ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चुनाव नलड्ने भए कांग्रेसका दुवै उपसभापति

५ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल दुवै जना प्रतिनिधिसभा चुनाव नलड्ने भएका छन्। २०७९ सालको निर्वाचनमा झापा–१ बाट चुनाव जितेका उपसभापति शर्माले यसअघि नै चुनाव नलड्ने घोषणा गरेका थिए। उनलाई कांग्रेसले निर्वाचन परिचालनको जिम्मेवारी दिइसकेको छ।  अर्की उपसभापति...

देउवा निकट विजय गच्छदारले पाए सुनसरी–३ को टिकट

१० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वउपसभापति विजय गच्छदारले सुनसरी क्षेत्र नम्बर ३ बाट टिकट पाएका छन्।  सोमबार कांग्रेसको संसदीय बोर्ड बैठकले गच्छदारलाई क्षेत्र नम्बर ३ को टिकट दिएको हो। उनी पूर्वसभापति शेरबहादुर देउवा निकट हुन्।  गच्छदार पटक पटक उपप्रधान तथा मन्त्री भइसकेका छन्।...

कराते वान प्रिमियर लिग खेल्न टर्की जाँदै नेपाली टोली

१४ मिनेट अघि   सेतोपाटी

ऐतिहासिक पदक विजेता खेलाडी एरिका गुरुङ सहितको टोली डब्लूकेएफ कराते वान प्रिमियर लिग खेल्न टर्कीको इस्तानबुल प्रस्थान गर्दैछ। विश्व कराते महासंघले आयोजना गर्ने यो प्रतियोगिता सन् २०२६ को कराते वान प्रिमियर लिग सिजनको पहिलो चरण हो। यो प्रतियोगिता जनवरी २३...

कांग्रेस नेता ज्ञानेन्द्र कार्कीले सुनसरी–४ बाट पाए टिकट

१६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले सुनसरी क्षेत्र नम्बर ४ को टिकट पाएका छन्।  सोमबार कांग्रेसको संसदीय बोर्ड बैठकले कार्कीलाई क्षेत्र नम्बर ४ को टिकट दिएको हो। उनी पूर्वसभापति शेरबहादुर देउवा निकट हुन्।  उनी पूर्वमन्त्री समेत हुन्।

नुवाकोट–१ बाट प्रकाशशरण महतले पाए टिकट

१८ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर १ मा प्रकाशरण महतलाई उम्मेदवार बनाउने भएको छ। महत निवर्तमान प्रवक्ता हुन्। सोमबार बसेको संसदीय बोर्ड बैठकले नुवाकोट क्षेत्र नम्बर १ मा पार्टीको तल्लो तहको सिफारिसका आधारमा महतलाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले जानकारी...

कञ्चनपुर–२ बाट कांग्रेसका एनपी साउद उम्मेदवार

२३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले एनपी साउदलाई कञ्चनपुर क्षेत्र नम्बर २ बाट उम्मेदवार बनाउने भएको छ। साउद पूर्व परराष्ट्रमन्त्री तथा निवर्तमान केन्द्रीय सदस्य हुन्। उनी निवर्तमान सभापति शेरबहादुर देउवा निकट छन्। सोमबार बसेको संसदीय बोर्ड बैठकले साउदलाई कञ्चनपुर–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको...

नुवाकोट–२ मा कांग्रेसबाट जगदीश्वर नरसिंह केसी उम्मेदवार

३१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसले नुवाकोट क्षेत्र नम्बर २ मा जगदीश्वर नरसिंह केसीलाई उम्मेदवार बनाएको छ। सोमबार बसेको संसदीय बोर्डको बैठकले केसीलाई उम्मेदवार बनाएको हो। केसीको नाम नुवाकोट–२ बाटै सिफारिस भएको थियो। आफूलाई पार्टीले नुवाकोट– २ बाट उम्मेदवार बनाएको केसीले सेतोपाटीलाई जानकारी दिए।

बालेनले आफ्नो पहिलो चुनावी भाषणमा भनेका ५ मुख्य कुरा

३४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले सोमबार जनकपुरमा आफ्नो पहिलो चुनावी भाषण गरेका छन्। रास्वपाले आयोजना गरेको चुनावी सभामा बालेनले मैथिली भाषामा सम्बोधन गरेका हुन्। आइतबार काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि उनी चमतीस्थित रास्वपा कार्यालय 'घन्टीघर'...

