ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

११ औं महाधिवेशनलाई भण्डारीले भनिन्- जबजको जीवन्त अभ्यास

२० सेकेन्ड अघि   सेतोपाटी

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशनबाट लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट नयाँ नेतृत्व चयन भएको बताएकी छन्। पूर्वराष्ट्रपति भण्डारीले फेसबुकमा स्ट्याटस लेखेर एमालेले लोकतान्त्रिक प्रतिस्पर्धाको माध्यमबाट पार्टी नेतृत्व चयन गरेको बताएकी हुन्। यसलाई उनले  एमालेको संगठनात्मक परिपक्वता र जनताको...

मिल्नुपर्नेहरू अन्तिममा मिलेरै छाड्छौं : रवि लामिछाने

४ मिनेट अघि   थाहाखबर

काठमाडाैं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मिल्नुपर्नेहरू अन्तिममा मिलेरै छाड्ने दाबी गरेका छन्। ​शुक्रबार मात्रै कारागारमुक्त भएका उनी भैरहवाबाट सिधै चितवनकाे चौबिसकोटी पुगेर  मिल्नुपर्ने दलहरूसँग संवाद जारी रहेकाे बताए।  पूर्व गृहमन्त्री समेत रहेका लामिछानेले भने, ‘मिल्नुपर्नेहरू जो जो हो अन्तिममा हामी मिलेरै छाड्छौं। हाम्रो सबै...

कांग्रेस नेता अर्जुननरसिंह केसी चुनाव नलड्ने

१६ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले आगामी निर्वाचन नलड्ने बताएका छन्। गृहजिल्ला नुवाकोटमा नेताहरूसँगको कुराकानीमा केसीले अघिल्लो निर्वाचनपछि नै आफूले चुनाव नलड्ने घोषणा गरेको र त्यो यथावत् रहेको बताएका हुन्। 'यो भन्दा अगाडिको चुनावमै मैले सार्वजनिक रूपमै अब चुनाव लड्दिनँ भनेको...

बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किँदा चार घाइते

१८ मिनेट अघि   थाहाखबर

बैतडी : बैतडीमा मिनि ट्रक र अल्टो एकआपसमा ठोक्किदा चार जना घाइते भएका छन्। दशरथचन्द राजमार्गअन्तर्गत पाटन नगरपालिका–६ हिरापुर नजिकै आज  बिहान १० बजेतिर सु.प.प्र.०१००१ ख ३११९ नम्बरको मिनि ट्रक र बा ८ च ९०५२ नम्बरको अल्टो एकआपसमा ठोक्किएर दुर्घटना भएको हो। ...

कि हामीलाई जिरो, कि पुराना दललाई जिरो बनाइदिनुस्–रवि लामिछाने

२१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा भोट नबाँड्न मतदातालाई आग्रह गरेका छन्।  भरतपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै लामिछानेले पुराना दलहरूलाई जिरो बनाएमात्रै देश हिरो बन्ने बताए। ‘अबको निर्वाचनमा भोट बाँडेर नदिनुहोला। कि हामीलाई जिरो, कि यिनलाई जिरो बनाइदिनुस्। एक...

भ्रष्टाचारीको महललाई खरानी बनाउन मलाई मान्छे मात्रै बन्न दिए पुग्छ–रवि लामिछाने

३१ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई मान्छे मात्रै बन्न पाए पुग्ने बताएका छन्। धरौटीमा रिहा भएर चितवन आइपुगेका लामिछानेले भरतपुरमा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै आफूलाई सांसद, मन्त्री नचाहिएको बताए। ‘म मान्छे मात्रै भएछु भने पनि भ्रष्टाचारीको महललाई खरानी बनाउन पर्याप्त...

नेकपाको एकता सन्देश सभा र्‍याली [तस्बिहरू]

३१ मिनेट अघि   थाहाखबर

काठमाडाैं : नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को  एकता सन्देश सभा र्‍याली उपत्यकाका विभिन्न ठाउँबाट निकालिएकाे छ। काठमाडौंको भृकुटीमण्डपमा आज आयोजना गरिएको एकता सन्देश सभाका लागि सुन्धारा, शान्तिबाटिका लगायत विभिन्न स्थानबाट र्‍याली निकालिएकाे हो ।  बागमती प्रदेश कमिटी, सम्पर्क समन्वय र विशेष प्रदेश कमिटीले एकता...

मर्दी हिमाल भ्यू पोइन्टमा एक्लै चिया पसल चलाउँदै गरेकी कविता दिदी

४३ मिनेट अघि   सेतोपाटी

अटल, चट्टानी पहरो माझ प्रकृतिले बिछ्याएको हिउँको बिस्कुन अनि त्यसमाथि एउटा सानो हिउँ छाप्रो। त्यही छाप्रोमा दिन बित्छ। रात बित्छ अनि चल्छ गृहस्थी कविता दिदीको। मर्दी हिमालको भ्यू पोइन्ट, ४२ सय मिटरको उचाइमा कविता दिदीको मात्र होइन अरू चिया पसल पनि...

