ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

हामी मौन बस्दा प्रश्नहरू मर्ने देखियो, यो ब्रत तोड्नुपर्नेछ- गगन थापा

२० मिनेट अघि   सेतोपाटी

नेपाली कांग्रेसका सभापति गगन थापाले आफूहरू केही समय मौन रहे पनि अब ब्रत तोड्नुपर्ने आवश्यकता देखिएको बताएका छन्। मौन बस्दा प्रश्नहरू नै मर्ने खतरा देखिएको उनले बताए। ‘हामी केही समय बोलेनौँ भने त्यो मौनताको बीचमा सत्यको खोजी होला र अरूले बोल्लान्...

कीर्तिपुरमा बुद्ध जयन्ती (तस्बिरहरू)

२६ मिनेट अघि   सेतोपाटी

कीर्तिपुरको चिलंच्व स्तूप परिसरमा बुद्ध जयन्ती मनाइएको छ। जगतपाल महाविहार चिलंच्व भगवान गुठीले विभिन्न कार्यक्रम गरी २५६९ औं बुद्ध जयन्ती मनाएको हो। गुठीले गत वर्ष जस्तै नामसंगीति वाचन, बौद्ध प्रार्थना र ध्यान, ज्ञानमाला भजन लगायत कार्यक्रम गरेको थियो। यसका साथै,...

देशभरि खोज, जायजेथा फेला परे लालपूर्जा देऊ!

२८ मिनेट अघि   सेतोपाटी

म, विस्थापित सुकुम्बासी हाम्रो तीन जनाको परिवार छ, हामी बूढाबूढी र ३० वर्षको छोरा। हामी बल्खुको सुकुम्बासी बस्तीमा बस्न थालेको २०५० सालदेखि हो। हाम्रो पुर्ख्यौली घर दोलखाको भीमेश्वर नगरपालिका-७ हो। गाउँमा जायजेथा, घरबार केही छैन। म (कृष्ण) २०४८ सालतिर काम...

कहिले समाप्त नहुने यक्ष प्रश्न

३९ मिनेट अघि   सेतोपाटी

चार पाण्डवहरू ढलेका थिए यक्ष प्रश्नको उत्तर दिन नखोज्दा। लाग्थ्यो म चाहिँ युधिष्ठिर बन्न सक्छु कि! तर मेरो यक्ष प्रश्न त झन् थामिने नामोनिसान नै गर्दैन, जति नै उत्तर दिए पनि। छ वर्ष अघि डिग्रीवाली गृहिणी लेखेता पनि मेरो कामको मूल्याङ्कन...

शंखमुलमा चल्यो डोजर (तस्बिरहरू)

४२ मिनेट अघि   सेतोपाटी

शंखमुलमा सडकछेउका घर-टहरामा डोजर चलाइएको छ।  मध्याह्नदेखि डोजर चलाएर शंखमुलका सडक किनारका घर टहरा भत्काइरहेको छ।  सरकारले काठमाडौंको नदी किनार  र अतिक्रमित जग्गाहरूमा  बनेको संरचनामा दोस्रो पटक शुक्रबारदेखि डोजर चलाएको हो। यसअघि गत शुक्रबार शंखमुल, सिनामंगल र मनोहराको सुकुम्बासी बस्तीमा डोजर चलाइएको...

पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ

५५ मिनेट अघि   सेतोपाटी

काठमाडौंमा पेस्तोल र लागुऔषधसहित चार जना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोले चार जनालाई बुढानिलकण्ठ नगरपालिका-५ बाट चार जनालाई पक्राउ गरेको एसपी दुर्गाराज रेग्मीले जानकारी दिए। पक्राउ पर्नेमा बुढानिलकण्ठका २३ वर्षीय कविर देउला, ४२ वर्षीय सबिना पोडे, २६ वर्षीय संसार...

