

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनमा मतदान गर्न जान संकोच मान्नुपर्ने अवस्था नरहेको जनाएको छ। तोकिएको समयमा निर्वाचन सम्पन्न गराउनका लागि सरकारले आवश्यक सुरक्षा व्यवस्था मिलाउने काम अझै गर्न नसकेको चर्चा भइरहेका बेला शुक्रबार निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद...

एमालेबाट प्रदेश सदस्यमा उम्मेदवार लडेका गिरिराज केसी लगायत नेकपामा प्रवेश

२२ मिनेट अघि   सेतोपाटी

२०७९ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट लुम्बिनी प्रदेशसभा सदस्यमा चुनाव लडेका नेता गिरिराज केसी सहितका व्यक्ति नेपाली कम्युनिष्ट पार्टीमा पार्टी प्रवेश गरेका छन्।  शुक्रबार काठमाडौंको ललितपुरस्थित नेता नारायण काजी श्रेष्ठको निवास हात्तीवनमा केसी सहितका एमालेका नेताहरू नेकपामा पार्टी प्रवेश गरेका हुन्।  केसी...

कानुनको डरमा मौन मानवता!

२६ मिनेट अघि   सेतोपाटी

आजको मान्छेबाट मानवता हराउँदै गएको हो कि हामीले त्यसलाई देख्ने आँखा नै गुमाउँदै गएका हौँ? समयसँगै प्रविधि बढ्यो, गति बढ्यो, सुविधा बढ्यो तर त्यो गतिसँगै कतै हाम्रो संवेदना, करुणा र सहानुभूति भने चुपचाप हराउँदै गइरहेका छन्। साँच्चै भन्नुपर्दा, आजको समाजमा...

ल्याण्डफिल साइट विवादमा पोखराका वडाध्यक्षले नचाए खुकुरी

३० मिनेट अघि   सेतोपाटी

पोखरा महानगरको फोहोर विसर्जन गर्न छनोट गरिएको ल्याण्डफिल साइटका स्थानीयबासी र महानगरबीच सहमति हुन नसक्दा विवादले उग्र रूप लिएको छ। स्थानीयबासीले शुक्रबार पोखरा महानगर वडा नम्बर–३३ वडा कार्यालय अगाडि शान्तिपूर्ण प्रदर्शन गरिहेका बेला वडाध्यक्ष रामचन्द्र अधिकारीले खुकुरी नचाएर अपशब्द बोलेपछि विवादले...

नेवारी भर्सनमा पनि आयो 'आ बाट आमा' को गीत 'लैजा खबर ए हावा' (भिडिओ)

३१ मिनेट अघि   सेतोपाटी

फिल्म 'आ बाट आमा' को गीत 'लैजा खबर ए हावा' नेवारी भर्सनमा पनि सार्वजनिक भएको छ। निर्माण टिमले शुक्रबार गायक तथा अभिनेता यमन श्रेष्ठको स्वरमा नेवारी भर्सन  सार्वजनिक गरेको हो।  केही दिनअघि रवि ओडको स्वरमा सार्वजनिक 'लैजा खबर ए हावा' लाई स्रोता तथा...

कांग्रेस काठमाडौंका यी क्षेत्र विशेष महाधिवेशनको विपक्षमा

३८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस काठमाडौंको विभिन्न क्षेत्र नियमित महाधिवेशन पक्षमा छन्। उनीहरूले विशेष महाधिवेशनको विरोध गरेका छन्। काठमाडौं महानगर समिति, क्षेत्र नम्बर २, ५, ६, ७, ८, ९ र १० का सभापतिहरूले संयुक्त विज्ञप्ति निकालेर नियमित महाधिवेशन पक्षमा खुलेका हुन्। वैशाखमा १५...

सभापति पनि विशेष महाधिवेशनमा आउनुपर्छ– चन्द्र भण्डारी

४६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पुस २७ गते आइतबार सुरू हुने दोस्रो विशेष महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवा पनि सहभागी हुन आउनुपर्ने बताएका छन्। उनले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै पार्टीलाई मिलाएर लैजान सभापति पनि महाधिवेशनमा सहभागी हुनुपर्ने बताएका हुन्। '७७...

