सटही नभएपछि लुम्बिनीमा बाकसमा थन्कियो एक करोड बढी विदेशी मुद्रा
गौतमबुद्धको जन्मस्थल लुम्बिनीको भ्रमणको लागि आउने विदेशी पर्यटकहरूले श्रद्धापूर्वक दानपेटिकामा चढाउने भेटी लुम्बिनी विकास कोषको आन्तरिक आम्दानीको प्रमुख स्रोत मानिन्छ। कोषले मायादेवी मन्दिरभित्र र अशोक स्तम्भ परिसरमा राखिएका दानपेटिकाबाट बर्सेनि झण्डै चार करोड रुपैयाँ भेटी वापतको आम्दानी गर्छ। सोही आम्दानीबाटै कर्मचारीको तलब भत्ता र...