नेकपाको एकता सन्देश सभाअघि भृकुटीमण्डप क्षेत्रमा जुलुस (तस्बिरहरू)

५४ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देश सभा सुरू भएको छ।  काठमाडौंको भृकुटीमण्डपमा केही बेरअघि नेकपाको एकता सन्देश सभा सुरू भएको हो। सन्देश सभाअघि  रत्नपार्क,त्रिपुरेश्वर, माइतीघर लगायतका स्थानबाट जुलुस निकालिएको थियो। जुलुस भृकुटीमण्डप पुगेपछि सभा सुरू भएको हो। कार्यक्रममा नेकपा संयोजक...

जसपा नेपालका रामआशिषलाई मधेसकाे सभामुख बनाउने सातदलीय सहमति

१ घण्टा अघि   थाहाखबर

जनकपुरधाम : मधेश प्रदेशमा जसपा नेपालका ‍‍सांसद रामआशिष यादवलाई सभामुख बनाउने सहमति भएको छ । शनिबार बिहान बसेको सात दलीय गठबन्धनको बैठकमा यादवलाई उम्मेदवार बनाउने सहमति भएकाे लाेसपा मधेशका दलका नेता जयनुल राइनले जानकारी दिए।  सभामुखको उम्मेदवार बनाएका यादव जसपा नेपालका प्रमुख सचेतक...

कार्की ब्यांक्वेटमा ईश्वर पोखरेल पक्षको छु‍ट्टै भेला (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)को ईश्वर पोखरेल समूहले काठमाडौंमा छुट्टै भेला गरेको छ।  काठमाडौंको बबरमहलस्थित कार्की ब्यांक्वेटमा शनिबार पोखरेल समूहको छुट्टै भेला जारी छ।  ११ औं महाधिवेशनमा पोखरेलले छुट्टै समूह बनाएर अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए। उनी अध्यक्षमा केपी ओलीसँग पराजित भएका थिए। भेलामा...

ओलीलाई बधाई दिँदै विद्या भण्डारीले भनिन् : लोकतन्त्रमा प्रतिस्पर्धा स्वाभाविक

१ घण्टा अघि   थाहाखबर

​काठमाडौं : पूर्वराष्ट्रपति विद्या भण्डारीले नेकपा एमालेकाे ११औँ महाधिवेशनबाट नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीलगायत पदाधिकारी र सदस्यलाई बधाई दिएकी छन्। एमालेका पूर्व उपाध्यक्षसमेत रहेकी उनले लोकतान्त्रिक प्रतिस्पर्धाका माध्यमबाट पार्टीले नयाँ नेतृत्व चयन गर्नु आफैँमा एमालेको सङ्गठनात्मक परिपक्वता र जनताको बहुदलीय जनवाद (जबज)को जीवन्त...

नेकपाले तोक्यो राष्ट्रिय सभा र प्रतिनिधि सभा उम्मेदवार छनोटका लागि योग्यता र मापदण्ड

१ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ। पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा पूर्ण...

बागमती प्रदेश सभाको हिउँदे अधिवेशन पुस तेस्रो साता बोलाउने तयारी

१ घण्टा अघि   थाहाखबर

बागमती : बागमती प्रदेश सभाको हिउँदे अधिवेशन यही पुसको तेस्रो साता बोलाउने गरी तयारी थालिएकाे छ। प्रतिपक्षी दलहरूले प्रदेश सभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकार यही पुसको तेस्रो साता बस्ने गरी बैठक बोलाउने तयारीमा जुटेको हो। “प्रदेशसभाको बैठक पुसको तेस्रो सातासम्ममा...

हिमाली जोखिमबाट महिला पर्वतारोहीलाई जोगाउँदै ‘माउण्टेन फर्स्ट एड ट्रेनिङ’

२ घण्टा अघि   थाहाखबर

काठमाडाैं : हिमाली जोखिमबाट पर्वतारोहीलाई जोगाउन ‘माउण्टेन फर्स्ट एड ट्रेनिङ’ (प्राथमिक उपचार पद्धति) सिकाइएको छ। पर्वतारोहण तथा पदयात्राका क्रममा हुनसक्ने चोटपटक, हाइपोथर्मिया, उचाइजन्य रोग र महिला स्वास्थ्यसँग जोडिएका आकस्मिक जटिलताबाट बचाउन ‘माउण्टेन फर्स्ट एइड ट्रेनिङ’ दिइएको हो। महिला गाइडको सहभागिता बढाउँदै आत्मनिर्भर बनाउन काठमाडौं...

जहाँ नेपालीलाई बस्न फ्री, सादा खानाको भने ८००!

