ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

प्रधानमन्त्री ओलीलाई निम्ता दिन भारतीय विदेश सचिव मिश्री आज आउँदै

८ मिनेट अघि   थाहाखबर

काठमाडौं :  भारतका विदेश सचिव विक्रम मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आज काठमाडौं आउँदैछन्।  परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा भारतका विदेश सचिव मिश्री नेपालको दुईदिने औपचारिक भ्रमणमा आउन लागेका हुन्।  भ्रमणका क्रमका सचिवद्वयबीच नेपाल–भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी’, विकास...

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेस युवा क्लबलाई

२५ मिनेट अघि   थाहाखबर

ताप्लेजुङ : तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगिताको उपाधि सलहेस युवा क्लब सिरहाले जितेको छ।​ गतवर्षको उपविजेता सलहेसले ए डिभिजन लिग च्यम्पियन चर्चब्वाइज युनाइटेडलाई २-० गोल अन्तरले स्तब्ध पार्दै उपाधि हात पारेको हो। तनावपूर्ण खेलको अन्त्यतिर दुबै टोली १० खेलाडीमा सीमित...

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै

२६ मिनेट अघि   थाहाखबर

बैतडी : आज भदौ १ गते। बैतडीसहित सुदूरपश्चिम प्रदेशमा आज हर्षोल्लासका ओल्के पर्व मनाइँदैछ।  ओल्के भन्नाले उपहार वा कोसेली भन्ने बुझिन्छ। आफूभन्दा ठूलाबडा, मान्यजन वा ज्येष्ठ नागरिकलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, मीठो–मसिनो खानु, हातमा मेहेन्दी लगाउनु यस पर्वको...

पाकिस्तानमा बाढी र पहिरोमा परी ३ सय ४० जनाको मृत्यु

२६ मिनेट अघि   थाहाखबर

काठमाडौं : पाकिस्तानमा लगातारको भारी वर्षापछि आएको बाढी र पहिरोका कारण पछिल्लो ४८ घण्टामा कम्तिमा ३ सय ४० जनाको मृत्यु भएको छ। सबैभन्दा बढी क्षति खैबर पख्तुनख्वा प्रान्तमा भएको हो। जहाँ ३ सय २८ जनाको मृत्यु भएको छ भने दर्जंनौं...

इलाममा दुईवटा बेलिब्रिज निर्माणले स्थानीयलाई राहत

७ घण्टा अघि   थाहाखबर

इलाम : इलाममा एक वर्षमा दुईवटा बेलिब्रिज निर्माण गरिएका छन्।  सङ्घीय सरकारको लगानीमा आर्थिक वर्ष २०८१/८२ मा जिल्लाको पुवाखोला र जोगमाई खोलामा बेलिब्रिज निर्माण सम्पन्न भई सञ्चालनमा आएको सडक डिभिजन कार्यालयले जनाएको छ।  कार्यालयका सूचना अधिकारी तथा इञ्जीनीयर अर्जुन घिमिरेका...

युवामा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाए : विप्लव

७ घण्टा अघि   थाहाखबर

कर्णाली : नेपाल कम्युनिष्ट पाटीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले युवा जनशक्तिमा निराशा बाँडेर पुँजीवादीले फाइदा उठाइरहेको बताएका छन्। अखिल (समाजवादी) र युवा सङ्गठन कर्णाली प्रदेशद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘समाजवादका लागि नयाँ पुस्ता’ विषयक अन्तरक्रियामा उनले युवा जनशक्तिमा भरिएको निराशाले...

यसवर्षको गाईजात्रा पर्व आजबाट सकियो

७ घण्टा अघि   थाहाखबर

भक्तपुर : भक्तपुरमा यहीँ साउन २५ गतेदेखि सुरु भएको गाईजात्रा पर्व आजदेखि विधिवत् रूपमा सम्पन्न भएको छ। जनैपूर्णिमाका दिन तलेजुको पूजा गरी साँझ सोही गाई निकालेपछि सुरु भएको भक्तपुरको गाईजात्रा पर्व आज तलेजुको पूजा गरेसँगै सम्पन्न भएको हो।  जनैपूर्णिमाको भोलिपल्ट...

भ्रष्टाचारभन्दा ठूलो समस्या ढिलासुस्ती– महासचिव पोखरेल

७ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालमा भ्रष्टाचारभन्दा ठूलो समस्या ढिलासुस्ती भएको बताएका छन्। भ्रष्टाचार आफैमा समस्या भए पनि ढिलासुस्तीले भ्रष्टाचारलाई थप मद्दत गरेको उनले बताए। पार्टीको अर्थ तथा योजना विभाग र उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले शुक्रबार केन्द्रीय कार्यालय...