दुई दिने सम्मेलन गर्दै त्रिवि अंग्रेजी शिक्षा विभाग

५५ मिनेट अघि   सेतोपाटी

त्रिभुवन विश्वविद्यालय केन्द्रीय शिक्षा विभागअन्तर्गत अंग्रेजी शिक्षा विभागले दुई दिने सम्मेलन गर्ने भएको छ। अंग्रेजी शिक्षा विभागका उपप्राध्यापक गुरूप्रसाद पौडेलका अनुसार अंग्रेजी भाषा शिक्षण र व्यावहकारिक भाषा विज्ञानसम्बन्धी आठौं वार्षीक अन्तर्राष्ट्रिय सम्मेलन गर्न लागिएको हो। उक्त सम्मेलन यही वैशाख १९...

गृभानिकाले पाइन् पुस्तक, पाउने भइन् अनलाइन कक्षा

१ घण्टा अघि   सेतोपाटी

कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टरमा आश्रित २६ वर्षीया गृभानिका थापामगरले पुस्तक पाएकी छन्। होल्डिङ सेन्टरमा आश्रित गृभानिकाले चलिरहेको कक्षा-१२ को परीक्षामा पुस्तकहरू पुरिएपछि पढ्न नपाएको बताएको थिइन्। बिहीबार काठमाडौं महानगरपालिको कार्यवाहक मेयर सुनिता डंगेलको तर्फबाट भन्दै एक 'पठाओ'मार्फत आफूलाई लेखाको पुस्तक...

अंगुलीमालको प्रेम भिक्षा

१ घण्टा अघि   सेतोपाटी

कविता म पागल थिएँ  घोर अन्धकार राति स्मशान धाइरहने तान्त्रिक गुरूका चेला जसरी  गुरू विद्यामा पारंगत हुने अभीप्सामा  मुहानमा बुलबुल उभरेको पानी झैं स्निग्ध थियो मेरो प्रेम बदलामा  यो निस्पाप हातमा धारिलो खंजर थमाइदिएको हो  सयौं मानिसका औंलाहरू काटिए मेरा यी औंलाहरूले समाएर...

नेपाल र युएईबीचको खेलमा वर्षा बाधक

१ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ। यो लक्ष्य पछ्याएर युएईले ब्याटिङ गरिरहदा वर्षाले खेल रोकिएको छ।  युएईले ४.१ ओभरमा १ विकेटको क्षतिमा ३६ रन बनाउँदा खेल रोकिएको हो। खेलको नजिता आउन कम्तिमा २० ओभरमा खेल्नु...

सुकुम्बासी बस्ती नजिकका घरमा टाँसियो लालपूर्जा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सरकारले काठमाडौंका सुकुम्बासी बस्तीहरू धमाधम भत्काएको छ। ती सुकुम्बासी बस्ती छेउका केही घरहरूमा भने लालपूर्जा फोटोकपी गरेर टाँसिएको छ। घरका भित्ता, सटरहरूमा देखिने गरी लालपूर्जाको फोटोकपी टाँसिएको हो। नम्बरी जग्गामा घर बनाएका घरधनीहरूले आफ्नो जग्जा पूर्जाको फोटोकपी गरेर टाँसेका हुन्।  काठमाडौंको शंखमुलस्थित...

सुकुम्बासी बस्ती नजिकका घरमा टाँसियो लालपूर्जा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सरकारले काठमाडौंका सुकुम्बासी बस्तीहरू धमाधम भत्काएको छ। ती सुकुम्बासी बस्ती छेउका केही घरहरूमा भने लालपूर्जा फोटोकपी गरेर टाँसिएको छ। घरका भित्ता, सटरहरूमा देखिने गरी लालपूर्जाको फोटोकपी टाँसिएको हो। नम्बरी जग्गामा घर बनाएका घरधनीहरूले आफ्नो जग्जा पूर्जाको फोटोकपी गरेर टाँसेका हुन्।  काठमाडौंको शंखमुलस्थित...