समानुपातिक उम्मेदवार सूचीलाई लिएर विवाद भएपछि बस्यो राप्रपा पदाधिकारी बैठक

५९ मिनेट अघि   सेतोपाटी

पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिकतर्फ उम्मेदवार सूचीलाई लिएर विवाद भएपछि राप्रपा पदाधिकारी बैठक बसेको छ। केन्द्रीय कार्यालय धुम्बाराहीमा पदाधिकारी बैठक बसेको हो। बैठकमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संस्थागत र सर्वसम्मत निर्णय गरेको विषयमा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रचार भइरहेको...

मोदीले ट्रम्पलाई फोन नगरेकाले भारत-अमेरिका व्यापार सम्झौता नभएको खुलासा

१ घण्टा अघि   सेतोपाटी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन नगरेका कारण गत वर्ष भारतसँगको व्यापार सम्झौता हुन नसकेको अमेरिकी वाणिज्य मन्त्री हावर्ड लुटनिकले खुलाएका छन्। एउटा पडकास्टमा बोल्दै लुटनिकले अमेरिकासँग व्यापार सम्झौता गर्न भारतलाई तीन वटा शुक्रबारको समय दिइएको र...

पाँच महिनामै अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँ ५ प्रतिशतले अवमूल्यन

१ घण्टा अघि   सेतोपाटी

अमेरिकी डलरको तुलनामा नेपाली रूपैयाँ तीव्र रूपमा कमजोर भएको छ। राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामै नेपाली रूपैयाँ अमेरिकी डलरसँग ५.१ प्रतिशतले अवमूल्यन भएको छ। प्रतिवेदनअनुसार २०८२ असार मसान्तको तुलनामा २०८२...

अन्तर्राष्ट्रिय बजारमा तेल सस्तो, सुनको मूल्य भने तीव्र उकालो

१ घण्टा अघि   सेतोपाटी

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा सुनको मूल्य भने एकै वर्षमा उल्लेखनीय रूपमा बढेको छ। राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०८१ मंसिर मसान्तमा प्रति ब्यारल ७४.८९ अमेरिकी डलर रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ मंसिर मसान्तमा १७.८ प्रतिशतले...

पार्टी फुट्न दिन्न, म मिलाउँछु- देउवा

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी फुट्न नदिने बताएका छन्। नेविसंघका केन्द्रीय सदस्यहरूसँग आज निवासमा कुराकानी गर्दै सभापति देउवाले पार्टी एकताबद्ध बनाउने प्रतिबद्धा जनाएका हुन्। नेविसंघका केन्द्रीय सदस्यहरूले पार्टी एकताका लागि भूमिका खेल्न सभापति देउवालाई आग्रह गरेका थिए। विशेष महाधिवेशनबारे...

सभापति देउवा र कार्यवाहक सभापति खड्कालाई पनि पठाइँदैछ निम्तो

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेस दोस्रो विशेष महाधिवेशन पक्षधरले पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा सुरू हुने विशेष महाधिवेशनमा भाग लिन पार्टी सभापति शेरबहादुर देउवालाई पनि निम्तो गर्ने भएको छ। विशेष महाधिवेशन व्यवस्थापन समितिका संयोजक मनोजमणि आचार्यका अनुसार पार्टी सभापति देउवा र कार्यवाहक सभापति...

विदेशी मुद्राको सञ्चिति ३२ खर्ब रूपैयाँ नाघ्यो, २१ महिनाको आयात धान्न सक्ने

१ घण्टा अघि   सेतोपाटी

मंसिर मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब रूपैयाँ नाघेको छ। यस अवधिसम्मको सञ्चिति २१.७ महिनासम्मको वस्तु आयात र १८.२ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ। राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार २०८२...

