ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

४ वटा दमकलले निभाइयो दरबारमार्गको क्लबमा लागेको आगो (तस्बिरहरू)

१ मिनेट अघि   सेतोपाटी

काठमाडौंको दरबारमार्गस्थित एक क्लबमा लागेको आगो नियन्त्रणमा आएको छ। बिहीबार बिहान दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको हो। उक्त आगलागी नियन्त्रणमा आएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए। काठमाडौं महानगरबाट चार वटा दमकल पठाइएको थियो।  क्लबको...

सर्वसाधारणका लागि माघ २८ गतेदेखि आइपिओ बिक्री गर्दै रिज लाइन इनर्जी

१२ मिनेट अघि   सेतोपाटी

रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि आइपिओ निष्कासन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो। कम्पनीले जारी...

दुर्गेश थापा बने दोस्रो सन्तानका पिता, फेसबुकमा भिडिओ राख्दै भने- 'जीवनको अर्को सुन्दर अध्याय'

१६ मिनेट अघि   सेतोपाटी

चर्चित गायक तथा पर्फमर दुर्गेश थापा दोस्रो सन्तानको पिता बनेका छन्। उनकी पत्नी प्राची लामाले पाँच/छ महिनाअघि दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी भए पनि दुर्गेशले यसबारे जानकारी भने ढिलो गरी सार्वजनिक गरेका हुन्।  यसै साता छोराको अन्नप्राशन अर्थात् पास्नीको...

हाजिर जमानीमा छुटे युवराज सफल

२३ मिनेट अघि   सेतोपाटी

अफवाह फैलाएको आरोपमा पक्राउ परेका युवराज पौडेल (सफल) छुटेका छन्। उनी बुधबार साँझ हाजिर जमानीमा छुटेको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए। सफलले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ता सबिता भण्डारी लक्षित गरी नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा...

चुनाव तयारीबारे कार्यवाहक आयुक्त र गृहमन्त्रीबीच छलफल

२६ मिनेट अघि   सेतोपाटी

चुनाव तयारीका सन्दर्भमा निर्वाचन आयोगका कार्यवाहक आयुक्त रामप्रसाद भण्डारी र गृहमन्त्री ओमप्रकाश अर्यालबीच छलफल भएको छ। फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ। निर्वाचन तयारीका विषयमा उनीहरूबीच आज छलफल भएको हो। छलफलमा निर्वाचन आयुक्तद्वय जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा तथा निर्वाचन...

तीन लाख ३९ हजार नाघ्यो नजिक सुनको भाउ, एकैदिन तोलामा साढे २० हजारको वृद्धि

४४ मिनेट अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) पनि सुनचाँदीको मूल्य बढेको छ।  लगातार बढिरहेको सुनको मूल्य आज पनि हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि बुधबार सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त दिन सुन प्रतितोला तीन लाख १८ हजार आठ सय रूपैयाँमा कारोबार...

९ वाणिज्य बैंकको नाफा घट्यो, एक घाटामा

१ घण्टा अघि   सेतोपाटी

आर्थिक वर्ष २०८२/०८३ को ६ महिना (साउनदेखि पुस) मा वाणिज्य बैंकहरूको नाफा तीन प्रतिशतले घटेको छ। बैंकहरूले निष्क्रिय कर्जाका लागि राख्नु पर्ने प्रावधान रकम आठ प्रतिशतले बढेपछि नाफामा गिरावट देखिएको हो।    गत भदौ २३-२४ को आनदोलनपछि बैंकहरूको कर्जा असुलीमा थप...

ग्लोबल स्मार्ट प्लसबाट अब आइपिओ भर्न, लगानी रणनीति बनाउन सकिने

१ घण्टा अघि   सेतोपाटी

ग्लोबल आइएमइ बैंकको मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसबाट अब सेयरको प्राथमिक निष्कासन (आइपिओ)मा आवेदन दिन सकिने भएको छ।  अहिले आइपिओ भर्न सिडिएस एण्ड क्लियरिङ लिमिटेडको मेरो सेयरबाट मात्रै सम्भव हुँदै आएकोमा अब भने बैंकको मोबाइल एपबाट पनि आवेदन दिन...