बुद्ध जयन्तीकै दिन बल्खुको बौद्ध गुम्बामा चल्यो डोजर

१ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाहले शुक्रबार बिहानै फेसबुकमा बुद्ध जयन्तीको अवसरमा शुभकामना दिँदै एउटा सन्देश लेखे — दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ। जतिखेर उनी आफ्नो फेसबुकमा बुद्ध जयन्तीको शुभकामना दिँदै थिए, ठ्याक्कै त्यही बेला...

सर्वोच्चले ट्राफिकलाई भन्यो- लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य गैरकानुनी हो, नलिनू

१ घण्टा अघि   सेतोपाटी

सर्वोच्च अदालतले ट्राफिक प्रहरीले सवारी नियम उल्लंघन गर्नेको लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कामलाई गैरकानुनी भएको व्याख्या गरेको छ। न्यायाधीशहरू श्रीकान्त पौडेल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासल गत पुस ६ गते गरेको व्याख्या अहिले सार्वजनिक भएको हो। कानुनका विद्यार्थी...

दीपेन्द्रसिंह ऐरीको शतकमा नेपालले युएईलाई दियो २९० रनको लक्ष्य

२ घण्टा अघि   सेतोपाटी

आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले युएईलाई २९० रनको लक्ष्य दिएको छ।  कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २८९ रन बनायो।  नेपालका लागि दीपेन्द्रसिंह ऐरीले १०० रन जोडे। एकदिवसीय खेलमा दोस्रो शतक प्रहार गरेका दीपेन्द्रले...

आज विस्थापित सुकुम्बासीलाई पाँच ठाउँमा राख्ने तयारी

२ घण्टा अघि   सेतोपाटी

टेकुको वंशीघाट, बल्खु, शंखमूल क्षेत्रबाट विस्थापित भएका सुकुम्बासीलाई सरकार पाँच ठाउँमा होल्डिङ सेन्टर बनाएर राख्ने तयारी गरेको छ। विवरण संकलनपछि उनीहरूलाई तत्कालका लागि ललितपुरको धापाखेलस्थित टेवा कार्यालय, भक्तपुरको खरिपाटीस्थित विद्युत तालिम केन्द्र, बोडेस्थित कृषि विकास बैंक तालिम केन्द्र, नगरकोट खानेपानी तालिम केन्द्र...

'अक्षरा' को शुभारम्भ, यस्तो छ कलाकार टोली

२ घण्टा अघि   सेतोपाटी

सुशील सिटौला र न्यान्सी खड्काको शीर्ष अभिनय रहने फिल्म 'अक्षरा'को शुभमुहूर्त गरिएको छ। शुक्रबार बिहान निर्माण टिमले गुहेश्वरी मन्दिरमा स्क्रिप्ट पूजा गर्दै फिल्मको औपचारिक सुरूआत गरेको हो। विनय राज पौडेलको निर्देशनमा बन्ने यो फिल्ममा सुशील र न्यान्सीसहित सुशील पोखरेल, पुष्कर...

सुकुम्बासी बस्ती भत्काएपछि बल्खु क्षेत्रको अहिलेको अवस्था, हेर्नुस् ड्रोनभ्यू

२ घण्टा अघि   सेतोपाटी

काठमाडौंको बल्खुस्थित बागमती नदी किनारका सुकुम्बासी बस्ती भत्काइएको छ। बिहान साढे ८ बजेदेखि यो क्षेत्रमा डोजर चलाएर घर-टहरा भत्काइएको हो।  बिहान ७ बजेदेखि नै बस्ती खाली गर्नू भनेर प्रशासनले उर्दी जारी गरेको थियो।  बिहान केहीबेर त्यहाँका स्थानीयलाई आफ्नो घर टहरामा...