‘तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सहजीकरण गर्छौँ’

८ घण्टा अघि   थाहाखबर

तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले तनहुँ जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न प्रदेश सरकारले सहजीकरण गर्ने बताएका छन्। ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको आयोजनाको आज निरीक्षण गर्दै उनले आयोजना निर्धारित समयमा सम्पन्न गर्नुपर्नेमा जोड दिए।...

बस्तीमा बाढी पस्दा १० घर डुबानमा

८ घण्टा अघि   थाहाखबर

सिन्धुली : जिल्लाको दुधौली नगरपालिका– १ गिचिहानीको बस्तीमा बाढी पसेपछि १० घर डुबानमा परेका छन्। त्यसक्रममा ५९ वर्षीया भन्द्राकुमारी दनुवार घाइते भएकी छन्। आज दिउँसो अविरल वर्षापछि विचित्रा खोलामा आएको बाढी बस्तीमा पसेको थियो। अचानक घरमा बाढी पसेपछि भाग्ने क्रममा...

अवरुद्ध त्रिभुवन राजपथ सञ्चालन

८ घण्टा अघि   थाहाखबर

हेटौँडा : जिल्लाको काठमाडौँ-हेटौँडा खण्डको त्रिभुवन राजपथअन्तर्गत भीमफेदी गाउँपालिका-९ लामिडाँडामा पहिरो खसेर गतरातिदेखि अवरुद्ध बनेको सडक सञ्चालनमा आएको छ।गएराति ठूलो ढुङ्गा र रूखसहितको पहिरो खसेर अवरुद्ध बनेको सडक आज साँझ पहिरो पन्छाएर यातायात सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।यसैगरी हेटौँडाबाट...

झडपपछि कैलाली कारागारका कैदीबन्दी सार्न थालियो

८ घण्टा अघि   थाहाखबर

सुदूरपश्चिम : कैलाली कारागारमा भएको झडपको घटनापछि कैदीहरूले माग गरेअनुसार स्थानान्तरण गरेर व्यवस्थापन गरिन थालिएको छ। घाइतेहरूभई उपचार गरेर फर्किएपछि कैदीहरूले मागबमोजिमका कारागारमा स्थानान्तरण गरेर व्यवस्थापन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। अस्पतालबाट उपचार गरी फर्किए पनि थप...

टप इण्ड टी–२० सिरिज : नेपालको लगातार दोस्रो हार

८ घण्टा अघि   थाहाखबर

काठमाडौँ : टप इण्ड टी–२० सिरिजमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ।  आज भएको दोस्रो खेलमा नेपाल बंगलादेश ए सँग ३२ रनले पराजित भएको हो। जितका लागि बंगलादेश ए ले दिएको १८७ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ओभरमा ७ विकेट...

रिबन काट्ने विषयको विवादले कृष्ण जन्माष्टमी मेलामा झडप, मेयरसहित पाँचजना घाइते

९ घण्टा अघि   थाहाखबर

रौतहट : कृष्ण जन्माष्टमी मेलाको उद्घाटन कार्यक्रममा विवाद उत्पन्न भई रौतहटको देवाही गोनाही नगरपालिकामा दुई पक्षबीच झडप भएको छ।  शनिवार देवाही गोनाही नगरपालिका वडा नं–९ को धरहरीमा आयोजित मेलाको उद्घाटन कार्यक्रममा रिबन काट्ने विषयलाई लिएर सुरु भएको विवाद झडपमा परिणत...

अष्टिम्की पर्वको परम्परागत लोककला हराउँदै

९ घण्टा अघि   थाहाखबर

कञ्चनपुर : थारू समुदायले मनाउने श्रीकृष्णजन्माष्टमी (अष्टिम्की) पर्वको परम्परागत लोककला हराउँदै गएको छ। बाह्य संस्कृतिको प्रवेशसँगै समुदायको परम्परागत लोक चित्रकलामा आधारित अष्टिम्की पर्व ओझेलमा पर्न थालेको हो। परम्परागत तरिकाले तयार गरिएका विभिन्न रङ प्रयोग गरी थारू समुदायले घरको बैठक कोठामा...

यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन माग

९ घण्टा अघि   थाहाखबर

काठमाडौँ : दलित नागरिक आन्दोलनका अगुवा एवं राजनीतिक दलका नेताहरूले संविधानको धारा ४० (दलितको हक)को व्यवस्था कार्यान्वयनका लागि यथाशीघ्र दलितसम्बन्धी एकीकृत कानुन बनाउन आग्रह गरेका छन्।  दलित महिला सङ्घ (फेडो)ले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनीहरूले संविधान जारी भएको तीन...