राष्ट्रिय जनमोर्चा काठमाडौं–९ बाट रोसन दानीले पाए प्रतिनिधिसभा उम्मेदवारीको टिकट

४४ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय जनमोर्चाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट रोसन दानीलाई प्रत्यक्षतर्फ उम्मेदवारको टिकट दिएको छ।  पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार दानीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाइएको हो। रोशन दानी थानकोट जेसीजका पूर्व अध्यक्ष हुन्। 'युवा आऊ, देश बचाऔँ' भन्ने अभियानका...

प्रलोपाले रूपन्देहीका ३ क्षेत्रमा लगायो उम्मेदवारको टुंगो

४४ मिनेट अघि   सेतोपाटी

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले सोमबारसम्म रूपन्देहीका तीद वटा निर्वाचन क्षेत्रमा उम्मेदवारको टुंगो लगाएको छ। प्रलोपाका रुपन्देही संयोजक पंकज राईले क्षेत्र नम्बर २, ३ र ५ मा उम्मेदवार टुंगो लागेको बताए। त्यस्तै क्षेत्र नम्बर १ र ४ मा मंगलबार बिहानसम्म उम्मेदवार टुंग्याएर...

प्रचण्डका पाँच निर्वाचन– पाँचै पटक क्षेत्र फेरिए, ४ पटक पार्टीको नाम

५५ मिनेट अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' आगामी फागुन २१ मा हुने निर्वाचनमा रूकुम पूर्वबाट उम्मेदवार बन्दैछन्। संसदीय राजनीतिमा आएपछि प्रचण्डका लागि यो पाँचौं निर्वाचन हो। संसदीय राजनीतिमा बिरलै देख्न पाइने अभ्यास प्रचण्डले गरेका छन्। अर्थात् प्रचण्डले हरेक निर्वाचनमा क्षेत्र...

माओवादीका रामबहादुर भण्डारीले पाए टिकट, रास्वपाबाट बोधनारायण श्रेष्ठ उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

माओवादी आन्दोलनका 'जिउँदो सहिद' भनेर चिनिने रामबहादुर भण्डारीले यसपालि चुनाव लड्ने भएका छन्। उनलाई आइतबार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले भेटेर आगामी प्रतिनिधि सभा निर्वाचनका लागि धादिङ–२ बाट लड्न टिकट दिएका हुन्। माओवादी सशस्त्र संघर्षदेखि नै जिल्लामा...

गुल्मी–२ मा रास्वपाबाट पूर्वडिएसपी गोविन्द पन्थी उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

गुल्मी क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पूर्व डिएसपी गोविन्द पन्थीलाई उम्मेदवार बनाएको छ। सोमबार रास्वपाले उनलाई गुल्मी–२ को टिकट दिएको हो। उनले नेपाल प्रहरीमा मानव बेचबिखन अपराध अनुसन्धानमा काम गरेका थिए। उनले आफू सुशासनको पक्षमा रहने प्रतिबद्धता...

रास्वपा तेह्रथुममा उम्मेदवार छनौटमा असन्तुष्टि, दिए सामूहिक राजीनामा

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तेह्रथुम जिल्लाका जिल्ला कार्य समिति, सबै पालिका समिति र वडा कमिटीका पदाधिकारीहरूले सामूहिक रूपमा राजीनामा दिएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनीहरूले सामूहिक राजीनामा बुझाएका हुन्। रास्वपाले ऋतुराज लिम्बूलाई तेह्रथुममा उठाउने भएको छ। राजीनामा पत्रमा उल्लेख...

ओखलढुंगामा कांग्रेसले दियो रामहरि खतिवडालाई टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ। सोमबार बसेको संसदीय बोर्डको बैठकले खतिवडालाई उम्मेदवार बनाउने निर्णय गरेको हो। आफूलाई पार्टीले टिकट दिएको खतिवडाले पनि जानकारी दिए। खतिवडा यस अघिको निर्वाचनमा पनि ओखलढुंगाबाट निर्वाचित भएका थिए। फागुन २१ गते हुने...

कांग्रेसले दाङ–१ मा योगेन्द्र चौधरी र २ मा किरण किशोर घिमिरेलाई दियो टिकट

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले दाङको क्षेत्र नम्बर १ मा सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ। चौधरी विशेष महाधिवेशनमा थारू क्लस्टरबाट सहमहामन्त्री बनेका थिए। त्यसअघि उनी शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिमा निर्वाचित केन्द्रीय सदस्य थिए। चौधरीलाई कांग्रेसले पछिल्लो समय क्रियाशील सदस्यता छानबिन समितिको सदस्य बनाएको थियो।...

