व्यवहारमा नजोडिएको सिकाइ!
एकजना शिक्षक कक्षा २ मा व्यक्तिगत सरसफाइ विषयमा शिक्षण गरिरहेका थिए। विद्यार्थीलाई व्यक्तिगत सरसफाइ बारे बताउँदै शिक्षकले भने, ‘हामीले व्यक्तिगत सरसफाइ गर्न दैनिक कपाल कोर्नुपर्छ, नङ काट्नुपर्छ, ब्रस गर्नुपर्छ, साबुन पानीले हातमुख धुनुपर्छ। बुझ्यौ?’ विद्यार्थीले एकैसाथ लय मिलाएर भने ‘बुझ्यौ...
