ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

बर्दिया १ बाट कांग्रेसका ४ जना सिफारिस

१२ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ ४ जनाको नाम सिफारिस भएको छ। फागुन २१ गते हुने निर्वाचनका लागि सञ्जयकुमार गौतम, रत्ना थारु, महेन्द्रकुमार शर्मा र गंगाधर पौडेलको नाम सिफारिस भएको हो। गौतम २०७०, २०७४ र २०७९ सालको प्रतिनिधि...

ट्रम्पको शान्ति योजनाबारे युक्रेनले अमेरिकालाई पठायो बुँदागत जबाफ

१९ मिनेट अघि   सेतोपाटी

युक्रेनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजनामा बुधबार अमेरिकालाई बुँदागत जबाफ पठाएको छ। युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका राष्ट्रिय सुरक्षा सल्लाहकार र प्रमुख वार्ताकार रुस्तेम उमेरोभले ट्रम्पका ज्वाइँ जेरेड कुश्नरलाई जबाफ पठाएको भनेर अमेरिकी अनलाइन एक्सियसले लेखेको छ।  जबाफमा सो योजनालाई...

सरकारले पूर्ण जाँच गरेपछि कति बढ्छ कर? आफै मूल्यांकनबाट कति तिर्छन्?

२३ मिनेट अघि   सेतोपाटी

अर्थ मन्त्रालयले यस वर्ष फुल अडिट (कर विभागले करदाताको सबै हिसाब–किताब एक–एक गरेर गहिरोसँग जाँच्ने प्रक्रिया) सम्बन्धी पुरानो अभ्यास परिमार्जन गरेर जोखिममा आधारित नयाँ प्रणाली लागू गरेको छ। अब ठूला करदाताले अनिवार्य रूपमा फुल अडिट भोग्नुपर्ने बाध्यता हटेको छ। नेपालको...

मन्त्रिपरिषद्‍ : जेनजी आन्दोलनका घटना जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार

२३ मिनेट अघि   थाहाखबर

काठमाडौँ : सरकारले गत भदौ २३ र २४ गतेको घटनाका सम्बन्धमा छानबिन गर्न गठित जाँचबुझ आयोगको कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरेको छ। आजको मन्त्रिपरिषद्‍ बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सञ्चारमन्त्री जगदीश खरेलले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगमा बयान दिने...

कांग्रेस प्रवक्ता महत नुवाकोट १ र काठमाडौं ५ बाट उम्मेदवार सिफारिस

२४ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत दुई ठाउँबाट उम्मेदवार सिफारिस भएका छन्। महत नुवाकोट क्षेत्र नम्बर १ र काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस भएका हुन्। नुवाकोट १ बाट महतको नाम एकल रूपमा सिफारिस भएको छ। काठमाडौं...

११औं महाधिवेशनसम्म आइपुग्दा एमालेले हिँडेको बाटो

३१ मिनेट अघि   सेतोपाटी

एघारौं महाधिवेशनको मुखमा रहेको नेकपा एमालेको मूल जरा खोज्दै जाने हो भने १०४ वर्षीय निरंकुश राणा शासन बेला स्थापना भएको 'नेपाल कम्युनिस्ट पार्टी' (नेकपा) सम्म पुग्छ। हुन त सबै कम्युनिस्ट घटकले आफूलाई त्यही पार्टीसँग जोड्छन् र त्यसैको उत्तराधिकारी मान्छन्। तर नेकपाको मूल लिगेसी एमालेसँगै छ। नेकपाको स्थापना २००६ वैशाख १० गते भएको थियो। राणा शासनमा राजनीतिक दलहरू खोल्न त के; जनतालाई...

फरार २२ अभियुक्त पक्राउ

३३ मिनेट अघि   थाहाखबर

रौतहट : रौतहट प्रहरीले २२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनअन्तर्गत रौतहट प्रहरीले २२ प्रतिवादीलाई पक्राउ गरेका हुन्। विभिन्न मुद्दामा दोषी ठहर भई तोकिएका जरिवाना तथा सजाय नभोगी हालसम्म फरार रहेका २२ जना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला...

काठमाडौं २ मा कांग्रेसबाट प्रतिमा गौतमसहित ६ जना सिफारिस

३३ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेस काठमाडौं क्षेत्र नम्बर २ ले फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ। केन्द्रीय सदस्य प्रतिमा गौतमसहित ६ जनाको नाम सिफारिस भएको हो। प्रतिमा गौतम, दीपकप्रसाद कुइँकेल, लोकेश ढकाल, कविर शर्मा, मनिष कोइराला, उद्धवप्रसाद...