सुकुम्बासीलाई व्यवस्थापन गरेपछि अतिक्रमित सार्वजनिक र सरकारी जग्गा खाली गर्ने सरकारको तयारी

२ घण्टा अघि   सेतोपाटी

सरकारले वास्तविक सुकुम्बासीको पहिचान गरी उनीहरूलाई सुरक्षित रूपमा व्यवस्थापन गरेपछि मात्रै अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने प्रक्रिया अगाडि बढाउने आफ्नो योजना रहेको र यसमा सरकार दृढ रहेको स्पष्ट पारेको छ। वास्तविक सुकुम्बासीहरूमा पर्न गएको त्रासप्रति सचेत रहँदै सरकारले...

श्रमिकको सम्मान- कर्मको साँचो मूल्य

२ घण्टा अघि   सेतोपाटी

आजको समाजलाई हेर्दा एउटा गहिरो विरोधाभास देखिन्छ– बाहिरबाट धर्म, दान र भक्ति प्रदर्शन गर्नेहरू धेरै छन्, तर व्यवहारमा न्याय, संवेदना र इमानदारी हराउँदै गएको अनुभूति हुन्छ। सामाजिक सञ्जालमा ‘धर्म’ प्रदर्शन गर्ने होड छ, मन्दिर–मस्जिदमा भीड बढेको छ, तर त्यही समाजभित्र...

घर भत्किए पनि हिम्मत हारिनन् रमिलाले, चिया पकाएर प्रहरीलाई नै बेचिन्

२ घण्टा अघि   सेतोपाटी

म, विस्थापित सुकुम्बासी सुकुम्बासी बस्ती हटाउन शुक्रबार बिहानैबाट चलेको डोजरले उच्चाटलाग्दो बन्दैछ टेकुको वंशीघाट। यहाँ अहिले ६ वटा डोजरले बागमती नदी उकास जमिनमा बनेका संरचना चिथोरिरहेका छन्। स्कुले केटाकेटी आफ्नै भत्किएको घर हेर्दै टोलाइरहेका छन्। भरे कता सुत्ने, कता ग्यास–दाउरा...

रातभर भिरमै राखेका १५ वटा शव माथि बाटोमा ल्याइयो

२ घण्टा अघि   सेतोपाटी

रोल्पामा जिप दुर्घटनामा मृत्यु भएकाहरूको शव संकलन कार्य जारी छ। मृतक २० जनाको शव प्रहरीले रातभर एकै ठाउँमा ८०० मिटरमुनि जम्मा गरी पहरा दिएको थियो। निकै अप्ठ्यारो भूगोलका कारण रातभर शवहरूको पहरा दिएर बसेको प्रहरीले बिहानैदेखि शवमाथि ल्याउने कार्य जारी राखेको छ।...

गर्भवती दीपिका 'किङ' छायांकनमा, शाहरूखसँगका तस्बिर भाइरल

३ घण्टा अघि   सेतोपाटी

बलिउड अभिनेत्री दीपिका पादुकोण गर्भावस्थाकाबीच पनि छायांकनमा सक्रिय देखिएकी छन्। उनी हाल अभिनेता शाहरूख खानसँग फिल्म 'किङ' को छायांकनका लागि दक्षिण अफ्रिकाको केप टाउनमा छिन्।  सामाजिक सञ्जालमा हालै फिल्मको सेटबाट केही तस्बिरहरू सार्वजनिक भएका छन्, जसमा दीपिका र शाहरूख हात समातेर...

बालेन शाह नेतृत्वको सरकारलाई अन्तर्राष्ट्रिय ३ संस्थाले के भनेका छन्?

३ घण्टा अघि   सेतोपाटी

प्रधानमन्त्री बालेन शाह नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारले मानवअधिकार र विधिको शासनलाई दीर्घकालीन संरक्षण गर्ने अवसरलाई उपयोग गर्नुपर्ने ह्युमन राइट्स वाच, एम्नेस्टी इन्टरनेसनल र इन्टरनेसनल कमिसन अफ जुरिस्ट्सले आज प्रकाशित पत्रमा भनेका छन्। संस्थाहरूले सङ्क्रमणकालीन न्याय प्रक्रिया, महिला तथा बालिकाका अधिकार,...