टप एन्ड टी-२० सिरिजमा नेपालको लगातार दोस्रो हार

९ घण्टा अघि   सेतोपाटी

अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले लगातार दोस्रो खेलमा पराजय भोगेको छ।  शनिबार भएको दोस्रो खेलमा नेपालले बंगलादेश ‘ए’ सँग ३२ रनले पराजित भोगेको हो। यसअघि शुक्रबार पहिलो खेलमा नेपालले घरेलु टोली नर्दन टेरिटोरीसँग हार ब्यहोरेको थियो। ...

आमाको शरीर चिसो भएपछि मात्र पुगेँ...

१० घण्टा अघि   सेतोपाटी

साँझमा मेरी पत्नी सपनाले एकै सासमा भनिन्, 'भोलि त पौसे औंसी हो, सोमबार पनि परेको छ। बिहानै उठेर नबोली नुहाउने, दक्षिणतिर फर्केर ३६ अञ्जुली जल दिने, बाआमाको सम्झना गर्ने, देउताभन्दा पितृ ठूला भन्छन्, पितृसित आशीर्वाद माग्नुपर्छ, कुरा बुझ्या हो नि!' सपनाको...

नख्खु कारागारमा ४२२ जना कैदी रहेको ब्लकमा रहनेछन् रवि लामिछाने

१० घण्टा अघि   सेतोपाटी

रूपन्देही कारागारबाट स्थानान्तरण गरी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नख्खु कारागारमा राखिएको छ।  उनलाई अरू कैदीबन्दी राखेकै ब्लकमा राखिएको जेलर भीमराज कोइरालाले जानकारी दिए। ‘उहाँलाई अरू साथीहरू जसरी बसेका छन्, त्यसरी नै राखिएको छ। ढिलो पनि भयो, राति भयो छुट्टै ब्लकमा राखिएको छैन,’ उनले भने, ‘अहिलेलाई...

सैयारा सिन्ड्रोम!

१० घण्टा अघि   सेतोपाटी

प्रेम के हो? प्रेमी को हो? साथी के हो? जीवनसाथी को हो? सम्बन्ध के हो? साथ के हो? सात जन्मको नाता के हो? सात फेरा के हो? कबीर भन्छन्- ढाई अक्षर प्रेम कि पढे सो पण्डित होए। किताबका ठेली पढेर प्रेम...

‘करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तार आवश्यक’

१० घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेपाल व्यवस्थापन संघ (म्यान)ले यहाँ आयोजना गरेको एक कार्यक्रममा विद्यमान करदातामाथि अतिरिक्त भार नपर्ने गरी कर आधार विस्तारको आवश्यकता औँल्याइएको छ। ‘राजस्व संकलन तथा परिचालनः सम्भावना, चुनौती र अगाडि बढ्ने मार्ग’ विषयक कार्यक्रममा वक्ताहरूले संस्थागत क्षमता अभिवृद्धिमार्फत करको...

ट्रम्प–पुटिन वार्तापछि युरोपेली नेताहरूको संयुक्त वक्तव्य- अर्को बैठकमा जेलेन्स्की अनिवार्य हुनुपर्छ

१० घण्टा अघि   सेतोपाटी

अलास्कामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको शिखर वार्तापछि युरोपेली नेताहरूले संयुक्त वक्तव्य जारी गरेका छन्। अलास्कामा भएको वार्ताबारे ट्रम्पले युरोपेली नेताहरूसँग कुराकानी गरेपछि युरोपेली नेताहरूले संयुक्त विज्ञप्ती जारी गर्दै आगामी वार्तामा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि...

युक्रेनमा तत्काल युद्धविराम हुने देखिएन, शान्ति सम्झौताका लागि निरन्तर दवाब दिन्छु : ट्रम्प

१० घण्टा अघि   थाहाखबर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको वार्ता निष्कर्षविहीन भएपछि शनिवार रुस र युक्रेनबीच तत्काल युद्धविराम हुने सम्भावनालाई अस्वीकार गरेका छन्। ह्वाइट हाउस र क्रेमलिनका नेताहरूले अलास्कामा तीन घण्टा लामो वार्तामा सहमतिका क्षेत्रहरू औँल्याएका थिए तर द्वन्द्व अन्त्यका लागि...

ट्रम्प भेट्न अमेरिका जाँदै जेलेन्स्की, युद्धविराम प्राथमिकता

१० घण्टा अघि   थाहाखबर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी सोमवार अमेरिका भ्रमण गर्ने र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनमा जारी ‘युद्ध तथा हिंसा’ अन्त्यका उपायहरूबारे महत्वपूर्ण छलफल गर्ने बताएका छन्। शनिवार जारी एक आधिकारिक वक्तव्यमा जेलेन्स्कीले भने, “मैले सोमवार वाशिङ्टन, डीसीमा राष्ट्रपति ट्रम्पसँग भेटघाट...