मधेसमा २०६४ यताका सबै संसदीय चुनाव जित्ने एक्ला प्रभु साह, यसपटक जोगाउलान् विरासत?
२०७९ को निर्वाचनमा नेकपा एमालेबाट रौतहट–३ मा उम्मेदवारी दिने भनेर टिकट लिएका प्रभु साहले अन्तिम समय स्वतन्त्र उम्मेदवारी दिए। साहकै कारण त्यो क्षेत्रमा एमालेको उम्मेदवार कोही भएन। उनले ३२ हजार ४३७ मत ल्याउँदा दोस्रो स्थानमा रहेका अर्का स्वतन्त्र उम्मेदवार ओमप्रकाशले...