निजामती जागिर खाँदाको पहिलो निराशा!

१ घण्टा अघि   सेतोपाटी

सर्वसाधारणको सोचाइ तथा भनाइअनुसार ‘सबै सरकारी कर्मचारीहरू सुखी हुन्छन्, उनीहरूको जीवनशैली सधैँ सहज हुन्छ, दुःख भोग्नुपर्दैन...’ आदि आदि। वास्तवमा यो सोचाइ र भनाइ सबै कर्मचारीहरूमा भने लागू हुँदैन। सरकारी सेवाका सिलसिलामा आफूले भोगेका कैयन असहज अवस्थाहरूमध्ये केही प्रसंगहरू यहाँ प्रस्तुत...

एन्टोइन सेमेन्यो भित्रिए म्यानचेस्टर सिटी

१ घण्टा अघि   सेतोपाटी

 इंग्लिस क्लब म्यानचेस्टर सिटील बर्नमाउथबाट घानाका अन्तर्राष्ट्रिय खेलाडी एन्टोइन सेमेन्योलाई करिब ६ करोड ५० लाख पाउण्ड (करिब १० अर्ब ८० करोड नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको छ। सिटीले सेमेन्योको 'रिलिज क्लज' (सम्झौता फुकुवा रकम) तिरेपछि यो बर्नमाउथका लागि अहिलेसम्मकै सबैभन्दा ठूलो मूल्यको...

पाँच महिनामा विदेशी आम्दानी खर्चभन्दा धेरै, बाह्य कारोबार ४२१ अर्ब बचतमा

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा नेपालले विदेशबाट पाउने आम्दानी खर्चभन्दा धेरै भएको छ। यस अवधिमा देशको बाह्य कारोबारबाट ३५८ अर्ब ८३ करोड रूपैयाँ बचत भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत १५८ अर्ब ४५ करोड रूपैयाँ मात्रै...

शुल्क घटाउने सहमति लागू नभएको भन्दै त्रिविमा क्रान्तिकारीले लगाए ताला

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठनका विद्यार्थीले त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर तथा रजिष्ट्रारको कार्यालयमा एक सातादेखि तालाबन्दी गरेका छन्। अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति, लैंगिक अध्ययन, सामाजिक कार्य र द्वन्द्व शान्ति तथा विकास गरी चार विभागको शुल्क घटाउने गरी विद्यार्थीसँग भएको सम्झौता कार्यान्वयन नभएको भन्दै...

एकै महिनामा १८३ अर्ब रूपैयाँको रेमिटेन्स

१ घण्टा अघि   सेतोपाटी

मंसिर महिनामा मात्रै १८३ अर्ब रूपैयाँको रेमिटेन्स भित्रिएको छ। कात्तिक महिनासम्म ६८७ अर्ब रूपैयाँको रेमिटेन्स आएकोमा मंसिर अन्तिमसम्म आइपुग्दा कुल रेमिटेन्स ८७० अर्ब रूपैयाँ पुगेको हो। यससँगै चालु आर्थिक वर्षमा रेमिटेन्सको वृद्धिदर निरन्तर बलियो बन्दै गएको देखिएको छ।...

पाँच महिनामा नेपालको भ्रमण आय घट्यो, खर्च भने करिब ८९ अर्ब पुग्यो

१ घण्टा अघि   सेतोपाटी

चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा नेपालको खुद सेवा आय ३६ अर्ब ५४ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय २६ अर्ब ६७ करोडले घाटामा रहेको थियो। राष्ट्र बैंकको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार...

समानुपातिक सूची विषयलाई लिएर राप्रपामा विरोध

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक उम्मेदवार सूची सच्याउन माग गर्दै नेताहरू केन्द्रीय कार्यालय धुम्बाराही पुगेका छन्। पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधि सभा समानुपातिक सूची सच्याउन माग गर्दै उनीहरू केन्द्रीय कार्यालय पुगेका हुन्। राप्रपा समानुपातिक सूचीमा पार्टी वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङकी...