ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

सभामुख भेट्न पुगे प्रतिपक्षी दलका सांसदहरू (तस्बिरहरू)

१ मिनेट अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी दलसहित प्रतिपक्षी दलका सांसदहरू सभामुखलाई भेट्न गएका छन्। नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाका सांसदहरू आज सभामुख डिपी अर्याललाई भेट्न उनकै कार्यकक्षमा पुगेका हुन्। कांग्रेसका सांसदहरू अर्जुननरसिंह केसी, भीष्मराज आङ्देम्बेलगायत, नेकपा एमालेका सांसद पद्मा अर्याल र नेकपाका सांसद...

शीतझैँ बिलाउने जीवन!

१५ मिनेट अघि   सेतोपाटी

जिन्दगी भनेकै शीतको थोपा न हो, बिहानीको शीतझैँ सर्वत्र छरिन्छ— केही क्षण घाममा टल्किन्छ अनि केही समयमै बिलाउँछ। बिहानीको शीतझैँ हो यो जीवन— घामको एक हल्का स्पर्शले जसरी शीतको अस्तित्व हराउँछ, त्यसरी नै, यो जीवन पनि हराउन सक्छ। तैपनि हामी...

रास्वपाले सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसलाई सहयोग गर्ने

१५ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीले सार्वजनिक लेखा समिति सभापति पदमा नेपाली कांग्रेसलाई सहयोग गर्ने भएको छ। संसदीय समिति सभापति पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ। रास्वपा संसदीय दल बैठकले सार्वजनिक लेखा समिति सभापति प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई दिने निर्णय गरेको हो।...

भिजिट भिसामा युएई जाने नेपालीको राहदानीमा 'रोजगार निषेध' लेखिएकोबारे के भन्यो अध्यागमनले?

१८ मिनेट अघि   सेतोपाटी

संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्न लागेका केही नेपाली नागरिकको राहदानीमा प्रस्थान छापसँगै 'Employment is strictly prohibited. Visit till 10/6/2026' भन्ने उल्लेख गरिएको भन्ने समाचार तथा सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति अध्यागमन विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। विभागले बिहीबार जारी...

तिलगंगा र बीपी प्रतिष्ठानबीच सहकार्य सम्झौता

२७ मिनेट अघि   सेतोपाटी

आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धान विस्तार गर्ने लक्ष्यसहित तिलगंगा आँखा प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबीच सहकार्य सम्झौता भएको छ। बुधबार सम्पन्न उक्त सम्झौताले दुवै संस्थाबीच शैक्षिक आदानप्रदान, संयुक्त अनुसन्धान र सेवा प्रवाहलाई संस्थागत रूपमा अघि...

रास्वपा मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा

३२ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी नियुक्त भएका छन्। बिहीबार बसेको पार्टी संसदीय दल बैठकले बुर्लाकोटीलाई मुख्य सचेतक नियुक्त गरेको एक सांसदले बताए। त्यस्तै प्रकाशचन्द्र परियारलाई सचेतक नियुक्त गरिएको छ। बुर्लाकोटी पार्टीका महामन्त्री हुन्। उनी गोरखा–२ बाट निर्वाचित हुन्।...

संसदीय समिति सभापति बन्न मानेनन् रास्वपा सांसद मनिष झा

३९ मिनेट अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा प्रतिनिधि सभा सांसद मनिष झा संसदीय समिति सभापति उम्मेदवार हुन मानेका छैनन्। आज सिंहदरबारस्थित संसदीय दल कार्यालयमा रास्वपा संसदीय दल बैठक बसिरहेको छ। उनी बैठकमा पनि उपस्थित छैनन्।  एक सांसदले दिएको जानकारीअनुसार उनी जनकपुरधाममा छन्।...

रास्वपाले टुंग्यायो संसदीय समिति सभापति उम्मेदवार (सूची)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलले संसदीय समितिको उम्मेदवार टुंग्याएको छ। बिहीबार मध्याह्न संसदीय दल कार्यालय सिंहदरबारमा बसेको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको हो। रास्वपाले सार्वजनिक लेखा समितिमा पनि उम्मेदवारी दिने भएको छ। विगतमा प्रतिपक्षी दललाई उक्त समितिको...

प्रियंका कार्की निर्माता रहेको 'मास्टरनी' कहिले हुँदैछ रिलिज?

१ घण्टा अघि   सेतोपाटी

आयंका फिल्मस्को पहिलो फिचर फिल्म 'मास्टरनी' को पहिलो झलक सार्वजनिक गरिएको छ।  भारतीय निर्देशक सुवेन्दु घोषद्वारा निर्देशित फिल्मको पहिलो झलकमा अभिनेत्री प्रिंयका कार्कीलाई केन्द्रमा राखिएको छ।  यो फिल्म क्राइम थ्रिलर–मर्डर मिस्ट्री जनरामा निर्माण भएको हो। फिल्ममा प्रियंकासहित सरोज खनाल, प्रमोद...

इरानले अमेरिकामा विश्वकप खेल्ने पक्का भएको फिफाको दाबी

१ घण्टा अघि   सेतोपाटी

फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले यसै वर्ष अमेरिकामा हुने विश्वकप फुटबल खेल्न इरानी टोली ‘पक्का आउने’ बताएका छन्। वासिङ्टनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले खेलकुद र राजनीति फरक कुरा भएको र इरानले प्रतियोगितामा सहभागिता जनाउनुपर्नेमा जोड दिए। उनले भने, ‘खेलकुद राजनीतिभन्दा...

कांग्रेस संसदीय दल कार्यालयमा विपक्षी दलहरूको छलफल (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दल कार्यालयमा विपक्षी दलहरू छलफलमा जुटेका छन्। संसदीय समिति सभापति पदका लागि आज मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय छ। उम्मेदवारी दर्ता गर्नुअघि प्रमुख प्रतिपक्षी दल कांग्रेस कार्यालयमा विपक्षी...

जमानीमा छुटेका ओली–लेखकको अनुसन्धान अब के होला?

१ घण्टा अघि   सेतोपाटी

भदौ २३ को घटनामा अनुसन्धान गर्न पक्राउ गरिएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक छुटिसकेका छन्। अब उनीहरूमाथि अनुसन्धान के होला, कसरी अघि बढ्ला भन्ने चासोको विषय बनेको छ। सामान्यतया ज्यानसम्बन्धी कसुरको अनुसन्धानमा कोही नियन्त्रणमा रहेको...

सरकारी छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ

१ घण्टा अघि   सेतोपाटी

दाङको तुलसीपुरबाट सरकारी सही छाप र दस्तखत दुरूपयोग गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।  पक्राउ पर्ने तीनै जना सल्यानका हुन्। सल्यानको बागचौर नगरपालिका–२ बागचौरका २० वर्षीय दीपक भण्डारी, सोही ठाउँका १९ वर्षीय सरोज घर्ती मगर र १९ वर्षकै राजन...

हर्मुजमा ओमानतर्फको जलमार्गबाट आवतजावत खुला गर्ने इरानको प्रस्ताव

१ घण्टा अघि   सेतोपाटी

इरानले स्ट्रेट अफ हर्मुजमा ओमानतर्फको जलमार्गबाट अवरोध रहित आवतजावत गर्न दिने प्रस्ताव अघि सारेको खुलेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार अमेरिका सँग वार्ताका क्रममा इरानले ओमानतर्फको जलमार्गबाट विना अवरोध तेल ट्यांकर र समुद्री जहाजहरू आवत जावत गर्न दिने प्रस्ताव...

संसदीय दल बैठकका लागि रास्वपा सांसदहरू सिंहदरबारमा (तस्बिरहरू)

१ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सुरू भएको छ।  सिंहदबारस्थित संसदीय दल कार्यालयमा संसदीय दलको बैठक सुरू भएको हो।  दलको बैठकमा भाग लिन सांसदहरू सिंहदरबार पुगिसकेका छन्।  दल नेता एवम् प्रधानमन्त्री वालेन्द्र (बालेन) शाह, रास्वपा सभापति रवि लामिछाने सहित...

धादिङ समाज बेल्जियमको अध्यक्षमा दाहाल

१ घण्टा अघि   सेतोपाटी

धादिङ समाज बेल्जियमको अध्यक्षमा रमेश दाहाल निर्वाचित भएका छन्।  समाजको तेस्रो अधिवेशनले दाहाललाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।  उत्तरी धादिङस्थित गंगाजमूना गाउँपालिका–७ गलनेका स्थायी बासिन्दा दाहाल सन् २०१२ देखि बेल्जियमलाई कर्मथलो बनाउँदै आएका छन्। दाहाल रेष्टुरेण्ट व्यवसायमा संलग्न दाहाल गैरआवासीय नेपाली...

