ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

चुनौतीको सामना गर्न महासचिवमा दोहोरिन आएँ : शंकर पोखरेल

१ मिनेट अघि   थाहाखबर

काठमाडौँ : नेकपा (एमाले)का नेता शंकर पोखरेलले चुनौततिपूर्ण राष्ट्रिय राजनीतिको सामना गर्न आफूले महासचिव पदमा दोहोरिने निर्णय गरेको बताएका छन्। सोमवार पार्टीको बन्दसत्रस्थल भृकुटीमण्डपमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले मुलुकको राष्ट्रिय राजनीति चुनौतिपूर्ण अवस्थामा रहेको कारण उक्त...

मधेसमा मन्त्रिपरिषद विस्तार, पुस ४ गते विश्वासको मत लिने तयारी

१८ मिनेट अघि   सेतोपाटी

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सोमबार मन्त्रिपरिषद विस्तार गरेका छन्। दुई जना मन्त्री थपेर मुख्यमन्त्रीले मन्त्रिपरिषद विस्तार गरेका हुन्। मुख्यमन्त्री यादवलाई समर्थन गरेका सात दलीय गठबन्धनको बैठकले सहमति गरे अनुसार मन्त्रिपरिषद विस्तार भएको यादवले बताएका छन्। 'सात दलीय गठबन्धनको आजै बैठक...

गगनको एकल नाम सिफारिस भएपछि तेह्रथुम कांग्रेसमा असन्तोष

२७ मिनेट अघि   सेतोपाटी

पूर्वी पहाडी जिल्ला तेह्रथुमबाट प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि महामन्त्री गगन थापाको एकल नाम सिफारिस भएपछि कांग्रेस तेह्रथुममा असन्तोष सुरू भएको छ।  कांग्रेस तेह्रथुमको आइतबारको बैठकले फागुन २१ का लागि महामन्त्री थापाको एकल नाम सिफारिस गरेको थियो। एउटा मात्रै निर्वाचन क्षेत्र भएको...

भारु दुई सय र पाँच सयका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

४० मिनेट अघि   थाहाखबर

काठमाडौँ : भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ। सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट...

दौडेको दौड्यै कुलमान!

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : जेनजी आन्दोलनपछि सुशीला कार्की नेतृत्वको सरकारमा भदौ ३० गते कुलमान घिसिङ ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बने। उनले हालसम्म ऊर्जासहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको पनि बागडोर सम्हालिरहेका छन्। उनै बहालवाला मन्त्रीले मंसिर १७ गते...

ओलीको वरिपरि घुमेर बस्नेहरूको कोपभाजनमा परेँः राजेन्द्र गौतम

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओली निकटका व्यक्ति भनेर चिनिने नेता हुन् राजेन्द्र गौतम। संखुवासभाका नेता गौतम अहिले एमालेका प्रचार विभाग प्रमुख छन्।  एमालेको जारी ११ औं महाधिवेशनमा उपमहासचिव पदमा उम्मेदवारी दिएका उनी ओली पक्षबाट पदाधिकारीमा पर्न चाहन्थे। ओली समूहबाट...

'रमिताको पिरती' ले ल्यायो प्रेमिल गीत 'तिमी भए काफी'

१ घण्टा अघि   सेतोपाटी

आना शर्माको शीर्ष अभिनय रहेको फिल्म 'रमिताको पिरती' को गीत सार्वजनिक गरिएको छ। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच 'तिमी भए काफी' बोलको गीत सार्वजनिक गरिएको हो। यसको भिडिओमा अभिनेत्री आना र गायक तथा नव-अभिनेता समीर श्रेष्ठ फिचर्ड छन्। थाइल्याण्डमा खिचिएको भिडिओमा आना र...

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियारको निर्णय झिकाउने आदेश

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : विशेष अदालतले नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक, पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय झिकाउने आदेश गरेको छ। विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लिरत्न श्रेष्ठको इजलासले २०६९ मंसिर २५ गतेको निर्णय मगाउने आदेश गरेको हो।...

खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : गत कात्तिक महिनामा खाद्य र पेय पदार्थको मुद्रास्फीति ऋणात्मक देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिक अवधिमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत कात्तिक महिनामा वार्षिक विन्दुगत...

रूससँगको युद्ध अन्त्य गर्न नेटोमा सामेल हुने आकांक्षा छोड्न युक्रेन तयार!

१ घण्टा अघि   सेतोपाटी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की रूससँगको युद्ध अन्त्य गर्नका लागि नेटो सैन्य गठबन्धनमा सामेल हुने युक्रेनको आकांक्षा छोड्न तयार भएका छन्।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति योजनामा छलफल गर्न आफ्ना विशेष दूत स्टिभ विटकफ र ज्वाइँ जेरेड कुश्नरलाई जर्मनी पठाएका छन्।...