२ घण्टा अघि   सेतोपाटी

नेपालीहरूले सगरमाथा बेसक्याम्प घुम्न जाने उत्तम समय सिजनको अन्त्यतिर अर्थात् जेठको पहिलो हप्तातिर, यति बेला भने सुविधाजनक होटलमा बास बस्न फ्रि र अन्य सेवाहरू पनि सहुलियतमा सहजै पाइने हुँदा मध्य सिजनमा नगइ सिजनको अन्त्यमा जाँदा बेस हुन्छ।  सगरमाथाको शिरमा पाइला राख्ने मेरो...

राहुघाट जलविद्युत् आयोजना : ९० प्रतिशत बढी भौतिक प्रगति

२ घण्टा अघि   थाहाखबर

म्याग्दी : नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको ९० प्रतिशत भौतिक प्रगति भएको छ। सुरुङ, बाँध र विद्युत्गृहको भौतिक संरचना निर्माण, उपकरण जडान अन्तिम चरणमा पुुगेको आयोजना विद्युतलाई केन्द्रीय ग्रिडमा जोड्ने...

नदी हो कि नाला! (तस्बिरहरू)

२ घण्टा अघि   सेतोपाटी

बारा पर्सा औद्योगिक करिडोरका उद्योगका कारण प्रदूषित सरिसवा (सिर्सिया) नदी बचाउन वीरगञ्ज युवा जागरूक भएका छन्। उनीहरूले नदी प्रदूषणबारे सरोकारवाला निकायको ध्यानाकर्षण गराउन शनिबार बिहान नदीको पानी संकलन गरेका छन्। वीरगञ्जको रानीघाट स्थित छठघाट परिसरबाट युवा अभियानीहरूले प्लास्टिकको बोतलमा नदीको...

मन्त्री घिसिङकाे निर्देशन : ताेडिएका ठेक्काकाे तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्नू

२ घण्टा अघि   थाहाखबर

काठमाडौं : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले  ठेक्का तोडिएका सडकका योजनाको निर्माण सुनिश्चितताका लागि तत्काल नयाँ टेण्डरको प्रक्रिया सुरु गर्न निर्देशन दिएका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको चालू आर्थिक वर्ष २०८२/८३को प्रथम...

नेकपाले तोक्यो उम्मेदवार छनोटका लागि याेग्यता र मापदण्ड

३ घण्टा अघि   थाहाखबर

काठमाडाैं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आगामी माघ ११ मा हुने राष्ट्रिय सभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ मापदण्ड लागू गरेको छ । पार्टीको आन्तरिक परिपत्रमा उम्मेदवारहरूले कानूनी, आर्थिक, सामाजिक र वैचारिक रूपमा...

तीव्र गतिमा विस्तार भइरहेको मुग्लिन-पोखरा सडकको पश्चिम खण्ड (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

 मुग्लिन–पोखरा सडक विस्तार अन्तर्गत पश्चिम खण्ड (जामुने–पोखरा) मा काम तीव्र गतिमा भइरहेको छ। हालसम्म यो खण्डको भौतिक प्रगति ६९.९६ प्रतिशत र वित्तीय प्रगति ६५.२६ प्रतिशत पुगेको आयोजनाले जनाएको छ। कुल ३८.७१ किलोमिटर रहेको यस सडक खण्डको हाल सम्म सम्पन्न गरिएको...

जापानको ब्याजदर ३० वर्षकै उच्च बिन्दुमा

३ घण्टा अघि   थाहाखबर

जापानको केन्द्रीय बैंक (बैंक अफ जापान–बीओजे) ले दुईदिने मौद्रिक नीति बैठकपछि आफ्नो बेन्चमार्क ब्याजदर २५ आधार बिन्दुले बढाएर ०.७५ प्रतिशत पुर्‍याएको छ । जुन तीन दशकयताकै उच्च स्तर हो । यो वृद्धि जनवरीयताको पहिलो हो । प्रधानमन्त्री सानाए ताकाइचीको प्रशासनअन्तर्गत...

जेनजी शहीदकी आमाको सन्देश : सरकारले जनाताको भलो गरोस्

३ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी-८ का उमेश महतको गत भदौ २४ गते गौशालाचोक नजिक गोली लागेर निधन भयो। नयाँबानेश्वर केन्द्रित जेनजी पुस्ताको आह्वानमा भदौ २३ गते भएको आन्दोलनमा साथीभाइसहित धेरै युवालाई गोली लागेको देखेपछि उनी आन्न्दोलनमा जान प्रेरित...

महासचिव जितेपछि महाधिवेशनबारे शंकर पोखरेलको १० धारणा

३ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले ११ औं महाधिवेशन इतिहासमै भव्य र ऐतिहासिक बनेको बताएका छन्। शनिबार फेसबुकमा स्ट्याटस लेखेर महासचिव पोखरेलले ११ औं महाधिवेशनले पार्टीको गौरव वृद्धि गरेको बताएका हुन्। उनले महाधिवेशनका सन्देशहरूलाई पार्टी पंक्तिले जनताको बीचमा पुर्‍याउनुपर्ने बताएका छन्।...