कोटेश्वर महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मृत फेला

३९ मिनेट अघि   सेतोपाटी

काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष बिजुहरि भट्टराई मृत फेला परेका छन्। बिहीबार दिउँसो करिब १ बजेतिर कोटेश्वरको बागमती नदीमा उनको शव फेला परेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए। उनका अनुसार ५२ वर्षीय भट्टराई महादेवस्थान...

फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य

३९ मिनेट अघि   सेतोपाटी

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा पुग्न लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी दोस्रो क्वालिफायरको खेलमा टस जितेको विराटनगरले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले ८ विकेटको क्षतिमा १३४ रन बनायो।  लुम्बिनीका लागि ओपनर...

थपियो जेनजी आन्दोलनको छानबिन गर्न बनेको आयोगको कार्यादेश

४७ मिनेट अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगको कार्यादेश थपिएको छ।  बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो आयोगको कार्यक्षेत्र थप गर्ने निर्णय भएको सञ्चार, सूचना तथा प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए। उनका अनुसार मंसिर २४ गते...

कांग्रेस क्रियाशील सदस्यता नवीकरण मंसिर २९ मध्यरातसम्म मात्रै गर्न पाइने

५१ मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसको क्रियाशील सदस्यता नवीकरण मंसिर २९ गते मध्यरातसम्म मात्रै गर्न पाइने भएको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको आजको बैठकले मंसिर २९ गते मध्यरात १२ बजेसम्म मात्रै क्रियाशील सदस्यता नवीकरण गर्ने र त्यसपछि गर्न नपाइने...

रानीबारीका कवाडी संकलन केन्द्रमा महानगरको डोजर (तस्वीरहरू)

५४ मिनेट अघि   थाहाखबर

काठमाडौँ : काठमाडौँ महानगरपालिकाले रानीबारी क्षेत्रमा सञ्चालित कवाडी संकलन केन्द्रमा डोजर चलाएर हटाएको छ। महानगरका अनुसार उक्त संकलन केन्द्र भारतको बिहारका राम साहले सञ्चालन गर्दै आएका थिए। धेरैपटक हटाउन अनुरोध गर्दा पनि अटेरी गरेपछि अन्ततः डोजर सञ्चालन गरिएको महानगरले जनाएको...

सत्ता जोगाउन १० बुँदे सम्झौताको नाटक मञ्चन गरियो : हमाल

५८ मिनेट अघि   थाहाखबर

काठमाडौँ : जेन–जी समूहले सुशीला कार्की नेतृत्वको सरकारले सत्ता जोगाउन युवाहरूको भावना विपरीत सम्झौताको नाटक गरेको आरोप लगाएका छन्। असन्तुष्ट समूहले बिहीवार काठमाडौँमा पत्रकार सम्मेलन गरी जेन–जी आन्दोलनलाई नै हाइज्याक गरेर सत्ता कब्जा भएको आरोप लगाएका हुन्।  जेन–जी अगुवा रविकिरण...

१ किलो ३५० ग्राम गाँजासहित भारतीय नागरिक पक्राउ

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : करिब १ किलो ३५० ग्राम गाँजासहित भारतीय नागरिक २२ वर्षीय विशाल कुमार  बुधबार राति पक्राउ परेका छन्। त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलको आगमन टनेल गेट एरियाबाट उनी पक्राउ परेका हुन्। उनलाई विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले...

पूर्वगृहसचिव दुवाडी र पूर्वआइजिपी खापुङको बयान लिँदै आयोग

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले पूर्वगृहसचिव गोकर्णमणि दुवाडी र पूर्वआइजिपी चन्द्रकुबेर खापुङको बयान लिन थालेको छ। बिहीबारदेखि दुई जनाको बयान लिन थालिएको आयोगका प्रवक्ता एवं पूर्वएआइजी विज्ञानराज शर्माले जानकारी दिए। ‘दुबै जनाको बयान...

जेनजी आन्दोलनबारे प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सरकारले जेनजी आन्दोलनबारे हिजो प्रधानमन्त्री र जेनजी प्रतिनिधिबीच भएको सम्झौता अनुमोदन गरेको छ।  आज सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त सम्झौता अनुमोदन गरेको हो। नेपाल सरकार र जेनजी प्रतिनिधिबीच हिजो राति १० बुँदे सहमति भएको थियो। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा...