किन एकढिक्का रहेन ओली समूह?

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत आज दिनभरजसो उम्मेदवारी दर्ताको क्रम चल्यो। अध्यक्ष पदमा अहिलेका अध्यक्ष केपी शर्मा ओली र अहिलेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको उम्मेदवारी परेको छ र उनीहरूबीच प्रतिस्पर्धा हुने निश्चित देखिन्छ। अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलले प्यानल...

चुनाव नलड्ने घोषणा गरेकी विद्या भट्टराई भन्छिन्– प्यानलमा लाग्न मन लागेन

१ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेकी नेता तथा पूर्व शिक्षामन्त्री विद्या भट्टराईले आफू एउटा आवश्यकताले पार्टीमा आएको र आफूले पाउने सम्मान 'प्रशस्त पाइसकेको' बताउँदै जारी महाधिवेशनमा चुनाव नलड्ने बताएकी छन्। 'पहिलो कुरा म पार्टीमा साझा खालको मान्छे हुँ, प्यानलमा लागेर चुनाव लड्न मन लागेन। साझै हुन मन लाग्ने रहेछ,' उनले सेतोपाटीसँग भनिन्, 'दोस्रो कुरा,...

जाँचबुझ आयोगले लियो प्रधान सेनापतिसहित सैनिक अधिकारीको बयान

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले प्रधान सेनापति अशोकराज सिग्देल सहित सैनिक अधिकारीहरूको बयान लिएको छ। सोमबार आयोगले सिग्देल सहित केही अधिकारीहरूको बयान लिएको आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माले जानकारी दिए। सिग्देलसहित अधिकारीहरूको...

'पेले' छाडेर पोखरेल रोजेका कृष्णगोपाल भन्छन्– लतार्ने र घिसार्ने प्रवृत्तिविरूद्ध उभिएँ

१ घण्टा अघि   सेतोपाटी

लामो समयदेखि केपी शर्मा ओलीका 'डाई हार्ड फ्यान' भनेर चिनिएका कृष्णगोपाल श्रेष्ठले अब ओलीको अहंकार, दम्भ र घमण्डी प्रवृत्तिले पार्टी चल्न नसक्ने टिप्पणी गरेका छन्। जारी ११औं महाधिवेशनमा ईश्वर पोखरेल समूहबाट सचिवमा उम्मेदवारी दिएका श्रेष्ठले नयाँ नेतृत्वसहित पार्टी रूपान्तरण गर्ने उपयुक्त अवसर आएको बताए।...

नेपाल फुड फोरम २०२५ः समावेशी र जलवायु अनुकूल कृषि खाद्य प्रणालीका लागि सहकार्यमा जोड

१ घण्टा अघि   सेतोपाटी

समावेशी, जलवायु अनुकूल तथा लगानीमैत्री कृषि खाद्य प्रणाली निर्माणका लागि सबै सरोकारवालाबीच सहकार्य र निरन्तर संवाद आवश्यक रहेको निष्कर्ष निकालिएको छ।  सोमबार सम्पन्न नेपाल फुड फोरम २०२५ का सहभागीहरूले कृषि नीति निर्माण र कार्यान्वयन प्रक्रियामा सरकार, निजी क्षेत्र, युवा, आदिवासी...

'आबाट आमा' को गीत 'सृष्टिकै पहिलो नाम' सार्वजनिक

१ घण्टा अघि   सेतोपाटी

फिल्म 'आबाट आमा' को शीर्षक गीत 'सृष्टिकै पहिलो नाम' सार्वजनिक भएको छ। सोमबार काठमाडौंमा एक कार्यक्रमकाबीच यो मर्मस्पर्शी गीत सार्वजनिक गरिएको हो। रवि ओडको स्वर रहेको गीतमा आमाको माया, संघर्ष, महत्व र निस्वार्थ त्यागको कुरा गर्छ। गीतको शब्द तथा संगीत बाबुल गिरीको...

अघि बढ्यो स्वास्थ्यको बाह्रौँ तह बढुवा प्रक्रिया , निलम्बनमा परेकी डा.संगीताको राजीनामा होल्ड!

१ घण्टा अघि   थाहाखबर

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रिक्त रहेको अतिरिक्त स्वास्थ्य सचिव ( १२औँ तह)का लागि बढुवा प्रक्रिया अघि बढाएको छ। मन्त्रालयको बढुवा समिति सचिवालयले हालै एक सूचना निकालेर स्वास्थ्य सेवा समूहबाट नियुक्त हुने अतिरिक्त सचिव पदका लागि बढुवा प्रक्रिया अघि बढाएको...