तिलगंगा र बीपी प्रतिष्ठानबीच सहकार्य सम्झौता

१ घण्टा अघि   सेतोपाटी

आँखा स्वास्थ्य सेवा, चिकित्सा शिक्षा र अनुसन्धान विस्तार गर्ने लक्ष्य सहित तिलगंगा आँखा प्रतिष्ठान र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबीच सहकार्य सम्झौता भएको छ।  बुधबार सम्पन्न उक्त सम्झौताले दुवै संस्थाबीच शैक्षिक आदानप्रदान, संयुक्त अनुसन्धान र सेवा प्रवाहलाई संस्थागत रूपमा...

पहिचान र संवेदना जोडिएको नेपथ्यको टोरन्टो साँझ

२ घण्टा अघि   सेतोपाटी

क्विन एलिजाबेथ थिएटरबाट बाहिरिँदै गर्दा दर्शकहरूको अनुहारमा खुसीको उज्यालो देखिन्थ्यो। तर अरू दर्शक र २२ वर्षीया रिया बस्नेतको सन्तुष्टिमा आकाश पाताल फरक थियो। पाठेघरको क्यान्सर चौथो स्टेजमा पुग्दासम्म दुईपटक शल्यक्रिया र विभिन्न थेरापी गराइसकेकी रियालाई आफ्नो जीवनकालकै प्रिय ब्यान्डको कन्सर्टमा...

अर्बौं मानिसका लागि जल सुरक्षामा सुधार गर्न विश्व बैंक समूहको कार्यक्रम

२ घण्टा अघि   सेतोपाटी

विश्व बैंक समूहले बहुपक्षीय विकास बैंक, विकास वित्त संस्थाहरू र अन्य साझेदारसँग मिलेर 'वाटर फरवार्ड' नामक विश्वव्यापी प्लेटफर्म सुरू गरेको छ। सन् २०३० सम्म १ अर्ब मानिसको जल सुरक्षा सुधार गर्ने लक्ष्यसहित सुरू गरिएको यो पहलले नीतिगत सुधार, वित्तीय स्रोत...

राप्रपाले सोध्यो २ नेतालाई ७२ घन्टे स्पष्टीकरण

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय प्रजातन्त्र पार्टीको अनुशासन समितिले दुई जना नेताहरूलाई ७२ घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। पार्टीकी उपाध्यक्षसमेत रहेकी अनुशासन समिति अध्यक्ष रोशन कार्कीको अध्यक्षतामा बुधबार बसेको अनुशासन समिति बैठकले केन्द्रीय सदस्य नानिमैयाँ आचार्य र राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी सचिव चाहना...

डेढ महिनामै ९५ रूपैयाँ महँगो भयो डिजेल, अब कति महँगो होला तपाईँको भान्सा?

२ घण्टा अघि   सेतोपाटी

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा निरन्तर वृद्धि गरिरहेको छ। आज बिहीबारबाटै लागू हुने गरी डिजेलको मूल्य प्रतिलिटर ३० रूपैयाँ वृद्धि गरिएको छ। यो मूल्य वृद्धिपछि अब काठमाडौंमा एक लिटर डिजेलको २३७ रूपैयाँ पर्ने भएको छ। मध्यपूर्वमा तनाव बढेपछि सबभन्दा...

सार्वजनिक लेखा समिति सभापतिमा कांग्रेसले उम्मेदवारी दिने

२ घण्टा अघि   सेतोपाटी

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सार्वजनिक लेखा समिति सभापति पदमा उम्मेदवारी दिने भएको छ। प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समिति सभापति पदमा पार्टीबाट उम्मेदवारी रहने महामन्त्री प्रदीप पौडेलले जानकारी दिए। कांग्रेसले अन्य विपक्षी दलहरूसँग पनि यसबारे छलफल गर्ने बताएको छ। आज...

खुला भयो खुलामञ्च (तस्बिरहरू)

३ घण्टा अघि   सेतोपाटी

खुलामञ्च आजदेखि सर्वसाधारणका लागि खुला भएको छ।  योगा, ध्यान तथा साउण्ड हिलिन् जस्ता क्रियाकलाप गर्नका लागि आज सर्वसाधारणका लागि खुल्लामञ्च खुल्ला भएको हो। आज बिहान काठमाडौं महानगरपालिकाको कार्यवाहक मेयर सुनिता डंगोलको सहभागितामा खुल्लामञ्च खुल्ला गरिएको हो। प्रधानमन्त्री बालेन शाह काठमाडौंको...

सुन-चाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ किनबेच?

३ घण्टा अघि   सेतोपाटी

नेपाली बजारमा आज (बिहीबार) सुन-चाँदीको भाउ सामान्य बढेको छ।  बुधबार तोलामा दुई हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन भने प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख दुई हजार आठ...