भिजिट भिसामा पूर्वगृहमन्त्री लेखकविरूद्ध दायर भएन मुद्दा, अख्तियारले भन्यो– अनुसन्धान जारी छ

१ घण्टा अघि   सेतोपाटी

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा तत्कालीन गृहमन्त्री रमेश लेखकमाथि अनुसन्धान जारी रहेको जनाएको छ। बिहीबार विशेष अदालतमा दायर गरेको अभियोगपत्रमा अख्तियारले तत्कालीन मन्त्री लेखकमाथि 'अनुसन्धान भइरहेको' उल्लेख गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका तत्कालीन प्रमुख तथा सहसचिव तीर्थराज भट्टराईसहित सात जना...

राष्ट्रिय मान्यता प्राप्त दल छाडेर आएका र सामाजिक काम गर्नेलाई कांग्रेसले सिधै क्रियाशील सदस्यता दिने

१ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसले राष्ट्रिय मान्यता प्राप्त दल परित्याग गरी आउनेलाई सिधै क्रियाशील सदस्यता दिने भएको छ। अरू दल छाडेर आएकालाई सिधै क्रियाशील सदस्यता दिन कांग्रेसले मातहत समितिहरूमा परिपत्र गरेको हो। यसपालि कांग्रेसले क्रियाशील सदस्यता वितरण उदार ढंगबाट गर्ने नीति लिएको छ।...

सोलुमा  हिउँले ढाकेका भाग घट्दै

१ घण्टा अघि   थाहाखबर

सोलुखुम्बु : दशकौँदेखि यहाँ हिमाल, चिसो बतास र आकाश छोएर उभिएजस्ता देखिने चम्किला चुच्चुराबाट यो जिल्ला परिचित रहँदै आएको थियो।  यसबाट पर्यटक मोहित हुन्थे। पछिल्ला दिन हिमालमा हिउँ कम पर्न थालेको छ। 'अर्कै युग सुरु भएको छ जस्तो लाग्छ,' खुम्बुका वृद्ध...

चलचित्र विकास बोर्डको अध्यक्ष खुला प्रतिष्पर्धाबाट ल्याऊँ : सञ्चारमन्त्री

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डको अध्यक्ष योग्यताक्रमका आधारमा खुला प्रतिष्पर्धाबाट ल्याउने व्यवस्था गर्न प्रस्ताव गरेका छन्। विधायन व्यवस्थापन समितिको बिहीवारको बैठकमा भएको चलचित्रसम्बन्धी विधेयकको दफाबार छलफलका क्रममा उनले यस्तो प्रस्ताव रोखका हुन्।  उनले बोर्डलाई...

बालुवाटारबाट 'भागेको'विषयमा ओलीले भने- काँतर भएको होइन, पाण्डवहरू पनि भागेकै थिए

१ घण्टा अघि   सेतोपाटी

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भदौ २४ गते सेनाको हेलिकप्टरमा बालुवाटाबाट बाहिरिएको विषयमा फेरि प्रष्टोक्ति दिएका छन्।  बुधबार सम्पादकहरूसँगको अन्तरक्रियामा भदौ २४ गते आफू सेनाको हेलिकप्टर चढेर बालुवाटार छाडेको  सन्दर्भ उठेपछि ओलीले पुनः जबाफ दिएका हुन्।  उनले यसपटकको जबाफमा...

जरुरी छैन तिमी सशरीर उपस्थित हुन!

१ घण्टा अघि   सेतोपाटी

पाइताला खियाउँदै असिनपसिन हुँदै अवरोधका किल्ला र निषेधका जन्जिर तोडेर परम्पराका जाल र  सनातनताका निरन्तरता छोडेर जरुरी छैन तिमी सशरीर उपस्थित हुन। सप्तरङ्गी इन्द्रधनुषको एउटा रङ टिपेर म अनुभूत गर्न सक्छु आकाशमा खेलिरहने उन्मुक्त बादलको आकृतिभित्र म महसुस गर्न सक्छु...

नोबेल शान्ति पुरस्कार लिन डुंगामा सुटुक्क भेनेजुएला छोडिन् विपक्षी नेता मचाडोले

१ घण्टा अघि   सेतोपाटी

भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडो यस वर्षको नोबेल शान्ति पुरस्कार लिन नर्वेको राजधानी ओस्लो जान डुंगा चढेर गोप्य रूपमा देश छोडेको खुलेको छ। अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलका अनुसार मचाडो मंगलबार भेनेजुएलाबाट डुंगा चढेर क्यारिबियनमा रहेको नेदरलेन्ड्सको टापु कुराकाओतर्फ...