रवीन्द्र मिश्रका तर्फबाट सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरण रिट दायर
काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई गैरकानूनीरूपमा थुनामा राखिएको भन्दै सारिका कार्कीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी छिन्। मिश्रलाई तीनकुने आन्दोलनमा जोडेर गत चैत १५ गते पक्राउ गरिएको थियो। उनलाई अनुसन्धान गर्ने नाममा सातपटक म्याद थपिएको छ।...