काठमाडौंको दरबारमार्गको क्लबमा आगलागी

१ घण्टा अघि   सेतोपाटी

काठमाडौंको दरबारमार्थस्थित एक क्लबमा आगलागी भएको छ। बिहीबार बिहान दरबारमार्गमा रहेको ब्लाक हाउस डान्स क्लबमा आगलागी भएको हो। नियन्त्रणमा लिन प्रहरी, दमकल पुगिसकेको छ। काठमाडौं महानगरबाट चार वटा दमकल पठाइएको छ।  क्लबको भान्छाबाट आगलागी भएको अनुमान छ।

हुस्सुले ५ विमानस्थलमा उडान अवरूद्ध, तीन अन्तर्राष्ट्रिय उडान डाइभर्ट

१ घण्टा अघि   सेतोपाटी

बिहीबार खराब मौसमका कारण हालसम्म पाँच विमानस्थल बन्द भएका छन्। मौसम खराब हुँदा भिजिबिलिटी कम भएपछि धनगढी, नेपालगन्ज, जनकपुर, विराटनगर  र तुम्लिङटार विमानस्थल बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए। 'पाँच विमानस्थल पूर्ण बन्द छ ,'...

मधेेसमा ५८ जना उम्मेदवार जेनजी पुस्ताका, कुन दलले कति जना उठायो?

१ घण्टा अघि   सेतोपाटी

मधेस प्रदेशको चुनावी परिदृश्य यसपालि केही फरक देखिएको छ। प्रतिनिधिसभा निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको सूचीले पछिल्लो समय देशभर उठेको ‘जेनजी’अर्थात् नयाँ पुस्ताको राजनीतिक चेतनालाई आंशिक रूपमा प्रतिविम्बित गरेको छ। विशेषगरी गत भदौमा भएको नवयुवाको आन्दोलनपछि राजनीतिमा उनीहरूको प्रत्यक्ष हस्तक्षेप...

कांग्रेस पूर्वप्रमुख सचेतक श्याम घिमिरेले प्रधानन्यायाधीशसँग समय लिएको भनेर फैलाएको सूचना गलत

२ घण्टा अघि   सेतोपाटी

नेपाली कांग्रेसका पूर्वप्रमुख सचेतक श्याम घिमिरे लगायतका पूर्वसांसदहरूले प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसँग भेट्ने समय तय भएको भन्दै गलत सुचना फैलाएको भेटिएको छ। संसद पुनर्स्थापनाको माग गर्दै आफूहरूले दिएको रिटमा निरन्तर सुनुवाइ हुनुपर्ने माग गर्न बिहीबार डेलिकेसन जान लागेको भनेर घिमिरेले...

ठेक्का तोड्ने चेतावनीपछि कमला नदीमा बन्यो अस्थायी ‘डाइभर्सन’

२ घण्टा अघि   सेतोपाटी

हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा सिमानामा पर्ने कमला नदीमा अस्थायी ‘डाइभर्सन’ निर्माण भएसँगै सवारी आवत–जावत सहज भएको छ। वर्षौंदेखि भासिएको पुलको विकल्पमा ‘ह्युमपाइप’ राखेर डाइभर्सन बनाइएपछि साना–ठूला सबै प्रकारका सवारीसाधन सञ्चालनमा सहज भएको छ। हप्तादिन अघिदेखि नै सार्वजनिक सवारी चल्न...

हिन्द महासागरबाट इरानतर्फ अघि बढ्यो अमेरिकी लडाकू विमानबाहक युद्धपोत

२ घण्टा अघि   सेतोपाटी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा यसअघिको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी दिएका छन्। ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्ल्याटफर्म ट्रुथ सोसियलमा पोस्ट लेखेर परमाणु कार्यक्रमबारे इरान वार्ताको टेबुलमा नआएर अघिल्लो वर्षको जुन महिनामा भएको भन्दा शक्तिशाली हमला हुन सक्ने चेतावनी...

युएईले श्रमिकलाई थप्यो १४ हजारको भार, सरकार किन मौन?

२ घण्टा अघि   सेतोपाटी

नेपालले संयुक्त अरब इमिरेट्स (युएई) सँग कूटनीतिक पहल गर्न नसक्दा युएई जाने श्रमिकमाथि थपिएको आर्थिक भारले निरन्तरता पाएको छ। विगत दुई महिनायता पुलिस रिपोर्टका नाममा युएई जाने श्रमिकमाथि प्रतिव्यक्ति अतिरिक्त १४ हजार रूपैयाँभन्दा धेरै भार थपिएको छ।  जेनजी आन्दोलनपछि नेपाली...

काठमाडौंमा गोली चलाएर प्रहरीले नियन्त्रणमा लियो लुटेरा समूह

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंमा प्रहरीले लुटेरा समूहलाई नियन्त्रणमा लिन गोली चलाएको छ।  बुधबार राति काठमाडौंको मुलपानीमा लुटेरा समूहमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी कौशल बुढाथोकीले जानकारी दिए।  उनका अनुसार प्रहरीले काठमाडौंका विभिन्न ठाउँबाट १० जनालाई...

अमेरिकीका प्रमुख ब्याटर जोन्समाथि ‘फिक्सिङ’ आरोप, टी-२० विश्वकप गुमाउने

३ घण्टा अघि   सेतोपाटी

अमेरिकी क्रिकेट टोलीका प्रमुख ब्याटर आरोन जोन्समाथि फिक्सिङको गम्भीर आरोप लागेको छ।  अन्तर्राष्ट्रिय क्रिकेट परिषदले ३१ वर्षीय जोन्सलाई 'एन्टी-करप्सन कोड' (भ्रष्टाचार विरुद्धको नियम) का ५ वटा बुँदाहरू उल्लंघन गरेको आरोप लगाउँदै तत्काल लागू हुने गरी क्रिकेटका सबै गतिविधिबाट निलम्बन गरेको...

च्याम्पियन्स लिग : इंग्ल्यान्डका पाँच टिम नकआउट चरणमा, कुन-कुन टोलीले खेल्नेछन् प्लेअफ?

३ घण्टा अघि   सेतोपाटी

युरोपियन च्याम्पियन्स लिगको २०२५/२६ सिजनको लिग चरण गए राति सकिएका छन्।  यो सिजनमा ३६ टोलीहरूले प्रत्येकले ८-८ खेल खेलेका थिए। अन्तिम म्याचडे ८ का सबै खेलहरू एकैसाथ भएका थिए। अन्तिम लिग चरणमा म्यानचेस्टर सिटीले गालातासारायलाई २-० ले हराउँदै जित हासिल...

मोटरसाइकल नहरमा खस्दा चालकको मृत्यु

३ घण्टा अघि   सेतोपाटी

भरतपुर महानगरपालिका–१४ राधापुर नहरमा गए राति मोटरसाइकल खस्दा एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालका अनुसार भरतपुर महानगरपालिका–१६ का ४० वर्षीय विनोद सुवेदी रहेको मृत्यु भएको हो। गम्भीर घाइते भएका सुवेदीको भरतपुर अस्पतालमा उपचारका...

किन अब्बल देखिँदैछ यी दुई बैंकको सेयर?

३ घण्टा अघि   सेतोपाटी

केही वर्ष अघिसम्म एकाध वाणिज्य बैंकको सेयर मूल्य १ हजार रूपैयाँभन्दा बढीमा कारोबार भइरहेका थिए। ती बैंक आफ्नो समूहकै महँगा कम्पनीको रूपमा थिए। अहिले परिस्थिति फेरिएको छ। पछिल्लो समय बजारमा तिनलाई समेत उछिनेर दुई वाणिज्य बैंक आफ्नो समूहकै महँगा भएका छन्।...

अजित पवार सवार विमान दुर्घटना- अन्तिम समयमा पाइलट र एटिसीबीच के भएको थियो कुराकानी?

३ घण्टा अघि   सेतोपाटी

भारतको पुणेस्थित बारामति विमानस्थलमा बुधबार बिहान भएको जहाज दुर्घटनामा नेश्नलिस्ट कंग्रेस पार्टीका अध्यक्ष एवम् महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारसहित पाँच जनाको मृत्यु भएको छ। पवार र उनका दुई जना सुरक्षाकर्मी र चालक दलका दुई सदस्यसहित पाँच जनाको मृत्यु भएको दुर्घटनाको प्रारम्भिक...

जनप्रतिनिधि फेरिरहने कास्की १

४ घण्टा अघि   सेतोपाटी

कास्कीमा तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र छन्। तीमध्ये क्षेत्र नं १ लाई परिणाम बदलिइरहने क्षेत्रका रूपमा लिइन्छ। सात तालको वाटिका सहरका रुपमा परिचित पोखरा महानगरपालिकाको लेखनाथ क्षेत्रसहित जिल्लाका पाँच पालिकामध्ये मादी र रुपा गाउँपालिकाको पूरै भाग यस क्षेत्रले समेटेको छ। पोखरा...

मौसमविद भन्छन्– सोमबार पानी पार्ने अर्को प्रणाली आउँछ

५ घण्टा अघि   सेतोपाटी

मंगलबार रातिलेखि बुधबार दिउँसोसम्म दोस्रो हिउँदे वर्षा भयो। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको अद्यावधिक विवरणअनुसार काठमाडौं उपत्यकासहित बुधबार देशका अधिकांश भूभागमा वर्षा भयो। तुलनात्मक रूपमा कोशी प्रदेशमा कम वर्षा भयो। महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा खानीखोला केन्द्रमा...

आज कति छ अमेरिकी डलरको मूल्य?

५ घण्टा अघि   सेतोपाटी

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ १६ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४२ पैसा र बिक्रीदर...