काठमाडौं प्रशासनले गर्‍यो जेनजी घाइतेको परिचयपत्र वितरण स्थगन

२ घण्टा अघि   सेतोपाटी

काठमाडौं जिल्ला प्रशासन कार्यालयले जेनजी आन्दोलनको क्रममा घाइते भएकालाई दिन थालिएको परिचयपत्र स्थगन गरेको छ। सोमबार सूचना जारी गर्दै गृह मन्त्रालयले प्रकाशन गरेको घाइतेको सूचीमा भएका घाइते बाहेक पनि परिचयपत्र लिन आएको भन्दै स्थगनको निर्णय गरेको हो। ‘गृह मन्त्रालयको वेबसाइटमा...

सुरूमा अख्तियारले तामेलीमा राखेको माधव नेपालको मुद्दा झिकाउन विशेष अदालतको आदेश

२ घण्टा अघि   सेतोपाटी

नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरूद्ध परेको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तामेलीमा राखेको निर्णयलाई झिकाउन विशेष अदालतले आदेश गरेको छ। सोमबार न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको इजलासले पतञ्जलीको जग्गा सम्बन्धी भ्रष्टाचारको मुद्दामा अख्तियारले उजुरीलाई तामेलीमा राख्नेगरी गरेको निर्णय...

एमाले महाधिवेशन : पदाधिकारी उम्मेदवारमा यी हुन् नयाँ अनुहार

२ घण्टा अघि   थाहाखबर

काठमाडौँ : नेकपा एमालेको भावी नेतृत्वका लागि दुई पक्षबीच प्रतिस्पर्धा हुँदैछ। दुवै पक्षले आ–आफ्नो टिमबाट पदाधिकारीमा प्रतिस्पर्धा गर्नेको टुंगो लगाइसकेका छन्।  अध्यक्षमा केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुँदैछ। अन्य पदाधिकारीमा धेरैजसोले दोहोरिएकाले उम्मेदवारी दिँदैछन्। कतिपयले वरीयता...

उम्मेदवारी दर्ताको समय सकियो, प्रदीप ज्ञवालीको केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेको ११ औं महाधिवेशनअन्तर्गत उम्मेदवारी दर्ताका लागि दिइएको समय सकिएको छ। नेता प्रदीप ज्ञवालीले केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएका छन्। अध्यक्ष केपी शर्मा ओली समूहबाट उनलाई उपाध्यक्ष उम्मेदवार बनाउने तयारी थियो। तर ज्ञवालीले आफू महासचिव मात्रै बन्ने अडान अन्तिम...

सिद्धार्थ बैंकका ग्राहकलाई सोल्टी होटलमा २० प्रतिशतसम्म छुट

२ घण्टा अघि   सेतोपाटी

सिद्धार्थ बैंक र द सोल्टी होटल्स् एन्ड रिसोर्टबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट उपलब्ध गराउने सम्झौता भएको छ। सम्झौताअनुसार द सोल्टी काठमाडौं, सोल्टी वेस्टइन्ड प्रिमिएर नेपालगन्ज, सोल्टी वेस्टइन्ड इटहरी, सोल्टी वेस्टइन्ड रिसोर्ट चितवन, सोल्टी वेस्टइन्ड रिसोर्ट नगरकोट, सोल्टी वेस्टइन्ड लेकसाइड...

परिवर्तनका लागि!

२ घण्टा अघि   सेतोपाटी

सडकमा छोडिएको त्यो रक्ताम्मे जुत्ता सपनासँगै जलेर खरानी भएका नोटका बिटाहरू रगतले भिजिरहेका असहाय लासहरू र आगोले जलाएर टुक्र्याइदिएका भवनका हड्डीहरू यी सबैले के भन्छन्? परिवर्तनको भ्रममा फेरि किन  डुबिरहन्छौँ हामी रगतको खोलामा? किन आशाहरू लासमा रूपान्तरित भएका? किन सपनाहरू...

प्रदीप ज्ञवालीसँग नेतृत्वको संवाद भइरहेको छ: पद्मा अर्याल

२ घण्टा अघि   सेतोपाटी

नेकपा एमालेकी नेता पद्मा अर्यालले विभिन्न पदमा आकांक्षा राखेका नेताहरूसँग नेतृत्वको संवाद भइरहेको बताएकी छन्। महाधिवेशनस्थल भृकुटीमण्डपमा आज पत्रकारहरूसँग कुराकानी गर्दै उनले मूल नेतृत्वदेखि केन्द्रीय सदस्यसम्म सर्वसहमति गर्ने प्रयास भइरहेको बताइन्। प्रदीप ज्ञवाली, राजेन्द्र गौतमलगायत नेताहरूले इच्छा गरेको पदमा उम्मेदवारी...