ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्

रास्वपाका उम्मेदवारले सोहोरे भोट, निकट प्रतिस्पर्धीभन्दा कसको कति बढी?

५ मिनेट अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। केही निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका उम्मेदवारले निकट प्रतिस्पर्धीको दाँजोमा अत्यन्तै ठूलो मतान्तर कायम गरेका छन्। विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले केही क्षेत्रमा आफ्ना प्रतिस्पर्धीलाई धेरै गुणा मतले पछि पार्दै प्रभावशाली...

पर्साका सबै क्षेत्रमा रास्वपा दोब्बर मतले अघि

१० मिनेट अघि   सेतोपाटी

पर्साका चार वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारले अग्रता लिएका छन्। पर्सा १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धिप्रसाद पन्तले १०६८५ मत ल्याएका छन्। उनी आफ्ना निकट प्रतिस्पर्धी भन्दा दोब्बर बढी मतले अघि छन्। एमालेका उम्मेदवार प्रदिप यादवले ५७३९ मत...

सिन्धुपाल्चोक-१ मा रास्वपाको अग्रता, अर्को क्षेत्रमा कांग्रेसलाई पछि पार्‍यो नेकपाले

१७ मिनेट अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा सिन्धुपाल्चोकको दुई क्षेत्रमध्ये एक क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अर्को क्षेत्रमा नेकपाले अग्रता लिएको छ।  क्षेत्र नम्बर एकमा रास्वपाका भरतप्रसाद पराजुलीले अग्रता लिइरहेका छन्। उनले ४७२६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका माधव...

बालेन शाह मात्र होइन, झापाको ५ वटै सिटमा 'क्लिन स्विप' गर्दै रास्वपा

४० मिनेट अघि   सेतोपाटी

झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले 'क्लिन स्विप' गर्ने देखिएको छ। यी सबै क्षेत्रमा रास्वपाका उम्मेदवार अग्रस्थानमा छन्। झापा-५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाह करिब १७ हजार मतले अगाडि छन्। निर्वाचन आयोगका अनुसार बालेनले २२ हजार...

हर्क साम्पाङले घटाउँदै गोमा तामाङसँगको मतान्तर

४७ मिनेट अघि   सेतोपाटी

सुनसरी क्षेत्र नम्बर १ मा श्रम संस्कृति पार्टीका हर्क साम्पाङले  राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) सँगको मतान्तर घटाउँदै लगेका छन्। निर्वाचन आयोगको अद्यावधिक मतपरिणाम अनुसार यो क्षेत्रमा अहिले पनि रास्वपाकी सरिन नै अघि छन्। उनको २७८९ मत छ भने...

कास्की २ मा रास्वपाका उत्तम पौडेल विजयी

४८ मिनेट अघि   सेतोपाटी

कास्की निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार उत्तमप्रसाद पौडेल विजयी भएका छन्। रास्वपाका उत्तम २४ हजार ४१८ मतान्तरका साथ विजयी भएको निर्वाचन अधिकृत निर्मलाकुमारी खड्काले जानकारी दिइन्। उनका अनुसार उत्तमले ३१९११ मत प्राप्त गरेका छन्। उनका निकट...

स्वर्णिम वाग्लेले बनाए फराकिलो अग्रता

५७ मिनेट अघि   सेतोपाटी

तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले आफ्ना प्रतिस्पर्धीसँग फराकिलो अग्रता बनाएका छन्।  उनले १५९११ मत ल्याएका छन्।  उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द भट्टराईले ६०३५ मत ल्याएर दोस्रो स्थानमा छन्।  तेस्रो स्थानमा रहेकी एमालेकी भगवती...

शनिबार बिहान २ बजेसम्मको अपडेट – कहाँ कसले जिते?

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको मत परिणाम आउने क्रम जारी छ। शनिबार बिहान २ बजेसम्म १४ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। अन्तिम परिणाम घोषणा भइसकेका १४ निर्वाचन क्षेत्रमध्ये ८ वटामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् भने ४ वटामा कांग्रेस र...

दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी

१ घण्टा अघि   सेतोपाटी

दैलेख-१ मा नेपाली कांग्रेसकी बासना थापा विजयी भएकी छन्। उनले निकट प्रतिद्वन्द्वीसँग ५७६ मतान्तरले विजयी भएको निर्वाचन अधिकृत कुलप्रसाद पाण्डेले जानकारी दिए। उनका अनुसार बासना थापाले १२ हजार ३७२ मत प्राप्त गरेकी छन्। उनका निकट प्रतिद्वन्द्वी नेकपा एमालेका रविन्द्रराज शर्माले ११ हजार ७९६...

पत्रकार हुँदै राजनीतिमा प्रवेश गरेका सन्तोष, जसले कांग्रेस महान्त्रीलाई हराए २८ हजार मतान्तरले

१ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा  मोरङ क्षेत्र-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन्। उनी २८०१५ मतान्तरले विजयी  निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार सन्तोषले ४०८३३ मत प्राप्त गरे। उनका निकट प्रतिस्पधी नेपाली...

बाराका चारै क्षेत्रमा रास्वपाको अग्रता, को को छन् उम्मेदवार?

१ घण्टा अघि   सेतोपाटी

पछिल्लो मत परिणाम अनुसार मधेस प्रदेशको बारा जिल्लाका सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अग्रता लिइरहेको छ। बाराका चारै क्षेत्रमा आफ्ना निकटतम प्रतिद्वन्द्वी भन्दा रास्वपाका उम्मेदवार निकै अघि छन्। बारा क्षेत्र नम्बर १, २ र ४ मा तेब्बर मतले रास्वपा उम्मेदवार अघि...

मोरङ ४ मा रास्वपाका सन्तोष राजवंशीको जित

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा  मोरङ क्षेत्र-४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सन्तोष राजवंशी विजयी भएका छन्। उनी ३००१५ मत अन्तरले विजयी भएको विजयी भएको निर्वाचन अधिकृत घनेन्द्र अधिकारीले जानकारी दिए। उनका अनुसार सन्तोषले ४०८३३ मत प्राप्त गरेका थिए।...

कर्णालीमा प्रतिस्पर्धामा देखिएन रास्वपा, अधिकांशमा तेस्रो

२ घण्टा अघि   सेतोपाटी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधि सभा निर्वाचन २०८२ मा देशभर ठूलो मतान्तरसहित अग्रता कायम गर्दा कर्णालीमा भने कमजोर देखिएको छ।  अहिले मतगणना भइरहेका कर्णालीका ११ वटा निर्वाचन क्षेत्रमध्ये एउटामा मात्रै रास्वपाको अग्रता छ। हालसम्मको मतपरिणाम अनुसार अन्य १० वटा निर्वाचन...

काठमाडौं ५ मा रास्वपाका सस्मित पोखरेलको जित सुनिश्चित

२ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा काठमाडौं निर्वाचन क्षेत्र ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सस्मित पोखरेलको जित सुनिश्चित भएको छ। निर्वाचन आयोगको तथ्यांक अनुसार रास्वपाका उम्मेदवार सस्मितले शुक्रबार राति १२ बजेसम्म २७४७७ मत प्राप्त गरेका छन्। दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार...

दाङका तीनै क्षेत्रमा रास्वपाको फराकिलो अग्रता

३ घण्टा अघि   सेतोपाटी

लुम्बिनी प्रदेशको दाङ जिल्लाका सबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तरका साथ अग्रता लिइरहेको छ। दाङ नेपाली कांग्रेस, नेकपा एमाले र माओवादीको राम्रो मत भएको जिल्ला मानिन्थ्यो। यसपालिको निर्वाचनमा भने यहाँ रास्वपाले यी तीनै दललाई पछि पारेको...

कास्की–३ बाट रास्वपाकी बिना गुरूङ निर्वाचित

३ घण्टा अघि   सेतोपाटी

कास्की–३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार बिना गुरूङ निर्वाचित भएकी छन्। निर्वाचन कार्यालय कास्कीका अनुसार गुरूङ ३७ हजार ७५० मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकट प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरूङले १२ हजार ७८० मत ल्याएका...

नेकपाले जित्यो २ क्षेत्र, ९ वटामा लिइरहेको छ अग्रता

३ घण्टा अघि   सेतोपाटी

निर्वाचन आयोगले आफ्नो वेवसाइटमा प्रकाशित गरेको अद्यावधिक मतपरिणाम अनुसार  नेपाली कम्युनिष्ट पार्टीले मुलुकभर २ सिटमा जित हाँसिल गरेको छ भने ९ क्षेत्रमा अग्रता लिइरहेको छ।  रूकुमपूर्वमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका छन्। कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही कालिकोटबाट विजयी...