हिमालयन च्यालेन्जर्समा शतप्रतिशत जितसहित अभिक च्याम्पियन

१ घण्टा अघि   सेतोपाटी

सेन्ट जेभियर्स कलेजका अभिक शाह शतप्रतिशत जितसहित हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस च्याम्पियन बनेका छन्। उनले अन्तिम तथा नवौं चरणमा हार्दिक पन्तलाई पराजित गर्दै सोमबार ट्रफी चुमेका हुन्। कुल १ लाख ३५ हजार रुपिया पुरस्कारको हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा...

काठमाडौं-५ मा रास्वपाका उम्मेदवार सस्मित पोखरेल

१ घण्टा अघि   सेतोपाटी

काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सस्मित पोखरेललाई टिकट दिएको छ।  सोमबार रास्वपा नेता गणेश पराजुलीले उनलाई टिकट प्रदान गरेका हुन्।  पोखरेल रास्वपाका केन्द्रीय सदस्य छन्। वरिष्ठ नेता बालेन शाहसँग बृहत् एकता भएपछि रास्वपामा उनी पनि...

मनोनयन दर्ता गर्न रूकुम पूर्व पुगे प्रचण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'  रूकुम पूर्व पुगेका छन्। फागुन २१ गते चुनावमा मनोनयन दर्ताका लागि प्रचण्ड सोमबार रूकुम पूर्व पुगेका हुन्। निर्वाचन आयोगले मंगलबार मनोनयन दर्ताको कार्यतालिका राखेको छ।  मनोनयन दर्ताका लागि प्रचण्ड आज साँझ रूकुम पूर्व...

केबी भण्डारी बने कांग्रेस म्याग्दीको उम्मेदवार

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा नेपाली कांग्रेसले कर्णबहादुर (केबी) भण्डारीलाई उम्मेदवार बनाएको छ। फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस म्याग्दीका उपसभापति भण्डारीलाई उम्मेदवार बनाएको हो।  जिल्लाबाट उम्मेदवार सिफारिस हुँदा पार्टी सभापति एवं पूर्वमन्त्री खमबहादुर गर्बुजा (खमबिर)...

सिमेन्ट उद्योगमा माटोको ढिस्कोले पुर्दा एक जनाको मृत्यु, अर्का घाइते

१ घण्टा अघि   सेतोपाटी

लमहीस्थित सम्राट सिमेन्ट उद्योगमा माटोको ढिस्कोले एक जना श्रमिकको पुरिएर मृत्यु भएको छ। अर्का एक जना घाइते छन्। उनलाई थप उपचारका लागि बाँकेको नेपालगञ्ज पठाइएको छ।  लमही नगरपालिका–७ कमानपुरका ३६ वर्षीय अरविन्द चौधरीको माटोको ढिस्कोले पुर्दा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता...

रास्वपाका विपीनकुमार आचार्य दाङ-२ बाट उठ्ने

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले सहमहामन्त्री विपीनकुमार आचार्यलाई चुनावका लागि दाङ-२ बाट उठाउने भएको छ। आफू दाङ- २ बाट लड्न टिकट पाएको उनले जानकारी दिए। यसअघि उनी काठमाडौं-२, ४ बाट उठ्ने चर्चा चलेको थियो। दाङ- २ बाट एमालेबाट महासचिव शंकर पोखरेल नाम एकल सिफारिस परेको छ।

कांग्रेसले प्रचण्डसँग भिड्न कुसुमदेवी थापालाई बनायो उम्मेदवार

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले रूकम पूर्वमा कुसुमदेवी थापालाई उम्मेदवार बनाएको छ।  थापा विघठित प्रतिनिधिसभा सदस्यको समानुपातिक सांसद थिइन्।  कांग्रेसले उनलाई पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो।  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो पटक रूकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल...

कांग्रेस गोरखामा प्रेम र प्रकाशचन्द्रले पाए टिकट

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले गोरखाको क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार चयन गरेको छ। पार्टीको तल्ला समितिको सिफारिसका आधारमा संसदीय बोर्डले आज उम्मेदवार चयन गरेको हो। क्षेत्र नम्बर १ म प्रेमकुमार खत्री र क्षेत्र नम्बर २ मा प्रकाशचन्द्र दवाडीले टिकट...