रूपन्देहीका पाँचै क्षेत्रमा रास्वपा अघि, रोचक प्रतिस्पर्धा भने एउटामा मात्रै

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा रूपन्देहीका पाँच वटा निर्वाचन क्षेत्र सबैमा रास्वपा उम्मेदवारहरूले लगातार अग्रता कायम राखेका छन्। यीमध्ये चार वटामा निकट प्रतिस्पर्धीको तुलनामा रास्वपा धेरै अघि छ। एउटा क्षेत्रमा मात्रै रास्वपाका उम्मेदवारसहित तीन दलका उम्मेदवारको प्रतिस्पर्धा देखिएको छ। कहाँ...

सुनसरीमा १ मा हर्क साम्पाङ तेब्बर मतले पछि

३ घण्टा अघि   सेतोपाटी

सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई तेब्बर मतले पछि पारेकी छन्।  तामाङले १७५५ मत ल्याएकी छन् भने साम्पाङले ५७३ पाएका छन्।  यो क्षेत्रमा नेपाली कांग्रेसका सुरेन्द्र तामाङ ३५८ मत...

तेह्रथुममा कांग्रेसका सुब्वाले पछि पारे एमालेका ढकाललाई

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा तेह्रथुममा नेपाली कांग्रेसका उम्मेदवार सन्तोष सुब्वाले अग्रता लिएका छन्।  उनले एमालेका भानुभक्त ढकाललाई पछि पारेका हुन्।  निर्वाचन आयोगको पछिल्लो मत अपडेटमा कांग्रेसका सुब्वाका ८०८० मत प्राप्त गरेका छन्। एमालेका ढकाल ७९७५ मत ल्याएका छन्।  उनीहरूलाई...

काठमाडौं-१० मा २९ हजार मतअन्तरसहित रास्वपाका प्रदीप विष्ट विजयी

३ घण्टा अघि   सेतोपाटी

काठमाडौं-१० मा रास्वपा उम्मेदवार प्रदीप विष्ट विजयी भएका छन्। निर्वाचन आयोगको तथ्यांक अनुसार विष्टले ३७ हजार ४६९ मत लिएर विजयी भएका छन्। उनले निकट प्रतिस्पर्धीलाई २९ हजार ३६९ मतान्तरले पछि पारेका हुन्। निकट प्रतिस्पर्धी कांग्रेसका हिमाल कार्कीले जम्मा ८१०० मत प्राप्त गरेका छन्।...

बालेन शाहले ह्वात्तै बढाए मतान्तर, ओलीभन्दा १४ हजार मतले अगाडि

३ घण्टा अघि   सेतोपाटी

झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले आफ्ना निकट प्रतिद्वन्द्वी नेकपा एमालेका केपी शर्मा ओलीसँगको मतान्तर ह्वात्तै बढाएका छन्। पछिल्लो मत परिणाम अनुसार बालेनले १८ हजार ८४३ मत ल्याएका छन् भने ओलीले पाएको मत जम्मा ४...

कांग्रेस, एमाले र नेकपाले अग्रता लिएका ६ स्थानमा रास्वपाले दिइरहेको छ टक्कर

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधि सभा निर्वाचन २०८२ मा हाल १४८ निर्वाचन क्षेत्रको मतगणना जारी छ। मतगणना जारी भएका १४८ मध्ये रास्वपाले १०८ स्थानमा अग्रता लिएको छ। कांग्रेसले १२, एमालेले ११, नेकपाले ८, श्रम संस्कृतिले ६ र अन्यले ३ स्थानमा अग्रता लिएका छन्। कांग्रेस,...

मोरङका ६ वटै क्षेत्रमा 'क्लिन स्विप' गर्दै रास्वपा, कांग्रेसका 'हेभिवेट' उम्मेदवारहरू धेरै पछाडि

३ घण्टा अघि   सेतोपाटी

प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा मोरङका सबै ६ वटा निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू भारी मतान्तरसहित अगाडि छन्। मोरङलाई परम्परागत रूपले नेपाली कांग्रेसको बलियो आधार क्षेत्र मानिन्थ्यो। कोइराला परिवारको लामो राजनीतिक विरासत बोकेको मोरङमा यसपटक कांग्रेसका प्रभावशाली...